गीत-गजल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मुटुमा कोरिएको तसबीर मेटेर कहाँ मेटिन्छ र, तिमीले कोरिदिएको तकदीर,मेटेर कहाँ मेटिन्छ र।   संगै हिंडेका गोरेटो, घोडेटो, चौबाटो उस्तै छन् डोबहरु अझै आलै छन्, मेटेर कहाँ मेटिन्छ र ।   संगै देखेका सपनाहरु, भत्कंदै गरेका बिपनाहरु, तार चुंडिएको सारङ्गी अब रेटेर  कहाँ रेटिन्छ र ।   पीडा लुकाइ हासेथ्यैं ,  केही नभए झै गरेथ्यौं, दुखेको मन आँखामा,  रोकेर कहाँ रोकिन्छ र ।  

rahulvai · May 19, 2011 10:30 AM · 31,036 views

19 Replies

 वाह ठुल्दाइ वाह बेतोड को गयो नि त। 

बिस्टे · May 19, 2011 10:36 AM

 wah thuldai wah!!! kasto gajab ko gajal gayecha...... thuldai ko gajal padhera ankha sajal huna bata balla balla roke..... ( nepali ma type garna namilekoma khed prakat gardachu)

Geology Tiger · May 19, 2011 10:56 AM

 <पीडा लुकाइ हासेथ्यैं ,  केही नभए झै गरेथ्यौं,  दुखेको मन आँखामा,  रोकेर कहाँ रोकिन्छ र । > wah !! wah!! Thul bro dai 

liberty gal · May 19, 2011 11:01 AM

दामी गयो ठुल्दाइ

serial · May 19, 2011 11:09 AM

वाह ठूल्दाई वाह!

Birkhe_Maila · May 19, 2011 11:20 AM

 waha wah..dai ..dheri pachi sunna paiyo...

राछस · May 19, 2011 1:42 PM

वाह :)

cheli · May 19, 2011 1:52 PM

 ल है ल है पुराना पुराना  साझा बासी तान्नु भयो दाई ले

राछस · May 19, 2011 1:57 PM

" संगै देखेका सपनाहरु, भत्कंदै गरेका बिपनाहरु, तार चुंडिएको सारङ्गी अब रेटेर  कहाँ रेटिन्छ र । " दाईको शब्दहरु निकै वजनदार हुन्छन, निकै नै रामरो लाग्यो दाई , अरू पनि अपेक्षा गर्छु ।

Mulmiz · May 19, 2011 2:44 PM

dai bhanna ta nahune ho , tara churot tanda asto geet gajal aaucha bhane, 1 batta surya mero naam ma la

dHwasE · May 19, 2011 3:15 PM

ल धेरै समये  पछी सच्छिकै गजल पढे जस्तो लाग्यो, एकदम राम्रो, TMS

timi_mero_sathi · May 19, 2011 4:41 PM

पीडा लुकाइ हासेथ्यैं ,  केही नभए झै गरेथ्यौं, दुखेको मन आँखामा,  रोकेर कहाँ रोकिन्छ र ।

Maverick · May 19, 2011 9:45 PM

मुटुमा कोरिएको तसबीर मेटेर कहाँ मेटिन्छ र, तिमीले कोरिदिएको तकदीर,मेटेर कहाँ मेटिन्छ र।    Really touchy rahul da ..keep it up :)  

SONA 1 · May 19, 2011 10:45 PM

  "तार चुंडिएको सारङ्गी अब रेटेर  कहाँ रेटिन्छ र । " yo line gajab ko chha, keep it up.

sukha1 · May 20, 2011 12:08 AM

बिस्टे, बिस्तारइ लेख्छु, हिड्छु , बेतोड त हैन हो । जीते, गजल गजल जस्तो होस्, उदास आँखा सजल होस् , गजल,गजल जस्तो होस् , गजल पजल जस्तो नहोस् । लहरे, दामी गयो गएन यहाँहरु को मुल्याङ्कन मा भर पर्दछ । लहरे ले भने सि गयो होला नै । लिली, धन्यवाद वाह वाह को लागि ।  बिर्खे बा, वाह वाह को लागि अर्को वाह वाह ! राक्षस, धन्यवाद । चेली धन्यवाद । मुल्मी, कहिले कही लेख्छु, थोरै लेख्छु , धेरै भन्ने कोशीश गर्छु । सफल भएं वा भैइन , समय ले बताउला । ध्वाँसे , नाम मात्र हो कि बट्टा नै पठाउने कष्ट गर्ने ? सूर्य पाए, ध्वाँसे र जे एफ को नाम मा अर्को कबिता कोर्छु लौ जा । टि एम एस्, गजल शैली मा भए नि गजल चाँही हैन जस्तो लाग्छ, त्यसैले गीत- गजल लेखेको । धन्यवाद . म्याभ, धन्यवाद । सोना, केही घट्ना हरु ले मन छुन्छ , मुटु दुख्छ। त्यै दुखाइ मा कबिता फुर्छ । सुख, धन्यवाद टिप्पणी को लागि ।      

rahulvai · May 20, 2011 10:43 AM

हेत्तेरिका क्या खतरा लेख्न सक्या हौ

ritthe · May 20, 2011 11:49 AM

ठुल्दाइको कबिता हिजो पढेको मैले चुरोस तान्न थाल्या छु अहिले हिजो देखी सुरु गरिराछु धुवा पिउन पिर पर्या बेला तान्दा सजिलो हुन्छ रे जिउन भाबुकताको चरम सिमामा पुगिन्छ रे औंलाहरु आँफै १०० को स्पिडमा दौडिन्छन रे रहर हरु कल्पनाको सागरमा पौडिन्छन रे  

ritthe · May 20, 2011 11:56 AM

very good

amitraja · May 20, 2011 2:38 PM

 यो कलि युगमा पनि कहाँ साचो प्रेम खोजेर पाइन्छ र?

ramubro · May 23, 2011 12:24 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all