बैंकिग कसुरमा डेढ दर्जनको खोजी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौ, जेष्ठ ४ - सर्वसाधारणको निक्षेप हिनामिनाको कसुर गरेका करिब डेढ दर्जनको नेपाल प्रहरीले खोजी थालेको छ । राष्ट्र बैंकको आग्रह बमोजिम नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सका ३ जना र गार्खा बिकास बैंकका १५ जना पुर्व संचालक/व्यवस्थापकको प्रहरीले खोजी शुरु गरेको हो । प्रहरीको खोजी सूचिमा फाइनान्सका पुर्व अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ, उनकी श्रीमती तथा संस्थापक गीता श्रेष्ठ र छोरा सौरभ श्रेष्ठ छन । यता गोर्खा बिकास बैंकमा बैकिङ कसुर गरेका पूर्व कार्यकारी अध्यक्ष डम्बरबहादुर बम्जन, संचालनकहरु निर्मल गुरुङ, धनप्रसाद राई, रमेश तामाङ्ग, महेशप्रसाद मिजार, सन्जिवकुमार मिश्र, मिना श्रेष्ठ, जीवन धिमिरे, सन्जिवकुमार अग्रवाल, राकेश अडुकिया, प्रविन नौलाखा, रुचि जाजोडिया, पुनम खेतान, दिपक राना मगर र पूर्व महाप्रबन्धक राजेन्द्रदास श्रेष्ठ लगायत छन । फाइनान्समा हिनामिना गरेका श्रेष्ठ परिवार फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध बुधबार मुद्दा दर्ता गर्ने तयारी प्रहरीको छ । ‘बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाउन म्याद लिन्छौ,’ काठमाडौं प्रहरी प्रमुख केदार रिजालले भने । यता गोर्खा बिकास बैंकमा निक्षेपकर्ताको हित विपरीत बैकिङ्ग मापदण्ड मिचेर गरिएका ३८ वटा ठूला अनियमितताको सूचि राष्ट्र बैकले प्रहरीलाई पठाएको छ । ती सबै फायलमा बैकलाई डुबाउने उद्देश्यले गरिएको अनियमितताका प्रमाण समेत सम्लग्न गरिएको प्रहरीले जनाएको छ । राष्ट्र बैकले अनुसन्धान तथा आवश्यक कारवाहीका लागी लेखि पठाएका पत्रमा संचालकहरुको बदनियतले बैंकमा जम्मा भएको सर्वसाधरणको कम्तीमा ५५ देखि ५७ करोड निक्षेप जोखिममा परेको उल्लेख छ । खोजी गरिएका मध्ये अडुकिया र नौलखाको नाममा सबैभन्दा बढी अनियमितता भएको देखिन्छ । अडुकिया सेयर बजारलाई प्रभावित गर्न सक्ने खेलाडीका रुपमा चिनिएका व्यक्ति हुन भने नौलखा उनीहरुले नै प्रयोग गरेका सामान्य युवा हुन । अडुकिया आफूले किनेको ठूलो परिणामका शेयरको दर घट्न नदिन महिनौ बजार रोक्न सक्ने क्षमताका व्यवसायी मानिन्थे । बैंक सन्चालकहरुले कमलादीको पाँच रोपनी जग्गामा जेएसबी फाइनान्सियल टावर बनाउने नाममा जग्गा किन्न र भवन बनाउने भन्दै झण्डै ९० करोड रुपैया अनियमित रुपमा निकालेको खुल्न आएको छ । त्यस्तै कृषि प्रेमुरा प्रालिका नाममा बिना धितो ७ करोड दिएको, एक दिनका लागि सापटी लिएको साढे तीन करोड रकम पुन: जम्मा नगरेको, सामाखुशीस्थित एक हाउजिङलाई विना मुल्याकन एक करोड दिएको, जीवन घिमिरेले चार करोड रुपैया शेयर धितोको रुपमा लिएको तर हालसम्म सावा व्याज केही नतिरेको लगायतका झण्डै तीन दर्जन बढी अनियमितताको सूचि प्रहरीले पाएको छ ।       अडुकिया प्रोपाइटर रहेको नेपाल न्याथा प्राडक्ट कम्पनीले बैंक डुबाउने उदेश्यले एउटै धितो राखेर विभिन्न नाममा १० वटा बैंकबाट ८९ करोड निकालेको प्रमाण समेत राष्ट्र बैकले प्रहरीलाई पठाएको छ । वित्तिय अनियमितता गरेका यी व्यक्तिलाई बैंकिग कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत कारवाही गर्न केन्द्रिय बैंकले अर्थमन्त्रालयमार्फत पत्र पठाएको हो । ‘हामीले बैंकिग कसुर ऐन अनुसार कारवाही अघि बढाइयोस भनेर पत्र पठाएका हौ,’ राष्ट्र बैंकका प्रवक्ता भाष्करमणी ज्ञवालीले भने । बैंकिग कसुर ऐन अनुसार ३ बर्षसम्म कैद र विगो बमोजिमको असुली र जरिवाना गर्ने व्यवस्था छ । बैंकिग कसुर गरेको प्रमाणसहित राष्ट्र बैंकले गृह र प्रहरीलाई पत्राचार गरेपनि यसअघिका अनियमिततामा कसैलाई पनि कारवाही भएको छैन । सम्झना फाइनान्सका संचालकलाई पनि बैकिग कसुर अनुसार कारवाहीको माग भएपनि प्रहरीले कुनै कदम नचालेको गुनासो राष्ट्र बैंकको छ । प्रकाशित मिति: २०६८ जेष्ठ ४ १२:०० Source: http://www.ekantipur.com/np/20...

_____ · May 17, 2011 4:49 PM · 1,846 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all