how 2 earn money

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सल्यान जिल्ला जन्म घर भएका राई हाल ललितपुरको लामाटारमा दुई रोपनी क्षेत्रफलको जमिनमा बनेको घरमा बस्छन्। जबकि भत्तासहित उनको मासिक तलब १० हजार मात्र छ। काठमाडौँ, जेठ ३ । मण्डलेदेखि चोर, डाँका हत्यारासम्म धमाधम माओवादीमा प्रवेश गर्ने होड निकै चलेको छ, पछिल्लो समयमा। यस्ता कलंकित पात्रहरू माओवादीमा प्रवेश गर्न किन तँछाड–मछाड गरिररहको छन् भन्ने तथ्यको सानो रहस्य भने केही दिनअघि खुलेको छ। दरबारमार्गस्थित क्यासिनो अन्नामा चौथो 'ग्रेड' अर्न्तगत कनिष्ठ क्यासियर पदमा कार्यरत माओवादीमा आबद्ध हत्या अभियोगी एक कार्यकर्तासँग मात्र चार करोडभन्दा बढीको सम्पत्ति रहेको प्रमाण भेटिएपछि तँछाड–मछाडको रहस्य खुलेको हो।   यसरी पक्राउ पर्ने हत्या अभियोगी हुन्, क्यासिनो अन्नाका माओवादी भातृ संगठनका पूर्व इकाइ अध्यक्ष कल्पदीप राई। वैशाख २६ गते राति आठ बजे आफ्नै सहकर्मी तथा क्यासिनो अन्नाका इकाई कोषाध्यक्ष ज्ञानुमान डंगोललाई गौंडा ढुकेर मरनासन्न हुन्जेल कुटेपछि माओवादी अन्ततः राईलाई पक्राउ गरी कारबाही गर्न बाध्य भएको हो। राई प्रचण्ड पक्षका मजदुर नेता शालिकराम जम्कट्टेलका खास भित्रिया हुन्। उता कुटाइ खाने डङ्गोल भने बाबुराम भट्टराई पक्षका। जुनसकै पार्टीमा भए पनि अपराधी भनेको अपराधी नै हो, मौका मिल्ना साथ उसले कसैलाई पनि छोड्दैन भन्ने ज्ञान पनि डंगोल घटनापछि माओवादीलाई भएको हुनुपर्छ। यसअघि एक दर्जन बढी गम्भीर प्रकृतिका अपराधमा मुछिएका राईलाई माओवादीले संरक्षण गर्दै आएको थियो। विगतका अपराध गरकै बेला माओवादीले राईलाई कानुनी कठघरामा उभ्याउन सहयोग गरेको भए शायद २६ गते उसका हातबाट आफ्नै एक बफादार कार्यकर्ता मरणासन्न हुने गरी कुटिनबाट बच्ने थिए।   को हुन् राई?   सल्यान जिल्ला जन्म घर भएका राई हाल ललितपुरको लामाटारमा दुई रोपनी क्षेत्रफलको जमिनमा बनेको घरमा बस्छन्। जबकि भत्तासहित उनको मासिक तलब १० हजार मात्र छ। ०६० सम्म उनी एमालेको विद्यार्थी संगठनमा आबद्ध थिए। ०६० को वार्ताकालमा राई माओवादीको सम्पर्कमा पुगे। त्यसबेला माओवादीले मजदुर र विद्यार्थी क्षेत्रमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएका थिए। माओवादी भइसकेर पनि चार महिना अघि सुरेन्द्र पाण्डे अर्थमन्त्री रहेका बेला एक भेटमा राईले म पनि एमाले नै हुँ भन्दै पुरानो कार्ड देखाएर आफ्नो स्वार्थी चरित्र भजाएका थिए। टयाक्सी ड्राइभर, ठेकेदारहरूको कुल्लीको हाजिर राख्ने काम गर्दै उनी होटल क्षेत्रमा छिरेका थिए। करिब ३२ वर्षका राईका दुई छोरी छन्। तीन वर्ष अघिसम्म उनी 'घर ज्वाइँ' बसेका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि उनी नौ महिनाबाहेक निरन्तर होटल इकाईका अध्यक्ष रहँदै आएका थिए।   कति छन् अभियोग?   जिल्ला प्रहरी कार्यालय काठमाडौं, धादिङ र विभिन्न प्रहरी वृत्तहरूमा गरी करिब एक दर्जन किटानी जोहरी परेका छन् उनी विरुद्ध। तर जम्कट्टेल पक्षको दबाबमा प्रहरीले डङ्गोल कुटपिटको मात्र मुद्दा दायर गरेको छ राईमाथि। वैशाख ३१ गते सभासद्समेत रहेका जम्कट्टेल र अर्का मजदुर नेता बाबुराम गौतम उनलाई भेट्न हनुमानढोका पुगेका थिए। प्रहरीले भेट गर्न नदिएपछि जेठ १ गते केही मजदुरहरूलाई जबरजस्ती हुनमानढोका लगेर राईको पक्षमा नाराबाजी गर्न लगाएका थिए जम्कट्टेलहरूले। ०६६ असोजमा काठमाडौ स्युचारटारका दुई युवा निर्मल पन्त र पुष्कर डङ्गोललाई माओवादीले धादिङमा अपहरण गरी हत्या गरेका थियो। त्यो हत्यामा संलग्न रहेको भन्दै राईलगायत १७ जनाविरुद्ध किटानी जाहेरी परेको छ। सभासद्समेत रहेका जम्कट्टेलको निर्देशनमा युवाद्वयको हत्या भएको थियो। जम्कट्टेलमाथि पनि यो हत्यामा किटानी जाहेरी परेको छ। त्यसै गरी राईकै नेतृत्वमा दरबार मार्गस्थित उडल्याण्ड होटलका मालिक हरिलाल श्रेष्ठलाई अपहरण गरी जर्बजस्ती डेढ करोडको कागज गर्न लगाएको मुद्दा पनि प्रहरीमा दर्ता छ। प्रचण्ड सरकारका पालामा क्यासिनोमा छापा मार्न गएको प्रहरीको सञ्चारसेट राईले खोसेर बेपत्ता पारेका थिए। त्यसबेला माओवादीकै दबाबमा होटलले राईलाई जोगाउँदै ६० हजार रुपैयाँ तिरेको थियो। त्यस्तै राईले होटल हायातका इकाई अध्यक्ष (जो भट्टराई निकट हुन्) मुक्ति दाहाल, अन्ना क्यासिनोकै अर्जुनलाल श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएको उजुरी पनि प्रहरीकोमा पुगेको छ।   कसरी जोडे सम्पति?   सामान्य परिवारका राईले कसरी चार करोडभन्दा बढी सम्पति जोर्न सफल भए? कुन–कुन कालो खेलमा उनले हात हालेका थिए? निकै चासोको विषय बनेको छ, यतिखेर यो घटना। त्यही बुझ्नका लागि प्रहरीले उनको अन्य पाटो अनुसन्धान गरिरहेको छ। राईको सम्पति उजागर भएपछि होटलका इकाइ अध्यक्षले त त्यति धेरै सम्पती जोहो गरिसकेका रहेछन् भने त्यसभन्दा बढी चलखेल गर्ने माओवादी नेताहरूले कति सम्पति कुम्ल्याएर लुकाएका होलान्? अनुसन्धानको विषय बनेको छ। स्रोतका अनुसार राईको नेतृत्वमा क्यासिनोका वाउन्सरहरूको एउटा समूह नै लुटपाट धन्दामा लागेको थियो। उनीहरूको लुटपाट शैली पनि अचम्मको थियो। क्यासिनोमा कसैले जुवा जितेपछि राईको निर्देशनमा वाउन्सरहरूको एउटा समूह होटलको गेटमा बस्दथ्यो। जुवामा जितेको व्यक्ति निस्कन लागेका बेला गेटमै पैसा लुटिन्थ्यो। जुवामा जितेको पैसा लुटिएको हुनाले लुटिने व्यक्तिले पनि प्रहरीमा उजुरी गर्न सक्दैन थिए। यद्यपि योजनामा लुटिएको घटनाको एक दर्जन उजुरी दरबारमार्ग प्रहरी प्रभागमा दर्ता भएका छन्।   राईले घर खरिद गरेको कथा पनि निकै रमाइलो छ। स्रोतका अनुसार तीन वर्ष पहिले उनले लामाटारमा जग्गासहितको घर ३६ लाख रूपैयाँमा किन्ने सहमति गरी ३ लाख दिएर बैना गरे। तर डेड वर्षसम्म उनले घर धनीलाई बाँकी पैसा दिएनन्। माओवादीले लुकाएको कालो धनकै कारण राजधानीमा दिन दिनै जग्गाको मूल्य आकासिँदै गएपछि थुप्रै ग्राहक त्यो घर खरिद गर्न पुगेर ६८ लाख रुपैयाँसम्म दिने भए। त्यसपछि घर धनीले दुई वर्षसम्म पैसा दिनुभएन, अब वैना फिर्ता लैजानुस् मले घर अरुलाई नै बेच्ने भएँ भनेका थिए। तर, राईले आफू माओवादी भएकाले पुरानै मूल्यमा घर नदिए जे पनि गर्न सक्ने भन्दै धम्की दिएपछि ३६ लाखमै घरधनी घर छोड्न बाध्य भएका थिए। त्यो घर जग्गाको मूल्य मात्र अहिले तीन करोडभन्दा माथि पुगेको छ। यसबाहेक राजधानीका उद्योगी व्यापारी अपहरण गरेर र टेलिफोनमा धम्क्याएर पनि राईले लाखौं पैसा कुम्ल्याएका उनका सहकर्मीहरूको भनाइ छ। उनलाई पक्राउ गर्न गएको प्रहरी टोली उनको आलिशान घर देखेर अचम्ममा परेको थियो।   'सर्वहारा वर्गको मुक्तिभन्दा हाम्रो अर्को कुनै स्वार्थ छैन। मृत्यु वा मुक्तिबाहेक निजी सम्पती जोड्न हामी लागिपर्ने छेनौं' एकीकृत नेकपा माओवादीले युद्धकालमा यसै भनेर हजारौ गरिब जनताका छोरीछोरीहरूलाई आफ्नो पछि लगाएको थियो। तर, त्यही पार्टीका नेताहरूको आरामदायी जीवन र सम्पतिको त कुरै छोडौं, छोटे कार्यकर्ताहरूसमेतले करोडांै सम्पति जोडेको पाइएपछि विगतको वाचा 'उडायो सपना सबै हुरी'ले भन्ने गीतमा रूपान्तरण भएको छ।

aman · May 17, 2011 11:25 AM · 9,147 views

1 Reply

chhote sardaar yesta chhan, bade sardaar kastaa holaan hai? tiniharuko full raamkahaani kun din aaune holaa? bhaaateharulaai chhaalaa kaadera nunchuk dalnu parne ....

sukla · May 17, 2011 11:36 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all