इलाम, ३० वैशाख : एक कक्षासम्म अनुमति लिएको विद्यालयले सात कक्षासम्म अध्यापन गराउने भन्दै भर्ना लिएको छ । एक हजार पाँच सय विद्यार्थी भर्ना लिइसकेको इलाम सदरमुकामको समता शिक्षा निकेतन प्राविले माथिल्लो कक्षाको अनुमति लिने प्रक्रियासमेत सुरु गरेको छैन । अध्यापनको अनुमतिका लागि कानुनी प्रक्रिया पूरा नगरी भर्ना लिएर विद्यार्थीको भविष्य अन्योलमा पार्न लागेको भन्दै जिल्ला शिक्षा कार्यालयमा संस्थागत विद्यालयले उजुरी दिएका छन् । उजुरीमा 'एक कक्षासम्मको पठनपाठनका लागि अनुमति लिएको विद्यालयले सस्तो शिक्षा दिने नाममा विद्यार्थीको भविष्य अन्योलमा पारेको' भन्दै छानबिन गर्न आग्रह गरिएको छ । थोरै शुल्कमा पढाइने विज्ञापन गरेपछि अभिभावकले पनि अनुमतिबारे जानकारी नै नलिई छोराछोरीलाई भर्ना गरेका हुन् । तर, शिक्षा नियमावली नै मिचेर भर्ना लिएकोमा कारबाही गर्नुपर्ने संंस्थागत विद्यालयले उजुरीमा आग्रह गरेका छन् । यसअघि समताले कक्षा पाँचसम्मको अनुमति मागेको थियो । तर, कक्षा एकसम्मका लागि मात्रै अनुमति दिइएको शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा अधिकारी महेन्द्र पौडेलले अनुमतिविनै भर्ना लिने विद्यालयलाई कारबाही गरिने जानकारी दिए । तर, दर्ता नभएका निजी विद्यालयबारे अभिभावक र विद्यालय नै जिम्मेवार हुनुपर्ने पनि उनले बताए । 'समता विद्यालयले नियमविपरीत विद्यार्थी भर्ना गर्न पाउँदैन,' जिल्ला शिक्षा अधिकारी पौडेलले भने, 'हामीले दर्ता नभएका निजी विद्यालयबारे सम्बन्धित अभिभावक र विद्यालय नै जवाफदेही हुनुपर्ने भनेका थियौँ, त्यसको कार्यान्वयन सबैले गर्नैपर्छ ।' निर्देशन नमान्ने विद्यालयलाई कारबाही गरिने शिक्षा कार्यालयले जनाएको छ । सबै कक्षामा सय रुपैयाँ भर्नादर र सय रुपैयाँ नै मासिक शुल्क तोकेर समता विद्यालयले भर्नाका लागि विज्ञापन गरेको छ । त्यस्तै, कुनै पनि कक्षामा एकपटक भर्ना भएपछि माथिल्लो कक्षाका लागि निःशुल्क गरिने पनि विद्यालयले जनाएको छ । पाठयपुस्तक भने विद्यालयबाटै खरिद गर्ने गरी एकद्वार प्रणाली अनिवार्य गरिएको छ । समता शिक्षा निकेतनका सञ्चालक उत्तम सञ्जेलले शैक्षिक सत्र सुरु भएयता कक्षा सातसम्म एक हजार पाँच सयभन्दा बढी विद्यार्थी भर्ना भएको जानकारी दिए । तर, शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दा पनि कक्षा सञ्चालन भएको छैन । सञ्चालक सञ्जेलले भर्ना अभियान सकिएपछि अनुमति प्रक्रिया र कक्षा सञ्चालन गरिने बताए । 'जिशिकाले एकैपटक सबै कक्षाको अनुमति दिँदैन, विद्यालय स्थापना गरी कक्षा सुरु गरेपछि मात्रै दर्ताको प्रक्रियामा जान्छौँ,' सञ्चालक सञ्जेलले नयाँ पत्रिकासँग भने, 'देशभर हामीले यही प्रक्रियाबाट विद्यालय सञ्चालन गर्दै आएका छौँ ।'
Smooth · May 14, 2011 7:27 AM · 12,227 views
अन्सबन्डा नमिलेको हो ? कानुन को व्याख्या गर्ने सँग हिसाब किताब नमिलेको उदाहरण मात्री हो । पसुपतिमा हजारको नोट नराखे त्यो भाटले तपाईं हाम्रो पूजाको थाली छुदा पनि छुदैन , सिक्षा साखामा बसेकाहरु मौकामा किन पछी पर्थे र । Not a new story. Happens every minute.
Chandrika · May 14, 2011 10:51 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion