२१ मे २०११ साँझ ६ बजे भित्र शनिबारको दिन नेपाल, भारत, चीन, पाकिस्तान र अमेरिकामा राजनीतिक तथा प्राकृतिक ठूला घटना तथा दुर्घटना हुन सक्ने ज्योतिषीय अध्ययन अनुसन्धान र गणितीय हिसाबले देखिएको छ। ज्योतिषीय ग्रहहरूको गणनाअनुसार विश्वमा र नेपालमा ठूलो दैवीप्रकोप अथवा राजनैतिक घटना परिघटना हुने वा ठूला हस्ती मारिन सक्ने अनुसन्धानबाट देखिन्छ। कुनै प्रभावशाली नेताको निधन अथवा हत्या वा दुर्घटनाबाट मृत्युको योग पनि परेको देखिन्छ। २१ मे २०११ साँझ ६ बजेको कुण्डली तुला लग्नको स्वामी शुक्र सातौं भावमा पीडित भई बसेकाले नेपालको स्वतन्त्र अधिकारमा अरुले हस्तक्षेप गर्ने देखिन्छ तर लग्नमा परेको स्वगृही दृष्टिले तथा बुध, बृहस्पति र मंगलको पूर्णदृष्टिले राष्ट्रिय पहिचानमा विवेकीहरू, बुद्धिजीविहरू, कलाकारहरू र सैनिकहरू जागरुक हुनेछन् साथै सफल पनि हुनेछन्। आठौं भावमा शत्रुक्षेत्री सूर्य पीडित भई बसेको छ तथा अष्टमेश शुक्र सातौं भावमा पीडित भई बसेको छ, जसको प्रभावले शासकीय स्वरूपमा परिवर्तन आउने देखिन्छ भने धर्मभावमा बसेको केतुको प्रभावले धार्मिक संगठनबीच दंगा हुने र अन्तिममा सनातन धर्मावलम्बीले जित्ने देखिन्छ। राहु र चन्द्रमाको तृतीय भावमा परेको विषयोगले कुलतीहरूको व्यापार व्यवसाय गुप्त रूपमा फस्टाउने देखिन्छ। झलनाथ खनालको सरकार बाह्रांै भावको शनिले र तेस्रो भावको चन्द्रमाले डग्मगाउने देखिन्छ। त्यसैले राष्ट्रको दिगो शान्तिको लागि शनि, राहु र सूर्य तथा चन्द्रमाको जय–हवन सरकारको तर्फबाट हुनु आवश्यक छ। होइन भने सोही ग्रहको प्रभावले नेपालको राजनीतिक धरातलमा जो कोही हस्तीको अवसान गर्ने गराउने कामसमेत नहोला भन्न सकिन्न। नेपालमा राजनीतिक उथलपुथल मच्चिन्छ। राष्ट्रिय एकतामा आँच आउने एवं राष्ट्रिय अखण्डतालाई टुक्राउने तत्वहरू सक्रिय हुनेछन् तर त्यसको मुकाविला राष्ट्रवादी शक्ति र नेपाली सेनाले गर्ने हुँदा केही रक्तपातको स्थिति पनि नआउला भन्न सकिँदैन। जसमा राष्ट्रवादी शक्ति (सेनाको विजय हुने योग देखिन्छ। ठाउँ ठाउँमा साम्प्रदायिक दंगा, धार्मिक आतंकवाद र आपराधिक गिरोहहरूले उद्दण्डता मच्चाउने प्रबल योग देखिन्छ। प्रहरी प्रशासनमा भ्रष्टाचार व्याप्त हुने र केही प्रहरीका उच्च अधिकृतहरू कानुनी दायरामा पर्ने योग परेको छ। भारतमा अष्टमा सूर्यको प्रभावले जुनसुकै क्षेत्रमा पनि ठूला ठूला आगजनी र चन्द्रमाको प्रभावले सामुद्रिक आँधीबाट जनधनको क्षति हुने देखिन्छ। केन्द्रमा बसेको शुक्र र मंगलको विरोधपूर्ण योगले भारतको नयाँ दिल्लीमा आतंकवादी हमला हुने देखिन्छ। धार्मिक, साम्प्रदायिक ठूला घटना घट्नेछन् जसको प्रभाव नेपालमा समेत पर्नेछ। जापानमा भने राहुसँग बसेको चन्द्रमाको प्रभावले फेरि पनि सुनामी र भुईंचालोको सम्भावना देखाउँछ। उत्तरी छिमेकी राष्ट्र चीनमा पनि साम्प्रदायिक दंगा र तिब्बतको विषयलाई लिएर युद्ध भड्किने तथा प्राकृतिक प्रकोपका घटना हुनसक्ने प्रबल योग ग्रह गोचरबाट देखिन्छ। पाकिस्तानमा आतंकवादी तत्वहरू सक्रिय हुने धेरै धनजनको क्षति हुने र हिंसा भड्किने, राजनीतिक उथलपुथल हुने योग देखिन्छ। अमेरिकामा पनि आतंकवादी हमला हुनसक्ने र ठूलो दैवी प्रकोपको घटना हुनसक्ने योग देखिन्छ। आश्चर्यजनक कुरो के छ भने जेठ ७ गतेको कुण्डली उपर्युक्त राष्ट्रहरूको एउटै पर्न गएको छ। त्यसैले विश्वमा देखिने घटनाक्रम पनि पालैसँग थोरै प्रकृतिको हुनसक्ने योग देखिन्छ। हुन त त्यसदिन विश्वमै महाप्रलय हुने भन्ने भारत र अमेरिकाका कतिपय ज्योतिष र भूगर्भविद्हरूले दावी गर्दै आए तापनि महाप्रलय नै हुने देखिदैन। नेपालको हकमा उक्त दिनदेखि पछाडि नेता र राजनीतिक दलहरूप्रति जनतामा वितृष्णा फैलिने र घृणा जाग्ने हुँदा अर्को नयाँ परिवर्तनको चाहना शान्ति र समृद्धिका लागि तीव्र हुनेछ। जनतामा धार्मिक र आध्यात्मिक चेतनाको खोजी सशक्त रूपमा बढेर जानेछ कुण्डलीको ग्रहस्थिति हेर्दा नेपालको पूर्वी तराई र राजधानीमा विस्फोटन, आपराधिक गतिविधि तीव्र हुनेछ भने प्रहरी प्रशासन कमजोर र निरीह बन्नेछ। त्यस अवस्थामा सेना शान्तिका लागि सक्रिय बन्नेछ। २१ मे २०११, शनिबार साँझ ६ बजेदेखि नेपाललगायत छिमेकी राष्ट्रहरू र विश्वमा हुने घटनाक्रमलाई हेर्न बाँकी नै छ।
sukla · May 13, 2011 3:12 PM · 4,528 views
"नेपाल, भारत, चीन, पाकिस्तान र अमेरिकामा राजनीतिक तथा प्राकृतिक ठूला घटना तथा दुर्घटना हुन सक्ने ज्योतिषीय अध्ययन अनुसन्धान र गणितीय हिसाबले देखिएको छ।" re ... dhanna !!! africa, brazil, argentina, russia, europe, australia, antartica ko graha dashaa baliyo raichha, lau badhai chha... नेपाल, भारत, चीन, पाकिस्तान र अमेरिकामा ma घटना तथा दुर्घटना dubai हुन सक्ने re, lau hoshiyaar bhayera basa hai .... tyo pani saano haina ठूला re .... yo kuro patta lageko pani ज्योतिषीय अध्ययन अनुसन्धान र गणितीय हिसाब le ho re .. anusandhan matra hain, ज्योतिषीय अध्ययन अनुसन्धान र गणितीय हिसाब le re .... hyaa ..... kyaa khataraaa guff .... haina???? 21 may 2011 kahile aaulaa, fast forward garna mildaina?
sukla · May 13, 2011 11:40 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion