काठमाडौ, वैशाख २९ - वाल्मीकि क्याम्पसका स्ववियु सभापति रमेश रिजाल जेल चलान भएका छन् । ५ वर्षदेखि फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार कलंकीबाट भाइ प्रकाश रिजालसहित पक्राउ गरेर बुधबार जेल चलान गरेको हो । उनी सरकारी कागजात दस्तखत किर्ते ऐनमा फरार रहँदै आएका थिए । २०६० साल फागुनमा सवारी चालक अनुमति पत्र नक्कली बनाएको अभियोगमा पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले फागुन १९ गते १८ हजार रुपैयाँ धरौटीम्ाा रिहा गरेको थियो । धादिङ खाल्टे गाविस ३ घर भएका रिजाललाई २०६२ कात्तिकमा अन्तिम फैसला गर्दै एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो । वाल्मीकि क्याम्पसको स्ववियु सभापति चुनिए । फरार रहेकै बेला २०६५ सालमा भएको चुनावमा उनी सभापतिमा विजयी भएका थिए । http://www.ekantipur.com/kanti...
Smooth · May 13, 2011 2:06 PM · 6,857 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion