Normal 0 MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman";} ऋतुराज हो उसको खास नाम ऋतु हरुको राजा बसन्त ऋतु सुरु हुने दिनमा जन्मेकोले उसको नाम ऋतुराज राखेको रे पछि स्कूलमा उसलाई त्यो नाम अलि पुरानो लाग्यो, उसले आफैले नाम परिबर्तन गर्यो "बसन्त" भनेर. उस्ले आज टन्न रक्सी पियेको छ, श्रीमती संगै सधै जसो झगडा पर्छ हिजो आज पैसामा, उसलाई तथा नाम गाली गरेर उसकी श्रीमती शारदा अर्को कोठामा गएकी छ, घर बनाउदै गर्दा छ महिना अघि उसले शारदा लाई एक लाख रुपिया राख्न दिएको थ्यो, ठेकेदार लाई दिन पर्छ, सधै बैंक गइ रहन उसलाई फुर्सत हुदैन, काममा उसलाई सास फेर्ने फुर्सत हुदैन. तर आज ठेकेदार लाई दिन पैसा माग्दा त त्यो सबै पैसाको गहना किनेको रे, अस्ति भान्दाईको छोराको बिहामा जान. अब एक बचन नसोधिकन लाख लाख रुपियाको गहना किन्ने, उसलाई अचम्म लाग्याथ्यो, गहनाको कमि भएको भए पनि एउटा कुरा. उ फेरी अतितमा डुब्न पुग्छ अनि उसको जन्म चाही ल्हासामा भाको रे, उसको बाबु आमा ल्हासामा ब्यापार गर्न गको बेला उसको जन्म तेही भाको. उसको दाजु उ भन्दा एक बर्ष जेठो, नाम चाही हेमराज, हेमन्त ऋतु सुरु हुने दिनमा जन्मको भएर राखेको रे हेमराज. उसको दाजु पनि ल्हासामै जन्मेको खासमा ल्हासामा ब्यापार गर्न आएपछि उसका बाबु आमाको दिन निकै सप्रेको थियो रे, ब्यापार पनि एकदाम फास्टाउदै गएको थ्यो र पहिलो छोरी जन्मेको सात बर्स पछि २ बर्षमा दुइजना छोराको जन्म भएको थ्यो. उसको बाबु आमाले ल्हासामा ठुलो भोज गरेका थिए रे उस्कों न्वारानमा, दलाइ लामा लाई पनि डाकिएको थ्यो रे. उसको दिदि को नाम चाही "लुरी", सात महिनामै जन्म भएको, जन्मिदा खेरि न्याउरी मुसा जत्री थिएँ रे उसकी दिदि, तेसै ले लुरी नाम राखेको रे लुरी को जन्म चाहि नेपालमै भाको रे लुरी तिन बर्ष भएपछी गाउँमा ब्यापार गरेर खास केहि नहुने देखे पछि उसको बाबु केहि पैसा लिएर ल्हासा व्यापार गर्न पुगेका थिए रे ल्हासामा ब्यापार सुरु गरेपछि ब्यापार पनि फस्टायो, दुइ जना छोरा पनि जन्मे, नेपाली समाजमा छोरा जन्मे पछि बाबु आमा कति दङ्ग पर्छन, सबै लाई थाहा छ शायद दैबको लेखा अर्कै थ्यो, सधै सदाबहार केहि छैन उ सोच्छ, जिबन सायद प्रकृति जस्तो हो जहाँ घाम, पनि, हिउ, अशिना, डढेलो सबै छ पारिलो घाम, हरियो बन, र फुलेको फुल सधै रहदैनन, चिसो हिउद, उजाड जंगल र झरेका फुल पनि प्रकृतिको नियम हो, चाहे पनि नचाहे पनि तिब्बतमा चाइनिज आउने पक्का भो, धेरै नेपाली ब्यापारीहरु तिब्बतमा रहेको सबै सम्पति बेचेर नेपाल फर्किन थाले यो कथाका दुइ प्रमुख पात्र "ऋतुराज" र "हेमराज" क्रमश तिन र चार बर्षका थिए त्यसबेला ऋतुराजका बाउ पनि सबै सम्पति बेचेर फर्कने तरखरमा लागे, महिना थियो पुष , छोराहरु लाई ठण्डी लाग्ला र तिब्बतमा कमाएको सुन लैजादा नाकामा कसैले चोर्ला भनेर, उनले तिब्बतमै आफुले जम्मा परेको सुन बाट दुइ बाकस बनाउन लगाए सास फेर्न र हेर्नका लागि ठुला ठुला प्वाल पनि बनाइएका थिए ति बाकसमा. दुइ ससाना छोरा लाई सुनको बाकशमा राखेर भरिया लाई बोकाएर, आफु, श्रीमती र १० बर्षकि लुरी संगै उनको परिवार नेपाल फर्क्यो उनीहरुको गाउँ पुग्न काठमाडौँबाट सात दिन लाग्छ हिडेर पश्चिममा, तनहुंको दुर्गम ठाम, गाउँको नाम चाहि हुक्का. यही कथाका पात्र ऋतुराजको जिजु बराजुले जंगबहादुर लाई भेट्न आउदा सालको काठ बाट आफैले बनाएको थुप्रै कलात्मक हुक्का उपहार दिएबापत तनहुको १२०० रोपनी जग्गा बिर्ता पाएका थिए रे, अनि उनले गाउँ फर्केर पहाडमा भएका सबै गाउले लाई बेसीमा झिकाई आफुले बिर्तामा पाएको जमिनमा नया गाउँ बसाएका थिए रे, हुक्का दिएर बिर्ता पाएको जमिनमा बसाइएको गाउँ भएर गाउँको नाम नै हुक्का राखिएको रे सात वर्ष पछि ल्हासा बाट फर्केको, एक बर्ष त गाउँमा बस्न अभ्येस्त हुनै लाग्यो , नाता गोता धेरै, उनले कतिपय नातेदार लाई त ल्हासा बाट ल्याको सुननै कोशेली दिए गाउँमा उनको निकै रबाफ थियो. ऋतुराजका बाबुले आफ्नो अंसमा परेको जमिनमा नया जमिन थपेर खेति पाती सुरु गरे, उनको एक जना भाई थ्यो, उनका बाउले उनि गरि खान सक्छन भाइ चाही गरि खान सक्दैन भनेर अंसबन्डा गर्दा उनलाई एक भाग र उनको भाई लाई दुइ भाग लगाएका थिए , बाबु आमा पनि भाई संगै बसेका थिए ++++++++++++++++++++++++++++ समय बित्न कति लाग्छ र? ऋतुराजको परिवार गाउँ फर्केको पनि पाच वर्ष भयेछ, यही बीचमा उनको बाजे बजैको पनि देहान्त भयो ऋतुराज 8 वर्षको, हेमराज 9 वर्ष को, लुरी 15 वर्ष कि भई “छोरी बुढी भई सकी ब्या गरिदिनु पर्दैन” भन्ने हरु गाउँमा थुप्रै भई सकेका थिए, ऋतुराज को बाबुले नेपालगंजको एकजना 25 बर्से केटा संग लुरी को बिबाह गरिदिए +++++++++++++++++++++++++ दाजु भाइको नाता पनि अचम्मको छ , युरोपको राज परिवारको इतिहास पढ्यो भने , दाजु लाइ मारेर भाइ राजा हुने पनि छन्, आफ्नै बाउ लाइ मारेर राजा हुने पनि छन्, बहिनि लाइ कैद गर्ने अथवा बहिनिको शिर काट्ने पनि छन् , दाजु लाइ मारेर दाजुको श्रीमती संग बिबाह गर्ने पनि छन्. दाजु भाइ, दिदि बहिनीको नाता प्रेम र ग्रिह्नामा अल्झेको छ , धन र ताकतको अगाडी नाता गोता केहि काम लाग्दैन. ऋतुराजको बाबु र काकाको नाता पनि यसबाट अछुत रहन सकेन, बाबु आमा जिउदै भए सम्म त ठिकै थ्यो तर बाबु आमाको देहान्त पछि ऋतुराजको काका ले अनेक दुखः दिन थाले, दाइले ल्हासा बाट कमाएर ल्याको पैसामा उनको पनि आधा अधिकार लाग्छ भनेर , पछि बोलचाल समेत बन्द भो दुइ दाजु भाइको तेसै कारण ले. +++++++++++++++++++++++ यो सायद ऋतुराज 9 वर्ष हुदाको कुरा हो, उसका बाबु बिरामी परे, छ महिना थला परे, गाउँ को बैद्यले अब बाच्दैनन भने पछि उनलाई आगनमा लेराएर राखियो, अरुबेला नबोल्ने ऋतुराजका काका पनि हेर्न आए गाउले पनि जम्मा भए बिरामीले "प्यास लग्यो, पानि" भनेर मागे , ऋतुराजको आमाले अंखोरा बाट चम्चाले पानि मुखमा रखिदिईन् तर पानी खाएको एक मिनेट मै बिरामी को देहान्त भयो काकाले "यो पानि मा केहि छुक छ कि" भनेर अंखोरा लगे ऋतुराज र हेमराज लाइ खास केहि थाहा भएन आमा रोइ रहेकी थिइन्, उनीहरु आमा रोएको कहिले देखेको थियेंनन अप्ठ्यारो मानी रहेका थिए, बाउको लाशमा दाग बत्ति दिने बेला हेमराज मानेको थिएन, “काँ बाबुको मुखमा आगो राख्न हुन्छ? सुति रहेका बाउ लाइ पोली हाल्छ नि भनेर, तर उसको केहि लागेन, दाग बत्ति दियो बाउ लाइ आगोले पोल्ला भनेर डराउदै, रुदै घरमा आउने मान्छेको रमझम देखेर १३ दिन सम्मत दुइ दाजु भाइ लाइ बाउको देहान्त को असार परेन तर १३ दिन पछि मान्छेको आउ जाऊ बन्दभो अनी मात्र उनीहरुले थाहा पाए बाउ मरेको अर्थ १४ औ दिनमा काकाले पंचायेत बोलाए. पंचायेतमा उनले ऋतुराजको आमा लाई आरोप लगाए बिष मिसाएको पानी खान दिएर लोग्ने मारी भनेर, उसकी आमाले प्रतिबाद गरिन काकाले "त्यो अन्खारा र पानी म कहाँ ताल्चा मारेर राखेको छु पानि जाचे थाहा भै हाल्छ नि" भनेर भने अन्त्यमा पंचायेतले सबैको सामुन्ने ऋतुराजको आमाले त्यो पानी पिउन पर्ने आदेश दियो काकाको अधरमा कुटिल मुस्कान नाची रहेको थियो सबैका सामुन्ने ऋतुराजकि आमाले पानि पिईं, ऋतुराज र हेमराज पनी हेरी रहेका थिए अचम्म, पानि खाएको १५ मिनेटमा उ छट्पटाउदै मरी काकाको आँखामा बिजय भाव थियो समय तिब्र गतिमा अघि बादी रहेको थियो, ऋतुराज र हेमराजले भेउ नै पाउन सकेनन के हुदै छ भनेर पंचायतले लोग्नी मारा आइमाईको लाश जलाउना हुदैन भनेर गाउँको श्याल कराउने बाँस को बनमा लाश फाल्ने निर्णय गर्यो. राति ऋतुराज र हेमराज डराउदै घरमा भोकै सुते भोलि पल्ट काका एक जना छिमेकि लाई सुनाउदै थिए "त्यो राक्छास्नीले सजाए पाई, बाँसको बनमा श्याल हरुले तेस्को लास टुक्रा टुक्रा पारेरा खाएछन" भनेर पछी यस्ता पापीका सन्तान लाइ गाउँमा राख्न हुदैन, अरुका छोरा छोरी पनी बिग्रंछान भनेर काकाले ऋतुराज र हेमराज लाई गाउँ निकाला गरे यो फागुन महिनाको कुरा हो, शिवरात्रि आउनै लागेको थियो. क्रमश:
timi_mero_sathi · May 13, 2011 12:51 PM · 22,674 views
ke shirsak rakhnu? yesto sad story raichha ... "yesto kasailai nahos" ... . . . tara story ali hawa hawa lagyo, satya ghatana nahos,
sukla · May 13, 2011 1:36 PM
शुक्ला ब्रो, पढ्दा त हावा हावा जस्ताइ लाग्छ, तर कथा चाँही ९०% साचो हो, पात्रहरुको नाम पनि उही हो, मैले उनिहरु लाई सानै मा भेटेको भएर, नबुझेको र नसम्झेको ठाम मा आफ्नो तरफ बाट भरेको छु
timi_mero_sathi · May 13, 2011 5:35 PM
मेरो तर्फबाट शीर्षक : परिस्थिति
mulmiz · May 13, 2011 10:01 PM
Jindagi ko gham ra chaya; should be the title. Dantya katha bhaye "ujjyalo awasya aucha"
Chanakya Niti · May 13, 2011 10:59 PM
धन्यवाद मुल्मिज़ र चाणक्य नीति शिर्षक छानी दिएकोमा आरु भाग पढेर सिर्शक परिबर्तन हुन्छ कि? भाग 2 Normal 0 MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman";} काकाले घरमा ताल्चा मार्दे पछि ऋतुराज र हेमराजको जाने ठाम कहिँ भएन, उनीहरु तेसै रुदै अर्को गाउँ तिर लागे दुइ घण्टा पछि अर्को गाउँ पुग्दा एक जना बुढी गुरुन्ग्सेनी ले "ये बाबु हो तिमि हरु जेठा मुखियाका छोरा होइन, रुदै कता हिदया? भनेर सोधिन हेमराजले सबै कुरा गुरुन्ग्सेनी बुढी लाई भन्यो "छ्या कस्तो असत्ति रेछा कान्छो मुखिया त, तेती बिघ्न खराब होला जस्तो त लाग्या थेन" भनिन कहाँ जान्छौ त तिमि टुहुरा हरु अब "काठमान्डूमा हाम्रो मामाघर छ हामी तेही जाने", हेमराजले भन्यो “कहाँ जान सक्छौ तिमि बच्चाहरु काठमाडौँ, ठुला मान्छेको साथ् नलागी हुदैन, एक दिनको बाटो होर? दुइ दिन म कहा बस, पर्सि यो गाउँ बाट ४-५ जना जादै छन् काठमाडौँ, शिवरात्रिको मेला भर्ना उनीहरु संगै जानु” दुइ दिन गुरुन्ग्सेनी कही बसेर तेस्रो दिन उनीहरु शिब रात्रिको मेला भर्ना जाने हरु संगै काठमाडौँ लागे, जाने बेलामा गुरुन्ग्सेनी बुडीले "ल बाबु हो बाटोमा ज्यादै दुखः भो भने खर्च गर्नु" भनेर एक रुपिया दिईन. हेमराज लाई थाहा थ्यो उसको मामाघर काठमाडौँ महाराजगंज निर भनेर, तर हिडेर काठमाडौँ पुग्न उनीहरु जस्ता बच्चा लाई आठ दिन लाग्थ्यो, काठमाडौँ सम्म जाने मोटर बाटो बनि सकेको थिएन. तनहु बाट काठमाडौँ जाने दुइ चार जनाको पछि लगेर उनीहरु पनि काठमाडौँ तिर हिडे, राति अरुहरु जहाँ बास बस्थे उनीहरु पनि तेही बास बस्थे, बास बस्ने घर मै मागेर खान्थे उसलाई लाग्छ अहिले भएको भय तेस्तो सम्भब थिएन, समय अर्कै भै सक्यो, कसैले नचिनेको मान्छे त्यो पनि बच्चा हरु लाइ बास दिदैनन, खानाको कुरा त परै जावोस दिउसो दाई भोक लाग्यो भनेर रोएको उसलाई सम्झना छ बाटोमा, दाई बिचरा के गरोस? त्यो पनि उ भन्दा एक वर्ष मात्र जेठो, बाटोमा अरुको बारीको रुखबाट भोगटे, आरुबखडा टिपेर खान्थे उनीहरु. गोर्खा निर पुग्दा बारीमा मान्छे हरु बदाम टिप्दै रहेछन, त्यो दिन तिनीहरु संग बदाम मागेर खाए टन्न ति मान्छे हरु दयालु रहेछन, बिचरा बच्चा हरु भनेर दुवै दाजु भाई लाई खल्ती भरि बदाम पनि दिएर पठाए. घर बाट हिडेको चौथो दिन थ्यो. तैपनि उनीहरुले हिम्मत हारेनन, जसो तसो गर्दै गोर्खा, नुवाकोट हुदै उनीहरु आठौ दिनमा काठमाडौँ आइपुगे तर न उनि हरु लाई महाराजगंज कहाँ पर्छ भनेर थाहा थ्यो, न मामा को नाम नै , दुइ जना मामा थिए उनीहरुका, एक जना ठुलो मामा, एक जना सानो मामा उनीहरु काठमाडौँ आइपुगेको दिन शिवरात्रि थियो सबै जना पशुपति जान लागेका, उनीहरु पनी भिड संगै पशुपति पुगे, साझको छ बजी सकेको थियो पशुपतिमा जोगी लाइ खुवाउने बेला भएको रहेछ, आठ दिन देखि मागेर खादै आएका हाम्रो कथाको पात्रहरु लाई बेस्करी भोक लागि रहेको थियो हेमराजले भन्यो, “आइज भाइ हामि पनी लाइनमा बसेर टन्न खिर खाउ” उनीहरुले पनी जोगी लाई वितरण गरिएको खिर, दहि र लड्डु टन्न खाए, कति दिन देखि को भोको सरिर टन्न खाए पछि के हुन्छ ? उनीहरुले मामाघरको कुरा बिर्से, संगै जोगीले धुनी बालि रहेको थियो त्यो ताप्दा ताप्दै कुन बेला भुसुक्कै निदाए. भोलि पल्ट बिहान हल्लाले उनीहरुको निद्रा खुल्यो, एघार बजी सकेको थियो, जोगी हरु दक्चिना लिएर जाने तरखरमा थिए आफ्नो धुनी संगै सुतेका दुइ जना बच्चाहरु उठेको देखेर धुनी बाल्ने जोगीले सोध्यो “बच्हो घर कहाँ छ? "हुक्का गाउँमा घर हाम्रो” हेमराज ले भन्यो कहाँ है हुक्का गाउँ ? जोगीले सोध्यो पहाड मा “किसको साथ् आया यहाँ” “दुइ जना मात्रै” घरसे भाग कर आयो ? "होइन" हेमराजले रुदै सबै कुरा भन्यो दाइ रोएको देखेर ऋतुराज पनी रोयो उनीहरुको कुरा सुनेर जोगी पशुपतिको मन्दिर तिर हेद्रै "हे भोले नाथ यह तेरा कैसा लिला" भन्दै करायो "आब कहाँ जाने" “मामाघर”, हेमराजले भन्यो “काकाने ऐसा किया मामा क्या करेगा, चलो मेरो साथ गोरखपुर् मे, बाबा गोरखधाम मे रहो मेरा साथ” हेमराज लाइ त्यो बखत के भो कुन्नि, कुनै नातेदारका जान मन लागेन, कलिलो दिमाग ले के सोच्यो अब उसले भन्यो “हेर भाई जाऊ हीन गोरखपुर, यो जोगी संग” "तिमि जहाँ जान्छौ म पनी संगै जान्छु दाइ”, नौ बर्षे ऋतुराजले भन्यो उ फेरी बर्तमानमा आइपुग्छ उसलाई लाग्छ उसको जिबन त कहानी जस्तो छ, एक अबिस्वोस्निए कहानी, कुनै कहानी वास्तविक जिबन संग मिल्दो जुल्दो भएमा मान्छे भन्छन कस्तो सत्य घटना जस्तो तर यहाँ त उल्टो भैराखेको छ सत्य घटना पनि कहानी जस्तो छ. उ अरु लाइ दोष दिन चाहिदैन उसको जिबनको सत्य घटना उसले भोग्न नपरेको भए उसलाई पनि कहानी जस्तै लाग्थ्यो होला स्कूलमा पढ्दा मास्टरले भनेको एउटा कुरा याद अउछ उसलाई, एक जना धनि मानिसले आफ्नो घरको मूल ढोकामा सुनको अक्षरले "दुखिको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुखः दे" लेखेको थ्यो रे. उसको जिबनमा दुखः त कति कति, भगवानले अरु सबैको भागको दुखः माया गरेर उसकै पोल्टामा हालिदिएको जस्तो थ्यो त्यो धनि मान्छेको जस्तो उसका दुखः हरु सुनका अक्षरमा लेखिएका थिएनन्, उसका दुखः त तितो सत्य थिए जिबनको प्रतेय्क दुखद घटना पछि उसलाई लाग्थ्यो येही नै अन्त्य हो दुखःको, यहाँ भन्दा बढी दुखः के होला र ? तर सायद भगवान भन्दै थिए, यो त के हो र, असली तमाशा त आउन अझै बाकी छ, हेर्दै मात्र जा तर, उसले हरेक दुखः का क्षण दुखः नमानी बितायो, हुन त तेसबेला उसले कुरा बुझेको थिएन तेसो भएर पनि होला. तरपनि परिस्थितिले उसलाई गलाउन सकेन उसले डटेर सामना गर्यो हरेक दुखद परिस्थितिको. उसलाई पछाडी पिठमा केहि दुखे जस्तो लाग्यो, हात पछाडी लगेर सुम्सुमायो, ढाड सुम्सुमाउदै उ फेरी अतितमा डुब्न पुग्यो दुवै जना जोगीको पछि पछि लागे, खाली खुट्टा गोरखपुर तिर हे भगवान, कहाँ सुनको बाकसमा ल्हासा बाट काठमाडौँको यात्रा, कहाँ खाली खुट्टा गोरखपुरको यात्रा, उसले मनमनै सोच्यो क्रमश: Last edited: 14-May-11 02:16 PM
timi_mero_sathi · May 14, 2011 2:09 PM
sarai laamo rahechha. Book padna gaaroooooooo lagera mood fresh garna sajha pasya, yetro lamo story ksale padosh. Ramrai hola vanne aanuman ka saath future ma jaagar lage padne decision gariyo.
sukha1 · May 15, 2011 1:09 AM
सुख्ह जि तपाईंले भन्नु भएको जस्तो लामो त अली लामै भो क्यारे, पैला पैला एक भागमा सिध्यौथीए, भाग भो धेरै भाग भो, मैले याद नै गरिन यो जमाना मा मान्छे ब्यस्त हुन्छन, धेरै मान्छे लाई छोटो मीथो मन पर्छ,जे हूस लेख्नु लेखी हाले चोटतौद कथाको मर्मा जाला फेरी तर एस्पालीको भाग चाँही चोटाई पेश गरेको छु भाग 3 Normal 0 MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman";} यसरी हाम्रो कथाको टोलि विभिन्न ठाममा बास बस्दै १५ दिन पछि गोरखपुर पुग्यो, गोरखपुरको चहक नै अर्कै, मान्छेको भिड, गाउँमा जात्राको बेलामा पनि तेस्तो भिड देखिदैन थियो, गोरखपुरमा त सधै तेस्तो भिड हुने रहेछ , गोरखपुरको बाबा गोरखनाथको मन्दिरमा रहेछ जोगीको बसाइ, पुगेको सात दिन पछी जोगीले भन्यो “अब तुम दो भाई भि मेरे जैसा भगवान शिबका भक्त बन्न पदेगा” के थाहा हुनु हरु लाई शिबको भक्त बन्न के गर्नु पर्छ भनेर, जे भए पानी जोगी ले उनीहरु लाई राम्रो संग खान दिएकै थियो, मागेरै भए पनि, दुवै ले हुन्छ भनी टाउको हल्लाए, “लो यहाँ आवो” जोगीले डाक्यो देखो शिबके भक्त बन्ने के लिए तुम दोनो का पिठ मे त्रिशुल दागना पडेगा, मेरे जैसा, भनेर आफ्नो ढाड देखायो, त्यहाँ करिब छ इन्च जति लामो त्रिशुल को डोब थियो उसले आफ्नो त्रिशुल धुनीमा तताउन बसाल्यो घभराना मत कुछ नही होगा, सुरु मे कुछ दर्द होगा ,लेकिन शिबबुटि पिने के बाद दर्द भी जाएगा दुवै जना दाजु भाईले के बुझे कुन्नि, दुवैको अनुहारमा त्रास देखिन्थ्यो, तर दुवै चुप बसे, डर ले जोगीले मौन स्वीकृति लक्चनम ठान्यो त्रिशुल रातो भएर ताते पछि जोगी ले हेमराज लाई “तुम्हारा पिठ मेरी तरफ करो” भन्यो हेमराज ले डराइ डराइ आफ्नो नागों पिठ जोगी पट्टि फर्कायो एक हातले हेमराज लाई समातेर अर्को हातले रातो हुने गरि तातेको त्रिशुल हेमराजको पिठिउ मा दबायो आमा!!!!!!!!!!!!!!!!! भन्दै हेमराज करायो एक छिन् मै पोलेको मानब मासुको गन्ध फैलियो “कुछ नही होगा” भन्दै जोगीले त्रिशुल हटायो र चिसो पानी पिठिउ मा खनायो र संगै राखेको चिलिम तान्न दियो, "लो पिवो शिबबुटि, सब दर्द जाएगा भन्दै, हेमराजले एक सर्को के तानेको थियो खोक्न सुरु गर्यो, तर सायद शिबबुटिको अशर होला कि, एकै छिन मा निदायो ऋतुराज लाई त भाग्न मन लागि सकेको थियो तर उसलाई दाइ लाई एक्लै छोडेर जान मन लागेन देखो तुम्हारा दाइको सब ठिक हो जाएगा , "मुझको भी ऐसा हि कियाथा मेरा गुरु ने बर्सवो पहिले" भनेर जोगी सायद ऋतुराज लाई सम्झाउदै थियो एक छिन पछि ऋतुराज संग पनी सोहि घटना घट्यो, उ पनी शिबबुटिको एक सर्को तानेपछि निदायो भोलि पल्ट बिहान उठ्दा दुवै भाई को पिठिउमा दुखि रहेको थियो अब तुम दोनो भाई भी मेरे जैसे हि शिबके भक्त बन गए, तुम दोनोको मैने बाबा गोरखनाथको अर्पण किया, एक हफ्ते बाद घाब भर जाएगा उसके बाद तुम द्वोनोको भी सुबह और शामको दानके लिए जाना पडेगा मेरे जैसे हि तेस्रो दिनको पाठ थ्यो, बिहान माग्न जादा के भन्ने र बेलुका माग्न जादा के भन्ने. उसलाई अहिले पनी याद छ माग्न जादा भन्ने गित बिहान गोरखपुरको घर घरमा माग्न जादा गाउने गीत “तेरे द्वार खडा भगवान भक्त भर दे रे झोली डोल उठी सारी धरती देख रे डोला गगन है सारा भिक् माग्ने आया तेरा द्वार जगत का पालन हारा, जगत का पालन हारा, भक्त भर दे रे झोली " बेलुका चाही रेल स्टेशनमा माग्न जान पर्ने, बेलुका गाउने गीत चाही एस्तो थियो "इनसान जान कर भी इतना समझ न पाया जाना पढेका इक्दीन ये है मकान पराया यह चार दिन का मेला, आखिर लगा हि किउ है वापिस बुलाने वाले फिर भेजता हि किउ है मालिक यह भेद तेरा कुछ भी समझ न आया जो दे उसका भी भला, जो न दे उसका भी भला" क्रमश
timi_mero_sathi · May 16, 2011 1:38 PM
भाग ४ Normal 0 MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman";} दुइ भाई लाई खास दुखः थिएन. बिहान उठ्यो, नुहाई धुवाई गर्यो , बाबा गोरखनाथको पुजा गर्यो तेस्पछी माग्न गयो ६ बजे देखि ९ बजे सम्म. ९ बजे पछी मठमा फर्क्यो नास्ता खायो, सीबबुटी तान्यो. दिउसो सिबको भजन गायो, बेलुका फेरी ५ बजे देखि ८ बजे सम्म रेल स्टेशनमा माग्न गयो फर्क्यो, खाना खायो, सिब को भजन, अनि सुत्यो यो दिन्चार्य्हा कुनै गारो थिएन हेमराज लाई चाहि बाबुले भनेको एउटा कुराले सधै सताई रहन्थ्यो" बाबु पढ्न पर्छ है, पढेर ठुलो मान्छे हुन पर्छ". उसलाई पढ्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो, भाई लाई पढाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो, उसले गाउँमा नै मजाले अक्छेर चिनी सकेको थियो, किताब हरु पढ्न सक्ने भई सकेको थियो ऋतुराजले चाहि अक्छेर त चिने को थियो तर किताब भने कनी कुथी मात्र पड़ना सक्थ्यो एक दिन हेमराज ले उसको इकच्या जोगी लाई भन्ने विचार गर्यो खाना खाएर बेलुका सुत्ने बेलामा उसले जोगी लाई भन्यो "बाबा मै पढ्न चाहता हु, भाइ को भी पढ़ाना चाहता हु, मेरे पिताजी कि भी येही ईक्षा थि” जोगीले एक पटक उसलाई अचम्म साथ् हेर्यो, मानौ सन्सारको आठौँ आश्चर्य उसको अगाडी खडा छ क्या करेगा पढ कर? मालुम है मैने कितना पढ़ा है ? म्याट्रिक पाश हु मै, सेकेन्ड डिविजान मे मेरे जैसे म्याट्रिक पास बडा बाबु बने फिर्ते है यहाँ लेकिन मै तो जोगी बन गया तुम दोनो बिना म्याट्रिक के मेरे जैसे जोगी बन गए , क्या यह काफी नही है ? हेमराज केहि बोलेन, चुप लगेर सुत्न गयों जोगी भने रात भर सुत्न सकेन, सायद उसलाई आफ्नो बचपन याद आयो होला एक हफ्ता पछि जोगीले कहाँ बाट हो कुन्नि केहि पुराना किताब ल्यायो “लो यह दस किताबे तुम्हारे लिए है, यह किताबे सब पढ़ोगे तो तुम भी म्याट्रिक पास कर लोगे” बाकि दस किताब ऋतु के लिए है यह दस किताबे पढ्ने के बाद वोह तुम्हारा दस किताब पढ़ेगा, म्याट्रिक पास कर्ने के लिए इतना काफी है फुर्सत मेह यह किताबे पढ़ना बिज्ञान, हिसाब, अंग्रेजीका किताब हरु थिए ति उनीहरु प्रतेक वर्ष शिबरात्री मा काठमाडौँ आउथे, तेसकारण काठमाडौँ नया थिएन उनीहरु लाई, शिबरात्रीको बेला उनीहरु काठमाडौँमा भजन सुनाएर जात्रु हरु लाई मुग्ध पार्थे, भक्तजनले पनी पैसा खुबै दिन्थे, आम्दानी राम्रै हुन्थ्यो हेमराज र ऋतुराज लाई यही जिबन रमाइलो थियो तेसकारण काठमाडौँ आएको बेलामा पनी कहिले मामाघरको खोजीनिती गरेनन उनीहरुले. +++++++++++++++++++++++++++++ समय घुमे को घुमै छ, छ वर्ष येसरी नै बित्छ , हेमराज र ऋतुराज ले सबै किताब पढी सिध्हायी सके, बास्तवमा ऋतुराज दाई भन्दा निकै चलाख निस्क्यो. छ बर्षमा उसले दस क्लास सम्म कै सबै किताब पढी सकेको थियो कहिले कहिँ उसलाई लाग्छ जिबन एक खेल हो, फुटबल खेल, कुन बेला कुन मोड लिन्छ थाहा नै हुन्न आन्तिम सम्म प्रयास गर्नु खेलाडी को काम हो तर जित र हार सानो सानो कुरामा अड्किए को हुन्छ. सायद भगवान लाई अझ बडी नाटक गर्नु थ्यो, सान्त भई सकेको हाम्रा पात्र हरुको जिबनमा एउटा अर्को छाल आयो सातौ वर्षमा जोगी लगातार बिरामी भयो, बल्ल तल्ल रोग पत्ता लग्यो टि बि भएको रहेछ. टि बि को औसधि छैन रे, मान्छे बिस्तारै मर्छ रे. “यसपालीको शिबरात्रिमा काठमाडौँ जान नपाइने भईयो” हेमराज सोच्छ शिबरात्रिको पन्ध्र दिन आघि जोगी ले हेमराज र ऋतुराज लाई बोलाएर भन्यो “देखो इश बार शिबरात्रि मे मै काठमाडौँ जा नही पाऊंगा, लेकिन तुम दोनो जाना, वहा भगवान सिब से मेरे लिए दुवाये माग्ना” "जरुर करेंगे बाबा" दुवै जना एक साथ् भन्छन "शिबरात्रिके बाद नेपाल मे हि रहेना, गोरखपुर म़त आना, लगता है अब एक बर्ष मे मै मर जाउंगा”, मेरे मर्ने के बाद तुम दोनो के लिए यह जगह ठिक नही है, जाओ नेपाल जाओ, लेकिन हरसाल शिबरात्रीमे मुझको जरुर याद करना, इश दुनियामे मेरा कोइ नही है तुम दोनो कि सिवा" र, एकदिन बिहान हेमराज र ऋतुराज दुवै आँखामा आशु लिएर जोगी संग बिदा भए काठमाडौँमा शिबरात्री को मेला भर्न, जाने बेलामा जोगी ले दुवै लाई १००/१०० रुपिया दिदै भने को थियो “देखो इश पैसे को खर्च मत करना, जब तुम लोग दो सौ रुपिया जमा करोगे तब जाकर येह पैसे खर्च करना उनीहरुको साथ्मा, एक झोला सातु, 10 वोटा किताब २ जोर लुगा, बस तेत्ति थियो शिबरात्रीको दुइ दिन अघि उनीहरु काठमाडौँ आइपुगे जोगीले मनाउने ठाममा उसले जस्तै गरि शिबरात्री मनाए, अन्तिम दिन दक्चिना लिए सकेपछि कहाँ जाने भन्ने भो उनीहरु लाई, काठमाडौँमा पाटि हरु थुप्रै थिए, बस्न लाई खास समस्या थिएन, मामाघर खोज्न जाने कि महाराजगंजमा भन्ने पनी भो तर दुवै भाईले अन्तिममा एक पल्ट आफ्नो गाउँ जाने सल्लाह गरे. जोगी कै रुपमा माग्दै सातौ दिन उनीहरु आफ्नो गाउँ हुक्का पुगे, गाउँमा उनीहरु लाई कसैले चिन्ने कुरा भएन , काकाले उनिहरुको घर जग्गा सबै कब्जा जमाएका रहेछन बिस्तारै कुरा बुझ्दै जादा उनीहरुको दिदि लुरी, नेपालगंजको घरबारी टोलमा बसेकी छिन भन्ने थाहा पाउछन. जोगी भएर माग्दै उनीहरु नेपालगंज पुग्छन, पहिलो दिन धेरै घरमा पानि दिदि को घर पत्ता लगाउन सकेनन, दोस्रो दिन पहिलो घरमा उनीहरु ले गाउन सुरु गरे तेरे द्वार खडा भगवान, भक्त भर दे रे झोली डोल उठी सारी धरती देख रे डोला गगन है सारा भिख माग्ने आय तेरा घर जगत का पालन हारा रे जगत का पालन हारा घर बाट एउटी दुब्ली पातली, अग्ली आइमाई निस्कंचिन अँजुली भरि चामल लिएर. ऋतुराज बिचरा लाई त आफ्नो दिदिको अलि अलि पनि याद छैन, हेमराज लाई चाही संका लाग्छ लुरी दिदि हो कि भनेर, झोलामा भीछ्या थाप्दै हेमराज भन्छ "माते हामि हुक्का गाऊको" हाम्री दिदि येही कतै बस्छिन भनेर खोज्दै आको" "हुक्का गाउँको को तिमि हरु? दिदिको नाम के हो"? तिनी सोध्छिन म हेमराज र उ मेरो भाई ऋतुराज, हाम्रो दिदिको नाम लुरी यो सुनेर ति आइमाई जो लुरी नै थिन, लाई रिंगटा लाग्यो, उ एकफेरा गाउँमा भाई खोज्न पनि गाकि हो, काकाले गाउँलेको पैसा चोरेर तेरा भाई हरु भागे भने, उसलाई विश्वास त लाग्या थिएन, उसले काठमाडौँ मामाघर र अरु नाता गोता सबै कहाँ गएर भाई हरु खोजेकी हुन्, तर भाई हरु फेला पार्न सकिन आज आफ्ना भाइहरु लाई आफ्नै घरमा जोगी को रुपमा भीक्च्या माग्न आउदा उसलाई के भयो होला ? लौन नि भनेर दुवै भाई लाई अंगालो मारेर रुन थाली उ, हेमराजले बुझी हाल्यो इनै उसकी दिदि हो भनेर, धेरै वर्ष पछि भेट भाको, उसले पनि मन थाम्न सकेन उ पनि रुन थाल्यो दुइ जना रोयको देखेर ऋतुराज पनि रुन थाल्यो यो परिवारले धित मर्ने गरेर नरोएको पनि धेरै वर्ष भएको थियो, दिदि भाई आँगनमा बसेर धेरै बेर सम्म रोइ रहे. क्रमश: Last edited: 20-May-11 03:59 PM
timi_mero_sathi · May 20, 2011 1:54 PM
very nice sotry. Actually reminds me of my father's story who suffered so much too
Sheetalb · May 20, 2011 3:34 PM
SheetalB जि पढ्नु भएको मा धन्यवाद बाल कृष्ण सम हो कि कस्ले हो भन्या थ्यो रे "सहू, सहू, सहू बाबु सहनै नसके पनि" तेस्तै भएको छ हाम्रो कथाका पात्र हरु लाई पनि भाग 5 Normal 0 MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman";} हाम्रो कथाका पात्र हरुको नेपालगंज बसाइ १० दिन भइ सकेको थियो, लुरीको परिवारमा सासु, एकजना देवर र लुरीका दुइ छोरा गरि जम्मा ५ जना थिए , कमाउने चाही लुरी को श्रीमान मात्रै, बैंक सुरक्छ्या गार्ड बैंकको सुरक्छ्या गार्डको कमाईले पाच जनाको परिवार पाल्न सजिलो हुदैन, तेस्माथी सासुको औसधि खर्च हेमराज र ऋतुराजले दिदि लाई सबै कहानी सुनाए, हुन त लुरीको पनि कहानी कम थिएन तर उसले भाइहरु लाई अरु दुखि बनाउन चाहिन दुवै भाइले आफुहरु पढ्न चाह्येको बताए, लुरीले उनीहरुको खर्च बेहोर्न सक्ने कुरै थिएन, उसले भनि “बाबु हो जावो तिमि हरु सानो मामा का, ठुलो मामा हिजो आज पोखरा सरेका छन्, सायद सानो मामाले तिमि हरु लाई पढ़ौना सक्छन”. एक महिना पछि दुवै भाई दिदि संग बिदाबारी भइ काठमान्डू हिडे. ++++++++++++++++++++++ ए ज्ञानमणि जी, आज एक बर्ष भो तपाईले मसंग ले को 50,000 को भाका नाघेको, म त आज जग्गा निखन्न आको, हरी साहु मालपोतको कारिन्दा लाईनै लिएर ज्ञानमणिको भाका नाघेको ऋणको सट्टा धितो राखेको जग्गा आफ्नो नाममा गरौना आको थ्यो "बाउले हाम्रो पाटीको बास गराउने भो", अब हुदा खादाको जग्गा साहुले लाने भो हैन भनेर छोरा हरु ज्ञानमणि लाई गालि गर्दै थे. सायद दिउसोको २ बजेको थियो हेमराज र ऋतुराज पनि टुप्लुक्क तेही बेला ज्ञानमणिको चोकमा देखा परे, हेमराजले मामा लाई तुरुन्तै चिन्यो, तर चोकमा मान्छेको भिड देखेर उ छक्क पर्यो हेमराजले मामाको अगाडि गएर मामा भनेर बोलाँउदा, सानामामाले उनिहरु तिर हेरे तर चिन्न सकेनन को तिमीहरु ? म हेमराज उ चाँही भाई ऋतुराज भनेपछी मामालाई आफ्ना हराएका भान्जा हरुको सम्झना भो, कहाबाट आइ पुगेउ भान्जा हो ? उनिहरुले छोट्करिमा मामा लाई सबै कुरा सुनाये तर दैब सन्जोग! आजै मामाघरमा समस्या भएको के रहेछभने उन्को सानो मामा डा. के आइ सिंहको समर्थक रहेछन, के आइ सिंहले सिंह दरबार कब्जा गर्नु अघी आफ्नो मान्छे हरु लाई तलब, सैनिक पोशाक, हतियारको लागि अलिकती चन्दा मागेका रहेछन, रितुराजको सानामामाले दुई रोपनी जग्गा बन्धकी राखेर साहु सँग 25, हजार लिएका रहेछन, के सिंह लाई सहयोग गर्न, पछी दिन्छु धन्दा मान्न पर्दैन, हामीले सत्ता कब्जा गरेपछी सबै ठीक हुन्छ भनेका रहेछन पछी घटनाले नाटकिये मोड लिएछ, के आइ सिंह भाग्न पर्ने भएछ, साहु सँग पैसा लिएको भाखा नाघेको पनि ९ महिना भईसकेको रहेछ, नौ महिना सम्म सावा ब्याज तिर्न नसकेपछी, साहु जग्गा निखन्न आको रेछ, माल्पोतको मान्छे लिएर खाजा खाइ सकेपछी सानोमामाले भने बाबु हो तिमीहरु लाई देखेर म धेरै खुशी छु, तर आज यहाँ स्थिती ठीक छैन तिमी हरु पाटन बैनीकोमा जाउ उनि कै बस, म पछी भेट्न आउछु. "मामा तर मैले पाटन सानीआमा को घर देखेको छैन" सजिलो छ चिन्न, लगनखेलमा पर्छ, पाटन अस्पातल पछाडि जुन नयाँ घर छ तेही हो, खाजा खाएर दुई भाई फेरी लगनखेल तिर लाग्छन साझको सात बजेको हुदो हो चन्द्र कुमारी भान्सामा बेलुकाको खाना बनाइ रहेकिछिन, भान्छाको झ्याल बाट सडक देखिन्छ, सडक बाट ६० फिट भित्र छ घर, उन्ले दुइजना ठिटाहरु सडक बाट आफ्नो घर तिर आइरहेको देखिन, यति बेला त कोइ आउन नपर्ने, इनिहरु भानिज हरु पनि जस्ता पनि देखिदैनन को रेछ भन्दै तल वोर्लिन हेमराज र ऋतुराज चोक मै आइसकेका थिए, पहिलो पटक देखेको भयतापनी हेमराजले तुरुन्तै आफ्नी आमाको बहिनी चिन्यो, अनुहार ठ्याक्कै उस्तै हेमराज ले "आमा नमस्कार, हामीहरु तपाईंको दिदी ईन्द्रको छोराहरु, म हेमराज उ भाई रितुराज" चन्द्र कुमारीले आफ्ना दिदिका छोराहरु देखेको यो पहिलो पल्ट थियो, दिदी र भिनाजुको बारेमा उन्ले दाईले भनेर थाहा पाएकी थीइन र दुई भाई छोरा छोरा हराएको पनि उन्लाई थाहा थियो दिदीका छोराहरु हराएको बर्शाउ पछी सकुसल आफुकहा देखेर ईन्द्र कुमारी धेरै खुशी भैइन् "बस बाबु हो, भोकाएर आएका होलाउ, एक्छिन पछी भात् खाने बेला हुन्छ". घर भित्र बाट चन्द्र कुमारीका छोरा छोरी पनि बाहिर औछन, उन्को आफ्नै पनि पाच् छोरा र एक छोरी थिए हेमराज र रितुराज पाटन सानीमाका बसेको पनि एक महिना भयो. सायद बैशाख महिना थियो, एक दिन उनिहरुले सानीमा लाई भने, "सानीमा हामी पनि स्कुल जान चाहन्छौ सानोबा लाई भनेर स्कुलमा भर्ना गराइ दिनुस् न" चन्द्र कुमारी लाई यो बिचार नआको होइन तर उस्को तीन छोरा र एउटी छोरी स्कुल जान्थे, अरु तीन छोरा भने सानै थिए तर उन्को अर्थिक हैसियत अरु दुइजनालाई स्कूल पठाउन सक्ने थिएन उन्ले भनिन बाबु हो तिमी हरु लाई पढाउन पाये त्यो जस्तो पुण्य काम अरु के होला, तर फिस तिर्न एकदम गाह्रो छ बाबु हो, अहिले चार जनाको फिस त दुई तीन महिना पछी तिर्छु म। तर तिमीहरुले जसरी भये पनि पढ्नपर्छ, सानामामाको पनि अवस्था ठीक छैन, तिन्ले के आइ सिं को पार्टीमा लागेर घर बिगारे तिमीहरु ठुलोमामाका जाओ पोखरा, उन्ले त्यहा धेरै जमिन किनेर खेतिपाती सुरु गर्या छन भन्ने सुन्या छु, ठुलोमामाले पढाउन सक्छन तिमीहरु लाई यो कुरा भएको तेस्रो दिन हेमराज र ऋतुराज पोखरा गए, ठुलोमामाको घर बिन्दबसिनी मन्दिर पछाडी पर्छ भन्ने जानकारी सानीआमा बाट लिएर. चन्द्र कुमारी लाई पनि थाहा थिएन उनको ठुलो दाइको घर पोखरामा कहाँ पर्छ भनेर, किन भने उनि कहिले पोखरा गएकी थिनन +++++++++++++++ बिन्दबसिनीको पछाडी पुरानो घरको चोकमा चित्रमणि र रुद्रमणि गुच्चा खेल्दै थिए, गाबो दोबो (एकप्रकार को गुच्चाको खेल) हो क्यारे. हेमराज र ऋतुराज पनि पुग्छन त्यहाँ, रुद्रमणि र चित्रमणिको उमेर तेर्स्तई १०-१२ वर्ष को हुदो हो, हेमराजले सोध्छन “ये भाइ हरु खोइ तिम्रा बा? रुद्रमणि जबाफ दिन्छ, “बा त हुन हुन्न आमा चाही हुनुहुन्छ” “ल बोलाऊ त माइजु भएपनि” आमा…., ये आमा….., बाहिर आऊ त , मान्छे आका छन् ठुली माइजु बाहिर आइन् , दुइ जना नाचिनेका ठिटा अंगानमा उभी राखेको "को बाबु तिमीहरु"? हामि तपाइको भान्जा हौ माइजु, तनहुको इन्द्र दिदिका छोरा हरु “आमै नि, बाबुहरु त बेपत्ता हुनु भाको थ्यो, मामाले कति खोज्न भो, पत्तै लागेन, ल हेर आज आँगनमा टुप्लुक्क आउनु भएछ, ल बस्नुहोस म खाजा लेराउछु" ++++++++++++++++++++ ठुलोमामाको खेतीपाती राम्रै संग चलेको रेछ, हेमराज र ऋतुराज दुवै जना जनता माध्यमिक बिद्यालयमा भर्ना भए, हेमराज र ऋतुराज दुवै सात क्लासमा दस क्लासमा ऋतुराज आफ्नो नाम परिबर्तन गरेको थ्यो, "बसन्त" भनेर. दुवैले यस यल सी दिए. बसन्त पहिलो श्रेणीमा हेमराज तेस्रो श्रेणीमा यस यल सी पास भए दाजु हेमराजले जागिर खाने इक्च्य्या ब्यक्त गर्यो, पढ्नुको सट्टा, लोकशेवा दिएर खरिदार मा नाम निकाल्यो अर्थ मन्त्रालयमा बसन्त चाहि अम्रृत क्याम्पसमा बिज्ञान पढ्न भनेर काठमान्डू हानियो, पाटनको सानीआमाका बस्ने गरेर दुइ वर्ष बसन्तले असाध्य मिहेनत गर्यो, आइ यस सी पास गर्यो ७०% लेराएर. आइ यस सी पास बसन्त १९ वर्षको थियो उ अब छात्रवृत्तिमा इंडिया डाक्टर पढ्न जनाको लागि तयारिमा लाग्यो, इलाहाबादको मोतीलाल नेहेरु मेडिकल कलेजमा पढ्न जाने छात्रवृत्ति पनि पायो, जान पर्ने अगस्तको अन्त्यमा उसको छनौट भाको ओक्टोबरमा लगभग १० महिना जति बाकि थियो उसले एक फेर फेरी हुक्का गाउँ जाने विचार गर्यो, इलाहाबाद पढ्न जानु भन्दा पहिले. गाउँम़ा उसले आफ्नो असली परिचय कसै लाइ दिएन, तर गाउले लाइ के भन्यो भने उ काठमाडौँ बाट गाउँ घुम्न भनेर आको, छ महिना पछी डाक्टर पड़ना इंडिया जादै छ, कतिले पत्याये, कतिले पत्त्याएनन. हुक्का गाउँमा एउटा प्राथमिक स्कूल सम्म पनि थिएन.पढ्न चाहनेले परि गाउँको स्कूल जान पर्थ्यो दुइ घण्टा हिडेर. बसन्तले एकदिन सनिबार सबै गाउलेलाइ जम्मा गरेर के भन्यो भने उ गाउँम़ा एउटा प्राथमिक स्कूल खोल्न चाहन्छ, गाउँले लाइ एउटा स्कूलको जरुरत त छदै थियो तर नेतृत्व गर्ने व्यक्तिको अभाब थियो सायद, सबै गाउलेले सहमति जनाए. गाउकै पर्ती जग्गा छानियो स्कूलको लागि जनश्रमदान द्वारा पाच कोठे घर पनि तयार भयो स्कूलको लागि. बसन्तले स्कूलको नाम छान्यो "पृथिबी इन्द्र प्राथमिक बिद्यालय" पृथिबी देश निर्माण गर्ने राजाको नाम, इन्द्र उसको आमाको नाम. त्यो नाम छान्नुको पनि एउटा कारण थ्यो, बसन्त सधै सकारात्मक सोचम़ा विश्वास गर्थ्यो, जिन्दगिम़ा केहि गर्न पर्छ भन्ने विश्वास थियो उसमा. तेसैले उसले त्यो नाम छानेको थियो स्कूलको लागि यो सब गर्दा करिब तिन महिना बित्यो, स्कूल संचालनको लागि नियेम बनाएर उ फेरी काठमान्डू फर्क्यो अझै सात महिना बाकी थियो पढन जान लाइ. उसले अब एउटा स्कूलम़ा पढ़ौना सुरु गर्यो, पढ़ौना सुरु गरेको केहि दिन मै उ विद्यार्थी माझ लोकप्रिय भै सकेको थियो. क्रमश:
timi_mero_sathi · May 23, 2011 3:07 PM
शिर्सक के राखौं र खै, जिबन एउटा अविरल यात्रा हो भन्या हाम्रा यी पात्रहरुलाइ देख्दा सार्थक हुन्छ | कति मिलाएर लेख्नु भाको लेखकजीले कथालाइ, कथा सारै मनछुने छ | चांडै अर्को भाग आउने आश मा .......... फत्ते
Phatte · May 23, 2011 8:27 PM
tms le sajha ma katha taaseko dherai din bitisakda pani padhna bhyayeko thina.... aja shir dekhi puchar samma sabai padhe..... ek dum sajib chitran garyeu mitra euta nepali jiwan ko.... katha ko shirshak rakhna hatara gari halnu parne chaina...... kathako kahani kasari agadi badcha hernu... ani kehi sochaula...
Geology Tiger · May 24, 2011 12:27 PM
फत्ते जी जिबन साच्चिकै एक अविरल यात्रा हो , कहाँ पुगिन्छ थाहा हुदैन तर हाम्रो प्रयास भनेको राम्रो बाटो हिडी रहने, तेत्त्ति हो G .T काजी पढिदिनु राम्रो मनि दिनु भएकोमा धन्यवाद, भाग ६ Normal 0 MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman";} पढन जाने तिन दिन अगाडी आफुले कमाएको पैसाले उसले ठुलो भोज गर्यो, दुइ दिनको भोज, एकदिन नातागोताको लागि एकदिन साथी भाइको लागि उसको दिदि लुरीको परिवार, पोखरा बाट ठुलो मामाको परिवार, सानोमामाको परिवार सबै आएका थिए पाटन सानिमा कहाँ भोज खान. साथि हरु पनि लगभग १०० जना जति थिए. तेस्रो दिन उ इलाहाबादको लागि गयो भैरवबा तिर. ++++++++++++++++++++++++++++ इलाहाबादम़ा पढ्दा पनि बसन्त छुट्टिम़ा काठमान्डू आउथ्यो, आउदा जादा गोरखपुरम़ा एक रात बस्न बिर्सदैना थ्यो गोरखपुर मठम़ा आफु बसेको पाटि, बाल्ने गरेको धुनी अझ कहिले कहिँ त उ आफुले माग्ने जाने गरेको घरहरुको पनि एक चक्कर लगौथ्यो +++++++++++++++++++++++++++ बसन्त डाक्टर बनेर पनि आयो, डाक्टर बनेको खुसियालीम़ा उसले ठुलो भोज गरेको थियो. आको एक महिना भित्र जागिर पनि पायो. जागिर सुरु गरेको दुइ वर्ष भित्र MD गर्नको लागि छ्त्रब्रित्ति पायो लन्डनम़ा . हेमराज को बिबाह भै सकेको थियो भने बसन्तले अझ सम्म बिबाह गरेको थिएन ++++++++++++++++++++++++++++ लन्डन गको एक वर्षम़ा उसले खबर पठायो काठमाडौँम़ा, उसले लन्डनम़ा एक जना गोरी केटि संग बिबाह गर्दै छ दुइ महिना पछि, निमन्त्र्ना कार्ड पठाएको थियो, उसको र हुने वाला दुलहीको फोटो समेत राखेर, सबै नातेदार लाई. तर बिबाहको लागि आफ्नो पैसा खर्च गरेर लन्डन सम्म जाने हैसियेत थिएन कुनै नातेदार को ++++++++++++++++++++++++++++ MD सकेर फर्केर आउदा, बसन्तले आफ्नी श्रीमती पनि ल्याएको थियो, उनीहरु अझै पाटन सानिमाकै बस्थे फर्केको छ महिना पछि बशन्तले बस्ने क्वाटर पायो अस्पताल मा, उनीहरु तेही बस्न गए अर्को छ महिना भित्र एक छोरी भयो छोरी जन्मेको दुइवर्ष पछी के भो कुन्नि बसन्तको divorce भयो गोरी संग, गोरी छोरी लिएर लन्डन फर्की, बसन्त फेरी एक्लै भो. __________________________ लगभग दुइ वर्ष पछि बसन्तले अर्को बिबाह गर्यो, धनि बाबु कि छोरी थि यो पालीको केटि. उसले नया घर बनायो, घरम़ा सरे पनि. तिन वर्ष सम्म बच्चा भएन, पछि केटि लाई फोक्सोको cancer भयो तेस्को तिन वर्षम़ा केटिको मृतिउ भयो, बसन्त फेरी एक्लै ___________________ दुइ वर्ष पछि उसले फेरी अर्को केटि संग बिबाह गर्यो. पहिले बनाको घर लक्चिनको भएन भनेर त्यो बेचेर अर्को घर बनाउन सुरु गर्यो उ फेरी वर्तमान मा आइपुग्छ, उ अचम्म मान्छ २० वर्ष मा उसले एती अनुभब गर्यो कि भनि साध्य छैन गोरखपुरको माग्ने देखि आज अस्पताल को सिनिएर डाक्टर सम्म भयो उ, उसको हात अनायास पिठिउ मा जान्छ किन हो कुन्नि कहिले कहिँ त्रिशुलले डामेको ठाममा चस्किन्छ, हुन त उ आफै पनि डाक्टर हो रक्सि को अर्को पेग थप्दै उ फेरी अतित मा डुब्छ. उसको सोभाब स्वाभिमानी थियो सानै देखि, सकेसम्म कसै लै दुखः नदिने. स्कुल मा पढ्दा उ सबै होमेवोर्क गर्थ्यो तेसकारण उसलाई अरुलाई भन्दा बढी कपि चाहिन्थ्यो ममा ले नाकिन्दिने त होइन तर उ आफ्नो दाजु र मामाका छोरा भन्दा उसको लागि बढी कपि किन्न चाहदैन थ्यो. एक दिन उ स्कुल बाट फर्किदा बाटो मा एक जना अधबैसे मान्छे भित्ता मा केहि तास्दै थ्यो, के रेछ भनेर हेरेको त जनगराना को पोस्टर रेछ, एक पट्टि रास्त्रिये जनगरानामा सहभागी हुनुहोस भन्ने नारा थ्यो तेस्मा, अर्को पट्टि खाली, साएद सबै पोस्टरमा अर्को पट्टि खाली हुन्छ क्यारे. त्यो मान्छे संग दुइ टिन bundle तेस्ता पोस्टर थिए, उसलाई त्यो पोस्टर पाए काटेर कपी बनाउन हुन्छ भन्ने लाग्यो. खाली पट्टि त लेख्न मिलि हाल्छ भनेर सोच्यो उसले ये दाई त्यो एक बन्डल पोस्टर मलाई दिनुस न के काम यो तिमि हरु स्कुले बच्चा हरु लाई? टास्न पठाको हाकिम हरुले होइन दाई म संग कपि किन्ने पैसा छैन यो पोस्टर लाई काटेर कपि बनाउछु र खाली पट्टि लेक्छु मेरा छोरा हरु पनि एती बुध्हिमान भएता कति खुसि हुन्थे म भन्दै त्यो मान्छे ले एक बन्डल पोस्टर दिएर पठायो एउटा पोस्टर को चार पाना बन्ने रेछ, कपि को size मा काट्दा. तर फेरी पाना हरु जोड्ने कसरि अहिले को जस्तो स्ताप्लेर कहाँ हुन्थ्यो र तेसबेला तेस्को लागि पनि उसले एउटा जुक्ति निकाल्यो, माइजु संग सियो धागो मागेर कपि को एक पट्टि लुगा सिएको जस्तो गरेर सियो, बस, काइदाको कपि तयार. यो ९ क्लासको कुरा हो साएद. १० क्लासमा उसले एउटा अर्को जुक्ति गर्यो कापीको लागि, एस एल सी दिन पर्ने थ्यो उसलाई धेरै कपि चाहिन्थ्यो त्यो बेला सिमेन्ट अहिले जस्तो जूट को बोरामा औदैना थ्यो, खैरो कागजको बोरामा आउथ्यो, कागजको बोरा धेरै कागजको पत्र हरु मिलाएर बनाएको हुन्थ्यो, उसको स्कुल भन्दा केहि पर कृषिको सरकारी घर बन्दै थ्यो त्यहा तेही कागजको बोराको सिमेन्ट प्रयोग हुन्थ्यो उ स्कुल बाट फर्किदा नाबिग्रेका बोरा हरु लिएर फर्किन्थ्यो, घरमा लेराएर सिमेन्टको धुलो झाद्कालेर फाली सकेपछि बोराको पत्र हरुलाई काट्थ्यो, कपिको size मा अनी एकापट्टी सियोले सिएर कापी बनौथ्यो, एस्तो कापीको त दुवै पट्टि लेखना मिल्ने, एकदिन तेस्तै कापीमा हिसाब गरेर हिसाबको मास्टर लाई जाच्न देको त, "एस्तो सिमेन्टको बोरामा लेखेको म जाच्दीन" भनेर कापी फलिदेको पनि याद छ उसलाई, तर उ कहिले बिचलित भएन कागज बेचेर उसले समाज सेवा पनि गर्न भ्याएको छ तेसबेला. ठुला मामाका छोरा हरु र उसको दाई स्कुल बाट घर फर्कन्थे तर उ चाही बाटोमा पर्ने किताब पसल बाट किताब मागेर पढ्थ्यो. एक घण्टा किताब पढेपछि मात्रै उ घर जान्थ्यो, किताब पसले साएद ४०-५० वर्षको हुदो हो, उसको साथी जस्तो भै सकेको थ्यो . किताब पसल बाट उसको मामा जादा बीचमा एउटा सानो घर पर्थ्यो त्यहाँ एकजना थकालनी बुडी बस्थिन, दुइ छोरा, इंडियामा लाहुरे रे, छोरी ब्या गरेर दिसकेको, श्रीमानको पाच वर्ष अघि मृतेउ भाको, ति थकालनी बुडी दिन भर घर को पिडिमा बस्थिन, उ स्कुल जादा जहिले पनि तिनलाई "खाना खानु भो आमै"? भनेर सोध्थ्यो तिनी "खाए बाबु" भनेर जबाफ दिन्थिन जहिले पनि एक दिन उसले स्कुल जादा ति थकालनी लाई देखेन, बेलुका स्कुल बाट फर्किदा पनि देखेन, कतै गकी होलिन भनेर उसले तेती वास्ता गरेन भोलि पल्ट पनि बिहान तिनलाई नदेखे पछि बेलुका फर्कने बेलामा उ तिनको घर भित्र पस्यो, बिचारी सुकुलमा एकै डल्लो भएर सुति रकी रेछिं के भो आमै ? को ह? मा बसन्त आमै, तपाई दुइ दिन भो बाहिर देखिनु भएन तेसैले हेर्न अको के गर्नु बाबु दुइ दिन देखि जरो आको आकै छ, खाना बनाउन त सक्या छैन, कसरि बाहिर निस्कनु ? "बाबु मलाई औसधि पसलमा गएर जरो निको हुनी औसधि ल्याइदेउन" "हुन्छ आमै अहिले जान्छु" भनेर उ निस्क्यो तर उ संग पैसा थिएन, तेस्तो बिरामी संग कसरि पैसा माग्ने, फेरी छ कि छैन जसरि भएपनि औसधि लेरौछु भनेर औसधि पसल तिर लाग्यो औसधि पसले ले उसको मामा लाई चिनेको थियो ये दाई एक जना बुडी आमा लाई दुइ दिन देखि जरो आको आकै छ रे, के भाको होला?,के औसधि दियो भने निको होला? दुइ दिन देखि जरो आको छ रे ? "बैसाख जेठको महिना हिजो आज टाईफाइड फैल्या छ, ल यो antibiotic खाना दिनु १४ दिन, निको हुन्छ" पैसा कति ? ११ रुपिया पचहत्तर पैसा अहिले पैसा छैन पछी दे हुन्छ? "तिमि चिन्तामणिको भान्जा होइन, पछी दे हुन्छ बिर्सन चाई न बिर्सनु नि" "का बिर्सन्छु म, एक हप्ता मा दिउला पैसा" तेती भनेर उ औसधि लिएर थकालनीका गयो, पानी तताई दियो, औसधि दियो थकालनी संग खाजा बिस्कुट रेछा तिन पकेट भगवानले बाबुको सधै भलो गरुन भनेर तिनले आशिस दिईन, उ घर फर्क्यो औसधिको पैसा उसले न मामा संग माग्यो न थकालनी संग त्यो बेला अहिले जस्तो प्लास्टिकको झोलाको चलन थिएन, पसलमा समान किन्न गयो भने, कागज को झोलामा दिन्थ्यो पसलेले, उसले सिमेन्टको बोराको कागजको झोला बनायो, २० वोटा सिमेन्टको बोराको १२० वोटा झोला बनायो उसले, दुइ दिन लगाएर, पसलमा एउटा झोलाको १० पैसा दिन्थ्यो, तेसरी उसले औसधिको पैसा चुकाएको थ्यो "कति पुरानो कुराको सम्झना आको मलाई आज" उ घडी हेर्छ, रातको एघार बजेको छ, भोलि ठेकेदार लाई घरको पैसा चुक्ता गर्नु छ, भएको पैसा श्रीमतीले खर्च गरि हाली, अलि अलि होइन एकलाख, कहाँ बाट ल्याउने भोलि, रक्सि एक पेग थपेर उ शारदा बसेको कोठामा जान्छ "तेत्रो पैसा खर्च गर्दा मलाई एक बचन सोध्न पर्दैन" उसले रिसाउदै भन्छ "कति कराई राको यो जड्या" "तेत्रो पैसा जथाभाबी खर्च अझ उल्टो मलाई जड्या भन्ने? कस्तो दुष्ट आइमाई त" शारदा टेबेल टेनिसको ब्याट हातमा लिएर आफु तिर आएको उसले चाल पाउछ, शारदाको हात उ तिर बढिरहेको छ **************************** रातको दुइ बजेको हुदो हो पाटन सानिमाको घरमा कसै ले जोड जोडले धोका ढकढकौछा को ह बाहिर?, सानिमाको जेठो छोरा बिउझेर झ्याल बाट तल तिर हेर्दै सोधछन ये, हामि बालाजु बाट डा. बसन्तको खबर लेर आको के खबर? डा. साहब हिजो राति बेस्करी रक्सि खाएर सुत्न जानु भा रेछा, राति कुन बेला हो पलंग बाट लड्नु भएछ पलंग बाट लड्दा भइमा टाउको ठोक्केछ , श्रीमती अर्को कोठामा सुत्न भा रेछ, बार्ह बजेतिर उठेर हेर्न जादा त मृतेउ भै सकेको रैछ अब उहाको नजिकको भनेको तपाई हरु नै हो, उहाकी श्रीमती रोएर बेहोस् हुन भा छ, लास उठाउन लाई मद्दत माग्न आको
timi_mero_sathi · May 30, 2011 8:49 PM
So SAD ending malai kathakar sanga ris uthyo ani hemantako khavar k 6 ni?
kalapaththar · May 31, 2011 9:42 AM
काला पथ्हर ब्रो, मेरो चाहना पनि राम्रै एण्ड होस् भन्ने हो, तर चाहेर मात्र भएन, सत्य कथा बंगौना गारो हुन्छ , हुन त कलम मेरै हो, म तानासाह बन्न सक्थे, आफुले चाहेको तरिका ले खेलौना सक्थे पात्र हरु लाई तर तेसो गर्न मन लागेन. हेमराज अर्थ मन्त्रालय मा सुब्बा सम्म भएर रिटाएर्ड. निमोनिया भएर ६२ वर्ष म़ा देहान्त भयो उनको पनि केहि वर्ष पहिला लास्ट सम्म आइपुग्दा कथा ७५-८०% सत्य हो, मैले त्रिशुल को डाम देखेको, हुक्का भन्ने गाउँ पनि छ, प्रिथिबी इन्द्र नाम गरेको स्कुल पनि थ्यो, म त्यहाँ पुगेको पनि छु, काठमान्डूको मान्छे जिबनमा पहिलो पटक दुर्गम गाऊ देखेको मैले, म सानै थिए यो सबै हुदा ७-८ बर्सको मात्र, कुरा प्रस्ट नभाको ठाम मा र बिर्सेको ठाम मा भने मैले बुट्टा भरेको छु कथा मा
timi_mero_sathi · May 31, 2011 4:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion