पैसा को लागि, बुडो न तन्नेरी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Normal 0 MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman";} बुढेसकालमा दुई कांग्रेसनेताहरु बीच मुक्कामुक्की काठमाडौं, चैत्र २९। 'विनाशकाले विपरीत बुद्धि' भन्ने उक्तिलाई नेपाली कांग्रेसका दुईजना बुढा नेताहरूले चरितार्थ गरेका छन्। एउटा सामान्य विषयलाई लिएर उनीहरूबीच भएको मुक्का हानाहानले नेपाली कांग्रेस काठमाडौंमा मात्र होइन, केन्द्रमा समेत चर्चा पाएको छ। घटना गत बुधबार साँझको हो। भर्खरै खोलिएको एक सहकारीबारे छलफल गर्न बुढा नेताहरूको कचहरी जस्तो बसेको थियो। छलफल चल्दाचल्दै सहकारीका अध्यक्ष मार्संलजुलुम शाक्यले पाँच लाख रुपैयाँ हिनामिना गरेको कुरा उठ्यो। विवादले झगडाको रूप नलियोस् भन्ने प्रयत्नमा थिए, अर्का नेता श्यामलाल श्रेष्ठ। उनले रकमको हिसाब किताब देखाउन मार्सलजुलुम शाक्यलाई आग्रह गर्दै भने– 'ठूलो रकम होइन, हिसाब किताब देखाउनोस्, नभए आफ्नै खल्तीबाट हाल्नोस्।' श्यामलालले यति भन्न नपाउँदै मार्सलजुलुम जाइ लागिहाले। 'ल ला हिसाब किताब' भन्दै ८१ वर्षीय श्यामलाल श्रेष्ठमाथि मुक्का बर्साउन थाले। हिसाब किताब माग्नेहरू ट्वाल्ल परेर हेरिरहे। मार्सलजुलुमको मुक्का प्रहार श्यामलालको अनुहारमा केन्द्रित थियो। बुढा श्यामलालले पनि मुक्का फर्काए। दुवैको हानाहान भयो, कठालो तानातान भयो। प्रहरीकहाँ कुनै पक्षले पनि उजुरी नगर्ने सहमतिका साथ झगडा टुंग्याइयो। मार्सलजुलुम नेपालको प्रजातान्त्रिक आन्दोलनमा सबैभन्दा बढी जेल पर्ने जुझारु नेता हुन्। पञ्चायती व्यवस्थाका २९ वर्षमध्ये १७ वर्ष जेलमै बिताएका मार्सलजुलुम नेविसंघका संस्थापक हुन्। १० वर्षसम्म नेपाली कांग्रेस काठमाडौंका अध्यक्षसमेत रहेका शाक्य २०४७ सालको अन्तरिम सरकारमा आपूर्ति तथा निर्माण र सामान्य प्रशासनमन्त्री थिए। राजनीतिक योगदानको हिसाबले श्यामलाल श्रेष्ठ पनि मार्सलजुलुम शाक्यभन्दा कम्ती छैनन्। २००७ सालको राणा विरोधी आन्दोलनमा समेत सरिक भएका श्यामलालले पञ्चायती व्यवस्थाका २९ वर्षमध्ये नौ वर्ष जेलमै बिताएका छन्। नेपाली कांग्रेस काठमाडौंं जिल्ला अध्यक्ष र केही वर्ष केन्द्रीय सदस्यसमेत भएका श्रेष्ठ सत्तामा नपुगेका अभागी नेता हुन्। ८१ वर्षको उमेरमा आफ्नै सहकर्मीबाट कुटाई खानुपरेकोमा श्यामलाल खिन्न छन्। त्यसो त ७२ वर्षको उमेरमा पनि आक्रामक स्वभावका मार्सलजुलुम २०१७ पुस १ गतेको घटनाविरुद्ध कालोझण्डा लिएर सडकमा उत्रँदा २२ वर्षका थिए। त्यसपछि उनी पटक–पटक लामो समयसम्म जेल बसे। मुलुक कम्युनिस्टहरूले खर्लप्प निल्न लागेका बेला पञ्चायती शासकको मुटु कमाउने यी दुई वृद्ध नेताहरू आपसमा कुटाकुटमा उत्रिएको घटनालाई धेरैले 'विनाशकाले विपरीत बुद्धि' भनेर टिप्पणी गरेका छन्। Normal 0 MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman";} http://www.weeklynepal.com/new...

_____ · May 11, 2011 5:52 PM · 1,755 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all