दुई करोडको जन्मदिन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पशुपतिशमशेरले मनाए थिम्पुमा जन्मदिन ७०औं जन्मदिन मनाउन आमन्त्रित डेढ सय पाहुनाका लागि दुई करोड खर्च नयाँ पत्रिका काठमाडौं, २५ वैशाख राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमसेर राणाले ७०औँ जन्मदिन भुटानको राजधानी थिम्पुमा मनाएका छन् । नेपाल, भारत र बेलायतका पाहुनाका साथ मनाइएको उत्सवमा करिब दुई करोड रुपैयाँ खर्च भएको छ । जन्मदिन मनाउन राणाले परिवार र नातेदारहरूको ठूलो टोली काठमाडौंबाट थिम्पुमा लगेका थिए । नातेदार टोली आइतबार काठमाडौं फर्केको छ भने परिवार बुधबार मात्र र्फकंदैछ । पाहुनालाई विशेष खाना खुवाउन एकजना कुक काठमाडौंबाट लगिएको थियो । राणाको जन्मदिनको कार्यक्रममा सहभागी हुन भारतको ग्वालिएरमा रहेका उनका ससुराली र बेलायतबाट समेत केही नातेदार थिम्पु पुगेका थिए । करिब एक सय ५० जना सहभागी रहेको जन्मदिन कार्यक्रम थिम्पुको सबैभन्दा चर्चित र सुविधासम्पन्न पारो होटेलमा गरिएको थियो । अतिथिहरूलाई पनि सोही होटेलमा बसाइएको थियो । जन्मदिनमा सहभागी हुन पशुपतिकी सासुसमेत थिम्पु पुगेकी थिइन् । अध्यक्ष्ा राणाले पाहुनाका लागि दुईवटा बँदेलको मासु, रक्सीका केही बोतल र अन्य केही खानेकुरा सँगै थिम्पु लिएर गएका थिए । बँदेलको मासु झापाबाट ल्याइएको थियो । यसैगरी स्वकीय सचिव अमीर राणा र उनकी श्रीमतीलाई पनि पशुपतिले थिम्पु लिएर गएका थिए । स्रोत अनुसार एकजनालाई काठमाडौंबाट थिम्पु लैजान र थिम्पुबाट काठमाडौं ल्याउन ३५ हजार रुपैयाँ खर्च लागेको थियो । होटेलमा बस्दा प्रतिकोठा तीन सय डलर भुक्तानी गरिएको थियो । उनीहरूलाई बिहीबार भुटानको ड्रयुक एयरबाट थिम्पु लगिएको थियो । राणाको जन्मदिनमा पशुपतिका दुई छोरी देवयानी र उर्वशी पनि सहभागी भएका थिए । देवयानी अहिले थिम्पुमै युएनडिपीको माइक्रो हाइड्रो पावर प्रोजेक्टमा कार्यरत छिन् । उर्वशी भने नयाँदिल्लीमा छिन् । स्रोतका अनुसार काठमाडौंका नातेदाहरूलाई थिम्पु लैजान र थिम्पुमा भएको खर्च अध्यक्ष राणाले आफैँ बेहोरेका थिए भने ससुरालीतिरको यातायात खर्च उनीहरूले नै बेहोरेका थिए । देवयानी र उर्वशीको विशेष आग्रहमा राणाले थिम्पुमा जन्मदिन मनाएको स्रोतको दाबी छ । राणाका स्वकीय सचिव अमीर राणाले छोरीहरूले गरेको कार्यक्रममा सहभागी हुन उहाँ थिम्पु गएको बताए । 'छोरीहरूले बोलाएको कार्यक्रमा सहभागी हुन राजा थिम्पुमा सवारी भएको हो । यसलाई किन ठूलो समाचार बनाउने ?' नयाँ पत्रिकासँगको कुराकानीमा राणाले भने । यसअघिका जन्मदिन पनि उनले भारतका विभिन्न सहरमा मनाउँदै आएका थिए । थिम्पु भोजमा अध्यक्ष राणाले प्रभाकरणशमसेर राणा र बबीविक्रम शाहका छोरा राजीवविक्रम शाहलाई पनि सँगै लिएर गएका थिए । तर, आफ्ना सबैभन्दा नजिकका ठाकुर शर्मा र गिरबहादुर केसीलाई उनले थिम्पु लगेनन् । त्यस्तै अर्का नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र बुद्धिमान तामाङलाई पनि अध्यक्ष राणाले बोलाएनन् । थिम्पु भोजमा आफूहरूलाई नबोलाइएकोमा शर्मा र केसी दुःखी भएको स्रोतको भनाइ छ ।

arahat · May 9, 2011 4:52 PM · 16,343 views

3 Replies

so what?????????????? did he show you the hotel bills??? retard samjhana gaire style reporters are full of crap.

dhhirajojha · May 10, 2011 1:36 PM

hahaha samjhana gaire style reporting ...that's funny...here is another gaire style report: Samjhana Gaire has an affair with dc nepal owner

chaurey · May 10, 2011 1:58 PM

Samjhana Gaire has an affair with dc nepal owner ? Really? Another Gaire style report once reported : Samjhana Gaire has an affair with stink CC Dhamala ...

sukla · May 10, 2011 5:46 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all