माओवादी सभासद् झक्कु सुवेदीलाई दुई झापड

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

lastai majja aayo yo samachar padhera, ek-ek gari paalo aaudai chha sabaiko! काठमाडौं, वैशाख १९ - माओवादी सभासद् झक्कुप्रसाद सुवेदीलाई सोमबार साँझ राजधानीको तीनकुनेमा एक चिया पसलेले दुई झापड हानेका छन् । संसदबाट बाहिरिएर घर जानेक्रममा सभासद् सुवेदीलाई तीनकुने कफी सपका सञ्चालक गोर्खाको गाईखुर- ८ का प्रेमराज देवकोटाले दुई झापड हानेका हुन् । देवकोटा तीनकुने सुविधानगरमा कफी सप चलाउँदै आएका थिए । 'संविधान कहिले बनाउँछौ' भन्दै देवकोटाले सभासद् सुवेदीलाई बोलाएर झापड हानेका हुन् । 'संविधान कहिले बनाउने भनेर सोधे मैंले काम भइरहेको छ, धैर्य गर्नुस्, संविधान बनाउँछौं भन्ने वित्तिकै दुई गालामा एक एक थप्पड हाने' सभासद् सुवेदीले भने, 'पसलमा दुई जना वृद्ध थिए उहाँहरुले किन पिटेको भनेर पनि सोधे, मैंले चाँही केही भनिन् ।' देवकोटाले सभासद्लाई झापड हानेपछि 'तथानाम' गाली गरेका थिए । उनले माओवादी पार्टी कार्यालय कोटेश्वर पेडिसडाँडातिर देखाउँदै 'जनतालाई दिनुसम्म दुःख दियौ' भन्दै कराएका थिए । सभासदलाई झापड हानेपछि ग्राहकलाई चिया बाँड्दै गर्दा प्रहरीले देवकोटालाई पक्राउ गरेको छ । 'म मर्न तयार छु तर जनतालाई दुःख दिनेलाई छाडि्दन,' उनले सञ्चारकर्मीसित भने, 'मलाई केही भएको छैन तर 'मेन्टल' अस्पताल लगे पनि लैजाऊ ।'   द्वन्द्वकालमा नै गोरखाबाट राजधानी आएको बताउने देवकोटा ग्राहकहरुसित माओवादीले आफूलाई दुःख दिएको बताउँथे । उनी आफूलाई गोरखाबाट शिक्षक जागिर छाडेर परिवारसहित काठमाडौं आएको बताउँथें । सभासद सुवेदीले आफूमाथि भएको दुर्व्यवहारबारे प्रमुख सचेतक पोष्टबहादुर बोगटीलाई जानकारी गराइसकेको बताएका छन् । 'अध्यक्ष चाँही मिटिङमा भएकाले कुरा भएको छैन,' उनले भने । सुवेदी माओवादी उम्मेदवार भई काठमाडौं २ बाट विजयी भएका थिए । एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई हराएपछि उनी चर्चित बनेका थिए । एमाले अध्यक्ष झलनाथ खनाललाई गत माघ ६ गते पार्टीको वैचारिक तथा संगठनात्मक सुदृढिकरण कार्यक्रममा भाग लिन इटहरी गएकाबेला एक कृषकले झापड हानेका थिए । खनाललाई झापड हान्ने सुनसरी भरौलका ५२ वर्षीय देवीप्रसाद रेग्मी अहिले पनि प्रशासनमा तारेख धाइरहेका छन् । http://www.ekantipur.com/np/20...    

Drkanchho · May 2, 2011 3:10 PM · 8,635 views

1 Reply

Look at the belly of this leech. It clearly shows how much this a_s_s_hole has been enjoying our tax money. Shame on you. I wish I can kick that belly.  .   Last edited: 02-May-11 05:27 PM Last edited: 02-May-11 05:28 PM

lovenepalalways · May 2, 2011 5:27 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all