ओसामा बिन लादेन मारिएकै हुन् त?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ओसामा बिन लादेन मारिएकै हुन् त? MONDAY, 02 MAY 2011 16:48 नागरिक 8Share  1 2 3 4 5 (1 vote, average 5.00 out of 5) उमेश श्रेष्ठ, काठमाडौँ, वैशाख १९- 'म आज अमेरिकी जनता र विश्वलाई यो बताउन चाहन्छु कि... ओसामा बिन लादेन मारिए', अमेरिकी राष्ट्रपति बाराक ओबामाले आज बिहान टेलिभिजनमा सम्बोधन गर्दै घोषणा गरे, 'आज मेरो निर्देशनमा बिन लादेनविरुद्ध अमेरिकाले आक्रमण गरेको हो।‘ राष्ट्रपतिको सम्बोधन अघि नै यो खबर इन्टरनेटका सामाजिक सञ्जालहरुले व्यापक बनाइसकेका थिए। सम्बोधनपछि आधिकारिक रुपमा यो खबरको पुष्टि भएको मानियो। तर के साँच्चै लादेन मारिएकै हुन् त ? १० वर्षअघि सेप्टेम्बर ११ मा भएको आक्रमणलगत्तै अमेरिकाले अफगानिस्तानमा गरेको प्रत्याक्रमण कै क्रममा त्यहाँको तोराबोरा पहाडी क्षेत्रमा गरिएको बमवर्षामा उनी मारिएको शंका धेरैले गरेका थिए। तर केही घटनाहरुमा उनका अडियो टेप सार्वजनिक भएपछि उनी जिउँदै रहेको मानिएको थियो। यस पटक राष्ट्रपति ओबामा आफैले लादेन मारिएको घोषणा गरेका छन्। त्यसैले विश्वभरका मिडियाले त्यसैलाई आधार मानेर समाचार बनाइरहेका छन्। तर घटनामा उनी मारिएको कुनै पनि भिडियो वा फोटो अमेरिकाले यो समाचार तयार पार्दासम्म सार्वजनिक गरिसकेको छैन। पाकिस्तानको एक्सप्रेस न्युज, बेलायतको दि सन, मेल, टेलिग्राफ, मिरर लगायत विश्वभरका मिडियामा आएको लादेनको भनिएको टाउकोमा गोली लागेर मृत शरीर ‘फोटोसप ट्रिक' बाट बनाइएको स्पष्ट भइसकेको छ। ट्रिक फोटो भन्ने थाहा पाएपछि ती मिडियाले सो शंकास्पद फोटो हटाइसकेका छन्। यद्यपि प्रश्न कायमै छ- के साँच्चै लादेन मारिएका हुन् त? यससम्बन्धमा अमेरिकी अधिकारीहरुले बताएका कुरामा शंका गर्ने स्थान प्रशस्त छ। ‘लादेनको शवलाई आफूहरुले नियन्त्रणमा लिएको' ओबामाले बताएका छन्। तर त्यसको पुष्टि हुने कुनै पनि प्रमाण मिडियामा दिइएको छैन। शवबारे केही खबर आउला कि भनेर पर्खिरहेका सञ्चारकर्मीहरु त्यतिबेला अचम्ममा परे जब एक अमेरिकी अधिकारीले यस्तो बयान दिए- लादेनको अन्त्येष्टि समुद्रमा इस्लामिक परम्पराअनुसार गरिसकियो। सञ्चारकर्मीहरुले थप बुझ्न चाहे, तर उनले बताउन चाहेनन्। यसअघि लादेनको शवलाई अफगानिस्तानको बाग्राम बेसमा राखिने र सञ्चारकर्मीहरुलाई पनि हेर्न दिइने खबर आएको थियो। शव बिन लादेन कै हो भन्ने कसरी प्रमाणित गरियो त ? प्रश्न अमेरिकी मिडियामा पनि नउठेका हैनन्। सीएनएनले यसबारे प्रश्न सोध्दा एक अमेरिकी अधिकारीले जवाफ दिए फेसियल इमेजिङ र अरु विधिको प्रयोग गरियो। डीएनए परीक्षण गरियो कि गरिएन भन्ने बारे चाहिँ ती राष्ट्रिय सुरक्षा अधिकारीले केही बताउन चाहेनन्। यसले पनि लादेनको मृत्युलाई शंकाले हेर्नेहरुको तर्कमा बल पुगेको छ। ‘षड्यन्त्र सिद्धान्त' बनाउनेहरुले उठाएको अर्को दुई प्रश्न पनि सोचनीय छ- • लिबियाका शासक कर्णेल मुअम्मर गद्दाफीको निवासमा अमेरिकी नेतृत्वको सेनाले आक्रमण गरी उनका छोरा र नातिनातिना मारेको खबरको भोलिपल्टै त्यो खबर दबिने गरी यो घटना किन गराइयो ? • अर्को वर्ष अमेरिकामा राष्ट्रपति निर्वाचन हुँदैछ। सर्वेक्षणहरुले ओबामाको लोकप्रियता लगातार घटिरहेको देखाइरहेको छ, विपक्षी रिपब्लिकन पार्टीले उनीमाथि लगातार प्रहार गरिरहेको छ। यस्तो बेला कुनै दह्रो प्रमाणबिना ओबामाले किन ‘मेरो निर्देशनमा भएको आक्रमणमा लादेन मारिए" भन्न हतार गरे ? अमेरिका यतिखेर विजयोत्सव मनाउन मस्त छ। उनीहरु प्रश्न गर्ने मूडमा छैनन्। लादेनको मृत्युबारे शंका उठाउनेहरुको जवाफ ओबामासँग मात्र छ। उनले यसको जवाफ कहिले दिने हुन्, अहिले नै भन्न सकिन्न। घटनाको अर्को पाटो अल कायदाले पनि यसबारे कुनै प्रतिक्रिया दिइसकेको छैन। त्यसैले अहिलेलाई यो प्रश्न प्रश्नमै सीमित  छ। आशा गर्न सकिन्छ, किनभने यसअघि अबु मुसाब अल जारकावीको मृत्युपछि पनि उनको तस्बिर सार्वजनिक गरिएको थियो। Source: www.nagariknews.com

MrBean · May 2, 2011 8:37 AM · 21,602 views

5 Replies

this is not true, not until donald trump makes them bring out the death certificate

chaurey · May 2, 2011 8:53 AM

1. Its true that they put his body in the d.......e.......e..........p OCEAN  since none of the countries in the world wanted to give land to place his body. 2. No lab test has been done after his death.... since.. some of his body cells would come to air and give a new Bin Laden.

Smooth · May 2, 2011 2:22 PM

नेपालतिर छन् भन्ने पो सुनेथे |

OlikoBoliBandukkoGoli · Jun 2, 2018 5:49 PM

दारी गाङ्ग्को आडमा लुकेका छन् रे |

OlikoBoliBandukkoGoli · Jun 2, 2018 5:59 PM

OLIKOBOLIBANDUKKOGOLI Bro! Full time job nai sajha ko ho ki kya ho?  harek post lai balatkaar garne ho ki kya ho? Kunai chhaina Posts haru baaki comment na aaeko... hudaa hudaa yo mareko murdaa pani kotyaiyo yaar... But nice! keep sajha vibrant ! Last edited: 02-Jun-18 06:33 PM

tito-satya · Jun 2, 2018 6:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion