ब्यथा-कथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सधैं  कथा बाट सुरु गरेर ब्य्था मा आन्त गर्थे  तर येस्पालि ब्यथा बाट सुरु गरेर कथा मा अन्त गरेको छु, आशा छ यहाँ हरु लाई यो कथा मन पर्ने छ ब्यथा   दुइ सय परिबारको बस्ति भएको छैमले गांउमा आज पुरा निरजिबता छाएको छ। आधा जस्तो बस्ति भुतपुर्ब सैनिकहरुको छ यो गांउमा। गएको महिना शहर हान्न आएको माओबादिको लडाकुहरुलाइ सहयोग नगरि सेना लाइ सहयोग गरेको आरोपमा आज माओबादिहरुले गांउ खालि गर्ने फरमान जारि गरेका छन्। माओबादिका अनुसार एक हप्ता भित्र गांउ खालि गारिसक्नु पर्नेछ। होइनभने प्रत्यक घरबाट दुइ दुइजना माओबादिको सेनामा काम गर्न पठाउनु पर्नेछ। गांउमा माओबादिको सेनामा काम गर्नु सट्टा गांउनै खालि गर्ने भन्ने सल्लाह हुन्छ। बुढा बुढि र बच्चा मात्र गांऊमा छोडेर सबैजनाले गांउ छोडछन्। कोहि शहर तिर आफन्तका जान्छन, कोइ अन्य गांउमा जान्छन कोइ इण्डिया तिर लाग्छन। लाहुरे गुन्जमान घलेले पनि आफ्ना छोरा बुहारि लाइ पनि इण्डियामा एक जना चिनेको मान्छेकहा पठांउछ। उसले इण्डियन आर्मिमा पच्चिस बर्स जागिर खाएर पेन्सन पकाउदा दिल्लिमा एकजना साथि बनाएको थियो। गुन्जमानको घरमा अब आठ बर्सको एउटा नाति चन्द्र र एघार बर्सकि नातिनि बुनु मात्र छन्। बुढा बुढि र बच्चा बच्चि मात्रै बांकि भएतापनि एक न एक निहुं निकालेर माओबादि ले दुक्ख दिन छाडेनन्। एक दिन बुनु स्कुल बाट फर्किन्। कति खोजि गरे गुन्जमानले नातिनिको तर केहिसिप लागेन, बुनु हराएको हराएकै भइ। के जबाफ दिनु ल अब मैले छोराबुहारि लाइरु पिरले बुनु हराएको दिन देखि गुन्जमान आफ्नो उमेर भन्दा पांच बर्स बुढा देखिन्थे। छ महिना पछि गांउमा कसैले खबर लिएर आयो'।बुनुलाइ दलालले बम्बैको कोठिमा बेचेछ। गुन्जमानले गांउमा एउटा सानो धान, मकै पिन्ने मिल चलाएका थिए। भने जति चन्दा दिएन भनेर एक दिन माओबादिले मिलमा बम पड्काएर ध्वस्त पारे। त्यसदिन देखि गुन्जमानको मन सारै कुढियो। त्यसको एक महिनापछि उनि नाति लाइ लिएर शहर झरे। शहर झर्दा बुढाका आंखामा आसु थिए।  पर कसैको रेडियोमा गित बजिरहेको थियो'।ईस्वर तैंले रचेर फेरि कसरि बिगारिस।   +++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++   बाजे'।ए बाजे भन्नोस न मेरा बाउ आमा खोइरु मलाइ बुनु दिदि को पनि अलि अलि सम्झना छ, भन्नोस न बाजे मेरि दिदि कहा छिन्रु बाबु तिमि भर्खर सोह्र बर्स लाग्यौ, पहिला एस एल सि पास गर अर्कोसाल, अनि म सबैकुरा भन्छु। चन्द्र आफ्नो बाजेलाइ साह्रै सम्मान गर्थ्यो। अब एस एल सि पास गरेर मात्र बाजेलाइ सोध्ने अढोट गरेर उ पढ्नमा तल्लिन भयो ।   ++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++   बाजे म एस एल सि पास भए, फर्स्ट डिभिजनमा। गुन्जमानको चाउरि परेको अनुहार खुसिले चम्कियो। खुसिले उनि नातिको हात समाउन पुगे। तर बाजे आज तपाइले मेरा बा आमा, दिदि अनि तपाइको आफनै बारेमा भन्नु पर्छ। हुन्छ बा हुन्छ गुन्जमान भन्छन ल यंहा आउ आज म तिमिलाइ सबैकुरा भन्छु। पचहत्तर बर्षको बाजे र अठार बर्षको नाति मेचमा बस्छन् गुन्जमान ले अझैपनि चन्द्रको हात समाति रहको हुन्छ। बाजे, सुरु गर्नु भन्दा पहिले म एस एल सि पास भएको खुसिमा पेडा लिएरआएको छु, ल खानुहोस। पेडा मुखमा हाल्दै उनले भने, बाबु हाम्रो कथा करिब पैसाठ्ही बर्ष अघि सुरु हुन्छ''।   कथा    जेठा घलेको एक छोरा थियो आठ बर्षको, नाम गुन्जमान भएपनि गोरो भएकोले सबैले सेते भन्थे। सेतेकि आमाले फेरि पेट बोकेकि थिइ, तर छोरि जन्म दिएको तिन दिन पछि धेरै रगत बगेर ऊसको म्रत्यु भयो। आमा नभएकोले बच्चिको राम्रो हेरचाह पुग्न सकेन, महिना दिनपछि उ पनि मरि। आमा भइन्जेल त सेतेको काम दिनभरि खेल्नु थियो। आमा मरेपछि घरको काममा बाउ लाइ सघाउनु पर्ने भयो। पहिलेको जस्तो सजिलो थिएन सेतेको जिन्दगि अब। घर गर्न गाह्रो भएकोले दुइ बर्ष पछि जेठा घलेले अर्को बिहा गरे। त्यसपछि सुरु भयो सेतेका कठिन दिन हरु। सौतेनि आमा साच्चिकै सौतेनि थिइ। सौतेनि आमाले सेतेलाइ राम्रो सङ्ग खान पनि दिइन। एक दिन भोक लागेकोबेला दुध चोरेर खाएको सौतेनि आमाले देखेर बेस्करि पिटि।   पिटेको सहन नसकेर सेते बेसि तिर भाग्यो, भाग्दै गरेको सेतेलाइ धारे हात लगाएर सौतेनि आमाले भनि “सेते तेरो उधों लागेको पाइलो कहिले उभों नलागोस१” साच्चै भयो पनि तेस्तै, सेते कहिले फर्केर गांउ गएन, बेसि भागेको सेते, कसरि गोरखपुर पुग्यो त्यो एक छुट्टै कथा छ। गोरखपुर पुगेको आठ बर्ष पछि सेते भारतिय सेनामा भर्ना भो। सेतेको एउटा मात्र छोरा थियो सेनामा छदा सेतेलाइ गांउको मायाले खुब सताउथ्यो। उसमा सेना बाट रिटायर्ड भएपछि देसको लागि केहि गर्नु पर्छ भन्ने प्रबल भाबना थियो। पच्चिस बर्ष इण्डियन आर्मिमा कामगरेर रिटायर्ड भएको सेतेले ससुरालि गांउ छैमले लाइ आफ्नो कर्मभुमि बनायो। काम गर्दा बचाएको पैसाले प्रसस्त जमिन किन्यो, एउटा सानो धान मकै पिन्ने मिल सुरु गर्यो। आफनै खर्चमा उसले प्राथमिक स्कुल पनि स्थापना गर्यो। केही बर्ष पछी  सेतेको बुढिको क्यान्सर बाट म्रत्यु भयो। बुढिको म्रत्यु पछि सेते छोरा, नाति नातिनिको मुख हेरेर जिन्दगि बिताउदै थियो। यसैबिच देसमा माओबादि आन्दोलन सुरु भयो। छैमलेमा त त्यति माओबादिहरु थिएनन् तर छिमेकि गांउमा भने माओबादिको ज्यादै प्रभाब थियो। छैमले गांउमा सेतेको धेरै जमिन, ठुलो घर र मिल पनि भएको हुदा माओबादिले उसलाइ जमिन्दारको रुपमा हेर्दथे। घरि घरि चन्दा माग्न आउथें। सेतेले माओबादि लाइ पटक पटक चन्दा नदिएको होइन तर आफु सैनिक भएको हुदां उसको झुकाब सैनिक पट्टिनै थियो।   एकदिन माओबादि सदरमुकाम हान्न छैमलेको बाटो भएर गए, पछि फर्कदा पनि छैमलेको बाटो भएरनै फर्के। सदरमुकाम हान्न आउंदा जांदा गांउबाट सहयोग नपाएर माओबादि लाइ निकै अप्ठ्यारो भएको थियो रे। त्यसकारण उनिहरुले छैमले गांउलाइ गध्दार गांउ भनेर घोषित गरेका थिए र दण्ड स्बरुप या त गांउ खालि गर्नुपर्ने या त प्रत्यक घरबाट दुइ दुइ जना माओबादि सेनामा काम गर्नु पर्ने फरमान जारि गरे।  माओबादिको त्यो फरमान पछि तिम्रो आमा बा लाइ मेरो एकजना सैनिक साथि जो रिटायर्ड भएपछि ईण्डियामा नै सानो तिनो ब्यापार गरेर बसेको थियो उसैकहा पठांए। दुइ बर्ष पछि तिमिहरुलाइ लिन आउदा बाटोमा रेल दुर्घटनामा परेर तिम्रो बा आमा दुबैको म्रत्यु भयो। तिम्रो दिदि बुनु लाई कुनै दलालले बम्बैमा लगेर बेचेछ। त्यसपछि भएको सम्पति बटुलेर म शहर आए। यहि हो बाबु हाम्रो कथा।   सेतेको आंखा बाट अबिरल आंसु बगिरहेको थियो। आफ्नो परिबारको त्रासपुर्ण कथा, अनि बाजे रोएको देखेर चन्द्रले पनि मन थाम्न सकेन, उस्का आंखा बाटपनि आंसु बग्न थाले।  तर बाबु, सेतेले फेरि भन्न सुरु गर्यो, एघार बर्षको उमेरमा सौतेनि आमाले घरबाट निकालेको टुहुरो म, अरुको भांडा माझ्दै सेनामा भर्ना भए। बिदेसि स्याउ भन्दा स्वदेसि नासपाति मिठो भनेर आफ्नो जिन्दगिभरको कमाइ आफ्नै देसको गांउमा लगाए, कसरि म जमिन्दार भए बाबुरु सेतेको शरिर आवेगमा कामिरहेको थियो। इण्डिया र पाकिस्तानको दुबै युध्दमा लड्दा जितेर फर्केको बहादुर लाहुरे म, आफ्नै देसमा हांरे बाबु। बाजेको कथा सुनेर शोकमा डुबेको चन्द्र लाइ थाहनै भएन बाजेले कतिबेला बोल्न बन्द गरे। धेरै बेर सम्म बाजेले नबोलेपाछि बाजे ए बाजे भन्दै चन्द्र बाजेको हात समाउन पुग्छ, तर सेतेका आंखा शुन्यमा स्थिर भेसकेका थिए।  छिमेकिको रेडियोमा गित बजिरहेको थियो ''।जिबन देखि धेरै-धेरैनै थाकेर म मुर्दा भएको तिमि आज हेर'' म मुर्दा भएको तिमि आज हेर Last edited: 01-May-11 04:16 PM

timi_mero_sathi · May 1, 2011 1:53 PM · 14,882 views

4 Replies

 

liberty gal · May 1, 2011 2:14 PM

यथार्थ र मार्मिक प्रस्तुती ! गुरु यो युनिकोडलाई मिलाउन पाए आँखालाई अलि सजिलो हुन्थ्यो कि ! 

Geology Tiger · May 1, 2011 2:59 PM

ल मेरो मा त राम्रै औछ , तै पनि fixed गर्या  छु, सप्र्यो कि बिग्र्यो  थाहा छैन LG लाई चाँही सिरियस लगीए छ क्यारे के  गर्ने comedy लेखुम भन्यो कहाँ बाट कहाँ बाट tragedy सुत्टुक्क भित्र पस्छ,मेरो हात नै बैगुनी 

timi_mero_sathi · May 1, 2011 4:39 PM

मन छुने एउटा पुरानो धागो माथि धकेल्दै छु. TMS-ji कस्तो मार्मिक कथा , सारै मन पर्यो .

ThahaChaena · Apr 30, 2012 12:46 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all