बसन्तको आगमनसँगै मिठो सुवास छर्ने त्यो फूल मेरो आँगनमै ढकमक्क फुलेको रहेछ । तर म बनमाराहरुको घारीबिचमा निरर्थक, अनि लगातार जीवनको सुगन्ध खोज्दै रहेछु । अपसोच अब त्यो फूल मेरो रहेन, फूलको त्यो सुगन्धमा लठ्ठ हुने भँवरा अर्कै आइसकेछ । म एउटा पागल झैं चिच्याउँदै र कराउँदै आकाशमा टांगिएको ईन्द्रधनुषसँग अलिकति रंगहरु सापटी मागिरहेको थिए । तर जवानीको अनेक सुन्दर रंगहरु मेरो छेवैमा असरल्ल पोखिएका रहेछन् । फर्की हेर्दा मात्र थाहा पाएँ, ती रंगहरुमा अरु कसैले आफूलाई रंगिसकेछ । म बेमौसमी सपनाहरुको खेती गर्दै हावामा बिशाल महललाई आशाका झिना त्यान्द्राहरुले अड्याउन खोज्दै थिए । तर सपनाहरुको त्यो भीडदेखि पर एक जोडी आँखाहरु यथार्थमा मलाई नै खोज्दै रहेछन् । तर जब म भ्रम र यथार्थ छुट्ट्याउन सक्ने भए, थाहा पाए कि ती आँखाहरुलाई अब मेरो कुनै खोज रहेन । म बाँच्नुको अर्थ खोज्न अनि जीवन र जगतलाई बुझ्न जताततै भौतारिदै हिंडे, दर्शनका पंडितहरुलाई सुन्दै हिंडे । तर बाँच्ने चाहनामा एउटा जीवन मेरै आशा साचेर बसेको मैले देख्न सकिन । ढिलो भइसकेछ जब देखें मैले थाहा पाए कि त्यो जीवनमा मप्रति अब कुनै आशा रहेन ।
Geology Tiger · May 1, 2011 10:00 AM · 16,127 views
just wa wa waa................ grea888888888888 keep rocking sajha broda...........................
gorkhali keto · May 1, 2011 10:19 AM
जिते ! कविता त खतरा गयो त !!
bhakte dai · May 1, 2011 12:25 PM
ल GT ब्रो को दामि कबिता छ उस्कै लागि dedicated जस्तो छ मेरो तरफ बाट पनि एउटा टुक्रा तिमी सौदर्य को फुल म कामुक भबरा तिमी चिन्न ढिलो भएछ तिमी जवानी को मधुमास म योबन को जोस तिमी कहाँ पुग्न ढिलो भएछ तिमी रोमान्टिक कबिता म तन्नेरी पाठक तिमी पढ्न ढिलो भएछ
timi_mero_sathi · May 1, 2011 12:54 PM
बबाल छ जी ति दाइ
chamatkar · May 1, 2011 1:13 PM
लौ कविताको बिषयमा केही लेखिदिनु हुने, मनपराइदिनु हुने र कविता हेरिदिनुहुने सबैको जय होस् । के गर्नु आजकालको जमानामा आँफै कवि र आँफै पाठक बन्नुपर्ने स्थिति छ । धन्न साझाले एउटा ठाउँ दिएको छ....
Geology Tiger · May 2, 2011 9:57 AM
पढ्दा पढ्दै आँखा गिलो भए छ, जिते,कबिता पढ्न ढिलो भए छ। सुन्दर सिर्जना ।
rahulvai · May 2, 2011 10:18 AM
ओहो कस्तो चोटिलो कबिता ! पेल्दै गरम है जिते ब्रो बेला मौकामा त ठाउँमै पर्छ नि !
ritthe · May 2, 2011 11:16 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion