नयाँ जुत्ता पात्र हरु: बिश्णे: छोरो हर्के: बाबु माइली: आमा एकटक घोरियर हेरी आफ्नो फुस्रो खुट्टा छोरो सोध्छ आमा! खोइ त मेरो नयाँ जुत्ता? उध्रेको फरिया सिलाउदै आमा भन्छे भरे बा आउँदा लेराइदिन्छंन तेरा नयाँ जुत्ता फाटेको टोपी, उध्रेको दौरा साँझ बाबु आयी पिंडीमा बस्छ हात को नाम्लो बार्दलिमा सिउरी बिश्णेकी आमा! खाजा लेरा भन्छ बिहान भुटेका ठाट्ना बोकी माइली बाहिर पिंडीमा आउछे भरे पकाउने अन्न का दाना छैन कसो गरेर छाक टार्ने,बुढालाई सोध्छे नाँगो खुट्टा उफ्रिदै बिश्णे घर आउछ खोइ त मेरो नयाँ जुत्ता, बा? भनी हर्के लाई सोध्छ छोरो को फुस्रो नाँगो खुट्टा हेरी हर्के एक टकले घोरिरन्छ बा! खोइ भन्या मेरो नयाँ जुत्ता? बिश्णे सधैं सोधिरन्छ।।
jhilke kancho · Apr 30, 2011 4:10 AM · 14,659 views
Haina Ye amrika basera pani yesto Kabita furyo? Good job.
Grenade · Apr 30, 2011 9:19 AM
dhanyabaad grenade!!
jhilke kancho · Apr 30, 2011 3:44 PM
मार्मिक लेखाइ। धेरै हर्के हरु को जीवनी सँग मेल खान्छ। धन्यवाद Jhilke bro.
adhikari_bandhu · May 1, 2011 2:29 PM
सार्है मिठो र मार्मिक प्रस्तुती झिल्के भाइ !
Geology Tiger · May 1, 2011 3:00 PM
ल झिल्केको मर्मस्पर्सी लेखै लाई मेरो तुक्र को उपहार आज आउछ कि नयाँ जुत्ता? भोली पाईन्छ कि नयाँ जुत्ता? साथी भाई सबै को जुत्ता मेरो चाँही किन खाली खुट्टा? लाउन पाये नयाँ जुत्ता हिड्दा दुख्दैन थे कि खुट्टा? बाह्र बर्से भैइ सके किन छैनन खुट्टामा जुत्ता? ए आमा , ए बाबा कैले लौने मैले नयाँ जुत्ता? साथी सङी बूट लौछन तर छैन मेरो खुट्टा मा जुत्ता
timi_mero_sathi · May 1, 2011 4:34 PM
kabita maanparaunu bhaeka sabai saajha baasi harulai dhanyabad.
jhilke kancho · May 2, 2011 5:12 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion