अन्तिम उपाय

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 "ओइ उठ! तलाई अफिस जान पर्दैन आज?" बिहान बिहानै मनोजेले कान टट्टायो। "कती बज्यो र"? एसो सिरानिमुनीको मोबाईल तानेर हेरेको पौने नौ । लौ पर्‍यो बित्यास। फेरि एक चोटि टाउको सिरानीमा बजारें । चिसो अनुभब भयो। कस्ले पानी छर्केछ आज बिहान बिहानै ओछिन मा ? एकाबिहानै आमा को याद् आयो। स्कुल पढ्ने बेलामा आमा ले पानी नहालिकन कुनै दिन आफै उठ्याभए मरिजाउ। आज त कोइ छैन त्यो पानी हाल्ने पनि। कहाँ बाट आयो पानी? पसिना आको हो की भनेर येसो टाउको छामे। टाउको त सुक्खै छ। ह्या जे भएनी काम गर्न त जान पर्‍यो। भोलिदेखी मुखमा माड लाग्दैन । बरु ढिलो भएको करण के भनेर बाहाना खोज्न थाले।   जसो तसो १० बजेको मीटिङ भ्याउने सुर गरेर निक्ल्याँ घरबाट। म होसमा छैन भन्ने त घरबाट नै प्रमणित भईसकेको थियो जब मैले कालो र खैरो जुत्ता लगाएर निक्लिन खोज्या थें। धन्न कुन मतिमा आँखा खुट्टातिर पुगेछन...   गाडी चलाउदै थिए धमिलो देखिन थाल्यो। गाडीको गती लाई कम गरें। एकछिन पछि एक थोपा तपक्क चुहियो। हातमा नै पर्‍यो। अन्त पर्या भए देख्थ्या की देख्थिन थाहा छैन। खटारो चुहिन नी थालेछ जस्तो लाग्यो। तर के चुहियो? पानि त परेको छैन। हैन मेरो दिमाग ले काम नगरेकै हो त ? शंका लाग्न थाल्यो। होईन। कहाँ हुन्छ? दिमाग त सहि तरिका ले काम गर्दै छ नी । काममा जादै छु। यता ऊताको सब को चिन्ता छ। अस्ति एक दिन त हो नी गाडी पच्क्या। अहीले त चली राखेकै छ। भोक पनि लागि राखेकै छ। खान मन पो नलागेको।    "मन नलागेको?"। लौ उब्जियो नयाँ शंका । पेट टुइँ टुइँ कराउदा पनि खान मन नलाग्ने?    आँखा अझै धमिला हुँदै आए। अगाडि पट्टीको कागजले पुछे। लछ्रप्पै भिज्यो। तर्सें म । होईन के हुन लाग्दै छ यहाँ? फेरि दंग परे। १ हप्ता हुन लागी सक्यो असिना ले मन चुटेको। आँखा बाट भने अझै बर्षिदै रहेछ। 'प्सेउडोबुल्बर एफ्फेक्ट'  हो की जस्तो नी लाग्न थाल्यो। होईन, कहाँ हुन्थ्यो? साला १ हप्तामै लाग्ने रोग हो त त्यो? नत्र के त? दिमाग तत्तिन थाल्यो।    एक्छिन पछी फेरि सिरानी सम्झे। त्यो पनि पक्कै आसुलेनै भिजेको हुन पर्छ। तर सुतेको बेला आसु? टैत्! मेरो त खुस्क्यो क्या हो? "भिज्यो सिरानी रातमा" भन्दै गाउने केटी हो र म? फेरि १ चोटि "भन्छन लोग्ने मान्छे भएर " भन्ने पनि याद आयो। अनी सोचे केटाहरु चै रुदैनन् क्या हो? तर म रोयेको कहाँ हो र? सब ठिकै छ। भोक न भकारी के को सुर्ता? फेरि सोचें- आसु भित्र धेरै भएर निक्लेको हो र?    म धेरै बाठो छु। मलाई राम्ररी थाहा छ म रोएको छैन। तर आसु किन झर्दै छ त? मनलाई सोधे बिचार मात्रै क गरेको थिए, मन बर्बरौन थलिहल्यो नी। के भन्न खोजेको त्यसले राम्रो सँग बुझिन। अनी सोचे ह्या येस्ता जाबो मनको कुरा सुन्या भए मान्छे आझै बार्हौ शताब्दीमा हुन्थे। तर फेरि सोचे : होईन एक चोटि अनुसन्धान चै गर्न पर्छ। सोचेर मात्रै के भ्याएको थिए मन ले त टाउको देखि पैताला सम्म लामो लोप्पा खुवाइहाल्यो नी। जाबो कलेजको एउटा सानो रिसर्च पेपर त कुन सँग किनेर गरया थिए।    एक्छिन मनको नी कुरा सुन्दिम न त भनेर सोच्न पाएको थीन मन उफ्रिन थलिहल्यो नी । "खुरुक्क त्यो फूल टिप्न जा त" । म त ट्वा परे। एक छिन् त निमठेर फ्यक्दिउ जस्तो नी लाग्यो। के गर्ने आफै स्वहा हुने काम त गर्न भएन। सुनिरहे। "हुतिहारा! खुब माया गर्छु भन्थिस त, कहाँ पुग्यो आज तेरो माया"। त्यो तेरै डिपार्ट्मेन्ट हो भनेर पन्छिए । "मलाई एक चोटि मौका दे म देखाई दिन्छु" । हेर बाबु दिमाग ले संसार घुमाउन सकिन्छ तैले त आफै घुम्ने भन्दा बडी केही गर्न सक्दैनस। कुन दिन दशा लागेर पहरोमा झुन्डिन पुगेछु। अगाडि त्यो फूल। तैले मन पराइस। मैले नी स्विक्रिती दिए। अब म आज जमिनमा स्वतन्त्र छु। कस्ले छुने मलाई। के को डर मलाई। "अनी त्यो फूल" ? मलाई के थाहा त त्यहाँ कडा नी छ भनेर। त्यो पनि फूललाई पुरै ढाकेर बसेको। तै पनि आउदो मग्सिर मा तेरो मलिक बनौछु भनेकै हो। जाडो सुरु हुनु भन्दा अगाडि। "मग्सिर भन्दा पहिला असार आउछ भन्ने थाहा छैन्? त्यहि असार को भेल म बग्ने भयो त्यो फूल"। मैले क गर्ने त? मग्सिर लाई असार भन्दा अगाडि लेरौन त सक्दिन नी। "बुद्धी छ, बाठो छु भन्छस गरेर देखा न हिम्मत अब"। हिम्मत प्रदर्शनीमा राख्ने कुरा हो र जति बेला भन्यो तेति बेला देखाउने? "त मान्छे त होस्"? हो नी । तलाई अझै शंका ?  "तैले तेरो मनभित्र कहिलै हेरेको छस"? किन हेर्न पर्‍यो। त पनि मेरै त होस्। "सम्झी न त बिगतमा महिनौ लगाएर के गरिस?" के गरे र ? "त्यो फूल सजाउन मन म कति ठुलो पोखरी बनाइस। अनी दिन रात कल्पना गरि गरि एक एक थोपा पसिना र मेहेनत ले पोखरी भरिस। पोखरीको बीचमा फूल सजाउन कति ठुलो मन्च बनाइस"। मन पड्किदै थियो । भित्र हेरे। आफ्नै मेहेनत ले बनाएको सुन्दर संसार हेरेर दंग परे। तर क्षद-बिछेद। अस्तिको अठार मिनेटको आसिना पानी म सब अस्त-ब्यस्त। अनी फेरि सोचे नयाँ सुरुवात गर्न पर्ला। "गरिस नयाँ?" होईन के भन्छ यो। "कहा तहलाउछस एतिका पानी" ? फ्याक्देन यता उती। "किड्नी मैले भनेको मान्दैन। नत्र तेतै पठाइदिन हुन्थ्यो"। कहाँ बाट फ्याक्ने त अब? "त्यो दिन देखि चौबिसै घण्टा आँखा बाट फ्याक्दै छु"। कहीले सिद्दिन्छ त ? "यो गती मा त लाग्ला अरु गोडा चलिस पचास बर्ष" । अरु उपाय होला नी। "बाठो छु भन्छस। निकाल न उपाय आफै" । मैले त्यो फूल बाहेक अरु उपाय नै देखिन। 

sustasuman · Apr 27, 2011 2:37 PM · 11,604 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all