अनिता, म सोच्न पनि सक्दिन तिम्रा शब्दहरु कसरी मल्हमबाट धारिलो चक्कु भए घाऊमा बिछिप्त, सधैं माया बाड्ने सपना बोकेको म आफै मायाको भिकारी भएको छु अनिता हामीले संगै देखेका ती सपनाहरु सजाउन नपाउदै पानिका फोका भए बिपनामा मुछित, सपना र यथार्थको दुरी घटाउछु भन्ने म आफै पाइलो चाल्न नसक्ने भएको छु अनिता केहिबेरको भेटघाट र धेरैबेरको सम्बाद मनबाट कहिलै नमेटिने भए मन हराएको, मनले चाहेको हुन्छ भन्ने उदाहरण दिने म आफै मनको अस्तित्व माथी शंका गर्ने भएको छु अनिता म साच्चिकै दयालाग्दो भएको छु नशामा लागेकालाई होसमा लेर्याउने आफै नशामा चुर्लुम्म डुबेको छु जीवनको लक्ष्यको लागि सधै लाग्ने गन्तब्यहिन बाटोमा भौतरिरहेको छु मुस्कुराउथे तिम्रो तस्बिर हेरी आज त्यसमाथी आसु चुहाउन थालेको छु सपनामा प्रतक्ष्य भेट हुन्थ्यो हर प्रहर परेली खुल्ला राख्न थालेको छु मृत्‍यु नै सजिलो हो की जीवनलाई भित्र देखि घ्रिणा गर्न थालेको छु
sustasuman · Apr 26, 2011 10:49 PM · 11,579 views
Anita, Kabita Ramro chha.... Nikai Ramro Kabita lekhna thaleko chhu...
Grenade · Apr 27, 2011 6:53 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion