संसारलाई हँसाउने हरिबंश आँफै रूँदा : Source: http://www.filmykhabar.com/ind... सुमन गैरे, काठमाण्डौ, २०६८ वैशाख ७, बुधवार सारा संसारलाई हँसाउने बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्य आज आँफै रोएका छन् । आफूलाई हँसाउने हरिबंश रोएको देख्दा आज सारा देशबासी पनि उनीसँगै रोएका छन् । आफ्नी धर्मपत्नी मिरा आचार्यको बुधबार निधन भएपछि उनका आँखाबाट दिनभरी नै आँशुका धारा बगेका थिए । मष्तिस्क पक्षघातका कारण ४६ वर्षको उमेरमा काठमाडौँ मोडल अस्पतालमा बुधबार निधन भएपछि उनले अस्पतालमै श्रीमतीलाई दुलही झैं सिंगारेर चुरा पोते को साथमा अन्तिम सिन्दुर लगाई दिएका थिए । जब उनले श्रीमतीलाई सिन्दुर लगाई दिए त्यसपछि उनले आफ्नो मनलाई थाम्न सकेनन् र भक्कानिए । उनी रोएको देखेपछि हरिबंश कै लगानी रहेको सो मोडल अस्पतालमा उपस्थित उनका शुभचिन्तकहरू पनि भक्कानिदै रोएका थिए । मिराको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्तिम श्रद्वाञ्जली दिने क्रममा पनि हरिबंश निकै रोएका थिए । उनका साथमा दुई छोरा त्रिलोक र मोहित पनि बुवासँगै भावबिह्वल भएका थिए । पशुपति आर्यघाटमा अन्तिम श्रद्वाञ्जली दिन नेपाली सिनेमा क्षेत्रका चिरपरिचित अनुहार तथा राजनितिज्ञहरूको बाक्लो उपस्थिती थियो भने सयौं सर्वसाधारणहरूको पनि उपस्थिती रहेको थियो । आफ्नी श्रीमतीलाई निकै माया गर्ने हरिबंशले मिरासँग २०४० सालमा मागी विबाह गरेका थिए । केहि समय अगाडी एक पत्रिकालाई अर्न्तवार्ता दिने क्रममा उनले भनेका थिए, 'म हरेक दिन घरबाट निस्कने क्रममा एक पटक उनलाई किस गरेर निस्कन्छु ।' यसबाट के प्रष्ठ हुन्छ भने उनले श्रीमतीलाई आफूभन्दा पनि धेरै माया गर्थे । यसरी आफ्नो प्राण भन्दा प्यारो मान्छेलाई गुमाउनु पर्दा हरिबंशको मन कति रोयो होला त्यसको अनुमान सायदै कसैले लगाउन सक्दैन होला । हरेक पुरूषको सफलताको पछाडी स्त्रीको हात हुन्छ भने झैं हरिबंश सफल हुनुको पछाडी उनकी धर्मपत्नी मिराको पनि ठूलो हात थियो रे । तर दैबको खेल नै अचम्मको छ । जस्ले धेरै माया गर्छ त्यसलाई नै दैबले खोसेर लैजान्छ । आज हरिबंशको जीवनमा त्यस्तै भएको छ । आज हरिबंशले आफूलाई माया गर्ने श्रीमती गुमाउनु परेपनि उनलाई र उनको कलाकारितालाई माया गर्ने धेरै नेपालीको मायामा कहिल्यै कमी नआओस् भन्दै यस दुःखद घडीमा दिबंगत हुनुभएकी मीराको आत्माको चिर शान्तिको कामना गर्दै फिल्मीखबर डटकम परिवार शोक सन्तप्त हरिवंश आचार्य र सिंगो परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछ ।
hit.the.hot · Apr 25, 2011 2:39 PM · 13,685 views
कालमहिमा कबिता पढेका छौ ? तेही हो , कुन दिन आफ्नै नाम पनि अरुले पड्लान !!!!!!!!!
MAGorkhali · Apr 26, 2011 4:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion