लौ हेर्नुस् क्यसिनो मा जाने हरु, पैसा पनि तिनिहरुले गलत बाटो बाटै कमाको होलान क्यासिनो र्‍याडमा प्रहरी छापा, दस नेपाली ४४ हजार भारुसहित पक्राउ काठमाडौं, वैशाख १२ (नागरिक)- क्यासिनोमा प्रवेश गरी जुवा खेलेको अभियोगमा प्रहरीले क्यासिनो र्‍याडबाट ४४ हजार भारतीय रुपियाँसहित १० जना नेपालीलाईपक्राउ गरेको छ। महानगरिय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलिले लाजिम्पाटमा रहेको क्यासिनो र्‍याडमा आकस्मिक छापा मार्दा जुवा खेलिरहेका अवस्थामा क्वाइनसहित फेला परेका नेपाली नागरिकलाई पक्राउ गरेको हो। क्यासिनोमा छापा मार्न परिसरबाट डिएसपीको कमान्डमा प्रहरी टोली परिचालित थिए। प्रहरीको स्थानीय युनिटलाई खबरै नगरी पुगेको टोलीले क्यासिनोभित्र प्रवेश गरी घेरा हाली नेपाली नागरिकलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरुको साथबाट दस हजार दरका चार र एक हजार दरका ४ वटा क्वाइन गरी ४४ हजार रुपियाँ बराबरको क्वाइन बरामद भएको काठमाडौं परिसरका डिएसपी केदार ढकालले बताए। प्रहरीले क्यासिनोबाट ध्रुवराम शाही, राजु लामा, नानीकाजी बोहरा, अरुण खत्री, राजेन्द्र केसी, सुरेश थापा, विश्व पौडेल, राजेश थापा, अशोक श्रेष्ठ र राज कुमार थापालाई पक्राउ गरेको हो। पक्राउ परेका ब्यक्तिलाई हिरासतमा राखेर जुवा ऐनअनुसार कारबाही प्रकृया अगाडि बढाएपछि नेपाली प्रवेश गराएर जुवा खेलाउने क्यासिनो सञ्चालकलाई भने पक्राउ गरेको छैन। राज्य व्यवस्था समितिले नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाउने क्यासिनोको दर्ता प्रकृया खारेजको सिफारिससहित कारबाही प्रकृया अगाडि बढाएपछि क्यासिनोमा नेपाली प्रवेश रोकिए पनि पछिल्लो समय काठमाडौं प्रहरी प्रमुख परिर्वतन भएपछि क्यासिनोमा नेपालीको संख्या बढेको थियो। रोयल्टी नबुझाउने क्यासिनोको दर्ता खारेजीको प्रकृया अगाडि बढाए पनि निर्णय भने हुन सकेको छैन।
_____ · Apr 25, 2011 11:53 AM · 1,777 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion