व्यक्तिको मानसिकता उसको व्यक्तित्वमार्फत झल्कन्छ। विवेकी मानसिकताको परिणाममा सुन्दर व्यक्तित्व निर्माण हुन्छ। विकृत मानसिकताले मन कमजोर बनाउँछ। मन कमजोर भए जीवनमा सफलता प्राप्त गर्न सकिँदैन। सुन्दर मन भएको व्यक्ति जीवनमा सबैभन्दा ठूलो सफलताको हकदार हुन्छ। मन व्यक्तिको बल हो र मन नै उसको बलराम। यदि व्यक्ति तनावमुक्त, प्रसन्नचित्त एवं शान्त छ भने जीवनको विकासमा उसको मनजस्तो ठूलो तथा उपयोगी तत्व अरू केही हुन सक्दैन। मनले नै व्यक्तिको वर्तमान निर्माण गर्छ। मनस्थिति नै कुनै पनि व्यक्तिको भविष्यको आधारशीला हो। स्वस्थ मानसिकता नै जीवनको मेरुदण्ड हो। व्यक्तिमा जति मात्रामा उत्साह, उम· एवं खुसी हुन्छ उसको जीवन त्यति नै सफल साबित हुन्छ। त्यसैले हरेक व्यक्तिले खुसी, धैर्य एवं तत्परताका साथ काम गर्नुपर्छ। कामभन्दा त्यसका पछाडि रहने मानसिकता महत्त्वपूर्ण हुन्छ। सफलता आकाशबाट झर्ने कुरा होइन। भाग्य धर्ती चिरेर बाहिर आउँदैन। सफलता त्यसले प्राप्त गर्छ जसलाई भाग्यले साथ दिन्छ। भाग्यले त्यसलाई साथ दिन्छ जो भाग्यप्राप्तिका लागि सधैं परिश्रम गर्छ। व्यक्तिको शक्तिको परिचय स्वस्थ मानसिकताले गराउँछ। सुन्दर मानसिकता नै सही अर्थमा उसको शक्ति हो। जीवनप्रति उत्साहित हुनुपर्छ। सुखपूर्वक जीवन बिताउनुपर्छ। जसले जीवनलाई उत्सवका रूपमा सुखमय बनाउँछ उसको मृत्यु नभै जीवनको एक महोत्सव बन्न पुग्छ। आज सहरी जीवनको समस्या जति पारिवारिक र सामाजिक देखिन्छ त्यो भन्दा बढी मानसिक छ। निराशा, चिन्ता, क्रोध, तनाव आदि समस्या असफलताका परिणाम हुन्। यिनलाई हटाउन मनमा भएको हीन भावनालाई बाहिर निकाल्नुपर्छ। आफ्नो योग्यता एवं क्षमतालाई कम आँकलन गर्ने भूल कहिल्यै गर्नु हुँदैन। मनलाई निर्मल पारी उच्च सोचलाई स्थापित गर्नुुपर्छ। संघर्ष, परिश्रम एवं लगनशीलताको बाटो अंगाली धैर्यपूर्वक, आत्मविश्वासका साथ निरन्तर कार्य गर्नुपर्छ। सफलता ढिलो-चाँडो अवश्य प्राप्त हुन्छ। उच्च विचार राखौं, उच्च लक्ष्य साँचौं, दुनियाँ आफ्नै हुन्छ। जीवनप्रतिको सकारात्मक दृष्टिले नै आत्मविश्वासलाई कायम राख्छ र यही आत्मविश्वासले सफलतालाई सुनिश्चित गर्छ
AmeeenRandhichora · Apr 25, 2011 3:04 AM · 10,229 views
Benifitted ? any one ? Last edited: 25-Apr-11 01:10 PM
MAGorkhali · Apr 25, 2011 11:04 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion