Normal 0 MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman"; mso-fareast-font-family:"Times New Roman";} कथा यो कथा मनकामना गांऊको हो। गांऊको एक कुनामा एऊटा गुरुङ परिबार। गणेस गुरुङ परिवारको सातौ सन्तान। चार दाजु भाइ, तिन दिदि बहिनि र बाबु आमा सामेत नौ जनाको पारिबार। खेति र भैसिको दुध बेचेर सुख: दुख: संग गुरुङ परिबार बाचिरहेको थियो। नौ क्लासमा पढ्दा गांऊकै एक सइको पछि लागेर पुलिसमा भर्ना हुन पुग्छ गणेस। तालिम सकिएपछि गणेसको पोस्टिङ भित्रि मधेसको शान्तिपुर गांऊमा हुन्छ। गणेस घरमा महिना को पांच सए रुपिया पठाऊथ्यो। अब गुरुङ परिबारमा खास दुक्ख थिएन। मनकामना गांऊकै अर्को कुनामा लक्छमण खत्रिको घर छ। लक्छमण खत्रि पन्ध्र बर्षको भएपनि खाइलाग्दो जिउडालको। गांउमा उ जति बलियो कोइ थिएन भने पानि हुन्छ। दुइ दाजु भाइ, दुइ दिदि बहिनि अनि आमा बाबु समेत गरि जम्मा छ जनाको पारिबार। खान लाउन खास दुक्ख थिएन। गांऊकै स्कुलमा आठ क्लासमा पढिरहेको। भबिस्यमा डाक्टर बन्ने बिचार थियो उसको। तर सबै सोचे जस्तो कंहा हुन्छ। एक दिन माओबादिले स्कुलबाटै अपहरण गरेर लगेपछि उ घरपर्केर आएको छैन। गांऊमा चलेको हल्ला अनुसार माओबादिको पुर्णकालिन कार्यकर्ता भैसकेको छ। माओबादिमा उ कामरेड पौरखको नामले प्रख्यात छ। ब्यथा आज शान्तिपुर गांउमा माओबादिले आक्रमण गर्ने हल्ला छ। पच्चिस जनाको पुलिस चौकिमा दिउसो देखिनै तनाब छ। केन्द्रले माओबादिको आक्रमण भएमा हेलिकोप्टर मार्फत सहयोग पठाउने भनेको छ। ++++++++++++++++++++ हाम्रो कथाको पात्र गणेस गुरुङ पनि आज निकै सतर्क भएर बसेको छ। माओबादिले आक्रमण गरेमा तिनिहरुलाइ भगाउन सकिन्छ भन्ने लाग्छ उसलाइ, तरपनि एक पर्कारको नजानिदो डरले उ चिन्तित छ। रातको करिब आठ बजेको समय। सुनसान अध्यारो रात। भुस्या कुकुरको रोदनले बाताबरण डरलाग्दो बनाएको छ। पुलिस चौकिमा सम्पुर्ण पुलिस मोर्चाबन्दि गरेर बसेका छन्। ड्याम…………डुम्म……….चट्याङ्ग…………..चारैतिरबाट चौकिमा आक्रमण हुन्छ। माओबादि चौकिको नजिकै आइसकेका रहेछन्। चारैतिर गोला बारुदको आबाज र मान्छे चिच्याएको मात्र सुनिन्छ, मानौ यमराज आज शान्तिपुरमा बास बसेका छन्। हाम्रो पात्र गणेस पनि बहादुरिका साथ लडिरहेको छ। बास्तबमा उ माओबादिलाइ चौकिमा छिर्न नदिन सम्पुर्ण प्रयास लगाइ रहेछ। गणेस बसेको पोस्टनिर एकजना माओबादि अचानक देखा पर्छ। “यै हात हैन तेरो हामि माथि गोलि चलाउने” भनेर उसले खुकुरि ले गणेसको दुबै हात काटि दिन्छ। करिब एक घन्टाको भिडन्त पछि माओबादि तर्फ कोइ कराउछ “पौरख कामरेड लाइ दुबै खुट्टामा गोलि लाग्यो”। त्यहि बेला आकासमा हेलिकोप्टरको आबाज सुनिन्छ माओबादि पछि हट्छन्। X X X X X X X धेरै बर्ष बिते। शायद देसमा गणतन्त्र आइसकेको थियो। बिहानदेखि जुलुस हंसिया हथौडा भएको रातो झण्डालिएर गणतन्त्र जिन्दबादको नारा लगाइरहेको थियो। जुलुस मन्दिर नजिकै बाट गैरहेको छ। मन्दिरमा माग्न बसेको एक जना दुबै हात नभएको माग्नेको चेहरामा घ्रिणा छाउंछ। यत्तिकैमा एक जना दुबैखुट्टा नभएको ब्यक्ति घिस्रिदै आएर भन्छ “ए दाइ म पनि आज यंहा माग्न बस्छु है”? “हुन्छ बस न मेरो मन्दिर होइन क्यारे” पहिलो ले जबाफ दिन्छ। अनि दाइ तपाइको हात के भोनि ? पहिलो माग्नेको आंखामा शान्तिपुरमा भएको भिडन्त चलचित्र झै आउन थाल्छ। “के हुनु पहिला पुलिसमा हुंदा शान्तिपुर गांउमा माओबादिसंगको भिडन्तमा माओबादिले काटेका” उसले जबाफ दियो अनि पेन्सन आउदैन त? “पुरानो सरकार भएसम्म त आउदै थियो छ महिना अघि पूरानो सरकार ढलेदेखि केहि पाएको छैन, मागेर जिन्दगि बिताइरहेछु” “ अनि भाइ तिम्रो खुट्टा के भो नि”? पहिलोले सोध्छ “के हुनु नि दाइ म माओबादि लडाकु थिए त्यो शान्तिपुरको भिडन्तमा, पुलिस को गोलि लागेपछि समयमा उपचार हुन पाएन पछि दुबै खुट्टा कट्नु पर्ने भो।“ दोस्रोको जबाफ थियो। “ल तिम्रै सरकार आएको छ, किन माग्न पर्यो गएर भनन मद्दत गरिहाल्छननि” कहा दाइ त्यो शान्तिपुरको भिडन्तमा हाम्रो कम्पनिको धेरै साथि हरु मरि हाले बचेका कंहा छन थाहा छैन। एकपटक पार्टि हाइकमाणड लाइ भन्न गएको थीए, रिकर्डनै छैन भन्छन मेरो, नमागेर के गर्नु?” अनि तिम्रो गांउ कहा नि? पहिलो ले सोध्यो मनकामना -दोस्रोले जबाफ दियो। शायद यो जिन्दगिको तितो ब्ङ्यग थियो। एक अर्कालाइ मार्न लडेकाहरु आज एकै ठाउमा बसेर मागिरहेका थीए। सडकमा जुलुस नारा लागाइ रहेको थियो “जनताको जित जिन्दाबाद”
timi_mero_sathi · Apr 22, 2011 4:26 PM · 1,996 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion