सुनसरी, ८ वैशाख देशैभरि अनुजा बानियाँको इमानको बखान छ, तर सुनसरी प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको छ । उनले बसमा भेट्टाएको ९१ लाख रुपैयाँ र हिराको हार फिर्ता दिएको दाबी गरेकी छन्, तर पैसा फिर्ता लिने र प्रत्यक्षदर्शी नभेटिएकाले घटना कपोकल्पित हुनसक्ने प्रहरीको शंका छ । २६ चैतमा इटहरीबाट धरान जाने बसमा अनुजाले पैसाको झोला भेटेको बताएकी छन्, घर पुगेर हेर्दा पैसा देखेपछि झोलाकै खल्तीमा भएको कागज हेरेर सम्बन्धितलाई फोन गरेको उनको दाबी छ । अनुजाका अनुसार पैसा हराएपछि सीधै काठमाडौं आएका पुरुषोत्तम पौडेल पाँच दिनपछि धरान पुगेर पैसा बुझी फर्किएका थिए । तर, समाचार यति धेरै फैलिँदा पनि पौडेल सम्पर्कमा छैनन् । उनको फोन नम्बरसमेत गल्तीवश 'डिलेट' भएको अनुजाको भनाइ छ । 'कोही व्यक्ति ९१ लाख रुपैयाँ बोकेर बसमा हिँड्नु र झोला छाडेर जानु आफैँमा आश्चर्यहो,' इलाका प्रहरी कार्यालय धरानका डिएसपी दीपक रेग्मीको भनाइ छ, 'फेरि त्यति धेरै पैसा हराएपछि प्रहरीमा उजुरी गर्नुपर्ने हो, तर सम्बन्धितले पैसा हराएको पाँच दिनसम्म पनि उजुरी गरेको देखिएको छैन ।' फेरि बसमा कसैले बिर्सेर गएको करिब २० किलोको झोला उठाएर घर जानुलाई पनि प्रहरीले शंकास्पद भनेको छ । तर, अनुजाले आजभोलि प्रहरीको इमान बिग्रँदै गएकोले पैसा आफूले चौकीमा नदिई घर लगेको बताएकी छन् । अनुजाले पत्रकारहरूलाई दिएको विवरणअनुसार पौडेलले २६ चैतमा आइएमईको इटहरी शाखाबाट पैसा निकाली धरान जाँदै गरेको बताएका थिए । तर, आइएमईले २६ चैत र त्यसको आसपासमा पुरुषोत्तम पौडेलको नाममा काठमाडौं र धरानबाट कुनै कारोबार नभएको जनाएको छ । 'आइएमईबाट एउटै व्यक्तिले त्यति धेरै पैसा निकालेको थियो भन्ने समाचार आएपछि मैले आज -बिहीबार) दिनभर बुझेँ । त्यस्तो नाममा कुनै कारोबार भएको छैन,' आइएमईका कार्यकारी निर्देशक योगेश्वर ढकालले बिहीबार साँझ नयाँ पत्रिकासँग भने, 'इटहरीबाट अरू कुनै व्यक्तिका नाममा पनि त्यो दिन ९१ लाखको कारोबार भएको छैन, फरक-फरक नामबाट धेरैले पैसा निकालेको भए फरक कुरा हो ।' पैसा फिर्ता दिने प्रचारमा आइरहे पनि फिर्ता पाउने कतै नदेखिएपछि जिल्ला प्रशासनले शंका व्यक्त गरेको थियो । बिहीबार नै प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले घटना साँचो हो कि मनगढन्ते हो भनेर अनुसन्धान गर्न धरानका डिएसपी रेग्मीलाई निर्देशन दिएका थिए । रेग्मीले बिहीबार बिहान फोन गरेर अनुजालाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय आउन भनेका थिए । तर, अनुजाले पछि फोन गरेर 'आज आउन सकिनँ, भोलि (शुक्रबार) आउँछु' भनेकी छन् । प्रहरीले बोलाउँदा पनि नआएको खबर पाएपछि प्रजिअ थपलियाले बिहीबार साँझ आफैं अनुजालाई फोन गरेका थिए । 'हेर नानी तिमीले साँचो बोलेको हो भने त धेरै महान काम गर्‍यौ, त्यसको सम्मान पनि पाउनुपर्छ, तर झूट बोलेकी रहेछौ भने त फँस्छौ है,' उनले अनुजालाई भने । तर, जवाफमा अनुजाले आफूले साँचो नै बोलेको दाबी गरेको थपलियाले बताए । बिहीबार दिनभर टेलिभिजन, पत्रपत्रिका र रेडियोका पत्रकारलाई लाइन लगाएर पालैपालो अन्तर्वार्ता दिएकी अनुजा साँझ भने सम्पर्कमा आउन चाहिनन् । उनको मोबाइलमा फोन गर्दा भिनाजु चक्र विष्टले उठाए । 'पैसा त फिर्ता नै गरेको हो, तर दुःखको कुरा हामीसँग प्रमाण भएन । त्यसैले अप्ठेरो पर्‍यो,' विष्टले भने । उनले बिहीबार साँझदेखि परिवार नै चिन्तामा परेको पनि बताए । यता अनुजाले ९१ लाख र हिराको हार फिर्ता गरेको दाबी गरेपछि देशभरि उनको प्रशंसा भइरहेको छ । कसैले बोलेर, कसैले लेखेर त कसैले भेटेरै उनलाई प्रशंसा दिइरहेका छन् । राष्ट्रपति डा. रामवरण यादवदेखि बिदामा बसेका प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले समेत उनलाई फोन गरेर धन्यवाद दिएका थिए । राष्ट्रपतिको निम्तोमा अनुजा काठमाडौं आउने तयारीमा छिन् । http://nayapatrika.net/inside-... Last edited: 22-Apr-11 07:17 AM Last edited: 22-Apr-11 07:19 AM
Smooth · Apr 22, 2011 7:15 AM · 35,365 views
bahun ra bahun kaa dalaal haruko tuppi taatechha ha ha ha kyaa ramaailo ... Anuja case investigation garyo? kun patrakaar le "news brake" gareko rahechha? tyo pani bahun nai paryo ki ? ha ha ha ha
sukla · Apr 23, 2011 8:45 AM
bahun ra bahun kaa dalaal haruko tuppi taatechha ha ha ha kyaa ramaailo ... Anuja case investigation garyo? kun patrakaar le "news brake" gareko rahechha? tyo pani bahun nai paryo ki ? ha ha ha ha
sukla · Apr 23, 2011 8:45 AM
No.1 Person: अनुजा कान्ड ले पनि नेपाल मा तहल्कै मच्चाएछ त!!!! होइन यहाँ इमान्दारी ता को प्रसम्सा त धेरै गरियो, तर त्यो घटना साचो हो या होइन भन्ने कुरा ले पो अहिले सबै को मथिङल घुम्न थाले को छ त!!नेपाली को बानी जे मा पनि अलिक हतार गर्ने अनी फुर्सद मा पछुताउने छ। नेपाल को पत्रकार जगत पनि अचम्म को छ है, पहिला आँफैले समाचार छाप्ने अनी पछी आफ्नै समाचार को सत्य तथ्य खोज्ने पत्रकार हरु को योग्यता लाई के भन्ने???!! No.2 Person: जाँड नखाई नखाईकन पढेका हाम्रा बिचरा पत्रकारहरूले कस्ले दिएका कस्ता शिक्षा पाए नि, लै लै!!
sukla · Apr 23, 2011 3:56 PM
अनुजाबारे अन्योल हर्ष सुब्बा धरान, वैशाख ९ - सार्वजनिक बसमा छुटेको रकम फिर्ता दिएको विषयमा अनुजा बानियाँको सर्वत्र प्रशंसा भयो । तर शुक्रबार दिनभर प्रश्न व्याप्त भयो- 'पैसा पाउने व्यक्ति खोइ त ?' भोजपुर भुल्के घर भई धरान बस्ने २१ वषर्ीया अनुजाका अनुसार उनले काठमाडौं सीतापाइलाका पुरुषोत्तम पोखरेललाई ९१ लाख रुपैयाँ र हीराको हार भएको झोला बुझाएकी थिइन् । ती व्यक्ति कहाँ छन् त ? 'सम्पर्क गरेको नम्बरसमेत डिलिट भएछ,' अनुजा भन्छिन् । प्रहरी, प्रशासन र सञ्चारकर्मीबाट यसमा चासो भएपछि उनले आफूले काठमाडौंमा सम्पर्क गरेका र आफूलाई फोन आएका नम्बर पत्ता लगाइदिन प्रहरीलाई आग्रह गरेकी छन् । ती नम्बरका आधारमा पैसा बुझ्ने व्यक्ति पत्ता लगाई छानबिन गर्नसमेत उनले अनुरोध गरेकी छन् । उनले पैसा बुझाएको भन्ने समाचारका तयारीका सिलसिलामा पुरुषोत्तमका परिवारका सदस्य भन्दै कान्तिपुरलाई सम्पर्क गरेका -छोरी) सुधा, -छोरा) अनिल र -मीतछोरी) अनिता कार्की भने पुनः सम्पर्कमा छैनन् । उनले पुरुषोत्तमलाई सार्वजनिक हुन आग्रह गरेकी छन् । 'धेरैले धेरैथरी सोचेकाले फिर्ता पाउने व्यक्ति -पुरुषोत्तम) लाई सार्वजनिक हुन आग्रह गर्छु,' उनले शुक्रबार कान्तिपुरसँग भनिन्, 'राम्रो काम गर्दा उल्टै मेरो बदनाम हुन थाल्यो ।' धरानमा सँगै बस्ने अनुजाका दाजु -ठूलो बुबाका छोरा) कुमार बानियाँले भने बहिनीले पैसा भेट्टाएको र फिर्ता दिएको कुरामा त्यति पत्यार नलागेको प्रतिक्रिया दिएका छन् । अनुजाले पैसा भेट्टाएको भनेको समयमा हलेसी घुम्न गएका कुमारले भने, 'म बाहिर घुम्न गए पनि घरमा छोरो थियो । त्यति ठूलो रकमसहितको झोला भेट्टएिको भए उसले पनि थाहा पाउनुपर्ने हो ।' उनले अनुजा डेढ महिनादेखि आफूसँगै बस्दै आएकी बताए । चैत २६ गते इटहरीबाट धरानको सार्वजनिक बसमा आफूले उक्त सम्पत्तिसहितको झोला फेला पारेको र २८ गते पोखरेललाई फोन गरेर सम्पत्ति फिर्ता दिएको दाबी अनुजाले गर्दै आएकी छन् । यससम्बन्धी समाचार सार्वजनिक भएपछि उनलाई राष्ट्रपतिले समेत टेलिफोन गरी बधाई दिएका थिए । घटनापछि उनी इटहरीस्थित दिदी-भिनाजुकहाँ बस्दै आएकी छन् । भिनाजु चक्र बिष्टले पैसा बुझाएको समाचार आइसकेपछि मात्र आफूले अनुजाको यो घटनाबारे थाहा पाएको बताए । 'फोन डायलका आधारमा यसको सत्यतथ्य बुझ्न प्रहरीलाई अनुरोध गर्छौं,' उनले भने । पैसा फेला पारी बुझाएको समाचार पुरुषोत्तमका मीतछोरी भन्दै धरानकै अनिता कार्की नामक युवतीले दिएकी थिइन् । पुरुषोत्तमकै छोरा बताउने अनिल पोखरेलले समेत इटहरीबाट टेलिफोन गरी यसबारे थप पुस्ट्याइँ गरेका थिए । 'तर उनीहरू कोही सम्पर्कमा छैनन्,' बिष्टले भने । http://www.ekantipur.com/kanti... (Note: Multiple people are involved in this case, it may have some elements of truth) Last edited: 23-Apr-11 05:40 PM
Smooth · Apr 23, 2011 5:36 PM
हावादारी कुरा होः अनुजाको दाजु अनुजाका दाजु कुमार बानियाँ भेटिएको रकम फर्काएर सबैतिरबाट बहिनीले वाहवाह लुटिरहेकी भए पनि दाजु कुमार बानियाँ र छिमेकीहरु भने अनुजाको कुरा हावादारी भएको दावी गर्छन्। अनुजाले रकम फिर्ता गरेको बारे कसैलाई पनि नभनेको र पत्रपत्रिकामा पनि एक्कासी आएको बताँउदै आए पनि डेरा गरी बसेका वरपरका छिमेकीहरुलाई भने उनले पत्रपत्रिकामा छापिँदैछ भनेर सुनाउँदै हिँडेको भेटिएको उनकै दाजु बताउँछन्। छिमेकमा रहेकी भीमा बानियाँलाई पत्रिकामा छापिएपछि जेलमा रहेको श्रीमानलाई निकालिदिन्छुसमेत उनले भनेकी रहिछिन्। ‘मेरी छोरीलाई कान्तिपुरमा समाचार आएपछि ज्वाईँ निकालीदिन्छु भनेकी रहिछ, हामी त पत्रिकामा उसको समाचार छापिएपछि खुशीले गदगद भयौं'-भीमाकी आमाले भनिन्। तर, अहिले भने अनुजाको कुरामा विश्वास गर्ने कुनै आधार नरहेको उनले बताइन्। आफू श्रीमतिसँग हलेसी दर्शन गएको बेलामा यस्तो घटना भएको र आफू आएपछि अनुजालाई सोधपुछ गरेर पुरुषोत्तमको सम्पर्क नम्बर माग्दा उनले छैन भनेको अनुजाका दाजु कुमारले बताए। उनी अनुजाका ठूला बाका छोरा हुन्। अनुजा करिब डेढ महिनादेखि उनीसँगै धरान ९ बगैँचालाइनमा बस्दै आएकी थिइन्। डोनोट फ्याक्ट्री सञ्चालन गरिरहेका कुमारका अनुसार अनुजाले ५, ६ कक्षा भन्दा बढी अध्ययन गरेकी छैनन्। डोनोट पसलमा ग्राहकसँग लेनदेन गर्न नसक्ने अनुजाले ९१ लाख रुपैयाँ गनिन् भनेर उनी विश्वास नै गर्दैनन्। ‘पसलमा हिसाब गर्न नजानेर बढी-बढी पैसा फिर्ता गर्नेले त्यत्रो पैसाको हिसाबकिताब गर्‍यो होला भनेर पटक्कै विश्वास गर्दिनँ'-उनले भने। आफूहरु हलेसी दर्शनमा जाँदा घरमा भर्खरै एसएलसी दिएका आफ्नो छोरा विवश पोख्रेल पनि भएको तर ५ दिनसम्म अनुजाले घरमा त्यत्रो पैसा ल्याएर गनेको बारे उसले कुनै सुँइको समेत नपाएकोले विश्वास गर्नै नसकेको उनले बताए। ‘मैले पुरुषोत्तम र उसकी मित छोरी अनिता कार्कीको नम्बर देऊ, हो रैछ भने तिमीलाई मै फूलमाला लगाएर पत्रकारहरुसँग भेटाउला पनि भनेँ, छैन भनी, अनि कसरी पत्याउनु? पत्रिकाले पनि पैसा फिर्ता लैजानेलाई नभेटी लेखेर हुन्छ?'-असन्तोष व्यक्त गर्दै उनले भने। पत्रिकामा समाचार छापिएपछि बुधबार विराटनगरबाट पत्रकारले भेट्न बोलाएको छ भनेर घरबाट गएर हालसम्म अनुजा सम्पर्कमा नआएको उनले बताए। http://nagariknews.com.np/ अनुजाबारे सुरुमा चर्चा गरौं यी बानियाँको जसले सुरुका दुई दिन वाहवाही पाइन् र पछिल्ला दिनमा फेरी प्रश्नको घेरामा परिन् । उनले दिएको मिडिया-बयानअनुसार अनुजाले सार्बजनिक बसमा करिव २२ केजी तौलको पैसासहितको झोला भेटिन र कसैलाई खबर नगरि घरमा लगेर राखिन् । पैसा हराउनेसँग फोन सम्पर्क गरिन र बिना कमिसन सवै रकम सकुसल हस्तान्तरण गरिन् । तर, जव प्रहरी र प्रशासनले यो रकमबारे सोधीखोजी गरे तव उनका वयान झुटो ठहरिँदै गएको छ । अनुजा र उनका बारेमा समाचार छाप्ने पत्रिकाले समेत सो रकम आइएमईबाट झिकेर ल्याएको बताएका छन । तर, आईएमइका अधिकारीहरुले पछिल्ला दिन एकैपटक त्यति ठूलो रकम भुक्तानी नदिएको बताएका छन । यहाँ पहिलो प्रश्न छ, आखिर त्यो रकम कहाँबाट आयो ? अर्को कुरा पैसा हराउने र पाउने ब्यक्तिको पहिचान नै खुल्न सकेको छैन् । उनले काठमाडौंको सितापाइलाका पुरुषोत्तम पौडेललाई रकम दिएको बताएपनि अहिले रकम लिने ब्यक्ति सम्परक बाहिर छन् । पहिले पुरुषोत्तम पौडेल भनिएका ब्यक्तिलाई अहिले पोखरेल बनाइका छन अनुजा र मिडियाहरुले । अनि अनुजाले उनको सम्पर्क नम्बर समेत डिलिट भएको बताएकी छन् । एकातिर उनी जीवनकै सवैभन्दा ठूलो काम गरेको भनेर मिडियामा अन्तरवार्ता दिइरहेका बेला त्यो घटनासंग जोडिएको ब्यक्तिको नम्बर हराउन वा डिलिट हुन सम्भव छ ? यस्तै अनुजाले पैसासहितको ब्याग भेटेपछि प्रहरीलाई दिनुपर्नेमा किन आफैंसंग राखिन् र दिनेबेला किन कसैको रोहवरमा दिने प्रयास गरिनन् ? उनको बयानले के देखाउँछ भने या त उनको पैसा भेटाएको कथा झुट हो या त पैसा पाउने ब्यक्तिको फोन नम्बर डिलिट भएको भन्नु नै झुट हो । अब अनुसन्धान अनुजामाथि हुनुपर्छ जसले दुईमध्ये एक झुटको खेती गरिन् । कतै रामबहादुर बम्जनले आफुलाई बुद्धको अबतार सावित गर्न गरेका मिडिया स्टन्टसँग तालमेल खाने खालका त छैनन अनुजाका यी हर्कत ? उनका दाजु कुमार बानियाँ -जोसँग उनी नौ महिनादेखि बस्दै आएकी थिइन)ले समेत अनुजा झुट बोल्न खप्पिस रहेको बताएका छन् । जसले गर्दा उनी धरानबाट इटहरी सर्न बाध्य भएकी छन् । मिडियाबारे यो समाचारसंगै यसलाई प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमको बिश्वसनीयता र ब्यबसायीकतामा समेत गम्भीर प्रश्न उठेको छ । पहिलोपटक कान्तिपुर दैनिकको मुख्य पृष्ठमा छापिएको समाचारमा प्रयोग भएको तस्वीरसमेत अनुजाको नभएको पत्तो लागेको छ । सुरुमा एउटा र सनिवारको खण्डन समाचारमा अर्कै तस्वीर छापिएको छ । बुधबार र बिहीबार पत्रिकामा छापिएको अनुजाको फरक फरक तस्बिर। दायाँको फोटो बुधबार छापिएको हो। बुधबारको तस्बिर उनकै साथी भोजपुर भुल्के १ घर भएकी २० वर्षीया ममता अधिकारीको भएको खुलेको छ। यो समाचारले देशका ठूलावडादेखि आम पाठकसम्मलाई भ्रममा त पार्यो नै अन्ततः स्वय पत्रिका नै गोलचक्करमा फसेको छ । ‘कागले कान लग्यो भनेर कान नछामी दौडंदाको परिणाम हो यो’ बरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी भन्छन् -’एउटाले भनेको कुरालाई मात्र विश्वास गर्दा यस्तो भयो ।’ पत्रिकाको पछि लागेर अरु त भावनामा बगे बगे, राष्ट्रपति डाक्टर रामवरण यादव समेत त्यसकै पछि कुदे । सरकारी स्रोतलाई सोधीखोजी नै नगरी उनी पनि सस्तो लोकपि्रयताको लागि टेलिफोनबाट बधाई दिन हतारिए । ‘यसबाट राष्ट्रपतिलाई समेत लज्जित बनाएको छ’ पत्रकार अधिकारी भन्छन् । ‘धन्य अनुजा’ भन्दै पत्रिकाले अघिल्लो पटक अनुजा, पैसावाला भनिएका काठमाण्डौ सितापाईलाका पुरुषोत्तम पौडेलका छोरी सुधा र मीतछोरी अनितालाई उद्धृत गरेर खबर छापेको छ । त्यत्रो पैसा हराउने पुरुषोत्तमसँग भने कुनै सोधीखोजी नै गर्न खोजिएको छैन । पत्रकार अधिकारी भन्छन् – ‘पैसा भेट्टयाउनेको चर्चासँगै पैसा हराएर पाउनेको प्रतिकृया पनि उत्तिकै महत्वपूर्ण विषय हो, तर यहाँ पत्रकारको आलाकाँचोपन प्रष्ट झल्किएको छ ।’ तीन दिनअघिको खबरमा पुरुषोत्तम पौडेल भनेर लेख्ने पत्रिकाले तीन दिनपछि उनको थरलाई ‘पोखरेल’ बनाएको छ । अघिल्लो पटक छोरी सुधा, छोरा अनिल र मीतछोरी अनिताले सम्पर्क गरेको र अहिले उनीहरु सम्पर्कमा नभएको भन्दै पत्रिकाले आफ्नो गल्ती ढाक्न खोज्दैछन् । http://www.onlinekhabar.com/20...
arahat · Apr 23, 2011 5:49 PM
yo threadko title padhyo, jahile ni jhukkinchhu ma! .....the honesty girl padhnuparne, jahilai .....the horny girl padhchhu bhanya!
Drkanchho · Apr 23, 2011 6:11 PM
mr sukla, looks like u r smart, a well educated guy. i do like the way u presented ur point. But with all the respect u sound so racist.
meh_nepali · Apr 24, 2011 10:04 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion