Anuja ra Jhale Sadhu ra danka

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रधानमन्त्रीलाई सवा करोडको रेन्जरोभर - No Return २७ फेब्रुवरी २०११ ९:४६ बजे         काठमाडौं, १४ फागुन गृहमन्त्रालयले प्रधानमन्त्री झलनाथ खनालका लागि १ करोड ३० लाख रुपैयाँ मूल्य पर्ने बेलायती ‘रेन्ज रोभर’ गाडी मगाउने भएको छ । यस्तो गाडी राजधानीका धनाढ्य व्यवसायीले प्रयोग गर्दै आएका छन् । मन्त्रालयले यो गाडी किन्न प्रतीतपत्र (एलसी) को प्रक्रिया सुरु गरिसकेको स्रोतले बताएको छ । प्रधानमन्त्री भएको समयमा चढेको गाडी पदबाट हटेपछि आफूसँगै लैजान पाइने भएकाले प्रधानमन्त्री खनालले महँगो र आकर्षक गाडी सिफारिस गरेको हुनसक्ने मन्त्रालयस्रोतले बतायो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि आफू प्रधानमन्त्री भएपछि चमेलिया विद्युत् आयोजनाको सबैभन्दा नयाँ टोयोटा प्राडो गाडी चढ्न सुुरु गरेका थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले प्रधानमन्त्रीमा बहाल भएका बेला प्रयोग गरिने गाडी पूर्वप्रधानमन्त्रीका हैसियतमा सुविधाका रूपमा दिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम निवर्तमान प्रधानमन्त्री नेपालले चमेलियाको टोयोटा प्राडो फिर्ता गरेका छैनन् । यी दुवै गाडीको मूल्य सरकारले चमेलियालाई तिरिसकेको छ । यसअघिका प्रधानमन्त्रीहरूले टोयोटा प्राडो गाडी प्रयोग गर्दै आए पनि खनालले भने महँगो गाडी सिफारिस गरेका हुन् । पूर्वप्रधानमन्त्रीहरूले गाडी फिर्ता नगरेका कारण प्रधानमन्त्री खनाललाई स्थानीय विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले प्रयोग गर्दै आएको टोयोटा प्राडो उपलब्ध गराइएको छ ।    

aman · Apr 21, 2011 3:43 PM · 18,020 views

4 Replies

Chor bhate gadha................

Aug25,1997 · Apr 21, 2011 4:02 PM

 Nepal Still Wrangling on Stuffs like this.............What more can we Expect???? GOD....How about the Poor and Helpless who even has hard time thinking what are they going to Eat tonight..... God Save NEPAL.........

Ashishda · Apr 21, 2011 4:43 PM

 I don't think god will do anything. If you are honest and want to change Nepal's politics, enter in politics so people who are burning type today will not be prime minister in 15 years. 

lovenepalalways · Apr 21, 2011 10:07 PM

http://nepalnews.com/archive/2... Last Updated: Thu, 21.04.11 10:40 Woman commits suicide unable to bear poverty A woman of Kotbhairav, Bajhang committed suicide Wednesday as she was unable to cope up with her abject poverty, Annapurna Post daily reported. Bimala Badi, who had come to district headquarter Chainpur three days ago in search of work jumped into Seti River Wednesday morning after going hungry for entire day Tuesday. Police recovered her body from the river. “She had slept empty stomach Tuesday night too,” said Keuridevi Badi of Chainpur. “She suddenly jumped into the river unable to bear the brunt of poverty.” Keuridevi said, Bimala used to say she needs to go home with food as her children had remained hungry for many days. Bimala was staying in a hut in Thalarakhola, Kotbhairav with three children. She had come to Chainpur with a nine month old son leaving behind two children at the aegis of a neighbor. nepalenws.com  

kalopani · Apr 22, 2011 12:44 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all