२०५८ साल कात्तिक ४ गते भरतपुर क्यान्सर अस्पतालमा आमाको पाठेघरको अप्रेसनपछि डा. शंकर दंगालले भन्नुभएको थियो- 'बधाई छ! उहाँलाई क्यान्सर रहेनछ। लिभर सिरोसिस रहेछ। त्यस्तो छ भन्ने हामीलाई पहिल्यै थाहा भएको भए अप्रेसन गर्ने थिएनौँ। अब उहाँलाई घर लगेर मासु, गेडागुडीको झोल ख्वाएर लिभर दह्रो बनाउनु होला।' म, दाइ लेखनाथ भट्टराई र बहिनी टीका त्यो सुनेर छक्क परेका थियौँ। डा. भन्दै हुनुहुन्थ्यो, क्यान्सर भनेर पाठेघरको अप्रेसन गर्दा लिभर सिरोसिस भेटियो। अचम्म लागेको थियो मलाई। मानिसको शरीरमा हतियार, चलाउनुअघि शरीरमा सम्भाव्य अरु के-के रोग पनि हुन सक्छन् भनी जाँच गरिदिएको भए आमाले त्यति दुःख पाउनुहुन्नथ्यो। अप्रेसन गरेको पाँच दिनपछि हामीले आमालाई शव वाहनमा राखेर झापा ल्याएका थियौँ। त्यसको ठीक दस वर्षपछि २०६७ असार ११ गते शिक्षण अस्पताल महाराजगञ्जमा मेरी पत्नी सीताको पाठेघर अप्रेसन गरिएको थियो। अप्रेसनपछि बायोप्सी रिर्पोट सामान्य आएको थियो। खुसी भएका थियौँ। पाठेघरको अप्रेसनअघिका शारीरिक समस्याहरु भने यथावत् थिए। दोहोर्याएर जँचाउन गइयो। हरेक पल्ट अप्रेसनको असर नराम्रो छैन। कमजोरीलाई खानाले पेल्नुपर्छ, प्रोटिनयुक्त खाना खानुपर्छ। कसै कसैलाई अप्रेसनपछि यस्ता समस्या केही समयसम्म देखिन्छन्, डराउनुपर्दैन भनियो। त्यस्ता अप्रेसन गरिसकेका महिलाको अनुभव पनि यस्तै थिए। पाठेघरको अप्रेसनपछि सुत्केरीलाई जस्तै सेवा गर्नुपर्छ भनियो। रुचे पनि नरुचे पनि सकेसम्म माछा, मासु, कुरिलो, जडिबुटी ख्वाउन थालियो। कहिले पखाला चल्ने, कहिले कब्जियत हुने, कहिले भुँडी दुख्ने समस्या यथावत् थियो। दसैँसम्म केही सुधारजस्तो देखियो। तिहारतिर फेरि केही असुविधा बढ्यो। यस घटबढले पाठेघरतिरै मात्र हाम्रो ध्यान केन्द्रित भयो। लामो समय पनि तल्लो पेट दुख्न ठीक नभएपछि अलि राम्रो फिजिसियनलाई देखाउन खोज्दाखोज्दै ससुरा सिकिस्त भएको खबर आयो। हामी झापा आयौँ। केही दिनमै उहाँको निधन भयो। तेह्र दिनसम्म फेरि घिउभातमा परियो। काम सकेको हप्ता दिनपछि एकाएक पेट फुलेकी सीताजी आज चौथो चरणको ठूलो आन्द्राको क्यान्सरसँग विचेत अवस्थामा युद्ध लडिरहनुभएको छ। उहाँको अनुहार टुलुटुलु हेर्दै सोचिरहेछु- उपचारमा मैले कहाँनिर गल्ती गरेँ? मैले पैसाको लोभ गरेँ कि? अस्पतालबाट टाढा थिएँ कि? उहाँको समस्यालाई महत्व दिइनँ कि? गल्ती मेरा पनि भएछन्। मैले स्त्रीरोग विशेषज्ञको मात्र भर नपरेर अन्य उपचारमाध्यम अँगाल्नुपर्ने थियो। थुप्रै डाक्टर र अस्पताल थिए काठमाडौँमा। टिचिङ अस्पताललाई मात्र अन्तिम नठान्नुपर्ने थियो। तर, उपचार गर्ने डाक्टरको विश्वास नगरी कतितिर कुदिरहनु हामी? डाक्टरको कुरा नपत्याउँदा अर्काको चाहिँ के भनेर पत्याउनु? वैशाखदेखि नै खान मन नलाग्ने, तल्लो पेट दुख्ने, रिङटा लाग्ने, प्रेसर बढ्ने, कहिले पखाला चल्ने, कहिले कब्जियत हुने, कहिले उल्टी आउने भइरहन्थ्यो। अस्पताल गयो रगत जाँच, पिसाब जाँच, दिसा जाँच, त्यसपछि ग्याष्ट्राइटिस, पखाला, कब्जियत, जुका आदिको औषधि। केही पेनकिलर र भिटामिनका बोतलहरु बोक्यो, आयो खायो, पर्खियो। सबै रोगको जड नै पाठेघर खस्नुलाई मानियो। फागुन १२ गते टिचिङ अस्पतालमा सिटी स्क्यानको रिर्पोट आएपछि थाहा पाइयो, पाठेघरको समस्यै होइन रहेछ। बरु ठूलो आन्द्राको क्यान्सरको दुखाइ र समस्या पो रहेछ। त्यो दिन धेरै बेरसम्म हत्केलामा चिउँडो अड्याएर घोत्लिएको थिएँ म। हाम्रो देशको उपचार पद्धति र शैली मात्रै यस्तो कि संसारभरि यस्तै हुन्छ? दस वर्षअघि लिभर सिरोसिसले पीडित आमाको पाठेघरको अप्रेसन गरिएको थियो। आखिर उहाँलाई त्यो रोगै रहेनछ। दस वर्षपछि आन्द्राको क्यान्सरले छटपटाएकी सीताजीको पाठेघर फालिएको थियो फेरि पनि। मेरो दिमागमा बारम्बार एउटै प्रश्न दोहोरिइरहन्छ, एउटा रोगको विशेषज्ञले अर्काे रोगबारे शंका वा अनुमान गर्नु हुँदैन? जसरी भए पनि आफ्नै विषयलाई प्रमाणित गर्न बल गर्नुपर्छ? पाठेघरको सामान्य समस्या भए पनि फिजिसियनलाई पनि देखाउन सिफारिस गरिदिएको भए के नराम्रो हुन्थ्यो होला र? उति बेलैदेखि हामी त पाठेघर छाडेर ठूलो आन्द्रातिर लाग्ने थियौँ। प्रथम चरणमै भेटेका भए त आन्द्रै फल्थ्यौँ होला। डाक्टरहरुको योग्यतामाथि शंका गरेको होइन। पटकपटक गरेर महिनौँसम्म टिचिङ अस्पतालमा बसेको छु। त्यहाँका डाक्टर र स्वास्थ्यसेविकाको अथक सेवाबाट प्रभावित नहुने सायदै कोही होलान्। तर, अस्पतालबाट बिरामी फर्काउँदा सद्धे फर्किन्छ भन्ने विश्वास भने किनकिन कमजोर हुन थालेको छ। सीताजी अन्तिम अवस्थामा हुनुहुन्छ। यो लेख र उहाँको अन्त्येष्टि समाचार एकै अंकमा छापिएला भन्ने डर छ। बिर्तामोडका एफएम रेडियोहरु खोल्न छाडेको झण्डै एक महिनै भयो। जति बेला पनि रेडियोमा विज्ञापन बज्न थाल्छ र झण्डै असी प्रतिशत विज्ञापन स्वास्थ्य क्षेत्रका हुन्छन्। काठमाडौँ वीर अस्पतालबाट आउने वरिष्ठ सर्जन, बीपी मेमोरियल धरानका अनुभवी वरिष्ठ फिजिसियन, जनकपुर अस्पतालका तीस वर्षे अनुभव बोकेका अर्थोपेडिक, नाक, कान, घाँटीका लागि भारतको बम्बैबाट एमडी गर्नुभएका, दाँतको वरिष्ठ चिकित्सक, काठमाडौँबाट प्रत्येक हप्ताको शनिबार आउनुहुने मुटुरोग विशेषज्ञ, भरतपुर क्यान्सर अस्पतालका अनुभवी डाक्टर आदि। यस्ता सयौँ विशेषणसाथ झण्डै डेढ, दुई घण्टा लामा विज्ञापन सुनेपछि मन विरक्त हुन्छ। सीताजीको यो रोग पत्ता लगाउन टिचिङ अस्पतालको सम्पूर्ण प्रविधि प्रयोग गर्दा पनि दस दिन लाग्यो। एफएममा प्रचारित यी डाक्टरहरुले हप्ता वा पन्ध्र दिनमा एक पल्ट बिर्तामोड आएर २ सय ५० रुपियाँ लिई नाडी छामेर लामो बायोडाटा भएको प्याडमा ५ सय एमजीको एन्टिबायोटिक लेख्दैमा रोग निदान हुन्छ? फेरि डाक्टरहरुले यस्तो विज्ञापन गर्न मिल्छ? डाक्टरी पेसा चिा व्यापार हो? मानिसको स्वास्थ्यसँग यसरी खेलवाड गर्नु हुन्छ? उहाँहरुको पढाइमा धेरै खर्च लागेको होला। तर, खर्चको साँवा र रोगीको जीवन बराबरी हो? सरकारको मेडिकल बोर्डलाई यो कुरा थाहा छैन? कि त यस्तो गर्न हुँदैन भन्ने मेरो सोचाइ नै गलत हो? बिहान आएर एक दिनमा ५० देखि सय जनाको नाडी छाम्ने र मेडिकलमा भएका औषधिमात्र दिई हवाईजहाज चढेर साँझ घरै पुग्ने डाक्टरसापहरुबाट यस देशका गरिब र असहाय जनताले पाउने सेवा यही हो? असाध्य रोगलाई एन्टिबायोटिकले गिजोलेर खेलाउन पाइन्छ? सर्वोच्च अदालतले आफ्नै न्यायाधीशहरुलाई भ्रष्टाचारको कारबाही गरेजस्तो त्यस्तो कुन निकाय होला जसले डाक्टरहरुलाई बिरामीको रोगप्रति गम्भीर हुन प्रेरित गर्ला? अड्किँदै सास फेरिरहेकी सीताजीको अनुहारमा एकोहोरो टोलाउँदै यो लेख लेखिरहेको छु। आफ्नै पीडा कहँदा अरुलाई असर नपरोस् भन्ने सतर्कतासाथ सबै पीडितको समस्या सम्बोधन गरेको हुँ। गल्ती भए क्षमा पाऊँ। - कृष्ण धरावासी
sukla · Apr 21, 2011 12:26 PM · 16,537 views
hamro deshma j kurama ni laparwahi chha. healthcare jasto sensitive areama pani yestai chha. birami niko bhayera jaaos bhanera sochne doctor 50% pani chhainan hola. biramilai kasari duhunu gaai jasari lutna paaiyos bhanne sochai chha. euta rog lageko hunchha arko ausadhi lekhdinchhan, uniharulai k bhayo ra daam kamauna paye bhaihalyo. maile aafai dekhe-bhogeko chhu yesta ghatanaharu. kahile sudhrine hola hamro system?
Drkanchho · Apr 21, 2011 1:46 PM
maile ta dherai kura po miss garechu yo upnayasma.....maile fm bata suneko vayera hola......malai uhako lekha ekdum man parcha....especially yo aadha bato uunko aafnai katha vayera ho..... aaba aayo mero kura...mero mamu pani bimari vayeko dherai vaisakyo about 1 year.......doctorle kahile BP high vancha kahile ulcer vayo vancha.....aahile feri ghatima pani jamyo vairacha......aahile medication ma hunuhuncha....1 mahinma niko vayena vane operation garnu parcha re........malai ta khi biswasnai chaina...tesaile nepal jada mamulai india laijauki vanera sochirachu......k garne sathi.....jaha base pani pir huncha.......aamako bimariko hal sunda sunda aafailai depression or frustation ko sikarma pare jasto lagcha....khi suggestion cha vane vannu hai thank you
Subasini · Apr 21, 2011 3:00 PM
तिमीसँग पैसा छ भने, तिमी चाइना गएर होस् या नेपालमा नै होस् जहाँ नि डाक्टर पढ्न पाईन्छ। ठीक छ, पढ र डाक्टर बन। यस्मा डक्टरलाई नि दोश दिन मिल्दैन, न त पडाउने स्कुललाई। दोश त त्यस्को हो जस्ले कुनै छानबिन बिना स्कुल चलाऊन स्विक्रिती दिन्छ र एउटा भर्खरै पढाई सकेको अदक्ष डाक्टरलाई बिरामी जाच्ने अनुमति। डाक्टरको जाच लिने र लाइसेन्स प्रदान गर्ने निकाय नै भ्रस्ट छन, साधारण परिक्षा सन्चालन पनि मर्यादित रुपमा हुँदैन, अनी त्यस्तो बाट दक्ष्य भनी निस्किएका डाक्टरलाई भरोशा गर्नु बाहेक हाम्रो उपाय नै के होला र? चाइना बाट डाक्टर बनेर आउने हरु लाई कतिको विश्वाश गर्ने? हातमा नेपाल सरकारले थमाएको लाइसेन्स छ र सरकारले अनुमती दिएको अस्पताल छ बिरामी किन नजाउन त? स्वास्थ्य, अध्ययन, राजनीति, उह्योग, सबै भ्रस्ट छन। जे होस् देस छोडेर मैले राम्रो गरेछु जस्तो लाग्छ। अब त नेपालको माया नि लाग्न छोडिसकेछ।
dimag kharab · Apr 21, 2011 3:52 PM
साहित्यकार धराबासीलाई पत्नीशोक दमक, वैशाख ९ - साहित्यकार कृष्ण धराबासीकी पत्नी सिता पोखरेलको शुक्रबार साँझ निधन भएको छ । कलेजोको क्यान्सरबाट पीडित पोखरेल केही दिनदेखि अचेत थिइन् ।उनको साँझ पौने ६ बजे झापास्थित निवासमै निधन भएको हो ।सिताले लेखेको कृति 'म हिंडेको बाटो'को एक साताअघिमात्र गीतकार तथा संगीतकार शिवशंकर थापाले विमोचन गरेका थिए । धराबासीले सिताको हात छुवाएर अचेत अवस्थामै कृति विमोचनको कार्यक्रम राखेका थिए ।
Drkanchho · Apr 22, 2011 9:05 AM
yo allopathy padhne sab chor daka paisa ko kheti garna palkeka nalayak haru hun arkako jiban sanga khelbad garera afnu dhukuti varne pisach harlai sakhap pare matra desh ma kei hunchha
jhingedau · Apr 22, 2011 12:09 PM
Deepest condolence to Mr. Dharabaasi. The story made me really sad.
sukla · Apr 22, 2011 1:53 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion