धन्य अनुजा ! जसले भेट्टएको ९१ लाख रुपैयाँ फिर्ता दिइन् हर्ष सुब्बा धरान- , वैशाख ७ - पैसाको लोभमा मान्छे कत्रा- कत्रा अपराध गर्न पछि पर्दैनन् । त्यस्ताले सिक्नुपर्छ अनुजाबाट, जसले भेट्टाएको ९१ लाख रुपैयाँ र हीराको हार सम्बन्धित व्यक्ति पत्ता लगाइकन फिर्ता दिइन् । काठमाडौं सीतापाइलाका ६५ वषर्ीय पुरुषोत्तम पौडेलले आईएमईबाट इटहरी पैसा पठाए । भोलिपल्ट आएर उनैले बुझे र जेठी छोरी सुधा पोखरेललाई घर किन्न पुर्‍याइदिन धरान जाने बस चढे । हतारमा बसबाट उत्रने क्रममा झोला सिटमै छुटेको पत्तै पाएनन् । भोजपुर, भुल्के घर भई धरान बस्दै आएकी २२ वषर्ीया अनुजा बानियाँले कालो झोला देखिन् । कसको ? भन्दै कराइन् । कसैले 'मेरो' भनेनन् । अनि, लिएर गइन् । घरमा खोलेर हेर्दा आत्तिइन् । झोलामा त ९१ लाख रुपैयाँ नगद र हीराको हार पो रहेछ ! घटना चैत २६ गतेको हो । मामा-माइजूसाथ बस्दै आएकी अनुजाले त्यो झोला फिर्ता गर्ने निर्णय गरिन् । र, ब्यागमा रहेका कागजपत्रमा बल्लतल्ल फोन नम्बर भेट्टाएर २८ गते खबर गरिदिइन् । त्यत्रो पैसा हराएका पौडेल होस हवास हराएजस्ता भई प्रहरीलाई समेत खबर नगरी काठमाडौं फर्किसकेका थिए । पौडेलकी मीतछोरी अनिता कार्कीका अनुसार अनुजासँग सम्पर्क भएकै भोलिपल्ट काठमाडौंबाट पौडेल आए । र, अनुजाले भानुचोकमा लगेर झोला जस्ताको तस्तै फिर्ता दिइन् । पैसा बुझ्न मीत बुवासँगै पुगेकी अनिताका अनुसार पौडेलले गद्गद् भई उनलाई पुरस्कारस्वरूप दुई लाख रुपैयाँ दिन खोजे । तर लिन मानिनन् । हीराको हार दिन चाहे, त्यो पनि लिइनन् । पौडेलका एक छोरा र ज्वाइँ अमेरिकामा छन् । पैसा छोरीको घर किन्न उतैबाट पठाइएको थियो । अनुजाले भने खास कुरा गर्न चाहिनन् । 'भोजपुर भुल्के गाविस, बुवा ज्ञानेन्द्र बानियाँ, आमा भगवती,' मात्र यति भनिन्, 'म सामान्य पढालेखा युवती हुँ ।' 'सर्वस्व नै फिर्ता भयो,' पौडेलकी छोरी सुधाले भनिन्, 'कसरी बताउने, मानिसले पत्याउँदैनन् ।' घटनापछि बुबाले काठमाडौंमा घर लिन सल्लाह दिएको र त्यसका लागि उता जाने तयारी गरेको उनले बताइन् । पौडेलका इटहरी बस्ने अर्का छोरा अनिलले फोनमा भने, 'घटना साँचो हो, सुन्दा पत्याउन गाह्रो लाग्ला ।' प्रकाशित मिति: २०६८ वैशाख ७ ०८:३१ ekantipur.com
GnGrg · Apr 21, 2011 11:38 AM · 18,750 views
ANUJA BANIYA FOR FINANCE MINISTER !
TM · Apr 21, 2011 11:43 AM
People still hasn't lost it glory completely
Gohtalo · Apr 21, 2011 11:46 AM
There is no word to appreciate this kind of deed in our context. God bless you.
grishma · Apr 21, 2011 1:40 PM
hats off ms. baniya.
dimagkharab · Apr 21, 2011 1:54 PM
If thhis money was found by one of the following what would have been the case. ???? 1. Sujata Koirala 2. Prachanda 3. Jhalanath Khanal 4. Madhav Kumar Nepal 5. Paras 6. Binod Chaudhary
dimagkharab · Apr 21, 2011 1:58 PM
Hats off to Ms. Anuja Baniya.
Archu9 · Apr 21, 2011 3:20 PM
kudos! shows there are good people in the world who haven't sold their morality and ethics.
chaurey · Apr 21, 2011 3:24 PM
प्रधानमन्त्रीलाई सवा करोडको रेन्जरोभर काठमाडौं, १४ फागुन गृहमन्त्रालयले प्रधानमन्त्री झलनाथ खनालका लागि १ करोड ३० लाख रुपैयाँ मूल्य पर्ने बेलायती ‘रेन्ज रोभर’ गाडी मगाउने भएको छ । यस्तो गाडी राजधानीका धनाढ्य व्यवसायीले प्रयोग गर्दै आएका छन् । मन्त्रालयले यो गाडी किन्न प्रतीतपत्र (एलसी) को प्रक्रिया सुरु गरिसकेको स्रोतले बताएको छ । प्रधानमन्त्री भएको समयमा चढेको गाडी पदबाट हटेपछि आफूसँगै लैजान पाइने भएकाले प्रधानमन्त्री खनालले महँगो र आकर्षक गाडी सिफारिस गरेको हुनसक्ने मन्त्रालयस्रोतले बतायो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि आफू प्रधानमन्त्री भएपछि चमेलिया विद्युत् आयोजनाको सबैभन्दा नयाँ टोयोटा प्राडो गाडी चढ्न सुुरु गरेका थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले प्रधानमन्त्रीमा बहाल भएका बेला प्रयोग गरिने गाडी पूर्वप्रधानमन्त्रीका हैसियतमा सुविधाका रूपमा दिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम निवर्तमान प्रधानमन्त्री नेपालले चमेलियाको टोयोटा प्राडो फिर्ता गरेका छैनन् । यी दुवै गाडीको मूल्य सरकारले चमेलियालाई तिरिसकेको छ । यसअघिका प्रधानमन्त्रीहरूले टोयोटा प्राडो गाडी प्रयोग गर्दै आए पनि खनालले भने महँगो गाडी सिफारिस गरेका हुन् । पूर्वप्रधानमन्त्रीहरूले गाडी फिर्ता नगरेका कारण प्रधानमन्त्री खनाललाई स्थानीय विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले प्रयोग गर्दै आएको टोयोटा प्राडो उपलब्ध गराइएको छ ।
aman · Apr 21, 2011 3:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion