Parchande, the stooge of india

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

८ वैशाख, काठमाडौँ । एकीकृत नेकपा माओवादी भित्र भारतसित सुपुर्दगी सन्धि गर्ने वा नगर्ने भन्ने विषयलाई लिएर विवाद सुरु भएको छ । उपाध्यक्ष मोहन वैद्य समूहले भोलीदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा सन्धिका विषयमा प्रचण्डसित धारणा माग्ने भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एमएस कृष्णाले बुधबार राष्ट्रपति,प्रधानमन्त्री र उपप्रधान मन्त्रीसितको भेटमा नेपालमा उडान भर्दै आएका भारतीय विमानहरुमा हतियार सहितका एयरमार्शल राख्न दवाव दिएका थिए । कानुनमन्त्रीको समेत कार्यभार सम्हालेका प्रचण्ड पक्षीय उप-प्रधान र सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले केही दिन अघि व्यवस्थापिका संसदको बैठकमा सो सम्वन्धि विधेयक पेश गर्ने तयारी गरेकोप्रति बैठकमा गम्भीर ढंगले कुरा उठाइने वैद्य पक्षीय एक नेताले अनलाइनखवरलाई बताए । महराले विधेयक प्रस्तुत गर्न लागेको थाहा पाएपछि वैद्य पक्षीय सचिव सीपी गजुरेल लगायतका सभासदले विरोध जनाएकाले सभामुखले उक्त विषय कार्यसूचीबाट हटाएका थिए । वैद्य पक्षले प्रचण्ड भारतलाई रिझाएर प्रधानमन्त्री हुनका लागि सुपुदर्गी सन्धि गर्न तयार भएको आरोप लगाएको छ । अनलाइनखवरसित कुरा गर्दै वैद्य पक्षीय सचिव सीपी गजुरेलले कुनैपनि हालतमा सुपुर्दगी सन्धि गर्न रोक्ने बताउनुभयो । उक्त सन्धि नेपालको राष्ट्रिय हीत विपरित भएकाले त्यसलाई रोक्न लागिपरेको गजुरेलको भनाई थियो । केही दिन अघि संविधानसभा बैठकमा सुपुर्दगी सन्धिसम्वन्धि विधेयक सुटुक्क कार्यसूचीमा राखेको थाहा पाएर आफूहरुले विरोध गरेपछि त्यो तत्काल हटाइएको उहाँले दावी गर्नुभयो । http://www.onlinekhabar.com/20...

Smooth · Apr 21, 2011 6:31 AM · 1,915 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all