सम्पत्तिको प्रतिस्पर्धामा पनि प्रचण्ड नै अगाडि

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं, बैशाख ६ । अमेरिकाले केही वर्षअघि श्रीलंकामा भएको एक कार्यक्रममा विश्वका आतंकवादी संगठनहरूमध्ये नेपालका माओवादीहरू आर्थिक रूपमा सबैभन्दा सम्पन्न रहेको आँकडा प्रस्तुत गरेको थियो। तर युरोपेली राष्ट्रहरूको सहयोग माओवादीले पाइरहेको र भारतले १२ बुँदे सम्झौतामार्फत संसदवादी दलहरूसँग सहकार्य गराइदिएको परिस्थितिका कारण अमेरिकाको उक्त आँकडा खासै चर्चाको विषय बनेन। त्यसमा पनि राजाको निरंकुश शासनविरुद्ध माओवादीको समेत सहयोग आवश्यक देख्दै संसदवादी दलहरूले माओवादीलाई आतंकवादीको सूचीबाट हटाउन अमेरिकासँग लबिङ गरे। माओवादी मूलधारको राजनीतिमा आएपछि यो मुद्दा ओझेलमा पर्‍यो। तर यतिबेला माओवादी पार्टीभित्रै आर्थिक मुद्दा उठेको छ। पार्टीका नेताहरूले महँगो शुल्क लाग्ने निजी विद्यालय तथा क्याम्पसहरूमा आफ्ना छोराछोरी पढाउन थालेपछि माओवादीनिकट अखिल क्रान्तिकारी र शिक्षक संगठनले एउटा अनुसन्धान गरेका थिए। उक्त अनुसन्धानअनुसार देशका करिब आठ सय निजी स्कुलमा माओवादी नेताहरूको लगानी देखियो। माओवादीनिकट शिक्षक संगठनका अध्यक्ष गुणराज लोहनीले एक दैनिक पत्रिकामा लेख प्रकाशित गरेरै पार्टी नेताहरूमा देखिएको आर्थिक विचलनलाई पर्दाफास गरे। अध्यक्ष लोहनीले नेताहरूप्रति असन्तुष्टि साँध्नकै लागि उक्त आँकडा प्रस्तुत गरेका हुन् कि? माओेवादीमा आर्थिक विचलन भयावह छ? भन्ने अनुसन्धानमा नेपाल सरकारको एउटा सुरक्षा निकाय पनि जुट्यो। उक्त निकायले एक महिना लगाएर गरेको प्रारम्भिक अनुसन्धानले कुनै व्यवसाय नगरी सम्पत्ति आर्जन गर्नेमा माओवादी नेताहरू मुलुककै सबैभन्दा धनाढ्य रहेको पुष्टि गरेको छ। प्राप्त जानकारीअनुसार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को मात्रै ३० करोड रुपैयाँको सम्पत्ति देखिएको अनुसन्धानले पुष्टि गरेको छ। जुन सम्पत्तिमा छोरा प्रकाश दाहालका नाममा कपन, मातातीर्थ, पोखरा, चितवनलगायतका ठाउँमा रहेको जग्गा समावेश छैन। व्यापारी अजय सुमार्गीका नाममा नयाँबानेश्वर चोकमा अवस्थित निर्माणाधीन १८ तले 'मुक्ति टावर' पनि समावेश छैन। यसैगरी, माओवादी पार्टीभित्र दोस्रो धनी व्यक्तिका रूपमा हिसिला यमी देखिएकी छन्। उनको सम्पत्ति सात करोड रुपैयाँ बराबरको भएको फेला परेको छ। नेपाल वायुसेवा निगमका सुगतरत्न कंसाकार नियुक्ति हुनु अगाडिकै सम्पत्ति हो त्यो। कंसाकारले बुझाएको पाँच करोड रुपैयाँ यमीले कहाँ लगानी गरिन् भन्ने कुरा हालसम्मको अनुसन्धानले पत्ता लगाउन सकेको छैन। तेस्रो धनी नेताका रूपमा राम कार्की देखिएका छन्। भारत सरकारको सहसचिवमा कार्यरत उनकी श्रीमतीको मात्रै पाँच करोड भारु भन्दा बढी सम्पत्ति फेला परेको छ। यसैगरी, चौथो धनी नेताका रूपमा पम्फा भुसाल देखिएकी छन्। उनको चार करोड रुपैयाँ बराबरको सम्पत्ति फेला परेको छ। जुन सम्पत्ति उनी मन्त्री हुनुभन्दा पहिले नै आर्जन भइसकेको देखिएको छ। भौतिक योजना तथा निर्माणमन्त्री बनाइएका टोपबहादुर रायमाझीले निजी विद्यालय एवं घरजग्गामा चार करोड रुपैयाँभन्दा बढी लगानी गरेको देखिएको छ भने अग्नि सापकोटा र रामबहादुर थापा 'बादल' ले काठमाडौं, चितवन र पोखरामा घरजग्गामा संयुक्त रूपमा चार करोड रुपैयाँ लगानी गरेको भेटिएको छ। यसैगरी, हितमान शाक्यको बैंक ब्यालेन्स मात्रै ८० लाख रुपैयाँ रहेको बताइएको छ भने दीनानाथ शर्माले एक निजी टेलिभिजनमा ५० लाख लगानी गरेको भेटिएको छ। सबैभन्दा कमजोर आर्थिक स्थिति भएको भनिएकी उमा भुजेलको पनि एक करोड रुपैयाँभन्दा बढीको सम्पत्ति भेटिएको छ। जनार्दन शर्मा, शालिकराम जमरकट्टेल, गणेशमान पुन, चन्द्रबहादुर थापालगायत एक सयभन्दा बढी वाईसीएल नेताहरूले १० करोडभन्दा बढी आर्जन गरेको भेटिएको छ। तर जति अनुसन्धान गर्दा पनि हालसम्म उक्त निकायले मोहन वैद्य 'किरण'को र नेत्रविक्रम चन्द व्यक्तिगत सम्पत्ति कति पनि फेला पार्नसकेको छैन। Source

kalo_chasma · Apr 20, 2011 3:20 PM · 10,271 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all