सुगत रत्न हाई हाई

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं, वैशाख ६ (नागरिक)- जहाज किन्ने निर्णय नै नगरेको र जहाज खरिदका लागि रकमको व्यवस्था नहुँदै युरोपेली जहाज निर्माता एयरबसलाई बैना पठाएको अभियोगमा मुद्दा खेपिरहेका नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक सुगतरत्‍न कंसाकारलाई विशेष अदालतले सफाइ दिएको छ। उनीसँगै संलग्न भन्दै यही अभियोगमा मुद्दा चलाइएका अन्य ६ जनाले पनि सफाइ पाएका छन्। यसअघि विशेष अदालतको आदेशअनुसार ६ करोड रुपियाँ धरौटी राख्‍न नसकेपछि कंसाकारलाई जेल चलान गरिएको थियो। त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकै बेलादेखि उनीहरु निलम्वित थिए। विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र तथा केदारप्रसाद चालिसेको इजलासले उनीहरुलाई सफाइ दिएको हो। निगमको जहाज खरिद गर्न सञ्चालक समितिको कुनै ठोस निर्णय र बजेटको व्यवस्था नगरी करिब १० अर्ब रुपैयाँका दुई जहाजका लागि बैना (लकअप मनी) बापत एयरबसलाई ५ करोड ७३ लाख ७५ हजार रुपियाँ पठाउनु भ्रष्टाचार भएको भन्दै मुद्दा हालिएको थियो। अख्तियारले पुस ९ गते यस्तो मुद्दा दायर गरेको थियो । अदालतले यसै मुद्दामा संलग्न निगमका राजु केसी, गणेश ठाकुर, मयुरशमशेर राणा, ज्ञानेन्द्रपुरुष ढकाल र केशवराज शर्मालाई पनि सफाइ दिएको हो। अमेरिकाको बोइङ र युरोपको एयरबसको प्रतिस्पर्धामा करिब ३० लाख डलर सस्तो देखिएको भन्दै एयरबसको सानो जहाज ल्याउने निर्णय निगमले गरेको थियो । Last edited: 19-Apr-11 03:15 PM

Smooth · Apr 19, 2011 3:13 PM · 2,751 views

2 Replies

too bad, chief justice, hon. ram prasad shrestha is retired ........

dHwasE · Apr 19, 2011 3:24 PM

Now it is time to sue akhtiyaar, limbu et al, and sarvajanik lekhaa samiti, who were responsible to mentally torture Sugat Ratna. They are also criminals, who helped to cease the purchase plan, asked illegal help of US embassy to take a bold step in favor of boeing. Because of their crime, Nepal lost cheap air-palne deal, valuable work-time of many staffs, and business opportunity in the crucial tourism promoting year.

sukla · Apr 19, 2011 4:27 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all