नया बर्ष -------- भित्ते पात्रो नै ,अईना बनेको छ , तोडिएका कसम हरु , जानी न जानी भएका भूलहरू , आफ्नो अक्ष्यमता , तिम्रो लाचारीपना , सबैको दस्ताबेज , ठिंग भित्तामा उभिरहेको , नकचरो नै भन्नु पर्छ , आफु पनि नाङ्गो उभिएको छ | अरुलाई पनि नंगाउँन उद्दत छ | नया बर्ष !!,नया सिराबाट चल्ने बाचा गर्दै , एक हुल हिजडाले कसम खाए , जड्याहा ले सपथ लियो , सिंहदरबार छिरेका नब सामन्त हरु , फेरी संबिधान बनाउने बाचा गर्दैछन , जनता रत्नपार्क मा बदाम खादैछ , रानीपोखरीको माछा हेर्दैछ , घोडेजात्रा ,गाइजात्रा , येस्पाली आफ्नै जात्रा मनाउनु पर्ला जस्तो छ | नया बर्ष !! भित्तासम्म आयो , पुरानो बर्ष , भित्ता बाटै गयो |
prabhat41 · Apr 17, 2011 12:26 AM · 14,890 views
नयाँ बर्ष ——— निर्जीव क्यालेन्डर सग प्रश्न सोध्छु , कुन साल ,कुन गते काठमान्डू मा मेलाम्ची आउछ , कुन साल ,कुन गते गते नेपाल सिंगापुर हुन्छ , स्वित्जर्ल्यांड को सपना सपनै रहे , कहिले यी भत्किएका चित्त शान्त हुन्छन , कहिले यी फाटेका मन जोडीन्छन? भन् न बखतेकी आमा ? तिम्रो छोरा किन मारियो , गाउका साहु हरु , धन थुपार्न सहर पसे , बलिदान को कुरा गर्ने हरु , सिंह दर्बार ,र बालुवाटार पसे , आफ्नो अबधि आफै थप्छन , आफ्नो हात ,जगन्नाथ , गाउ मा कुखुरा चोर्ने हरु , देश को ढुकुटी रित्यौदैछान, तेसैले बखाते कि आमा , येस्पालिको नया बर्ष , तिम्रो छोरा को हिसाब किताब गर्नु पर्छ , नभए यी लुटेरा श्याल हरुको , करंग भाच्नु पर्छ | कन्सिरिको रौ थुत्नु पर्छ | येस्पालिको नया बर्ष !! सिमाना मा किल्ला ठोकिनु पर्छ , भ्रस्ट ,घुष खोरी र देशका दलाल हरुलाई , चुप्पी ,खुकुरी र खुडाले,रोपिनु पर्छ ,
prabhat41 · Apr 17, 2011 12:35 AM
nati ramro cha lala badhai cha prabhat ji lai नया बर्ष !! भित्तासम्म आयो , पुरानो बर्ष , भित्ता बाटै गयो
GORE · Apr 17, 2011 1:27 AM
सुन्दरम !!अती सुन्दरम !
Lahari · Apr 17, 2011 1:50 PM
Thank you lahariji. I appreciate your inspiring words.
prabhat41 · Apr 18, 2011 7:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion