यौनजीवनमा उमेर भिन्नताको प्रभाव.....

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अधिकांश पुरुष आफूभन्दा कम उमेरका युवतीसित विवाह गर्न रुचाउँछन् भने युवतीहरूको विवाह उनीहरूको उमेरभन्दा बढी उमेरका पुरुषसित हुन्छ । हाम्रो सामाजिक परिवेशमा यही चलनलाई नै प्राथमिकता दिइएको पाइन्छ, तर श्रीमान-श्रीमतीबीच उमेरको  भिन्नता कति हुनुपर्छ भन्ने कुरामा न त युवायुवतीको ध्यान जाने गरेको पाइन्छ न त उनीहरूका अभिभावकको नै । भविष्यमा गएर त्यही उमेर भिन्नताले उनीहरूको यौन जीवनलाई प्रभावित तुल्याँउछ । महिला-पुरुषको यौन जीवनको सफलता उनीहरूको  आपसी तालमेलमै निर्भर हुन्छ । यद्यपि यौन सम्बन्धमा उमेरको पक्षलाई पूर्ण रूपले बेवास्ता गर्न भने सकिँदैन । कुन हो सही उमेर ? यौन विशेषज्ञहरूका अनुसार यौनमा उत्तेजनालाई एउटा निश्चित उमेर सीमामा बाँध्नु गलत हुन्छ, किनभने यो व्यक्ति विशेषको इच्छामा भर पर्ने कुरा हो र यो दम्पत्तीको आपसी समझदारीमाथि नै निर्भर गर्छ । उमेरअनुसार हेर्ने हो भने पुरुषको यौन इच्छा र  यौन शक्ति १६ देखि २७-२८ वर्षको उमेरसम्म चरम सीमामा हुन्छ भने महिलाहरूमा यौन इच्छा २५ देखि ३५ वर्षको उमेरमा चरम सीमामा रहन्छ । कति ग्याप हुनु ठीक ? यौनविशेषज्ञहरूका अनुसार श्रीमान-श्रीमतीकाबीच २-३ वर्षको अन्तर राम्रो हुन्छ । त्यसभन्दा बढी अन्तरले यौन जीवन प्रभावित हुने सम्भावना हुन्छ । उदाहरणका लागि यदि विवाहका बेला युवकको उमेर ३० वर्ष र युवतीको उमेर २१ वर्ष छ भने विवाहको  सुरुवाती ४-५ वर्षसम्म कुनै समस्या हुँदैन तर जब पुरुष ४० वर्षको हुन्छ र महिलाले ३० वर्षको उमेर पार गरिरहेकी हुन्छिन् तब यौन जीवनमा समस्या देखा पर्न सक्छ । कारण उमेरको यो अवस्थासम्म पुग्दा-पुग्दै पुरुषको यौनसक्रियता पहिलेजस्तो रहँदैन भने  महिलाहरू त्यतिबेला यौनका दृष्टिकोणले बढी सक्रिय हुन्छन् । यस स्थितिमा एकअर्कालाई सन्तुष्ट गर्न समस्या आउँछ । विशेषज्ञहरूका अनुसार विवाहको तीन वर्षपछि नै श्रीमान-श्रीमतीले आफ्नो यौन जीवनलाई वास्तविक आनन्द अनभुव गर्न थाल्छन् । यति  समय एकअर्कालाई बुझ्न तथा महिलालाई परिपक्व हुन पनि लाग्छ ।  पुरुष उमेरमा जेठो भए यदि श्रीमान्को उमेर धेरै बढी भए, उनीहरूको यौनचाहनाले मेल नखान सक्छ । कारण विवाहको सुरुवाती वर्षमा महिलालाई यौनभन्दा बढी भावनात्मक सुरक्षा र प्रेमको आवश्यकता पर्छ, जबकि उमेरले जेठो पुरुषले यौनसन्तुष्टिमा बढी जोड दिन्छ । यस  स्थितिमा पुरुष यदि महिलालाई भावनात्मक सहयोग दिन असमर्थ भयो भने महिलाले उक्त पुरुषसित आफ्नो आत्मीयता र लगाव महसुस गर्न सक्दिनन् । फलस्वरूप उनीहरूको यौन जीवन त्यति रोमान्चक हुँदैन र विवाहको केही वर्षपछि जब महिला यौनका द ृष्टिकोणले सक्रिय हुन थाल्छिन् र श्रीमानको नजिक हुन चाहन्छिन् तब बढ्दो उमेरका कारण पुरुषको यौनइच्छा घट्न थालिसकेको हुन्छ । महिला उमेरमा जेठी भए यदि श्रीमतीको उमेर बढी भए उनीहरूबीचको अवस्था थोरै फरक हुन्छ । बढी उमेरमा महिला यौन र भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनीहरू आफ्नो यौनसाथीलाई सन्तुष्ट राख्न सक्छन् । यस प्रकारको सम्बन्धमा पुरुषले पनि महिला यौनसाथीलाई  सन्तुष्ट राख्न सक्छन्, अतः दम्पती आफ्नो यौनजीवनलाई सन्तुष्ट तुल्याउन सक्छन् । यदि दुवैको उमेर बराबर भए यदि श्रीमान-श्रीमती दुवैको उमेर समान भए वा दुवैको उमेरमा धेरै अन्तर नभए उनीहरूको यौन जीवन धेरै राम्रो र सुमधुर हुन्छ । दुवैको आवश्यकता र चाहना एक समान हुन्छ त्यसैले दुवैले एकअर्कालाई सन्तुष्ट राख्न सक्छन् । उमेर र यौन  १४ देखि २१ वर्षको उमेरसम्म यौनसँग सम्बन्धित रसायन उच्च अवस्थामा हुन्छ । यसबेला सबैभन्दा बढी शारीरिक परिवर्तन हुन्छ । २१ देखि २८ वर्षको उमेरसम्म यौन क्षमता र इच्छा सबैभन्दा बढी हुन्छ । प्रायः युवायुवतीको विवाह यही उमेरमा हुन्छ । २८  देखि ३५ वर्षको उमेर नै यौनका लागि सर्वोत्कृष्ट समय हो । यस बेला सबै जोडी यौन जीवनको सबैभन्दा बढी आनन्द अनुभव गर्छन् । ३५ देखि ४१ वर्षको  उमेरसम्मको समयमा बढ्दो तौल र बिमारीका कारण बिस्तारै यौनप्रतिको रुचि कम हुन थाल्छ । ४२ देखि ४९ वर्षको उमेरमा यौन इच्छा तीव्र रूपमा कम हुन पुग्छ । महिलाहरूमा यौनअनिच्छा र पुरुषमा सक्रियताको स्तरमा कमी आउनाले यौन इच्छामा कमी  आउन थाल्छ । ४९ वर्षको उमेरपश्चात् व्यक्तिविशेषको इच्छा र फिटनेसमा उसको यौन जीवन निर्भर हुन्छ । यदि व्यक्तिले स्वयंलाई शारीरिक एवं मानसिक रूपलाई फिट राख्छ भने उसले लामो समयसम्म यौन जीवनको आनन्द उठाउन सक्छ ।

Archu9 · Apr 14, 2011 4:51 PM · 21,735 views

16 Replies

 nice one! kaha bhetiyo ho yesto article?  bhanepachhi maile aba umermildo keti khojnuparo hoina ta jhyaai paarnalai? 

Drkanchho · Apr 14, 2011 5:52 PM

Tayhi ta Drkancho khoj hala Ani chadai jhayi para

Archu9 · Apr 15, 2011 7:42 AM

This idea about age 49 being the end of one's sex life sounds antiquated.  Maybe this was true back when the life expectancy was very short.  Yes yes?

riten · Apr 15, 2011 10:06 AM

Archu nani, Timro Umer kati bhayo? match garam ki bhanera ni.... cheers

Khumbule · Apr 15, 2011 10:09 AM

 @Archu  bihe ta garne bhanya ho kere, yo amrika bhanne thaam ma keti paunai muskil pardo ra'chha! khairi bihe garam bhane hajuraamale bhanya samjhinchhu - "khairi ta bihe nagar hai baabu, dukha pauchhas. baru hatti palna sajilo hola, khairi palna muskil parchha" bhanthin ghar chhodne belama  yahaka nepali keti patyainasaknu huda raichhan (sajhama aayedekhi dherai jandai chhu) - dui tharika keti tannai raichhan: - lamkhutte jasta : jas jaslai bhetyo tyasailai chusne, tirkha metne, ani baato lagne - churot ka thuta jasta: arue sabai use garisakera filter matra baaki raheka yi bahek ka saddhe keti bhettauna tapasyanai garnuparla jasto chha!  @khumbule naani ta bhaneu baa, bhare umerle aunti parlin ni! 

Drkanchho · Apr 15, 2011 10:39 AM

yo Viagra Siagra banako k kaam ta

jptsamachar · Apr 15, 2011 12:43 PM

There is Viagra, do not worry about it.

Syanjaali · Apr 15, 2011 1:32 PM

Hoina khumbele bro Archu bhannay bitikai kaytinai Kasari guess hanay ko ho ? Pattu liyera future hernay business cha jasto lagyo bro ko malai :p

Archu9 · Apr 15, 2011 5:25 PM

 viagra 60 barsa nageka budha-budhilaai ani erectile dysfunction bhaka hamra mitraharulai....haha

Drkanchho · Apr 15, 2011 9:20 PM

Ha ha ha

Archu9 · Apr 16, 2011 7:54 AM

Archu did you got this knowledge working with those guys? 

Syanjaali · Apr 16, 2011 1:30 PM

Tuccha Syanjali dimag. Tero ta treatment nai garnu parnay rahay cha. I get this knowledge from your mom. Coz she can't Handel it any more. Now stop barking over here.

Archu9 · Apr 16, 2011 1:42 PM

Yes, I thought so about you, why did you drag me? You did not think about that? Now you feel sorry on my comment. It is a simple question is that how you learn or you research?

Syanjaali · Apr 16, 2011 1:57 PM

Hoina yo jatho janmanay bayla yesko baulay khursani Dali Dali thokay ko thiyo jasto cha yesko AMA lai Kati saro jiray khursani jasto piro rahay cha jatho ta afnu bato

Archu9 · Apr 16, 2011 2:05 PM

 sajhama syanjaali ra paataki le nihu khojna bahek aru kehi garna jaanya rainchhan! gundruk dekhi liyera sex samma, kehi baaki narakhne bhaye yinle! 

Drkanchho · Apr 16, 2011 2:06 PM

Lagnnu ni khurruka lagay ra ?

Archu9 · Apr 16, 2011 2:06 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all