मेरो र उनको जात मिल्दैन। करिब ४-५ बर्षको भयो होला हाम्रो माया। सुरु-सुरुमा त हैन यो माया-साया कै होइन-रमाइलो गर्नुपर्छ जिन्दगीमा, सब देखावटी हो, सब केटीहरु उस्तै हुन-एकदम 'अनप्रेडीक्टेबल' हुन्छन र यो बेकारको कुरा ठीक होइन जस्तो लाग्थियो। शायद 'लभ' लाई 'सेक्स' सँगमात्र जोड्ने उमेर थ्यो उ बेला। अझ रक्सी लाग्नु पर्थियो अनी सुरु हुन्थियो मेरा मन घढन्ते काहानी, अनेकौ सायरी, कबिता र गीत मार्फत म आफ्नो आफ्नो निक्रिस्तटा प्रदशन गर्थे, साथीहरु पनि 'यसलाई खुवाउनु पर्छ यार पहिला अनी मजा आउछ' भन्दै मलाई चुर्लुम्म जाँडमा डुबाइदिन्थे। रक्सीले छोडेपछी मलाई कती कुरा त याद नि हुँदैनथ्यो-जब केटाहरुले मैले यसो गरे, उसो गरे भन्दै हास्थे र भर्पुर मनोरन्जन लिएको फलाक्थे अनी भित्र भित्र गर्व गर्थे 'वा म त खतरै रइछु'। बिस्तारै चुरोट सल्किन थाल्यो डेरामा - जाँड खाएपछी सिग्रेट नभै नहुने भयो-फेरी एकदिन एउटाले 'जी' ल्यायो-भर्न सिकायो, तान्न सिकायो-छिट्टै टिपें। गोदावरी, भइसेपाटी, बौद्ध, पशुपतीतिर धाउनपनी सिकें। एकदिन त्यसरी नै जाँड पार्टी चल्दै गर्दा कन्चनले भनेको कुरा सम्झन्छु। उसलाई लागिसकेको थियो-फिट्टान। भर्खरै SLC पास गरेकी एउटी केटीसँगको उस्कै सब्दमा 'डिप लभ' छुटेकोथ्यो क्यार। उ लर्बराउदै भन्दैथ्यो - 'केटा हो, आज I am very sad, but but thank you for coming to my room to support me यार' खाएपछी अङरेजी बोल्ने प्राय सबैकोबानी मैले देखेको छु। फेरी उस्ले थप्यो- ' you know girls are like 'fruti'। फ्रुटी मा उस्ले बिशेष स्ट्रेस दिएकोथ्यो। 'you know Mango fruti, fresh and juicy' रस छौन्जेल चुस्यो, तान्यो, हल्लाई हल्लाई एक एक थोपा। रस सकिएपछी ड्याम्म पड्कायो र फ्याँकीद्यो।' उ अझै चर्को स्वरमा त्यो बिचरी केटीलाई अनेक गाली गर्यो, त्यस्को खान्दानलाई गाली गर्यो, मनपरी नाम दियो, छाडा गाली त उस्को थुतुनोबाट मेसिनगनबाट गोली छुटेभन्दा तेजथ्यो। हामी केटाहरु चुस्की लाउँदै सुनीरयौँ। हामीलाई रमाइलो भइरहेको थियो। यस्ता अनेकन घटनाहरु घटे। प्राय केटीहरुकै केसमा केटाहरुको पार्टी खान पाइन्थियो। अलीपछी चैं केटाहरु भटाभट बिदेसिन थाले-पार्टीको उपलक्ष्य बदलिन थाल्यो। यती हुँदा-हुदै पनि म एक राम्रो बिज्ञानको छात्र थिए। पढाइ राम्रै थियो। मोज मस्ती भनेको कहिलेकाँही गर्नुपर्छ भनेर-पाको बेलामा मजाले रमाइलो गर्नुपर्ने बानी। २-४ जना साथीहरुचैं कुलतमै लागे। अरु-अरु लागु-पदार्थपनी भकुर्न थाले। खै के भएर हो, म बिस्तारै अलगिन थालें त्यो जमातबाट-शायद राम्रै भयो। जीवनमा एक्चोटी पनि गाँजा नचाखेको,क्याबिन रेस्टुराँ नगाको, डिस्को, क्लब नगाको, दारु-पानी नखाको बिशेषत: केटा पाउन गार्है छ। अनुभब लिनु र लत लाउनु नितान्त अलग हुन। मैले यि सबको अनुभब लेको छु तर लत चैँ लागिहाल्न पाएन। अहिलेका कती नयाँ साथीहरुसँग कुरा गर्दै जाँदा उनीहरुको पनि उस्तै-उस्तै बिगत्का काहानी रहेछन। अझ कतिको अती नै हाँस्याद्पद र लज्जास्पद। आजकल त्यसरी खाँइदैन,लिमिटमा खाइन्छ। साथीहरुपनि कर गर्ने खाल्का छैनन। क्रमस....
bolyokipolyo · Apr 14, 2011 3:05 PM · 12,576 views
Thyakkai milyo thyakkai milyo... Waithing for the next part
Fat beast · Apr 15, 2011 7:29 AM
sajha ma kistabandi ma katha prastut garera padhne lai dukha nadim ta bro... mood bha ko bela ta purai padhna pam na..
sustasuman · Apr 25, 2011 12:42 PM
I agree with sustasuman.
Sparty · Apr 25, 2011 2:15 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion