नव बर्षा २०६८ को शुभकामना !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नव बर्ष २०६८ को उपलक्षमा समस्त नेपाली दाजु भाई तथा दिदी बहिनी लाई मंगलमय हार्दिक शुभकामना !!!

MeroJageer · Apr 14, 2011 2:26 PM · 15,472 views

2 Replies

लौ मैले पनि थपिदिये नब बर्षको शुभकामना !!!!!!!!!!!!!!! कसैको कबिता . जिन्दगी कसैलाई भाबी को लाहाना हो जिन्द्गी कसैलाई बिलासको गहना हो जस्लाई जे सुकै भए पनि जिन्द्गी मलाई बाच्ने एक बाहना हो ( सट्टा मा ) साझा मलाई दिन बिताउने एक स्थल हो ।    धेरै सँग कुरै कुराका कुस्ती गरियो होला , ति कुस्तिलाई एक छिन् बिस्राम दिऔ . फेरी पनि नब बर्सको शुभकामना .

syanjaali · Apr 14, 2011 3:36 PM

नयाँ बर्ष २०६८ को सुखद अवसरमा शुभकामना लिनु हुने र दिनु हुने सबैलाई शुभकामना; नयाँ बर्ष नयाँ नै होस् सधैं सधैंको झै नयाँ क्यालेन्डर मात्र नहोस् अपार्टमेन्ट र डिपार्टमेन्ट मात्र नहोस् वर्क र अफिस मात्र नहोस् सोसियल ग्यादरिङ्गमा लडाइने बियरका बोतलहरु मात्र पनि नहोस् काठमाडौंको धुँवा, धुलो र भिड मात्र  नहोस् भाषण र नारावाजी मात्र पनि नहोस् नयाँ बर्ष नयाँ नै होस् नयाँ जोश र जाँगर होस् नयाँ नेपाल होस् नयाँ संबिधान होस् किसानको खेतमा लहलह धान होस् संसारमा नेपालीको मान र सान होस् सगरमाथाको टुप्पो होस् प्रशान्त महासागरको गहिराइ होस् नयाँ बर्ष नयाँ नै होस् सबैलाई हार्दिक शुभकामना!!

Geology Tiger · Apr 14, 2011 8:32 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all