विदेश मा सिकेको ज्ञान को नेपाल मा प्रयोग

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

रामचन्द्र भट्ट, जितपुरफेदी, (काठमाडौं), बैशाख १ - इजरायलको कृषि फार्ममा काम गरेर फर्केका युवाले त्यहींको प्रविधिबाट नेपालमा तरकारी खेती सुरु गरेका छन्। एक दर्जन युवा मिलेर अहिले ५५ लाख रुपैयाँ लगानीमा काठमाडौंको जितपुरफेदी-१ मा फार्म सुरु गरेका छन्। धरानका खोजराज कटुवालले इजरायलबाट फर्केका युवालाई संगठित गरेर दुई वर्षमै देशलाई तरकारीमा आत्मनिर्भर बनाउने अभियान थालेका छन्। [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> 'हामी बालुवा नै बालुवाको थुप्रो इजरायलले कृषिमा गरेको प्रगतिलाई नेपालमा भिœयाउन लागेका छौं,' नर्सरीमा बिरुवालाई पानी हाल्दै कटुवालले भने। उनलाई साथ दिएका छन् सर्लाहीका राजन मैनाली, काभ्रेका रतिमान गौतम, बुटवलका सुनिलनाथ योगी, धरानकै सरिता कटुवाल र बाग्लुङका ठाकुर केसीले। उनीहरुको आँट अनि उत्साह देखेर कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले जग्गा उपलब्ध गराएर सहयोग गरेका छन्। 'मदन दाइले हामीलाई सहयोग नगर्नुभएको भए हामी खाडी देशमा गएर काम गरिरहेका हुन्थ्यौं होला,' मैनाली भन्छन्। हरेकले ५/५ लाख रुपैयाँ जम्मा गरेर उनीहरुले यो फार्म खोलेका हुन्। देशलाई आधुनिक कृषिबाट विकास गर्ने लक्ष्य बोकेका यी युवा इजरायलबाट फर्केपछि क्यानडाको फार्ममा काम गर्ने प्रस्ताव आउँदासमेत त्यागेर नेपालमै केही गर्ने अठोट लिएर अघि बढेका छन्। इजरायली प्रविधिलाई नेपालमा भिœयाएर तरकारी खेती थालेका उनीहरु फार्ममा दिनरात खटेर लागेका छन्। इजरायलजस्तो देशले तरकारी, फलफूल उत्पादन गरेर युरोप, अमेरिका निर्यात गर्छ। नेपालबाट पनि तरकारी निर्यात गर्न सकिने आत्मविश्वास बोकेका छन् उनीहरुले। इजरायलमा अहिले झन्डै एक हजार पाँच सय नेपालीले कृषि फार्ममा काम गर्छन्। कृषि फार्ममा काम गर्दा महिनाको कम्तीमा ६५ हजारदेखि बढीमा दुई लाख ७५ हजार रुपैयाँ नेपालीले पाउँछन्। यो निकै आकर्षक पारिश्रमिक हो। अहिलेसम्म पाँचसय नेपाली कृषिमा काम गरेर स्वदेश फर्किसकेका छन्। अधिकांशले त्यहाँको सीप यहाँ प्रयोग गर्ने अवसर पाएका छैनन्। 'उनीहरुको उत्साह देखेर मैले जग्गा व्यवस्थाको लागि सहयोग गरेको हुँ,' कलाकार मदनकृष्ण श्रेष्ठले भने। दुई वर्षअघि इजरायल र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ५० औं वार्षिक उत्सवमा सहभागी हुन जाँदा श्रेष्ठले कृषि फार्ममा काम गर्ने नेपालीलाई भेटेका थिए। नेपालमै जग्गा उपलब्ध हुने हो भने इजरायलमा जस्तै उत्पादन गर्न सकिने आँट उनीहरुले कलाकारद्वय श्रेष्ठ र आचार्यलाई सुनाएका थिए। इजरायलमा नेपालीले काम गर्ने फार्ममा एउटै बोटबाट कम्तीमा ८० देखि एक सय २४ किलोसम्म गोलभेडा फलेको देखेपछि श्रेष्ठ पनि अचम्म परेका थिए। काठमाडौंका काँठ क्षेत्रमा प्लास्टिक टनेलमा गोलभेडा खेती गर्नेले अहिले सबै खर्च कटाएर रोपनीको एकलाख रुपैयाँ बचत गर्छन्। इजरायली प्रविधिको टनेल, सिँचाइ, प्रविधि अपनाउने हो भने यहाँ एउटै बोटबाट कम्तीमा ३० देखि ५० किलो गोलभेडा फलाउन सक्ने आँट युवाहरुसँग छ। 'इजरायलका कृषि फार्ममा काम गरेर फर्केका युवालाई सरकारले थोरैमात्र सहयोग गरिदिने हो भने सबै यही क्षेत्रमा लाग्नेछन्,' कटुवाल भन्छन्। कृषि प्रधान देश भनेर चिनिने नेपालले भुटानबाट आलु, चीनबाट लसुनदेखि फलफुल, भारतबाट हरेक ताजा तरकारी ल्याएको देखेर उनीहरु आफूले सिकेको सीप यही प्रयोग गर्न आतुर भएका हुन्। इजरायलको थोपा सिँचाइ प्रविधिलाई लागु गर्न उनीहरु केही दिनअघि भारतको मुम्बईसमेत पुगे। जहाँ थोपा सिँचाइको लागि आवश्यक पर्ने मेसिन तयार हुन्छ। अहिले उनीहरु बिहान झिसमिसे उज्यालोदेखि बेलुकी झमक्क साँझ पर्ने बेलासम्म फलामे ग्रीन हाउस बनाउन व्यस्त छन्। 'दुई महिनाभित्र हामी पहिलो लट गोलभेडा उत्पादन गरेर बजारमा पुर्‍याइसक्छौं,' रतिराम गौतमले भने। थोपा सिँचाइको सामान नआइपुगेरमात्र उनीहरु अड्केका छन्। अब केही दिनभित्र सामान आइपुगेपछि उनीहरुको व्यस्तता झनै बढ्छ। उनीहरुले तरकारी खेती सुरु गरेको चर्चा सुनेर इजरायलबाट फर्केकाहरुले बुटवल, मोरङ, झापा, चितवनमा पनि अभियानकै रुपमा अघि बढाएका छन्। इजरायलमा पाँच वर्ष काम गरेर आएपछि उनीहरुमा काम गर्ने उत्साह बढेको कलाकार श्रेष्ठले बताए। 'सरकारले अलिकतिमात्र सहयोग गरिदिने हो भने इजरायलबाट फर्केकाहरुबाट नेपालको कृषिक्षेत्रले ठूलो फड्को मार्न सक्छ,' इजरायलबाटै फर्केका सुनिलनाथ योगीले भने। उनीहरुको उत्साह देखेर काठमाडौंस्थित इजरायली दूतावासले कृषि प्राविधिक झिकाएर उनीहरुलाई सहयोग गरेको छ। इजरायलबाट आएका प्राविधिकले समेत जितपुरफेदीको माटो तरकारी खेतीको लागि उत्कृष्ठ प्रमाणित गरेपछि उनीहरु झनै उत्साहित भएका छन्। केही दिनअघि उपप्रधानमन्त्री भरतमोहन अधिकारीले समेत इजरायलबाट फर्केका युवाहरुले सुरु गरेको फार्मको अवलोकन गरेका थिए। उपप्रधानमन्त्रीले फार्म सुरु गरेका युवाहरुलाई सहयोग गर्ने बचन दिएका छन्। तर युवाहरु उपप्रधानमन्त्रीको भनाइले असाध्यै उत्साहित भने छैनन्। चार महिना अघि इजरायलबाट यी युवाहरु सहयोगको आशा राख्दै कृषि मन्त्रालय पुग्दा तत्कालिन मन्त्री मृगेन्द्रकुमार सिंहले कुनै सहयोग हुन नसक्ने भनाइ सुनाएर पठाएका थिए। कृषि मन्त्रालयको व्यवहारबाट दिक्क भएका उनीहरुलाई कलाकारद्वयले उत्साह भरेर नेपालमै कृषिक्षेत्रमा नयाँ काम गर्ने वातावरण मिलाएका हुन्। 'हामीलाई इजरायलले बोटबिरुवाको भाषा बु‰नसक्ने सीप दिएको छ, त्यसलाई अब नेपालमै प्रयोग गरेर अरु युवालाई प्रेरित गर्ने हाम्रो उद्देश्य छ,' कटुवालले भने।

Smooth · Apr 14, 2011 8:48 AM · 1,782 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all