राष्ट्रिय सहमतिको सरकार बनाउँछु भनेर आफ्नै नेताको नेतृत्वको सरकार ढालेका थिए झलनाथ खनालले। तर दुई महिना बितिसक्यो तर उनले आफूसहितको दुई पार्टीबाहेक अरुलाई सरकारमा ल्याउन सकेको छैन। उनले न आफूलाई प्रधानमन्त्री बनाइदिने पार्टी माओवादीलाई सन्तुष्ट बनाउन सकेको छ, न आफ्नै पार्टीलाई। माओवादीले समेत भएका मन्त्री नि फिर्ता बोलाउँछु भनेर धम्की दिन थालिसक्यो। बल्लतल्ल अस्ति एमालेका तर्फबाट मन्त्री बनाए उनले। तर त्यसमा पनि चर्को असन्तुष्टि देखियो। कस्ता-कस्ता मन्त्री बने एमालेबाट हेरौँ। शिक्षा राज्यमन्त्री बनाइएकी राधा ज्ञवाली म जस्तो सिनियरलाई राज्यमन्त्री बनाएर जुनियरलाई फूलमन्त्री दिने भन्दै रिसाएर आज शपथ ग्रहणै गर्न गइनन्। ऊर्जा मन्त्री बनाइएका गोकर्ण विष्टले पनि शपथ लिन सकेनन्। मन्त्री बनाएको घोषणा भएकै रात उनीमाथि खुकुरी आक्रमण भएको थियो। विष्ट संविधानसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर ३ बाट पराजित उम्मेदवार हुन्। सबभन्दा विवादमा छन् अर्थराज्यमन्त्री बनाइएका डा. ल्हारक्याल लामा। क्या अचम्म, एमाले कै नेता/कार्यकर्ताले समेत उनलाई राम्रोसँग चिन्दा रैनछन्। चिनोस् पनि कसरी, दश वर्षअघि त काँग्रेस निकट रैछन् उनी। समानुपातिक सभासद भएपछि तीन वर्षअघि मात्र एमालेको सदस्यता लिएका रहेछन् उनले। वाह, एमाले त क्या गजबको पार्टी रहेछ। पार्टी सदस्य बनेको तीन वर्षमा नै मन्त्री बन्न पाइने रैछ बाब्बै। लामाको विगतबारे आफ्नो नाम र इमेल उल्लेख नगर्न आग्रह गर्दै पठाएको जानकारी पढ्न भित्र आउनुस्। मन्त्रीका रुपमा डा. ल्हारक्याल लामा नाम अगाडि ल्याइए पनि यिनी छिमे नामले चिनिएका व्यक्ति हुन्। छिमिछिरिङ यिनको पूरा नाम हो। यिनी पढेका मान्छे पनि हैनन्। यिनको डाक्टर पदवी फर्जी भनिन्छ। भारतको मैसुरस्थित बौद्धगुरु पेमोर रिन्पोछेको कलेजमा अध्ययन गर्दा लेटरप्याड चोरी उनले आफूले आफैलाई डाक्टर घोषणा गरेका त्यतिबेलाका सहकर्मी बताउँछन्। कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा खुमबहादुर खड्का स्थानीय विकास मन्त्री भएका बेला उनले लाखौँ घुस खुवाएर गुम्बा विकास तथा व्यवस्थापन समितिको अध्यक्ष पद पाएको चर्चा त्यतिबेलाका पत्रिकामा भएको थियो। त्यतिबेलाका पत्रिकामा उनको साथमा तिब्बती शरणार्थी कार्ड, भारतीय पासपोर्ट र नेपाली पासपोर्ट गरी तीन देशको कागजात देखिएको समाचार पनि छापिएको थियो।
AmeeenRandhichora · Apr 13, 2011 2:43 PM · 6,742 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion