साथीहरु मलाई नेपाली उखानहरु चाहियो प्लिज धन्यवाद
nmaharjan · Apr 13, 2011 12:29 PM · 72,836 views
मौका नपरे सम्म चरो , मौका परेपछी बन्चरो
The Real Patriot · Apr 17, 2011 3:38 PM
1. जसै पर्‍यो राती उसै बुढी ताती 2. कुकुर यसो गरे पनि काइ गर्छ उसो गरे पनि काइ गर्छ।
guruji · Apr 17, 2011 5:43 PM
मेरो खप्परमा भ'का २-४ उखान मैले नि सहयोग गर्दीएँ ल! कागलाई बेल पाक्यो, हर्श न बिस्मात; आए आँप गए झटारो; आए बाउको, गए साहूको; मन को लद्दु, घिउसित खानु; हिस्स बुढी हरियो दांत; लुटको धनले फुपुको श्राद्ध; जुन जोगी आए नि कान चिरेका; मेरो गोरुको बार्है टक्का; छन गेडी सबै मेरी छैनन गेडी सबै टेढी; मर्नी बेलामा हरियो काँक्रो; कहिले सासुको पालो कहिले बुहारीको पालो; कालो गए गोरो आउंछ; जुन गोरुको सिङ छैन उसैको नाउ तिखे; भाई फुटे गवार लुटे; पशुपतिको जात्रा सिद्राको ब्यापार; जोगिको घरमा सन्यासी पहुना; काम गर्ने कालु मकै खाने भालु; ताक परे तिवारी नत्र गोतामे; जाइ कटक नगर्नु झिकी कटक गर्नु; नाच्न जान्दैन आँगन टेढो; दुई जोइ को पोइ कुना बसी रोइ; कुरो गर्‍यो कुरैको दु:ख; चूच्चे ढुंगो उही टुंगो; घुमिफिरी रुम्जाटार; अर्थ न बर्थ गोबिन्दे गाई टाउको दुख्या औषधी नाइटोमा लाई; अचानाको चोट खुकुरिले जान्दैन; साझा नचलाऊँ भन्या मन मेरो मान्दैन!
Drkanchho · Apr 17, 2011 6:04 PM
dautari.org ma harek din naya naya ukhan update huncha, that may be helpful to you. If you need more please emal me.
nepalean · May 14, 2011 11:00 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion