अब इनको परिक्छा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौ, चैत्र २८ - संवैधानिक परिषद्ले खिलराज रेग्मीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ । 'उहाँ सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश हुनुका साथै कार्यक्षमता र दक्षता राम्रो भएकाले प्रधानन्यायाधीशका लागि छानेका हौं,' बैठकबाट बाहिरिँदै सभामुख सुवास नेम्वाङले भने, 'मंगलबार बिदा हुने भएकाले बुधबार संसद्मा यसबारे सुनुवाइ पनि हुनेछ ।' संवैधानिक निकायका पदाधिकारीलाई परिषद्ले सिफारिस गर्ने र त्यसमाथि संसदीय सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ । त्यसैअनुरूप सिफारिस गरिएका रेग्मीको पनि सुनुवाइ हुनेछ । परिषद्ले अख्तियार लगायतका संवैधानिक निकायका रिक्त पदका लागि वैशाख ७ गते बैठक गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश श्रेष्ठ सोमबारबाट बिदामा बसेका छन् । वैशाख २३ गते विधिवत पदभार सम्हाले पनि रेग्मी सोमबारैदेखि कार्यवाहक प्रधानन्यायाधीश भइसकेका छन् । श्रेष्ठको १३ महिने कार्यकालका हरेक काममा साथ दिँदै आएका रेग्मी पनि पाल्पाकै हुन् । उनीहरू दुवैले आईए सँगै पढेका थिए । रेग्मी पोखराथोक गाविसमा २००६ जेठ १७ गते जन्मिएका थिए । उनले २०२८ सालमा सर्वाेच्चमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए । २०३० फागुन १८ गते जिल्ला न्यायाधीश भएका थिए । २०४१ देखि ०४८ सम्म उनले सर्वाेच्चमा सहायक रजिस्ट्रार भएर पनि काम गरेका थिए । जिल्ला पुनरावेदन हुँदै उनी २०५९ माघ १५ गतेदेखि सर्वाेच्चमा न्यायाधीश छन् । २०६० यता सर्वाेच्चमा भएका महत्त्वपूर्ण न्यायिक सुधारहरू ज्यादाजसो उनकै नेतृत्वमा भएका छन् । रेग्मी कानुनमा स्नातक हुन् भने मानविकीमा स्नातकोत्तर छन् । सर्वाेच्च अदालत र नेपाल सरकारले गठन गरेका दर्जनौं समितिहरूमा उनले संयोजक भएर काम गरेका छन् । संसद्मा पारित हुने क्रममा रहेको देवानी संहिता उनकै नेतृत्वमा तयार भएको थियो । उनी २०६४ मा 'तराई मधेस घटना सम्बन्धमा गठित उच्चस्तरीय न्यायिक जाँचबुझ समिति' का अध्यक्ष पनि थिए । रेग्मीको कार्यकाल तीन वर्ष एक महिनाको हुनेछ । प्रजातन्त्र पुनःस्थापनायता विश्वनाथ उपाध्यायपछि यति लामो समय प्रधानन्यायाधीश पदमा बस्ने उनी एक्ला हुन् । भ्रष्टाचार, ढिलासुस्ती र अन्य अनियमितताका विरुद्ध आफू नियमित रूपमा गतिशील हुने उनले बताए । 'अदालतको काम एकै पटक हार्र हुर्र गरेर सकिने पनि होइन,' उनले भने, 'के बुझ्नोस् भने अदालत सधंै गतिशील हुन्छ र कुनै कुरामा पनि अनावश्यक ढिलाइ हुने छैन ।' सञ्चार माध्यमहरूले आफूलाई कम बोल्ने र 'कम्प्रोमाइज गर्ने,' न्यायाधीशका रूपमा टिप्पणी गरेको प्रसंगलाई कोट्टयाउँदै उनले थपे, 'हो, म सबै निकायसँग काम लिन समन्वयका लागि कम्प्रोमाइज गर्छु तर न्यायमा नो कम्प्रोमाइज !' पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरूलाई जिम्मेवार बनाउने र गुनासाहरूलाई आफैं सुन्ने प्रणालीको विकास गर्न लागेको उनले बताए । 'म मेरा कामबारे ज्यादा बोल्दिनँ,' उनले भने, 'कर्मले नै बोलेको राम्रो ।' उनी दुई छोरा र एक छोरीका पिता हुन् । उनका एक छोरा र एक छोरी अमेरिकामा छन्

Smooth · Apr 12, 2011 1:45 PM · 2,181 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all