उत्तेजना ले उन्मत्त तिम्रो यौबन्

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मँ कि तँ एउटा लडाई मात्र भो उधेश्य, गर्भबती आमालाई बारमबार बलत्कार गर्नु मात्र हो । तिम्रो दुश्प्रायश् बलत्कार को चित्कारमा रमाउदै उत्तेजना ले उन्मत्त तिम्रो यौबन् अख्तियार र अदालत पश्चात् स्खलित तिम्रो अनुहार  तिम्रो उधेश्य  गर्भबती आमालाई बाराम्वार बलत्कार गर्नु मात्र हो । तैले कि मैले ? एउटा लडाई मात्र भो निर्दोस गर्भ तुहाउने तिमीहरु को उधेश्य हो । बल तिम्रै हातमा,सेना तिम्रै हातमा  हतियार तिम्रै सँङिन र नाल तेर्सायौ रगतलाई रगत सम्झेनौ रँग सम्झेर होली खेलेउ निहथ्था नेपालिको स्वच्छ स्पन्दन मा, गोली बर्षायौ धिक्कार छ हाम्रो बलिदान खेर गो, नपुषक बिरालाहरु तिम्रो घाटिमा घन्टी झुन्डाउने बेला भो, ईतिहास जिबितै छ । राजा र रैती भएको देश्, एउटा राजा फल्न हजार बली दिँयौ, के भो ? हजारौ राजा करोडौ रैति, आँखिर  प्रजातन्त्र,लोकतन्त्र जे आएपनी जनतालाई के भो ?  अब सँगिन तिमीतिर फर्कनु पर्छ । पैँचो तिर्ने बेला भो किन कि ? पक्का पनि तिम्रो हाम्रो दुरी टाढा हो । मेन्हाटन पुग्दा कयौ पटक् हुम्ला जुम्ला नचिन्ने तिम्रो नियती भो गन्तब्य नभएका तिम्रा आदर्श मात्रै प्रजातन्त्र,लोकतन्त्र अधिकार का कुरा गर्छौ काँह आयो लोकतन्त्र ? हामी नेपाली लाई थाह भएन, गास, बास, कपास का कुरा गर्छौ, पेटभरी खाँदा कस्तो हुन्छ हामीलाई थाह भएन ।  आँखिर किन ? याँहा तिम्रो मनोमानि, हेर्दै राख बिर्शन नसकिने यथार्त हामी अगाडी छ । आँशुले सिंचित छन , रगतले मोलिएका गराहरु रित्ता छन भकारी उजाड छन बस्ति, आप्रबासी भा छन छोराहरु । यथार्थ यही हो रगत बेचेर नेता पालेका छौ पल पल मरेर खुशी टालेका छौ मुठी भर ले राजाई गरेका छन् हजारौ ले प्राण फालेका छौ देश को दुर्दशा नै नेता भए, सबै निर्धा नेपाली ले हारेका छौ  देश यिनकै बाउ को बिर्ता हो कि ? पालेइ पालो लुटी खाने ? अराजक,दण्डहिन भो हामी गरीब काहं जाने ? मन मा आगो दन्किन्छ ?                                        कबिता मा ढाल्न खोज्छु मिल्दै मिल्दैन यो सानो प्रायस मात्र हो (नेपाली जनता को जय होस्)    

GORE · Apr 11, 2011 1:36 AM · 17,555 views

9 Replies

nice

sashan · Apr 11, 2011 3:27 AM

 वाह गोरे जि वाह।  बेजोड को छ् कबिता।  धेरै राम्रो। 

बिस्टे · Apr 11, 2011 9:32 AM

Ramro cha bro poem. Keep on wrirting

amricane · Apr 11, 2011 4:50 PM

ho ho ramro chha/

NALAPANI · Apr 11, 2011 5:10 PM

When I read the title I thought u wrote about a girl that ditched u. I found it later that it was not. Well written but the ending "Halka milena". Keep writing bro!!!

Grenade · Apr 11, 2011 10:10 PM

धन्यबाद गुरु हरुलाई तपाँई हरु को  प्रेणालाई शिरोपर गरे...........

GORE · Apr 12, 2011 12:21 AM

Gore kabita ramro cha... timro kabita lai alik utpatyang garna maan lagyo; aakhi yasko saar yahi nai hola. उत्तेजना ले तिम्रो यौबन् बलत्कार को चित्कारमा रमाउदै स्खलित भो. गर्भबती मँ अख्तियार पुग्दा कयौ पटक् तैले नाल तेर्सायौ. यही हो गर्भ तुहाउने तिम्रो उधेश्य हो .

dimag kharab · Apr 12, 2011 12:34 AM

काम अन्तै थियो, यता निम्तो गर्नु भो । आँए ट्रुक्रुक्क बसे, कुरा मिठो गर्नु भो । शिँह दरबार जाने,रास्टिए धुकुटी खाने, छिमेकी को गुनगान ,कुन देश को नेता पर्नु भो ?

GORE · Apr 14, 2011 4:47 AM

http://www.youtube.com/watch?v...

GORE · Apr 14, 2011 5:05 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all