असल र योग्य युवा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रचण्ड, चिल, बाघ र जंगबहादुर उस्तै हुन् : पौडेल टेकनारायण भट्टराई, पाल्पा, चैत २५- नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी हिंसात्मक बाटोमा अघि बढेको आरोप लगाएका छन्। उनले माओवादी नेताले हिंसाको भाषा बोल्न नछाडेकाले माओवादीलाई पत्याई हाल्न नहुने भन्दै प्रचण्ड, चिल, बाघ र जंगबहादुर उस्तै भएको बताए। [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati...">   शुक्रबार पाल्पामा नेपाल जेसिजको १४औं सभासद् भेला (काउन्सिलर एकेडेमी) को उद्‍घाटनमा बोल्दै पौडेलले भने, 'प्रचण्डजीले आँफू चील, बाघ र जंगबहादुर बन्ने भन्दै भाषण गर्नुहुन्छ।' पौडेलले प्रश्न गरे 'चिल, बाघ र जंगबहादुर हिंसाको प्रतिक हो कि होइन?' उनले भने, 'किन प्रचण्ड बुद्ध बन्ने कुरा गर्नुहुन्न?' माओवादीले आफ्नो सेनालाई विघटन नगर्ने र जनविद्रोहमा उत्रने तैयारीमा उत्रेको भन्दै देश भयावह स्थितितर्फ धकेलिन सक्ने बताए। माओवादीले सम्झौता पालना गर्न नचाहेको उनले आरोप लगाए। हरेक कुरामा 'जन' जोडेर अधिनायकवाद लाद्न खोजेको भन्दै पौडेलले भने 'जन शब्द जोडेर माओवादी शान्ति प्रकृया र लोकतन्त्रको प्रतिबद्धताबाट दायाँबायाँ जान खोजेको छ।' उनले थपे, 'हरेक कुरामा 'जन' थप्न किन पर्‍यो? प्रचण्डजीहरु जनताकै त प्रतिनिधि हो गाई बाख्राको प्रतिनिधि त होइन नि, अनि किन जन चाहियो?' उनले प्रश्न गरे। संघीय लोकतान्त्रिक गणतन्त्रबाट माओवादीले लोकतन्त्र शब्द हटाउन चाहेको भन्दै आफ्नो अनुकूलको व्याख्या गरेर अधिनायकवाद लाद्ने उद्देश्यले माओवादी अघि बढेको उनले आरोप लगाए। पौडेलले भने 'मओवादी आफूले चिनबाट ४० वर्ष पहिले खुइलिएको कम्युनिष्ट सिद्धान्त बोकेर अग्रगामी भएको र अहिलेको अवश्‍यकताअनुसार प्रजातन्त्र र स्वतन्त्रताको कुरा गर्ने कांग्रेस यथास्थितिवादी भएको बताउँछ।' बेग्लै प्रशंगमा पौडेलले राजनीतिमा योग्य र असल युवाको आकर्षण नभएकाले आफूहरु नेताको रुपमा रहिरहेको बताए। योग्य युवाहरु राजनीतिमा आए आफूहरुले बाटो खुलाउने बताए। 'असल र योग्य युवा राजनीतिमा नलागेकाले हामी झुत्रे झार्मेले जानिनजानि राजनीति गरेका छौं, देश चलाएका छौं' उनले भने।

Smooth · Apr 8, 2011 6:52 AM · 1,683 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all