फेरि नौवटा गाडी किन्न गृह मन्त्रालयद्वारा टेन्डर मर्मत गरी पुराना गाडी चलाउन कर्मचारीले चेतावनी दिए पनि गृह मन्त्रालयले मन्त्रीका लागि भन्दै थप नौवटा गाडी किन्न टेन्डर आह्वान गरेको छ । मर्सिडिज, टोयोटा, मित्सुबिसी र किया ब्रान्डका गाडी मर्मत गरे आगामी १५ वर्षलाई नयाँ किन्नु नपर्ने कर्मचारी संगठनहरूको दाबी छ । तर कमिसनको लोभमा भटाभट नयाँ गाडी किनिएको उनीहरूको आरोप छ । गत वर्ष पनि अन्य मन्त्रीका लागि १० वटा र गृहमन्त्रीका लागि एक करोडको छुट्टै गाडी किनिएको थियो । नयाँ पत्रिका काठमाडौं, २३ चैत गृह मन्त्रालयले मन्त्रीका लागि भनेर फेरि नौवटा नयाँ गाडी किन्न लागेको छ प्रतिगाडी ३० देखि ३५ लाखसम्ममा खरिद गर्ने योजना गृहको छ । गृह मन्त्रालयको वाषिर्क योजना तथा कार्यक्रममा गाडी खरिदसम्बन्धी कुनै कार्यक्रम नभए पनि अर्थ मन्त्रालयसँग सहमति लिई गाडी खरिद प्रक्रिया सुरु गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । गत वर्ष गृहमन्त्रीका लागि किनिएको बा.३च ५५५५ नम्बरको एक करोडको गाडी भीमबहादुर रावलले लिएर गएपछि अहिले नयाँ गृहमन्त्रीलाई दिन गाडी छैन । गृहमन्त्रीलाई अरूलाई भन्दा विशिष्ट गाडी दिने प्रचलन छ भने मन्त्रालयमा अहिले त्यस्तो गाडी नभएको अधिकारीहरू बताउँछन् । । गत वर्ष मात्रै तीन करोड रुपैयाँमा १० वटा र गृहमन्त्रीका लागि एक करोडको गाडी किनिएको थियो । सामान्य बिगि्रएका दर्जनौँ गाडी गृह मन्त्रालयले सिंहदरबारमै थन्क्याएर राखेको छ, तर दुई-चार हजारमा मर्मत नगरेर मन्त्रालयले मन्त्रीका लागि नयाँ-नयाँ गाडी किनिरहेको छ । नयाँ गाडी किन्न गृहले चार दिनअघि मात्रै टेन्डर आह्वान गरेको छ । मन्त्रीका लागि झन्डै ५० र अन्य प्रयोजनका लागि ७० गरी गृह मन्त्रालयका झन्डै एक सय २० गाडी हाल चालू अवस्थामा छन् । भिआइपीलाई गाडीहरू उपलब्ध गराउने जिम्मा पाउँदै आएको गृहले गाडी अभाव भयो भन्दै वर्षेनी करोडौँ मूल्यका गाडीहरू खरिद गर्ने गर्छ, तर त्यही मन्त्रालयले सामान्य मर्मतपछि पनि प्रयोगमा ल्याइन सकिने अबौर्ं मूल्यका गाडीहरू भने 'डम्पिङ' गरिएको छ । गृहले अर्थ मन्त्रालयनजिकै बनाएको ग्यारेजमा एक करोडभन्दा बढी मूल्य पर्ने ६ वटा मर्सिडिज बेन्जकार कवाडीजस्तै बनाएर राखिएको छ गृह मन्त्रालयका उच्च अधिकारी कमिसनको लोभमा नयाँ गाडी किन्न उत्साही भएर लागेको आरोप मन्त्रालयकै केही कर्मचारी लगाउँछन् । वाषिर्क करोडौँ रुपैयाँ गुमाउनुपरेको भन्दै कर्मचारीआबद्ध विभिन्न ट्रेड युनियनहरूले पनि विरोध गरेका छन् । उनीहरूले ग्यारेजमा थन्क्याइएका राम्रा गाडीहरू तत्काल मर्मत गरी चालू अवस्थामा ल्याउन माग गर्दै त्यसो नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । तर, गृह प्रशासनले कर्मचारीको आवाज बेवास्ता गर्दै नयाँ गाडी किन्न टेन्डर गरेको छ । सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन गृह मन्त्रालय इकाइ समितिका अध्यक्ष ताराप्रसाद अर्यालले आफूहरूले गृह मन्त्रालयका सचिव, सहसचिवलाई बारम्बार भेटी अबौर्ं रुपैयाँ मूल्यका ती गाडीको संरक्षण गर्न आग्रह गर्दा पनि सुनुवाइ नभएको बताए । 'हामीले वर्षौंअघिदेखि राष्ट्रिय सम्पत्ति सदुपयोग गरौँ भन्दै आयौँ, तर गृह मन्त्रालयको नेतृत्वले पूर्ण रूपमा बेवास्ता गर्दै आयो,' अध्यक्ष अर्यालले भने । अर्यालले आफूहरूको आग्रहलाई बेवास्ता गर्दै गृह मन्त्रालयले गाडी मर्मत गर्नुको साटो नयाँ गाडी किन्न टेन्डर आह्वान गर्नु दुःखद् भएको बताए । अर्यालले नयाँ गाडी किन्दा लाखौँ रुपैयाँ कमिसन खान पाइने लोभले पुराना गाडीको मर्मतमा ध्यान नदिने गरेको आरोप लगाए । उनका अनुसार गृह मन्त्रालयले ग्यारेजमा राखिएका राम्रा गाडी मर्मत गरे झन्डै १५ वर्षसम्म गाडी नै किन्नुपर्दैन । । यी कार पूर्वप्रधानमन्त्री र उपप्रधानमन्त्रीहरूले प्रयोग गरेका थिए । गाडीमा केही गडबडी आउनासाथ मर्मत नगरी गृहले सीधै ग्यारेजमा लगेर थन्क्याउने गरेको छ । गृह मन्त्रालयको ग्यारेजमा दर्जनौँ कोरोला, मित्सुबिसी, किया कार पनि कवाडी अवस्थामा पुगेका छन् । ग्यारेजभित्र उमि्रएको घाँसले राम्रा गाडीहरूसमेत छोपिएका छन् । बेवास्ताका कारण दर्जनौँ गाडी क्षतिग्रस्त अवस्थामा पुगिसकेका छन् । नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमितिका अध्यक्ष कृष्णराज ढकालले पनि भएका गाडीहरूको मर्मत गरेर प्रयोग गर्न सकिने अवस्था हुँदाहुँदै नयाँ गाडी खरिद गर्नु अनुचित हुने बताए । ढकालले गृह मन्त्रालयले ग्यारेजमा राखेका राम्रा गाडीहरूको मर्मत गर्न नसक्दा देशले अनावश्यक रूपमा वाषिर्क करोडौँ रुपैयाँ गुमाउन बाध्य भइरहेको जनाए source: http://nayapatrika.net/coverst... Here is the link to griha Matralaya गृह मन्त्रालय http://www.moha.gov.np/contact... email listed on the page: info@moha.gov.np Perhaps we can send them our feedback and concerns and let them know that they are full of bs and hopefully deter them from doing it. Chorharule Nepal lai luterakhane bhayo
gwachaquarian · Apr 7, 2011 7:45 PM · 2,862 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion