देश लुट्ने ठूला औद्योगिक घराना चिनौँ By mysansar, on April 6th, 2011 -ओम थापा- अर्थसचिवबाट राजिनामा दिएपछि बिहीवार रामेश्वर खनालले फेसबुकमा एउटा छोटो नोट लेख्नुभयो, बितेका आठ वर्षमा हरेक दिन सत्ता र पैसाका लोभीसँग भेट भयो। त्यसो भए को थिए त ती लोभी? जो पैसा र सत्ताका पछि मात्र दौडिरहेका छन्। पैसाको लोभका कारण नक्कली भ्याट विल प्रकरणमा संलग्न भएको र त्यसलाई राजनीतिक च्यानलबाट मिलाउन सत्ताका पछि लाग्ने ठूला कर्पोरेटको अति गोप्य सूची फेला परेको छ। नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तिय अपराध ‘ह्वाइट क्राइम’को सूचीमा नेपालको मल्टिनेशनल कम्पनी भएको स्वघोषणा गर्ने ठूला कर्पोरेट घराना समेत छन्। यो ह्वाइट क्राइममा दुई जना सभासदका कम्पनी समेत मुछिएका छन्, जो उद्योग-व्यवसायीको कोटाबाट समावेशी संविधान बनाउनका लागि संविधानसभामा प्रतिनिधित्व गर्छन्। को को रहेछन् त उनीहरु। विस्तृत जानकारीका लागि भित्र आउनुस्- आन्तरिक राजस्व विभागले छानविन गरिरहेका ५२ कम्पनीमध्ये ३१ कम्पनीले नक्कली भ्याटबाट राजस्व छलेका छन्। यी ३१ कम्पनीमध्ये २४ वटा कम्पनीले नक्कली भ्याटविलको कारोवार गरेर दुई अर्ब ७० करोड रुपैयाँको भ्याट र आयकर छलेका थिए भने सातवटा कम्पनीले नक्कली निकासीको प्रमाणपत्र पेश गरेर ८९ करोड रुपैयाँको भ्याट फिर्ता लिएका थिए। नक्कली भ्याट विल प्रकरणमा औद्योगिक घराना चौधरी, गोल्छा, विशाल, शंकर, वरुण डेभलपर्स, भाटभटेनी र चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनीसम्म छन्। नक्कली भ्याट विल प्रकरणमा संविधानसभा सदस्य चौधरी समूहका अध्यक्ष विनोद चौधरी र गोल्छा समूहका दिवाकर गोल्छाका फर्महरु समेत छन्। चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी एमालेले संविधानसभा सदस्य बनाएको हो भने गोल्छालाई नेपाली काँग्रेसको कोटाबाट मनोनित गरिएको हो। शंकर समूह छानविन गरिएका ३१ वटा फर्ममध्ये शंकर समूहको जगदम्बा स्टिलको सबैभन्दा बढी नक्कली भ्याट विल फेला परेको छ। आन्तरिक राजस्व विभाग स्रोतका अनुसार, जगदम्बाको ८० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ। पहिले ८० करोडको ३८ प्रतिशत तिरे पुग्थ्यो छानविनपछि ८० करोडको नक्कली विलबाट झण्डै ६० करोड रुपैयाँ कर निर्धारण भएको छ। ८० करोडको १३ प्रतिशत भ्याट, २५ प्रतिशत आयकर र त्यति नै जरिवाना तथा वर्षको १५ प्रतिशतका दरले व्याजसमेत हिसाव गर्दा ८० करोडको ७५ प्रतिशत सरकारलाई तिर्नुपर्दछ, स्रोतले भन्यो। त्यो भनेको ६० करोड रुपैयाँ हो। भारतबाट ४० वर्ष अघि शुन्य रुपैयाँ लिएर नेपाल आएका शंकरलाल गोल्यानका अहिले डेढ दर्जन उद्योग छन्। डेढ दर्जन उद्योगमध्ये जगदम्बा स्टिल सबैभन्दा ठूलो कम्पनी हो। वर्षमा शंकर समूहले २६ अर्ब रुपैयाँको कारोवार गर्ने दावी गोल्यानले आफ्नो वेबसाइटमा गरेका छन्। ५२ वटा कम्पनीको छानविन सकिएपछि दोस्रो लटमा छानविनका लागि सूची बनाइएका ४८० फर्ममा गोल्यानका अन्य फर्महरु पनि छन्। यसै समूहका पवनकुमार गोल्यान एनएमबी बैंकका अध्यक्ष छन्। चौधरी ग्रुप चौधरी समूह अर्न्तगत विनोद चौधरीले नेतृत्व गरिरहेका तीनवटा कम्पनी र अरुण चौधरीले नेतृत्व गरिरहेको एउटा कम्पनीको पनि नक्कली भ्याट विल प्रकरणमा छ। चौधरी समूहको सिजि इम्पेक्स र सिजी इलेक्ट्रोनिक्सबाट छ करोड रुपैयाँ बराबरको नक्कली विल फेला परेको छ। चौधरी समूहकै सिजि फुड पनि नक्कली भ्याट विल प्रकरणमा छ। छानविनको क्रममा अन्तिम चरणमा पुगेका पाँच कम्पनीमध्ये सिजी फुड पनि छ। सिजी फुडबाट पनि करोडौं रुपैयाँका नक्कली भ्याट विल फेला परेका छन्, आन्तरिक राजस्व विभाग स्रोतले जानकारि दियो। नेपालबाहिर दर्जनौं होटल खोल्ने भनेर चर्चामा आएको चौधरी समूहको सिजि इलेक्ट्रोनिक्स र सिजी इम्पेक्सले नेपालमा एलजी, सिजी कम्पनीका विद्युतीय उपकरणको विक्री गर्दै आएका छन्। उता सिजी फुड भने वाईवाइ चाउचाउको उत्पादन कम्पनी हो। सभासद् चौधरीका भाई अरुण चौधरीको अरुण इन्टरकन्टिनेन्टलको पनि १६ करोड रुपैयाँको नक्कली भ्याट विल फेला परेको छ। विभागले आड वटा सवारीसाधनको अधिकृत विक्रेताको छानविन गरेको थियो। आठ कम्पनीबाट २० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ। सबैभन्दा ठूलो अरुण इन्टरकन्टिनेन्टलको हो, विभाग स्रोतले बतायो। गोल्छा अर्गनाइजेशन दिवाकर गोल्छाको नेतृत्वमा रहेको गोल्छा समूह अर्न्तगतको हिम इलेक्ट्रोनिक्सको पनि छ करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ। हिम इलेक्ट्रोनिक्सको जिम्मा गोल्छा समूहका उदियमान निर्देशक शेखर गोल्छाको नेतृत्वमा छ। गतवर्ष गोल्छा समूहकै अर्को फर्म नियोटेरिक पनि राजस्वको अनुसन्धानमा दोषी पाइएको थियो। यही कम्पनीले अग्रिम मिती राखेर भ्याट विल जारी गरेपछि राजस्वले गोल्छा समूहलाई शंकको घेरामा राखेको थियो। यहींबाट आन्तरिक राजस्व विभागले नक्कली भ्याट विलको कारोवार भैरहेको हुनसक्ने अनुमान गरेको थियो। तर पछि पुतलिसडकको एउटा फर्ममा छापा मार्दा दुई सयभन्दा बढी कम्पनीको नक्कली भ्याट विल फेला पारेपछि मंसिरबाट भ्याट छलिसम्वन्धी अहिलेसम्मकै ठूलो अपरेशन सुरु गरिएको थियो। विशाल समूह चर्चामा नआउने तर ठूलो व्यवसायिक सञ्जाल भएको विशाल समूहको युनाइटेड डिष्ट्रिव्युटर पनि नक्कली भ्याट विल प्रकरणमा फसेको छ। आन्तरिक राजस्व विभागले छानविनका क्रममा मल्टिनेशनल कम्पनीको सूचीमा राखेको युनाइटेड डिष्ट्रिव्युटरबाट १० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ। युनाइटेड डिष्ट्रिव्युटरले भारत लगायत तेस्रो मुलुकबाट सौन्दर्य तथा दैनिक उपभोग्य सामान आयात गरेर थोक विक्री गर्दै आएको छ। राजनीतिक रुपमा अर्थमन्त्रीसँग पहुँच भएको यो समूहले बैंक तथा वित्तिय संस्था, इन्सुरेन्स कम्पनी, ट्रेडिङ हाउस लगायतमा लगानी छ। विशाल समूहका अध्यक्ष जेपि अग्रवाल एनआईसी बैंकका अध्यक्ष समेत हुन्, समूहका उपाध्यक्ष टिआर अग्रवाल र निर्मल अग्रवाल एनआईसीमा बोर्ड सदस्य छन्। उता यही समूहका उपाध्यक्ष त्रिलोकचन्द्र अग्रवाल भने बैंक अफ एशियाका अध्यक्ष छन् भने अनुज अग्रवाल बोर्ड सदस्य छन्। स्रोतका अनुसार नक्कली भ्याट विल प्रकरणमा छानविनका लागि दोस्रो सूचीका ४८० फर्ममा विशाल समूहका अन्य फर्म पनि छन्। भाटभटेनी सुपरमार्केट यही वर्ष छोरीलाई दाइजोमा दिन ‘एअर कार्गो’मा करोडौं रुपैयाँ खर्च गरेर मर्सिडिज वेञ्च कार झिकाएका मिनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपरमार्केट पनि नक्कली भ्याट विल प्रकरणमा फसेको छ। महाराजगञ्ज र भाटभटेनीमा गरी दुईवटा सुपरस्टोर सञ्चालन गरिरहेको भाटभटेनी सुपर मार्केटको आठ करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ। भाटभटेनीको मुद्धा अहिले छानविनमा बाँकी रहेका पाँचवटा कम्पनीमध्येको एक हो, छिट्टै कर निर्धारण हुन्छ, आन्तरिक राजस्व विभाग स्रोतले जानकारि दियो। भाटभटेनीले पनि नक्कली विलको झण्डै ७५ प्रतिशत रकम तिर्नुपर्दछ, स्रोतले भन्यो। धेरैजसो नक्कली विल मारवाडी समुदायसँग सम्वन्धित उद्योगमा फेला परेको थियो, भाटभटेनीमा कसरी पुगेछ कुन्नी, अनुसन्धानमा संलग्न एक अधिकृतको टिप्पणी थियो। वरुण डेभलपर्स गतवर्ष नेपालमा पहिलोपटक फुड चेन केएफसी र पिज्जा हट भित्र्याएर चर्चामा आएको भारतीय लगानीकर्ता रविजैन ताजपुरीयाको कम्पनी आरजे कर्पको फर्म वरुण डेभलपर्स पनि नक्कली भ्याट विल प्रकरणमा छ। यसैको प्यारेन्ट कम्पनी आरजे कर्पले नेपालमा पेप्सीको उत्पादक वरुण वेभरेज र केएफसी पिज्जाहटमा लगानी गरेको छ। वरुण डेभलपर्सले धापासी काठमाडौंमा पार्कभ्यु होराइजन नामका सुविधासम्पन्न बंगला बनाएर विक्री गरेको छ। एउटै बंगलालाई एक करोड १९ लाखदेखि दुई करोड ५३ लाखसम्म विक्री गर्ने वरुण डेभलपर्सको १५ करोड रुपैयाँको नक्कली भ्याट विल फेला परेको छ। यो कम्पनीका नाममा झण्डै ११ करोड रुपैयाँभन्दा बढी कर निर्धारण गरिएको छ। चमेलिया जलविद्युत नक्कली भ्याट विल प्रकरणमा चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी पनि फसेको छ। चमेलिया जलविद्युत आयोजनाको सिभिल निर्माणमा ठेक्का पाएको चाइना गेजुवा वाटर एण्ड पावर गु्रप कम्पनीले भेरिएशन बढाउनका लागि नक्कली विल खरिद गरेको स्रोतले बतायो। झण्डै ६० करोड रुपैयाँको नक्कली भ्याट विल किनेर परियोजनाले भेरिएशन बढाएको थियो। तर खर्चमा देखाउन भ्याट विल किने पनि चमेलियाले भ्याट भने तिरेको छैन। थापाको यो लेख आजको जनआस्था साप्ताहिकमा प्रकाशित छ।
shareds · Apr 6, 2011 6:03 PM · 23,757 views
समाचार अनुसार, राजश्व छलेर देश डुबाइ जनता बाट उठाएको पैसा आफ्नै बाउको सम्पति ठान्ने यस्ता चोर फटाहा हरुलाइ हदै सम्मको कारवाही गर्नुपर्छ तर यहाँ कुरा आँउछ कारवाही गर्ने निकाय र ब्याक्तिको, जो तिनै ब्यापारीको खोल ओढेका लुटेराको पैसामा बिकी सकेका छन् । तर यहाँ नेर के अचम्म लाग्छ भने जनता कै लागी भनेर १० बर्ष सम्म हजारौ गरिबका छोराछोरी लाइ यूद्दमा बलिदानि गर्न गराउन लगाएको माओबादी पनि आज तिनै चोर पटाहाको जालमा अल्झिन पुग्नु बिडम्बना भएको छ । यदि त्यसो हुन्थेन भने रामेश्वर खनाल त्यसरी हिड्न पर्दैन थियो ।
shareds · Apr 6, 2011 6:26 PM
राजास्व थगी गर्ने हरु धेरैजसो भारतीए मुल का हुन । उनिहरु लाई देश निकला नगरे सम्म देश को बिकास हुन गाह्रो छ । बिदेशिको दबाब मा बिदेशी लाई जोगएर नेपाली को कर मा मोज गर्न खोज्ने अर्थमन्त्री लाई अलिकती पनि नैतिकता छ भने तुरुन्त रजिनमा देउ ।
shareds · Apr 6, 2011 6:27 PM
Mohan April 6th, 2011 at 2:40 PM · मुख फर्काउनुस् भनिन्छ, नेताले देश हाक्छ, तर नेतालाई पनि बिजिनेस गर्नेले हाक्छ. नेताहरु बिजिनेस गर्नेहरुसंग मिलेर चन्दा लिन्छन र चुनाव जित्छन, तेस्को भरण सामान को भाउ बढाएर गर्छन. जति राजनीति गडबड, तेती ब्यापारीलाई, नेतालाई मस्ती, देश लुट्नमा. संयोग हो, दुइ रामेश्वोर मिलेर करप्सन हताउ न मिलेका, एउटाले पर्दाफाश, अर्कोले सजाय तोक्ने. शुभकामना छ, आशा तपैहरुमा छ. यस्ता करासन गर्नेहरु कति छन् कति, एक पछी अर्को निकाल्दै, थुनामा कोच्दै जानुस. कम्तिमा यसमा हामी गर्व गरौँ. मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: 31 0
shareds · Apr 6, 2011 9:21 PM
चौधरीको समाचार छापिँदा माधव नेपाल दुःखी » अर्थमन्त्री श्रीमतीसहित अमेरिका भ्रमणमा जाँदै By Salokya, on April 7th, 2011 देश कै सबैभन्दा ठूलो आर्थिक स्क्यान्डल नक्कल भ्याट बिल प्रकरणमा मुछिएका ठूला औद्योगिक घरानालाई संरक्षण गर्न खोजेर विवादमा मुछिएका अर्थमन्त्री भरतमोहन अधिकारीलाई ‘फेस टु फेस’ के हो कुरा भनेर सोध्ने मौका अमेरिकामा रहेका नेपालीहरुलाई छिट्टै जुर्दैछ। अर्थमन्त्री अधिकारी आउँदो अप्रिल १२ तारिखमा श्रीमति ओमकुमारी अधिकारीलाई सँगै लिएर त्यता उड्न लागेका हुन्। सरकारी खर्चमा श्रीमती लिएर अमेरिका जाने पहिलो अर्थमन्त्रीको कीर्तिमान उनी बनाउँदैछन्। अमेरिकासित उनीहरुको पारिवारिक सम्बन्ध पनि छ। अमेरिकाको डल्लास र हुस्टनका ४/५ वटा पेट्रोल पम्पमा लगानी गरेका भनिएका सुदीप आचार्य भरतमोहनका छोरीज्वाइँ हुन्। भरतमोहनले श्रीमतीमात्र हैन, आफ्नै घरमा पीएको काम गराइराखेका गणेश सुवेदीलाई पनि सरकारी कर्मचारी भन्दै ढाँटेर अमेरिका लैजाने भइसकेका छन्। यससम्बन्धी टिप्पणीमा अर्थमन्त्रीले हस्ताक्षर गरिसकेका छन्। गणेश पहिले ‘भ्याटमारा’ व्यापारी विनोद चौधरीकोमा काम गर्थे। भरतमोहनले अर्थमन्त्रीसहित उपप्रधानमन्त्री पदको शपथ ग्रहण गर्दा राष्ट्रपति भवनमा भ्याट ठगी प्रकरणमा मुछिएका विशाल ग्रुपका अशोक अग्रवाललाई ज्वाइँलाई जस्तै सम्मानका साथ प्रवेश गराएको खुलासा जनआस्थाले यसरी गरिसकेको छ- विशाल ग्रुपका अशोक अग्रवालको विराटनगरमा कमला रोलिङ मिल नामक स्टिल फ्याक्ट्री छ । विशाल ग्रुपमा त्रिलोक अग्रवाल, अनुज अग्रवाल र अशोक अग्रवाल गरी तीन भाइ छन् । अर्थमन्त्रीले राष्ट्रपतिभवनमा लगेका अशोक माइला भाइ हुन् । उनीहरू नेपालमा नोकिया मोबाइल कम्पनीको डिलरसमेत हुन् । यस ग्रुपको ‘युनाइटेड डिस्ट्रिब्युटर’ कम्पनी १० करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल प्रकरणमा फसेको छ । तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्याट छल्नेमाथि कारबाही गर्न थालेको अभियान ४ महिना भइसक्दा एमालेकै अर्का मन्त्री अर्थमन्त्री बन्दा यसरी अपराधीलाई राष्ट्रपति भवनसम्मको पहुँच सहज भएको छ । अग्रवालको प्रोक्टर एन्ड ग्याम्बल नाम गरेको ब्रिटिस कस्मेटिक सामानको कारोबारपनि रहेको छ । उनले नेपालको नाममा सामान ल्याएर भारतमा बेच्नेगरी भारतमै कपडाको स्टकसमेत राखेका छन् । सरकारलाई पैसा तिर्न बाँकी युटिएल कम्पनीमा पनि यिनको २५ प्रतिशत सेयरमध्ये अझै केही बाँकी छ । केही सेयर यिनले श्रवण अग्रवाल (राजेश मेटल) लाई बेचेका छन् । नक्कली भ्याट बिलमा संलग्न अग्रवालको बैंक अफ एसिया, एनआइसी बैंकमा पनि लगानी छ । यिनले भक्स वागन नामक जर्मन गाडीको एजेन्सी पनि पाएका छन् । अशोक अग्रवालले यसवीच ५ करोडको सौदावाजीमा भ्याटको लफडा सल्टाइसकेका थिए, तर बीचैमा होहल्ला भएपछि उनलाई अहिले गाह्रो परेको छ। लाजिम्पाटको र्‍याडिसन होटलपछाडि बस्ने अशोकले नोकियाको मात्रै वार्षिक डेढ करोड रुपैयाँबराबरको सामान आयात गर्ने गर्छन् । साथै रेडलेबल, ब्ल्याक लेबलजस्ता पेय पदार्थको नेपालका निम्ति आधिकारिक बिक्रेता पनि उनै हुन् । माओवादी अध्यक्ष प्रचण्डले दोस्रो मर्यादाक्रमसमेत आफ्नो पार्टीले नपाउने गरी भरतमोहनलाई क्याबिनेटमा छिराउन किन मरिहत्ते गरे होलान् ? विश्लेषकका अनुसार, यसका पछाडि डा. बाबुराम भट्टराईको बाटो छेक्ने सोचले काम गरेको हुन सक्छ । अर्कातिर एमाले स्थायी कमिटीमा झलनाथ र माधव–ओलीतिर ५/५ जना सदस्य भएकामा ढुलमुले स्वभावका भरतमोहनलाई मन्त्री बनाएपछि झलनाथको बहुमत पुग्ने र यसो गर्दा आफूलाई सजिलो हुने प्रचण्डको ठहरले पनि काम गरेको बताइन्छ । माओवादी अध्यक्ष प्रचण्डले भरतमोहनको नाममा समर्थन जनाउने बेला शाही सरकारमा रहँदा उनले माओवादीविरुद्ध सेनासित मिलेर के–कस्तो हरकत गरेका थिए भन्ने कुराको ख्यालै गरेनन् । ०६१ मा प्रतिगमन आधा सच्चियो भन्दै देउवा सरकारमा उपप्रधानमन्त्री र अर्थमन्त्री बनेका अधिकारीले दरबार र सेनालाई सहयोग पुग्नेगरी ३ चोटिसम्म अध्यादेशमार्फत बजेट ल्याएका थिए । ‘त्यसवेला एउटै आर्थिक वर्षमा दुई–तीनपटक बजेट आयो,’ तत्कालीन अर्थ सचिव भानु आचार्य भन्छन् । स्रोतका अनुसार, त्यसवेला भरतमोहनले अध्यादेशबाट १ अर्ब ७९ करोडको बजेट देखाएर भित्रीरूपमा ३ अर्ब २० करोडको बजेट बनाई बाँकी रकम सेनालाई माओवादीविरुद्ध लडाइँमा प्रयोग गर्न दिएका थिए । दोहोरो भूमिका खेल्न माहिर अधिकारीलाई त्यसवेला नेपाली सेना र दरबारले प्रधानमन्त्री बन्ने आश्वासन बाँडेकाले उनले त्यसरी लुकाएर अर्बौं रुपैयाँ माओवादीविरोधी अभियानमा गुप्त रूपमा सेनालाई दिएको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘देउवालाई दरबार र सेनाको आशीर्वादमा टिकिरहने लोभ थियो, यता अधिकारी सेना र दरबारलाई खुसी पारेर प्रधानमन्त्री बन्ने दाउमा थिए ।’ देउवा र अधिकारीले त्यहीवेला ज्ञानेन्द्र शाहकी काकी हेलेन शाहलाई उपचार खर्चबापत १ करोड २० लाख रुपैयाँ प्रदान गरेका थिए । एकातिर देशमा लोकतन्त्रका लागि आन्दोलन भइरहेको थियो, अर्कातिर एमाले नेता अधिकारी ज्ञानेन्द्रकी काकीलाई राज्यकोषबाट करोडौँ रुपैयाँ निकासा दिइरहेका थिए । यसलाई दुर्भाग्य नै मान्नुपर्ने हुन्छ, तिनै व्यक्ति अहिले गणतान्त्रिक नेपालको अर्थमन्त्री बनेर काला व्यापारीलाई संरक्षण गरिरहेका छन् र राज्यकोष खर्च गरेर श्रीमतीलाई अमेरिका डुलाउने मनसुवामा छन्। 2 Votes
shareds · Apr 6, 2011 11:16 PM
can some one punch this artha mantri in usa??????????? please ....pretty pretty please.....
dhhirajojha · Apr 7, 2011 6:09 AM
Last edited: 07-Apr-11 10:39 AM
samaeBajii · Apr 7, 2011 8:19 AM
I am not sure what illegal activities these businessmen might have been doing. Neither am I affiliated with them, nor am I in Government to be in the know. But one thing for sure is they have created a lot of employment in Nepal. Because of the industries they have started, lot of Nepalis can bring the food to their table. On that basis and only on that basis, I would encourage more such entrepreneurship rather than pull their legs. - my 2 cents.
riten · Apr 7, 2011 10:28 AM
Riten ..you can see it from different angle...If the most successful business in nepal doesnt pay taxes how will the government be able to invest in public projects like hydro power, road to Jumla Humla and invest in Education. Employemnt Creation will happen anyhow if these company want to grow..but They should not grow at the cost of cheating the government from the TAX revenue it deserves. CAN U IMAGINE USA runnign if WALMART, Oil Companies and other Fortune 500 companies STOP PAYING TAXES???
pixie · Apr 7, 2011 11:20 AM
A country's development and growth are severely hindered if the government isn't rich itself and hence, there's a little surprise that Nepal is still one of the poorest nations in the world despite having a great potential.
Messiah · Apr 7, 2011 11:25 AM
banindra bajgayan April 7th, 2011 at 7:23 PM · मुख फर्काउनुस् ए राता मकै !! देश को ढुकुटी रित्याउनेको पर्दा फाष गर्दा तपाईंको छैन किन टाउको दुखेको हो | जनता छैन सकी नसकी १३% vat तिर्ने अनि त्यो पैसा छैन चोर नेताहरु र ब्यापारी हरु ले कुम्ल्याउने – यो देख्दा चै तपाईं लाई टाउको दुख्दैन है ?? यदि यो पढ्न मन छैन र त्येही चोर नेता को पछाडी जय जय कर गर्न मंछा भने जानु नि कान्तिपुर को साप्ताहिक को स्तम्भ हरु पढ्न !! कि कसो साथी हरु ? यो internet, facebook, blogs र citizen journalism को युग हो | हेर्दै जानुस कति तहल्का मचाउने छ पाठक हरु ले येही माईसंसार मार्फत | खबरदार vat मारा बांगे मोहन अधिकारी हरु र चोर ब्यापारी हरु !!!
shareds · Apr 7, 2011 8:13 PM
अब यी ठुला ब्यापारी लाई यो काण्ड मा कारबाही न भए भबिस्य मा अरु ठुला साना ब्यापारी लाई एस्तो कार्य गर्न प्रोत्साहन मिल्ने छ… तेश्कारण समय मै सरकार ले कडा भन्दा कडा कारबाही गरि भबिष्य मा हुने घोटाला रोक्नु सबै भन्दा उचित हुने छ.. अहिले आम जनता (सोझा गरिब जनता) ले सानो रकम राजोस्वो न तिरे धेरै दुख दिने गरे को छ … तर ठुला बडा लाई देश नै लुट्दा सबै जना टुलु टुलु हेरी बस्छ , उल्टै ( केहि बिकाउ ) पत्रिका ले देश को नोकसनी न हेरी आफ्नो स्वार्थ को लागि डाका हरु को साथ दिई बचौना तिर पो लाग्छ… हरे अचम्म, देश को बारे मा कसको राम्रो सोच भने छैन. देश बचाऊ अभियान सुरु गर्नु पर्यो है जनता हरु………………….. नेपालको परिप्रेछ्यमा “जो अगुआ उही बाटो हगुवा” भएर बिगार्यो | नेतानै भ्रस्ट, ब्यापारी बेइमान, पार्टीहरु भतुवा, कर्मचारी बिकाउ, प्रहरीनै चोर – अब जनताले के गर्ने? देखिहाल्यौ कांग्रेसको रगतै बिग्रेको, एमालेको बुद्धि बिग्रेको, माओबादीको बिउनै बिग्रेको, अरु बर्णशंकर पार्टीहरुको के कुरा गर्नु ? नया नेपालको सृजनामा नया रगत भएका इमान्दार पुस्ताको खाँचो छ जसले यो त्यो नभनी नियम कानूनको पालना गराउन सकोस र एक एक गरि भ्रस्टाचारीलाई जाक्न, ठोक्न, न्याक्न र फ्याक्न सकोस | अब त्यस्तो शक्तिको उदय हुनु पर्छ जसले गरिब निमुखा जनताको रछ्या गर्दै देशको इज्जत बढाउन सकोस र कालाबजारी र भ्रस्टचारीलाई पैतालाले मिच्न सकोस !!
shareds · Apr 8, 2011 10:33 PM
Looters are not only politicians. There are some so-called Big Business Houses that are too hell bent on making this country totally bankrupt. At least this much has come to the fore very freshly. The Rajdhani Daily, April 4, 2011, claims that Chaudhary Group led none less than by United Marxist Leninists Constituent Assembly and renowned businessman Mr. Binod Kumar Chaudhary (53) and SARDA group founded by Mr. Shivratan Sarda were among the top fake VAT (Value Added Tax) Bill racketeers. ‘While Chaudhary Group evaded Tax worth 45 crore rupees and SARDA group presenting fake VAT bills did not pay 70 Crore rupees to the government’. There are some 28 Business firms and some individuals, whose involvement have been proven to date for having evaded the government tax, a government investigation report has it. The government had formed an investigation committee coordinated by Deputy Director of Inland Revenue Department Mr. Laxman Aryal and other members as Kul Prasad Chudal, Suryanath Prakash Adhikari, Dirgharaj Mainali, Govinda Prasad Subedi and Psadananada Gurung. Founded by Lunkarandas Chaudhary, the Chaudhary Group of Industries is being run by Basanta Chaudhary, Arun Chaudhary and Nirvan Chaudhary under the leadership of Mr. Binod Chaudhary. The CG company imports vehicles, is involved in production of fast foods and snacks, Lube Oil and have also invested in Financial Institutions. The Group had recently joined hands with Thailand based InVision Hospitality with a plan to open 30 hotels across Asia by 2013. Similarly, SARDA group is involved in production of Wires, Cables, Pashmina, fast foods and snacks. The group is managed by Sandip Sarda and Pradip Sarda led by founding Chairman Shivratan Sarda.
shareds · Apr 16, 2011 10:14 PM
Rs 2.27 Billion Nepal VAT Scam, Biggest firms involved Around 385 firms have been found to be engaged in producing counterfeit VAT bills in order to evade taxes. In a letter forwarded at the Public Accounts Committee of the Parliament the Ministry of Finance-Revenue Department has stated that as the investigation is ongoing, the names of those firms cannot be made public. However, MySansar and Rajdhani daily have published the names of the VAT defaulters. How can the Nepal Government make progress when the nation's leading business houses don't pay their taxes? Group Owner Company Presented Fake VAT Bill (NPR)- Investigation to date Shankar Shankar Lal Golyan Pawan Kumar Golyan (Chairman NMB Bank) Jagadamba Steels 80 Crores Chaudhary Binod Kumar Chaudhary Arun Chaudhary Basanta Chaudhary Nirvan Chaudhary CG Impex, CG Electronics, CG Foods, Arun Intercontinental, 45 Crores Golcha Diwakar Golcha Shekhar Golcha Him Electronics, Neoteric, 6 Crores (Investigation to date) Vishal J.P. Agrawal (Chairman NIC Bank) T.R Agrawal Nirmal Agrawal (Board Member NIC Bank) Trilok Chandra Agrawal (Chairman Bank of Asia) Anuj Agrawal (Board Member Bank of Asia) United Distributors, investments in financial institutions, Insurance Companies, Trading Houses 10 crores Bhatbhateni Min Bahadur Gurung Bhatbhateni Super Market (Maharajgunj and Bhatbhateni) 8 Crore Barun Rabin Jain Tajpuriya (Indian national) Barun Beverage KFC and Pizza Hut 15 Crore Chameliya Hydropower Chinese Contractor 60 Crore SARDA Shivratan Sarda Sandip Sarda Pradip Sarda 70 Crore
shareds · Apr 16, 2011 10:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion