स्वदेशी ठगेर विदेशमा लगानी काठमाडौं, चैत्र २२। अर्थमन्त्री भरतमोहन अधिकारीले आफ्नोसमेत रकमको कारोबारी व्यापारी एवं एमाले सभासद् विनोद चौधरीको ठगीधन्दा जोगाउन खोज्दा मुलुकले एक हजार करोडभन्दा बढी राजस्व गुमाउनुपर्ने भएको छ। ठूला व्यापारिक घरना चौधरी ग्रुप, मारुती गाडीको कारोबार गर्ने अरुण कन्टिनेन्टल, त्रिलोचन अग्रवाल अध्यक्ष रहेको विशाल गु्रप, शंकर गोल्यान अध्यक्ष रहेको शंकर समूहलगायत मुलुकमा क्रियाशील साना–ठूला गरी चार सयभन्दा बढी व्यापारिक समूहले राज्यको द्विअर्थी कानुनको कमजोरीलाई आधार बनाएर राज्यको ढुकुटीबाट अर्बौं रकम भ्रष्टाचार गरेको सार्वजनिक भएको छ। जसको नेतृत्व चौधरी गु्रपका अध्यक्ष विनोद चौधरीले गरेका छन्। जसरी प्रचण्डहरू सार्वजनिक भएपछि अजय सुमार्गी नामक व्यापारी एकाएक अरबपति बने, त्यसैगरी १० वर्षअघि बैंकबाट लिएको ऋणको सावाँ र ब्याजसमेत तिर्न नसकेर कालोसूचीमा परेका चौधरी दरबार हत्याकाण्डपछि रातारात खर्बपति बनेका हुन्। १० वर्षभित्र मुलुकमा कुनै आर्थिक गतिविधि बढ्न नसकेको अवस्थामा उनी मात्रै खर्बपति बन्नुको रहस्य उनले नखोले पनि सार्वजनिक भइसकेको छ। कालोसूचीमा परेको यति छोटो समयमै उनले के त्यस्तो चमत्कार गरे, जसले गर्दा उनले दुबई वर्ल्डमा हाउजिङ, मोरिसस, श्रीलंका र मुम्बईमा पााच तारे होटल खोल्ने सामर्थ्य बनाए? यदि राजदरबार हत्याकाण्डपछि उनको सम्पत्ति कसरी बढ्यो र उनले विदेशमा कुन स्रोतबाट पैसा लगेर लगानी गरे भन्ने कुरा सरकारले छानबिन गर्ने हो भने उनको बास भद्रगोल जेलमा हुने निश्चित छ। उनले यिनै अपराध छोप्न एमालेलाई डेढ करोड रूपैयाा दिएर सभासद् पद किनेका थिए। अर्थसचिव रामेश्वर खनाल र अर्थकै अर्का सचिव कृष्णहरि बास्कोटाबीच केही समयदेखि मनमुटावको विषय रहादै आएको यस प्रकरणमा बास्कोटाले अर्थमन्त्री अधिकारीलाई प्रभावमा लिई घटना सामसुम पार्न खोज्दा झन्झन् प्रतिदिन चर्किएर गएको छ। हुन त अर्थमन्त्री अधिकारीले यसअघि आफ्ना व्यापारिक साझेदार चौधरी समूहका अध्यक्ष विनोद चौधरीका लागि नबिल बैंकको सेयर दिलाउन यस्तै विवादास्पद भूमिका निर्वाह गरेका थिए। त्यसबेला निजी क्षेत्रमा सीमित बैंकहरू मात्र क्रियाशील भएका कारण नबिल बैंकको सेयर हस्तान्तरण प्रकरणले चर्को रूप लिन सकेको थिएन। २०५१ सालमा आफ्ना दाजु मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला अर्थमन्त्री अधिकारीले नबिल बैंकमा रहेको नेसनल बैंक अफ बंगलादेशको ५१ प्रतिशत सेयर एनबी इन्टरनेसनलको नाममा हस्तान्तरण गर्ने चााजो मिलाएका थिए। राष्ट्र बैंकका तत्कालीन गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठ, मुख्यसचिव बलराम सिंह मल्ल र बंगलादेशका राजदूत लोकबहादुर श्रेष्ठसमेतलाई हातमा लिएर अर्थमन्त्री अधिकारीले विनोद चौधरीलाई अप्रत्यक्ष रूपमा ५१ प्रतिशत सेयर दिलाएर २० करोड रूपैयााभन्दा बढी रकमको हिस्सा लिएर विनाप्रतिस्पर्धा चौधरीको छायाँमा रहेको एनबी इन्टरनेसनललाई सेयर दिलाएका थिए। त्यतिबेला एनबी इन्टरनेसनललाई सेयर दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका तत्कालीन गभर्नर श्रेष्ठलाई अहिले चौधरीकै तर्फबाट नबिल बैंकको अध्यक्ष बनाउनुले घटनाको थप पुष्टि गरेको छ। यसअघि उनले बंगलादेशमा रहादा महत्वपूर्ण सहयोग गरेका पूृर्वराजदूत श्रेष्ठलाई नबिलको अध्यक्ष बनाएका थिए। राजदूत र राष्ट्र बैंकको गभर्नर बनिसकेको व्यक्ति निजी क्षेत्रको एउटा बैंकको अध्यक्ष बन्न जानु नैतिकरूपले नमिल्ने भए पनि आर्थिक रूपमा श्रेष्ठले चौधरीलाई ठूलै लाभ दिलाएको उपहारस्वरूप उनले श्रेष्ठद्वयलाई उक्त अवसर दिएका हुन्। सेयरमा हालेको रकमको स्रोत देखाउन नसकेका कारण विदेशी कम्पनीमार्फत नबिल बैंक आफ्नो हातमा ल्याउन सफल विनोद चौधरी हेर्दा जति सहज लाग्छन्, व्यवहारमा उत्तिकै भ्रष्ट छन्। उनले करिब चार वर्षअघि वाइवाइ, डाल्डा घ्यूलगायतका वस्तु बिक्रीबाट आएको भन्दै टेकुस्थित एभरेस्ट बैंकमा राखेको २० करोड रूपैयाँ कर छली गरी आएको कुरा चौधरी गु्रपकै कर्मचारीले आन्तरिक राजस्वमा उजुरी दिएको घटनापछि उनलाई घरको छतबाट खसालेर मारेका थिए। पैसा र दरबारिया शक्तिको आडमा उनले उक्त घटनालाई सामसुम पारेको बताइन्छ। नबिल बैंकको सेयर प्रकरणमा प्रत्यक्ष देखा नपरेका विनोद चौधरीको सक्कली रूप उनले आफ्नो छोरा निर्माण चौधरीलाई वैकल्पिक सञ्चालक बनाएर सम्पूर्ण अधिकारसहित नबिल बैंकमा भित्र्याएपछि उदांगिएको छ। नेसनल बैंक अफ बंगलादेशको सेयर एनबी इन्टरनेसनललाई सिधै दिन नमिल्ने धारणा राखेपछि स्टक एक्सचेन्जका तत्कालीन प्रमुख मदन आचार्यलाई हटाइएको थियो। वाइवाइ चाउचाउ, हाउजिङ, एलजी टिभीलगायत एक दर्जन उद्योगका सञ्चालक विनोद चौधरीले यतिबेला नक्कली भ्याट बिलमार्फत ४९ करोडभन्दा बढी ठगी गरेको बुझिएको छ। उनले आफूले ठगी गरेको रकममा मात्र र्‍याल चुहाएका छैनन्, विभिन्न व्यापारिक घरानाहरूको ठेक्का लिएर अर्थमन्त्री अधिकारीलाई करोडौं बुझाउने गरी उनीहरूसाग सम्झौता गरेको व्यापारिक क्षेत्रमा चर्चा छ। उनका भाइ अरुण चौधरी अध्यक्ष रहेको अरुण इन्टरकन्टिनेन्टल जसले मारुती गाडीको कारोबार गर्छ, उनले पनि गाडीका पार्टपुर्जाको नक्कली भ्याट बिल बनाएर करोडौं ठगी गरेको राजस्व अनुसन्धानका एक कर्मचारीले तरुणलाई बताएका छन्। त्यसैगरी, लाजिम्पाटस्थित रेडिसन होटल छेउमा घर भएका त्रिलोकचन्द्र अग्रवालको विशाल गु्रपले पनि नक्कली बिल बनाइ राज्यकोषबाट करोडौं निकालेको बुझिएको छ। नेपालमा विशाल गु्रपले यूटीएल, बोक्सवाइगन गाडी, ब्ल्याक लेबल रक्सी भित्र्याउने, मैनाबत्ती, स्टिल, लाइफ इन्स्युरेन्स, कमलपोखरीको सिटी सेन्टरमा लगानी गरेको छ भने नोकिया मोबाइल सेटको ऊ एजेन्ट हो। यसैगरी, शंकर गोयलको शंकर समूहले पनि नक्कली भ्याटको बिल बनाइ राज्यकोषबाट रकम निकालेको पाइएको राजस्वका एक कर्मचारीले बताएका छन्। शंकर समूहले जगदम्बा सिमेन्ट, अम्बे हाउजिङ, जगदम्बा सेन्थेटिक, नाकासु मोटर्स प्रालि, शुभश्री जगदम्बा सिमेन्ट, जगदम्बा स्पेनिङ मिल्स प्रालिमा लगानी गरेको छ। तर उक्त कम्पनीले राजनीतिक संरक्षणका लागि विष्णु न्यौपानेलाई अध्यक्ष बनाएको छ। प्रायः भैरहवा भन्सार नाकाबाट कारोबार गर्ने यो समूहले भैरहवा भन्सारका कर्मचारीहरूलाई कमिसनको अलवा मासिकीसमेत दिने गरेको बताइन्छ।
timi_mero_sathi · Apr 5, 2011 7:34 PM · 13,719 views
यो माडवारी भन्ने एस्तो दुस्ट जात हो ( समग्र मा ) पहिले लोटा लिएर नेपाल आउछन , अनि सस्तो मा नेपाली जग्गा किन्छन , अनि त्यो जग्गा लाई बैंक मा राखेर बडी लोन लिन्छन (सस्तो जग्गा लाई बढी नै मुल्य को देखाएर ) , अनि तेही पैसा ले व्यापार गर्छन , आम्धानी जति भारत मा थुपरछन् अनि कारबाही गर्ने बेला मा देश छोडेर टाप कस्छन ! यो चोर हरु ले देश त भित्र देखि नै खोक्रो परेको छन् , धमिरा जस्तै … कांग्रेस एसको बिरुद्धमा बोल्यो त्यो पनि आफ्नो ठाउँ मा चोर हो , एमाले त तेस्रो लिंगी हो , तर आफु लाई नया नेपाल को नया हेरो भन्ने प्रचण्ड एंड कम्पनि किन चुप ? कि माने ले पनि पैसा खाएको छ ?
shareds · Apr 5, 2011 9:25 PM
homraj bik April 2nd, 2011 at 10:33 AM · मुख फर्काउनुस् मारवाडी हरु अथवा धोति हरु जुन जुन देश मा छिरेको छ त्यो देश तो अर्थतन्त्र नै ध्वस्त पारिदिन्छ | के गर्ने हाम्रै देश को हल्लुड़े नेता हरु बेकार को काम नलाग्ने भएपछी कसको के लाग्छ? भरत मोहन जस्तो कुनै vision नभएको मान्छे, मारवाडीको गनाउने धोति लाइ अर्थमन्त्री बनाएपछि त्यस्तो देश र जनता ले के आश गर्नु ? मन परे हरियो, नपरे रातो 4 0
shareds · Apr 5, 2011 9:35 PM
anuj March 30th, 2011 at 10:16 AM · मुख फर्काउनुस् पात्तेको बुढो मलाई त तेस्को अनुहार नै हेर्न मन लाग्दैन.. horlicks को सिसीले प्वांग हिर्काउनु पर्ने चोरलाई मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: 82 4
shareds · Apr 5, 2011 9:36 PM
Dipesh Sharma March 30th, 2011 at 12:32 PM · मुख फर्काउनुस् हामीहरुले अब चौधरी ग्रुप को उत्पादन र सेवा हरु बहिस्कार गर्ने अभियान थाल्नुपर्छ | आजैदेखि Waiwai Chauchau बहिस्कार गरौँ | नबिल बैंक र United Finance संग कारोबार नगरौं ! Fruity खान बन्द गरौँ | जहाँ त्यो डाका भेट्छौं उसले फील गर्ने गरि थुक्ने गरौँ |CG ब्रान्ड का सबै product हरु प्रयोग गर्न बन्द गरौँ | मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: 71 1
shareds · Apr 5, 2011 9:36 PM
पुष्प March 30th, 2011 at 11:30 AM · मुख फर्काउनुस् चौधरी, खेतान, दुगड आदिजस्ता दुइ-चार कालाबजारी र तस्करहरूको ‘घाँटी’मात्र निमोठ्ने हो भने यो देशको कल्याणका लागि कसैसँग ‘हात’ फैलाउनुपर्नेथिएन । यी कुजातहरू समाजसेवाजस्तो पवित्र कार्यको आडमा समाजलाई नै धराशायी बनाउँदै लगिरहेका छन् । यी पाखण्डीहरूले बाटोघाटोमा पानी पिलाउने, खाजा खुवाउने, रगतदान गर्नेजस्ता ‘समाज सेवा’ गरेको देख्दा रगत नै उम्लेर आउँछ । चुस्नुसम्म चुसेर केही थोपा पानी र केही दाना खुवाउँदा नेपालीहरू यिनीहरूको गुणगान गाउँदै दंग परेको देख्दा भने अति नै टीठ र दु:ख लाग्छ । कहिले बुझ्ने हुन् र कसले बुझाउने हुन् आमजनतालाई कि यी सुकिला-मुकिलाहरूको आत्मामा कालोबाहेक अरु केही छैन । मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: 105 3
shareds · Apr 5, 2011 9:39 PM
Shareds babu, Are you not a dhoti bahun? marwari are not brahman; they are vaishya.
nagarikreport · Apr 6, 2011 12:09 AM
नागरिकरिपोर्ट ji कृपया आफ्नो प्रतिकृया बिषय सँग सम्बन्धित गर्न होला, बिषय सँग असम्बन्धित भनाइ अर्को थ्रेड खिओलेर राख्न सकिन्छ
timi_mero_sathi · Apr 6, 2011 1:38 PM
प्रियादर्शिनी श्रेस्ठ April 6th, 2011 at 2:46 PM · मुख फर्काउनुस् भरतमोहन वा झलनाथ ले भ्रस्टाचार गर्नु कुनै नौलो हैन, तर हाम्रा जन नायक प्रजापालक गरिब हरुका अन्नदाता प्रचण्ड पनि धोति माडे हरु सग मिलेर भ्रस्टाचार मा सामेल? माइ सन्सार ले डराइ डराइ यति नाम सम्म जिकिर गरेछ; लुना, पुष्प, मदनज्युहरु, कता जानु भो? यो सुचना गलत होला हगी? देशभक्त प्रचण्ड कस्तो साधारण जीवन बिताउनु हुन्छ, कसरि वहाले भ्रस्टाचार गर्नु? प्रियादर्शिनी श्रेस्ठ मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: 75 4
timi_mero_sathi · Apr 6, 2011 1:49 PM
sunil Reply: April 5th, 2011 at 1:23 pm Kantipur patrika Binod Chaudhary ko paisama bikeko patrika ho. Binod Chaudhary le Everest Bank ma lukayera rakheko karodu rupiyako barema suchana leak gareko aaropma 2 jana aafna karmachari jo ki Indian citizen thiye lai police station haruma thunna lagayeka thiye. Jas mahye yek janale Hanuman dhoka prahi karyalamai aatmahatya gareko bhanne sankaspad samachar aayo. Arka yek jana Jawalakehl police stationma thuniyeko thiyo bhane unko father lai India bata apaharan garera Harisiddi sthit aafno housing ma private priosn banaera illegally thnera rakheka thiye sathi unko Sanepa sthit kirana pasal bata sampuna saman kabjama liyeka thiye. Ahile ti byakti kanha chhan kasailai thaha chaina. Affna nagarikle prahari chaukimai atmahatya garda ra arka bepatta parida Indian Embessy le pani kehi chaso dekhayeko paiyena. Like or Dislike: 0 0 [जवाफ फर्काउनुहोस्] Ganga traipathi Reply: April 5th, 2011 at 1:47 pm yes it is true if wanna see the proof you may log on http://www.insec.org.np/index.... Like or Dislike: 0 0
shareds · Apr 6, 2011 9:27 PM
विनोद चौधरीमाथि राजस्थानको हाईकोर्टमा मुद्दा, लाखौंको क्षतिपूर्ती माग Filed under: HIGHLIGHTS लौ हेर्नुस्, चौधरी ग्रुपले आर्जेको प्रतिष्ठा ? काठमाडौं । नेपालको ठूलो औधोगिक एवम् व्यापारीक प्रतिष्ठान चौधरी गु्रपले यतीबेला आफ्नो १४० औं वर्षगाँठ मनाइरहेको छ । चौधरी ग्रुप अहिलेको अवस्थामा आउनुका कारण उनका बाबुबाजेको लगनशिलता र परिश्रम मुख्य भए पनि त्यसको वास्तविकता भने बेग्लै छ । करिव ६० वर्षअघि भारतको राजस्थानस्थित ग्राम चुडीवासीबाट आफ्ना परिवार च्यापेर नेपाल छिरेर काठमाडौंमा सानो लगानीबाट व्यवसाय सुरु गरेको चौधरीको व्यवसायिक ब्राण्ड यस अवधिमा आइपुग्दा नेपालको मात्रै नभएर अन्तर्रर्ााट्रय स्तरमा समेत स्थापित हुन सफल भएको छ । तर, त्यस सफलता भित्रका भित्री रहश्यहरु भने अझै पनि गुमराहमै छ । चौधरी ग्रुप अहिलेको अवस्थामा आइपुग्न उनका बाबुबाजेले पक्कै पनि ठूलो मेहनत र परिश्रम गरेकै हुन्, त्यसमा सन्देह छैन । तर, विनोद चौधरीले जस्तो जालझेल र काला कर्तुत पक्कै पनि उनीहरुबाट नभएकै हुनर्ुपर्छ । अवैद्य आर्जनकै बलमा हाल संविधान सभामा सभासद् पदसमेत खरिद गर्न सफल विवादास्पद उद्योगपति विनोद चौधरीको इशारामा चौधरी ग्रुपले धनार्जनका केकस्ता मार्ग अवलम्वन गरेका रहेछन् त्यसको गुहृयकुरा बुझिनसक्नु पाइएको छ । हुन त चौधरी ग्रुपको नियत र षड्यन्त्रहरु बेलामौकामा र्सार्वजनिक नभएका पनि होइनन् । तर, त्यस्ता अपराधयुक्त धन्दा लुकाउन काला चौधरीलाई कसले सघायो – को को छन्, चौधरीका मुख्य सहयोगीहरु भन्ने पनि विस्तारै खुलासा हुन थालेको छ । आफूलाई चौधरी गु्रप पिडीत बताउने भारतको जयपुर निवासी सुरेश महेश्वरीले राजस्थान हाइकोर्टमा नेपालका प्रतिष्ठित—) उद्योगपति तथा सभासद् समेत रहेका चौधरी ग्रुपका मुख्य मालिक विनोद चौधरीमाथि मुद्दा दायर गर्दै लाखौं क्षतिपर्ूर्तीको माग दावी गरेका छन् । उनले विगतमा चौधरी ग्रुपबाट भएका केही काला कर्तुत समेत मुद्दामा उल्लेख गरी विनोद चौधरीको असली नियत र चौधरी ग्रुपको खास धन्दा छताछुल्ल पारिदिएका छन् । खोजतलास अनलाईनलाई उपलब्ध गराइएको कागजातअनुसार चौधरी ग्रुपबाट भएका कतिपय काम कारवाही यतीसम्म विवादास्पद र अवैद्य छन् कि विनोद चौधरी जसरी हाल प्रतिष्ठाको उचाइमा छन्, त्यसैगरी उनीबाट भएका कालाकर्तुतको छानविन मात्र भएको खण्डमा सडकमा आइपुग्ने अवस्था छ । त्यसैले पनि अदालतमा दायर गरिएको क्षतिपर्ूर्ती मुद्दा फिर्ता लिन आफूमाथि ज्यानको धम्की विनोद चौधरी र उसका हनुमानबाट बारम्बार आइरहेको दावी चौधरी पीडित महेश्वरीले खोजतलास अनलाईन इमेल मार्फ् गरेका छन् । चौधरी ग्रुपमा तीस वर्षकार्यरत रहेका बेला उक्त कम्पनीको अधिकांश कर्तुत आफूलाई थाहा भएको दावी गर्ने महेश्वरीले आफूलाई त्यही गोप्यता खुस्क्याइदिन्छ भन्ने डरले ज्यान मार्ने धम्की दिएर नेपालबाट लखटेको दावी गरेका छन् । लामो समय इमानदारीपर्ूवक काम गरेको कर्मचारीलाई ससम्मान बिदायी गर्नु पर्नेमा धम्की दिएर नेपाल छाड्न बाध्य बनाउने पापी चौधरीहरुले अरु कसकसलाई पिडीत नतुल्याएको होला – यो पनि खोजीकै विषय बनेको छ । नेपालबाटै पलायन हुन बाध्य पारेपछि जयपुर पुगेर त्यहाँको हाईकोर्टमा चौधरीका विरुद्ध मुद्दा दायर गरेपछि आफूलाई बारम्बार मार्ने धम्की आइरहेको चौधरी पिडीत सुरेश महेश्वरीले खोजतलास अनलाईनलाई प्रेषित गरेको पत्रमा उल्लेख छ । ‘मलाईं विनोद चौधरीले गलत आरोपमा नेपालमा लामो समय थुनायो र त्यहाँबाट पलायन हुने र उसका कुनै पनि गोप्यता नखोल्ने र्सतमा थुनामुक्त भएको हुँ । अहिले यहाँ पनि बारम्बार धम्की आइरहन्छ’, सुरेश महेश्वरीले अगाडि लेखेका छन्, ‘उसले भनेअनुसार नमानेको भए मलाई नेपालमै सडाइदिन्छु भनेको थियो ।’ उनले विनोद चौधरीलाई आफूविरुद्ध उचाल्ने काम चौधरी ग्रुपका महाप्रवन्धक महेशराज पन्त र अन्य दर्ुइ कर्मचारीको निर्देशनमा भएको पनि दावी गरेका छन् । ‘मैले इमानदारी पर्ूवक तीस वर्षेखि काम गर्दै आएको थिएँ, अझै पछिल्लो दश वर्षत वाई वाई चाउचाउ उत्पादन गर्ने थाईफुड्स कम्पनीमा उत्पादन र लेखा शाखाको प्रमुखका रुपमा कार्यरत थिएँ । चौधरी ग्रुप भित्रका धेरै बदमासी थाहा पाएकाले कुनै पनि दिन त्यो गोप्यता खुस्क्याइदिन्छ भन्ने डरले त्यहाँबाट हटाउन पछिल्ला दिनमा मलाई बढी पेल्ने काम भयो, मैले आफ्नो मुल्याकंन नभएपछि त्यहाँ राजिनामा दिएर मिनमिन चाउचाउमा काम गर्न थालेँ, त्यो चौधरी गु्रपका सञ्चालक र उसका हनुमानलाई मन परेन र ममाथि विभिन्न जालझेलयुक्त षड्यन्त्र रचियो । बिना कारण ललितपुर प्रहरीमा एक महिना थुनाइयो र नेपाल छाड्ने शर्तमा थुनामुक्त भएँ,’ आफूले भोग्नु परेको पिडादायी गुनासो लेख्दै सुरेशले अन्त्यमा लेखेका छन्, ‘अहिले यहाँ -जयपुर) मुद्दा चलिरहेको छ, अधिवक्ता गिरिधारीलाल शर्माले मेरो मुद्दा हर्ेनु भएको छ, उहाँ र म दुबैलाई बेलाबेलामा धम्की आउने गरिरहेको छ, तर, पनि म विनोद चौधरीलाई यहाँको हाईकोर्टमा उभ्याएरै छाड्छु, अनी चौधरी ग्रुपको सफलताको रहश्यको राज पनि नेपालीहरुमाझ र्छलङ्ग हुने अवस्था सिर्जना गराएरै छाड्छु,’ उनको दृढ विश्वास छ । सुरेश महेश्वरीले हाईकोर्टमा दायर गरेको मुद्दामा आफूलाई यातना दिएको भन्दै विभिन्न शिर्षमा भारु ३२ लाख २६ हजार क्षतिपर्ूर्ती दावी गर्नुका साथै चौधरी ग्रुपले नेपालमा गरेको बदमासी बारे पनि उल्लेख गरेका छन् । काला चौधरीले विभिन्न देशमा गरेको व्यापारिक कारोबार र नेपालका विभिन्न बैंक खातामार्फ भएको भूमिगत कारोबारका सर्न्दर्भमा पनि खोजतलास अनलाईनले आफ्नो खोजी कार्य अघि बढाएको छ । त्यसो त अर्का एक भारतीय कर्मचारीमाथि पनि चौधरीले आफ्नो कम्पनीको प्रतिकुल हुने वित्तिकै चोरीको गलत आरोपमा थुनाएर उही महेश्वरी शैली अपनाउन खोज्दा ती कर्मचारीले आफूमाथि लगाइएको झुट्टा आरोप सहन नसकेर तीनतलामाथि हनुमानढोकाको अपराध महाशाखा -केरकार)को कार्यालय परिसरबाटै हामफालेर आत्महत्या गरेका थिए । खोजतलास अनलाइनलाई प्राप्त खबरअनुसार काला चौधरीलाई यस्तैखाले विभिन्न अपराधिक कार्यमा सघाउने काम चौधरी गु्रपभित्र ‘डाडुपन्यू’ चलाएर बसेका महाप्रवन्धक महेशराज पन्तले गर्दै आएका छन् । पकनाजोल निवासी पन्त देखावटीरुपमा चौधरी गु्रपका महाप्रवन्धक भनिए पनि उनको खास जिम्मेवारी भने विभिन्न सरकारी कार्यालय धाउने र त्यहाँका हाकिमलाई विनोद चौधरीको दूतका रुपमा सेवा गर्नु साथसाथै चौधरी गु्रपले गरेका बदमासी र्सार्वजनिक हुन नदिनु र कुनै कारणबाट भइहालेमा कारवाहीबाट रोक्नका लागि पहल गर्नु हो । स्रोतका अनुसार चौधरीलाई समेत गुमराहमा पारेर महाप्रवन्धक पन्तले ठूलो आर्थिक घोटला गरेका छन् । त्यसैले पनि उनले पदको हैसियत नखोजेर आदेशलाई नै पालना गर्दै आएका छन् ।
shareds · Apr 7, 2011 8:15 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion