यहाँ स्थित तेलफ्लावर सिटीमा एक नेपालीको गोलि हानी हत्या गरिएको छ र स्थानीय सेभेन इलेभेन स्टोरमा कार्यरत २३ वर्षीय रोशन भण्डारीलाई अज्ञात समुहले आज बिहान गोलि हानी हत्या गरेको हो र हाम्रा स्थानीय प्रतिनिधि सुदिप पन्तका अनुसार आज बिहान करिव ८ बजेतिर स्तोर्कै कम विशेषले अदालत जान स्तोर्बत बाहिर निस्केर गाडीमा बस्न लागेका भण्डारीलाई अज्ञात समुहले गोली प्रहर गरेको थियो visit www globenepal dot com
neerman · Apr 5, 2011 4:33 PM · 21,592 views
झापास्थित महारानी ७ दुरामाढी स्थायी घर भएका रोशन भण्डारी वर्ष २३ को मंगलबार विहान क्यालिफोर्नियास्थित लजएन्जलसको पेल्सफ्लावर सिटीमा रहेको सेभेन इलेभन पसल अगाडि स्थानीय अपराधीहरुले हानेको गोली प्रहारबाट निधन भएको छ । गोली कारभित्रै उनको छातीमा लागेको छ । विगत दुइ वर्षअघि डीभी परेर अमेरिका आएका भण्डारी केही वर्षयतादेखि सोही सेभेन इलेभेनमा काम गर्दै आएका थिए । सो सेभेन इलेभेन पसलमा तीन महिनाअघि डकैती भएको र सो डकैतीमा परेका अपराधीहरुको स्थानीय अदालतमा मुद्दा चलिरहेको थियो र आज मुद्दाको फैसला हुने दिन भएको जानकारी सेभेन इलेभेनका संचालकबाट थाहा भएको छ । भण्डारीमाथि सोही अपराधीहरुले गोली प्रहार गरिएको हुन सक्ने आशंका सुदिप पन्तले नेपाली पोष्टलाई जानकारी गराउनुभएको छ । पन्तका अनुसार आज पनि भण्डारी सोही मुद्दाका लागि सेभेन इलेभेन पसलका तर्फबाट स्थानीय अदालत जाने क्रममा बाहिर पार्क गरिरहेको गाडीमा बस्दा बस्दै उनीमाथि गोली प्रहार भएको थियो । स्थानीय प्रहरीले गोली प्रहार भएको सेभेन इलेभेन क्षेत्रलाई धेरै समयसम्म घेरा गरेर राखेको र कसैलाई त्यहाँ भित्र जान नदिएकाले गोली लागेका भण्डारीको स्थितिबारे प्रहरीले दिउँसो १२ बजेतिर मात्र मृतकका आफन्तलाई बोलाएर निधन भएको जानकारी गराएका थिए । झापा दुरागढी ७ निवासी रानेन्द्रबहादुर भण्डारी र देवीमाया भण्डारीका दुइ छोराहरुमध्ये रोशन अविवाहित जेठा छोरा हुन् । source : http://www.nepalipost.com/inde... Rest in peace my fren !!!!
8848m · Apr 5, 2011 8:29 PM
RIP
meh_nepali · Apr 6, 2011 6:33 AM
How come this is not a "hot" news for Nepali community? Because his well wishers are not seeking money?
nagarikreport · Apr 7, 2011 12:24 AM
सालाहरुको गोलिमा डराइमर्नु जिन्दगी :
samaeBajii · Apr 7, 2011 8:16 AM
RIP
Dukhe · Apr 9, 2011 12:35 AM
भण्डारी परिवार अहिले रोशनको वुवा आमा लाइ रोशनको अन्तिम सद्गतिका लागि अमेरिका ल्याउने अनि अन्तेष्टी कार्य गर्ने क्रममा छ । यसका लागि परिवारलाइ आर्थिक सहयोग आवश्यकता छ । इन्छुक व्यक्तिले http://helpbhandarifamily.blog... गएर आफ्नो पेपाल एकाउन्ट मार्फत भण्डारी परिवारलाइ सहयोग गर्न सकिनेछ ।
yubarajk · Apr 9, 2011 1:11 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion