सुदूरपश्चिममा शक्तिशाली भूकम्प

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

meh_nepali · Apr 4, 2011 8:42 AM · 1,710 views

1 Reply

दिलबहादुर छत्याल, धनगढी, चैत २१- ५ बजेर १७ मिनेट जाँदा सुदूरपश्चिममा शक्तिशाली भुकम्प गएको छ। यही कारण यस क्षेत्रका घरहरु केही समय हल्लिएका थिए। बस्तीभर त्रासले भागाभाग भएको छ भने फेरि भूकम्प आउने हल्लाले मानिसहरु डराएर घरबाहिरै बसिरहेका छन्। भारतको पिथरागढ केन्द्र भएको भूकम्प राजधानी दिल्लीमा समेत अनुभव गरिएको जानकारी एजेन्सीहरुले दिएका छन्। नेपालमा भूकम्पबाट खासै क्षति नपुगेको पाइए पनि विस्तृत विवरण थाहा हुन सकेको छैन। अर्थक्वेक डटकमको प्रारम्भिक तथ्यांकअनुसार ५.७ म्याग्नीच्युडको भुकम्प भारत-नेपालको सीमामा महसुस भएको बताएको छ।

meh_nepali · Apr 4, 2011 8:44 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all