आफ्नो जात भन्दा माथि उठ्न नसक्ने हरु को लागि

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

v\:* {behavior:url(#default#VML);} o\:* {behavior:url(#default#VML);} w\:* {behavior:url(#default#VML);} .shape {behavior:url(#default#VML);} Normal 0 MicrosoftInternetExplorer4 st1\:*{behavior:url(#ieooui) } /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman"; mso-fareast-font-family:"Times New Roman";} आफ्नो जात भन्दा माथि उठ्न नसक्ने हरु को लागि ले हेर्नुस् रामेश्वोर् खनाल को खुलसा, नातेदार को त कुरै छोडौ आफ्नो जात भन्दा माथि उठ्न नसक्ने हरु को आँखा खुल्छ कि यो अन्तर्वाता ले, हुन त साझा को अरु पोस्ट मा यो भु पु सचिब ले एसो गर्याथ्यो भन्ने हरु पनि छन, इन्ले  भ्रस्टाचार गर्या भए, एही मौका मा अख्तियर अदालत, सरकार, अथबा इन्को पूर्व निर्णये ले भ्रस्ताचार भएको  लाग्या छ भने तेस्को सर्बोच्छ  अदालत मा निबेदन दिये भै हाल्यो, खुसुक्क कोठे complain गर्नु भन्दा, त्यस्तो कोठे complain त जस्ले  पनि गर्न सक्छ नि। हिम्मत वाल हरु ले काम ले देखौछन  लाछी  हरु complain र खुट्टा मात्र तान्चन्।  ल जो जो इ  खनाल  को बारेमा एसो गर्या थ्यो उसो गर्याथ्यो भनेर complain गर्ने  हरु इन को बारेमा उजुरी हालेर देखौनुस्  आहिले  इनी पद मा पनि छैनन, सरकार पनि इनी सँग खुस छैन, इन्की श्रीमती ले नाजयेज् फाईदा उठायेको भये पनि उजुरी हालम् आफ्नो नाम ठेगाना शाहीत, देस को लागि मान्छे ज्यान दिन्चन , तपाईं हरु तेती पनि गर्न सक्नु हुन्न? कि जिन्दगी मा complain बाहेक अरु केही गर्न जान्या छैन? साझा मा आएर एसो गर्‍यो उसो गर्या थ्यो भन्नु भन्दा उजुरी गरेर देश को लागि एउटा राम्रो काम गरे कसो होला? कि पाच् बर्ष को बच्चा को जस्तो complain गर्दै जिन्दगी बितौने बिचार  छ? इनी आफ्नो सिद्दान्त मा आफ्नो ससुरा पर्ने मान्छे सँग झुक्दा राइच्न (एस्तो बेला त इनी भस्तचरी भको भये इन्लाई पैसा कमौन झन सजिलो हुन्थ्यो होला नि) ल जहिले पनि complain गर्ने हरु लाई मेरो challenge छ तपाईं हरु को लागि यो उत्तम मौका हो प्रमाण भये प्रमाण शाहीत, प्रमाण नबह्ये इन्को भर्स्तचार गर्ने आशाये शाहीत को उजुरी हालम्, सचिब भको बेला इन्की श्रीमती ले कुन चाँही  गोप्य सुचना  बाट लाभ लीइन कम्सेकाम तेस्को त उजुरी हाल्नुस् मर्द को छोरा हो भने कि तपाईं हरु इनी सचिब भको बेला भन्या अनुसार को भन्सार मा जान नपाएर भन्या अनुसार को प्रोजेक्ट मा जान नपाएर भन्या अनुसारको गर्न  नपाएर मौका मा इन्को खुट्टा तान्न आउनु भको?   :: गृहपृष्ठ » मुख्य समाचार » 'थुकेको थुक चाट्दिन' 'मैले अठोट लिइसकेँ अब म फेरि काममा फर्केर आउँदिन, फर्के भने त म मान्छे नै रहन्न । बगेको खोला फर्किदैन, थुकेको थुक चाटिँदैन' कान्तिपुर संवाददाता राजीनामा दिएर ट्रेकिङमा निस्किएका अर्थ सचिव रामेश्वर खनाल पत्रकार सम्मेलनमा । फोटो : कौशल अधिकारी   काठमाडौं, चैत्र २० - अर्थमन्त्रीसँगको विवादमा राजिनामा दिएको भनी चर्चा गरिएका अर्थसचिव रामेश्वर खनालले आफू कुनै पनि हालतमा फेरि अर्थमन्त्रालय नर्फकने बताएका छन् । 'मैले अठोट लिइसकेँ अब म फेरि काममा फर्केर आउँदिन, फर्के भने त म मान्छे नै रहन्न । बगेको खोला फर्किदैन, थुकेको थुक चाटिँदैन,' आइतबार रिपोर्टर्स क्लवको साक्षात्कारमा उनले भने । राजीनामापछि सीधै गृहजिल्ला पाल्पा, पर्वत र कास्की पुगेर राजधानी फर्किएलगत्तै साक्षात्कारमा उपस्थित उनले अर्थमन्त्रीसँग सल्लाह नै गरेर राजीनामा दिएको बताए । 'अर्थमन्त्रीलाई टेलिफोनमा म राजीनामा दिन्छु भनेको थिएँ, अर्थमन्त्रीले तपाई मेरो साइनोको मान्छे तपाईलाई अझै माथिको पदमा पनि लाने विचार थियो राजिनामा नदिएको भए राम्रो हुन्थ्यो,' भनेको उनले सुनाए । शनिबार राति पनि अर्थमन्त्रीसँग आधा घण्टा टेलिफोनमा कुराकानी भएको र उनले 'काममा फर्कनुस् मिलेर काम गर्नु पर्छ' भनेको तर आफूले अब काममा नफर्कने जवाफ दिएको खनालले बताए । 'बाहिर आएजस्तो भ्याट छलीको विषयमा विवाद भएर राजीनामा नदिएको स्पष्ट पार्दै उनले पुरक बजेट ल्याउने विषयमा नेतृत्वले असहयोग गरेको महसुस गरेर आफै राजिनामा दिएको बताए । उनले भने, 'जहाजमा बसेपछि कि क्याप्टेनलाई सहयोग गर्नुपर्छ कि झगडा गर्ने हो भने त्यहाँ बस्नु हुँदैन । मैले त्यही गरेको हुँ ।' उनले अर्थमन्त्रीले अर्थमन्त्रालयले बनाएको पुरक बजेटको मस्यौदाभन्दा बाहिरबाट अर्को मस्यौदा ल्याएपछि आफूलाई नेतृत्वले अविश्वास गरेको महसुस भएर राजिनामा दिएको बताए । अर्थमन्त्रीले बाहिरबाट तयार पारेर ल्याएको मस्यौदा वितरणमुखी, लोकप्रियतावादी र अरुलाई भोज खुवाउने खालको भएकोले राज्यको कोषले थाम्न नसक्ने देखेर असहमति जनाएको उनले स्पष्ट पारे । उनले प्रश्न गरे, 'मबाटै लुकाएर काम हुन थालेपछि कसरी म काम गर्न सक्छु र ?' भ्याट छलीको विषय विवादको विषय नै नभएको स्पष्ट पार्दै उनले सो विषयमा कानूनभन्दा बाहिर जाने सबै कारबाहीको भागिदारी बन्ने भएकोले अर्थमन्त्रीले सो विषयमा कुनै दबाब नदिएको तर केही नरम बन्न सकिन्छ कि भनेर भनेको जानकारी दिए । प्रशासनले ठिक ढंगले काम नगरेकोले राजनीति ठिक हुन नसकेको भन्दै खनालले ४६ सालको आन्दोलनपछि क्रान्तिकारी कार्यक्रम लिएर आएका नेताहरुलाई अगतिलो कुरा प्रशासनका पञ्चायत मानसिकताका ब्यक्तिले भरी दिएकोले पनि राजनीति विग्रेको दाबी गरे । आफ्नो राजीनामाले कर्मचारी तन्त्रमा मनोवल बढ्ने दाबी गर्दै उनले भने, 'अब कसैले केही गर्‍यो भने पद छाड्छन् है भन्ने डर भयो ।' आफ्नो राजीनामा राजनीति र आन्दोलनको विषय नभएको भन्दै यसलाई लिएर सदन अवरुद्ध पार्ने आन्दोलन गर्ने जस्ता काम नगर्न पनि आग्रह गरे । उनले भने, 'सभासदहरु संविधान बनाउने काममा लाग्नु पर्छ । मुलुकको हितमा छलफल गर्ने थलो संसदलाई अवरुद्ध पार्नु हुँदैन ।'   la padhnus arko antarbarta मन्त्रीले असहयोग ठानेपछि राजीनामा गरेँ : अर्थ सचिव खनाल Sunday, 03 April 2011 09:56 नागरिक   अर्थ सचिव रामेश्वर खनालले राजीनामा दिएको विषयमा अनेकौं आशंका र जिज्ञासा जारी छन्। प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीको जानकारी माग्दै संसद अवरुद्ध पारेको छ, अर्थमन्त्री भरतमोहन अधिकारी दैनिक आफ्नो कुनै गल्ती नभएको सफाइ दिँदैछन्। के हो त सचिव खनालको खास कारण जसकारण उनी राजीनामा गर्न विवश भए? यही विषयमा शनिबार नागरिकका किरण भण्डारीले पर्वतको फलेबासस्थित मामाघर पुगेका सचिव खनालसँग लिएको टेलिफोन अन्तर्वार्ता-   सबैले हाइ हाइ गर्दागर्दै अर्थ सचिवबाट किन अकस्मात् राजीनामा दिनुभयो? - म अकस्मात् बाहिरिएको होइन। लामो समयदेखिको उकुसमुकुस विष्फोट हुने साइत अहिले जुरेकोमात्र हो। के उकुसमुकुस थियो? - सहसचिवका रुपमा ८ वर्षअघि अर्थ मन्त्रालय प्रवेश गरेदेखि प्रत्येक दिन मेरो भेटघाट व्यक्तिगत स्वार्थका आग्रह बोकेर आउनेसँग हुन्थ्यो। त्यसले मलाई सधै दिक्क बनाउँथ्यो। बिदेश भ्रमण, आर्थिक सहायता, चन्दा, औषधोपचार, थप निकासा, विकास कार्यक्रमको फाइल बोकेर आउनेलाई मैले झेल्नुपर्थ्यो। सरकारले निर्णय गरेर त्यसरी दिने रकम सदुपयोग हुने भए यस्तो काम गर्दा आनन्द आउथ्यो। तर उनीहरुले व्यक्तिगत स्वाथपूर्ति गर्ने, कमाउने वा विकास ल्याएँ भनी जनता झुक्याउने दाउ गरेको प्रष्टै बुझिन्थ्यो। म जानाजान त्यो पाप कर्मको सहायक बन्न चाहन्नथेँ। पेशागत धर्मअनुसार मैले दिने जवाफ तीतो हुन्थ्यो। फाइदाको आकांक्षा राखेर आएकाहरूले व्यक्तिगत रुपमा लिन्थे। संगठनको नियमानुसार गरेको हो भन्ने कमैले महशुस गर्थे। विदेश भ्रमणको लालसा बोकेर आएका सहकर्मी/समकक्षीलाई नाईँ भनेर फर्काउनुपर्दा अप्ठेरो हुन्थ्यो। सरुवाका आकांक्षीहरुको व्यवहार पनि बैराग लाग्ने खालको हुन्थ्यो। वीरगञ्ज भन्सार सरुवा भएको कर्मचारी मलाई अन्याय भयो भनेर रुवावासी गर्दै आइपुग्थे- यस्तो दुःख पनि दिने हजुर भनेर उसकै स्वर ठूलो हुने। लाजै नमानी तातोपानी जान पाएको भए निसाफ हुन्थ्यो भन्थे। सहायक कर्मचारीदेखि शाखा अधिकृत, उपसचिवको आममनोवृत्ति यस्तै। यस्तो आशक्ति र लोभ भएकाहरूसँग म आजित भैसकेको थिए। मन्त्रालयभित्र, बाहिर, राजनीतिज्ञ सबैबाट यस्ता स्वार्थपूर्ति गराउन दबाब आउँथ्यो। मेरो जीवनदर्शनले उनीहरुलाई रिझाउने अनुमति दिँदैनथ्यो। यी यस्तै कारणले 'झुक्नुभन्दा भाँच्चिनु बेस' भनेर थकाई मार्ने निर्णयमा पुगेको हुँ। भाँच्चिनुपर्ने के कस्तो अवस्था आएको थियो? - मैले जति सचिव र अर्थ मन्त्रीसँग काम गर्ने मौका पाएँ उहाँहरुले मेरो कार्यशैलीमा ठेस पुर्‍याउनुभएन। नेतृत्वको मप्रति एक किसिमको भरोसा र विश्वास थियो। त्यही भएर म जस्तोसुकै दबाबसामुन्ने झुकेको थिइन। बरु भाँच्चिन तयार थिएँ। नियम, कानुन मर्यादा धानेर बसेकै थिएँ। मुलुककै वरिष्ठमध्येका नेता भरतमोहन अधिकारी अर्थमन्त्री भएर आएपछि अवस्था अलिकति फरक भयो। उहाँले मेरो कार्यशैली अलि नरुचाएजस्तो लाग्यो। पुरक बजेटको तयारी भएको मैले अन्यत्रबाटै थाहा पाएँ। राम्रो लागेन। मन्त्री निवास र अन्य प्रभावशाली व्यक्तिकहाँ काम भइरहेको सुनेँ। बजेट महाशाखा प्रमुख बोधराज निरौला पनि म जस्तै अनभिज्ञ। तपाई र मन्त्रालयको 'सिष्टम'लाई बाइपास गरेर बजेट तयारी भएको रहेछ? - पुरक बजेटको मस्यौदा अन्यत्र भैरहेको सुनेपछि मैले केही सैद्वान्तिक धारणा राखेको थिएँ। मन्त्रीज्यूले मेरो पेशागत रायलाई असहयोग ठान्नुभएछ। बाहिर-बाहिरै तयारी भएछ। यसको मतलव नेतृत्वको मप्रति विश्वास रहेन। नेतृत्वले विश्वास नगरेपछि कसिङ्गर बनेर बसिरहन सुहाउँदैन। आफू सहि नै भए पनि असम्कदारी भैसकेपछि वादविवाद गर्नु मलाई उचित लागेन। जहाज क्याप्टेनको निर्णयले हाँक्ने हो। मन्त्री क्याप्टेन हो। उसलाई संकटमा पार्न खोजियो भने जहाज डुब्छ। त्यसैले म हिँडेको हुँ। शुद्धीकरणका लागि भित्रै बसेर संघर्ष गर्न सकिन्नथ्यो? - अर्थ मन्त्रालय बाहिरै तयार भएको पुरक बजेटको मस्यौदा मैले पाएँ। मलाई बाइपास गरिएको छर्लङ्गै थियो। मन्त्रीज्यू मेरो सम्मानित व्यक्ति। अझ मेरो नाता (श्रीमतीका काका) पनि पर्नुहुन्छ। अनुभवी र सुपठित उहाँलाई जानेको सुझाव दिऊँ भन्ने लाग्यो। उमेर, ज्ञान, अनुभवमा म उहाँभन्दा धेरै काँचो छु। तैपनि वितरणमुखी बजेटको मस्यौदा भयो (भन्ने थाहा पाएँ)। खर्च गर्न स्रोत पुग्दैन। यस्तो बजेट मुनासिब हुँदैन। म भनिरहने, उहाँले सुनिरहनुभयो। जवाफ दिनुभएन। पेशागत कर्तव्यअनुसार मैले दिएका सुझाव ग्रहण हुने अवस्था देखिएन। मैले असहयोग गरिरहेको छु भन्ने उहाँको धारणा मेटिएन। मन्त्रीको विश्वास नदेखेपछि उहाँलाई सजिलो बनाइदिनु मेरो कर्तव्य ठानेँ। पुरक बजेट मस्यौदामा के-के त्रुटी थिए? - पहिलो कुरा पुरक बजेट ल्याउन कति आवश्यक छ भन्ने हो। नयाँ सरकारलाई आफ्नो नीति नियमअनुसार कार्यक्रम ल्याउनै मन भए त्यसलाई अन्यथा मान्नु भएन। भलै आर्थिक वर्षको उत्तरार्द्वतिर ल्याइएका कार्यक्रम व्यवहारमा कार्यान्वयनको सम्भावना न्यून हुन्छ। त्यहाँमाथि बजेट असाध्यै वितरणमुखी थियो। प्रियतावादी कार्यक्रमले अर्थतन्त्रलाई दीर

timi_mero_sathi · Apr 3, 2011 9:57 AM · 15,551 views

15 Replies

continued from above.... पुरक बजेट मस्यौदामा के-के त्रुटी थिए? - पहिलो कुरा पुरक बजेट ल्याउन कति आवश्यक छ भन्ने हो। नयाँ सरकारलाई आफ्नो नीति नियमअनुसार कार्यक्रम ल्याउनै मन भए त्यसलाई अन्यथा मान्नु भएन। भलै आर्थिक वर्षको उत्तरार्द्वतिर ल्याइएका कार्यक्रम व्यवहारमा कार्यान्वयनको सम्भावना न्यून हुन्छ। त्यहाँमाथि बजेट असाध्यै वितरणमुखी थियो। प्रियतावादी कार्यक्रमले अर्थतन्त्रलाई दीर्घकालीन असर गर्छ। अर्थमा बस्न असहज भएको भए अरु मन्त्रालयमा सरुवा भएर काम गर्न पनि त सकिन्थ्यो? - मन्त्रीले मप्रति विश्वास गुमाइसक्नुभएको हो। तर वर्षौदेखि मैले अर्थ मन्त्रालयमा काम गरेर जुन छवि बनाएको छु त्यसले सरकारलाई सरुवा निर्णय लिन त्यति सहज थिएन। मैले सरुवा माग्न सक्थेँ। ३१ वर्ष सरकारी जञ्जालमा बिताइसकेँ। मात्रा बढीघटी होला। लोभ, लालच र फाइदाका लागि मरिमेटेर हिँडेका झुण्डसँगको उही दिनचर्या सुरु भैहाल्थ्यो। देश सेवा गर्ने एकमात्र माध्यम निश्चय नै सरकारमात्र हैन। त्यसैले सरुवा वा अरु विकल्पबारे मैले बिचार गरिन। नक्क्ली भ्याट बिल प्रयोग गर्ने व्यापारी र युनिटी सञ्चालकमाथि भइरहेको कारबाही तुहाउन तपाईंलाई राजीनामा दिन बाध्य पारिएको विश्वास धेरैको छ? - मलाई त्यस्तो लाग्दैन। (नक्कली) भ्याट बील जघन्य अपराध हो। अर्थमन्त्रीले नै नक्कली बील नक्कली नोट सरह हो भनिसक्नुभएको छ। त्यसैले सरकार उनीहरुमाथि कारबाही रोक्न चाहन्छ भन्ने आरोप मलाई सत्य लाग्दैन। युनिटीले हजारौं आम नागरिकमाथि ठगी गरेको छ। यसका सञ्चालकलाई जोगाउने धृष्टता कसैले गर्न सक्दैन भन्ने लाग्छ। - भ्याट चोरीमा संलग्नलाई गर्ने सजायबारे मन्त्री तथा राजस्व सचिव र तपाईंको भिन्न धारणाले राजीनामाको अवस्था त आएको होइन? - मैले लिइरहेको अडान त्याग्न दबाब थियो भन्ने व्यापक चर्चा भइरहेको छ। आन्तरिक राजश्व विभाग नक्कली भ्याट बीलको अनुसन्धान गरिरहेको छ। मैले थाहा पाएसम्म मलाई मात्र हैन उनीहरुलाई पनि कुनै दबाब दिइएको छैन। भ्याट बीलमा तीन किसिमको कारबाही हुनुपर्ने मुद्दा छन्। कानुनमै स्पष्ट व्यवस्था भएकाले भोलिका दिनमा त्यसमा तलमाथि होला भन्ने आशंका म गर्दिन। एकथरि फर्मले हिसाबकिताब तलमाथि गरेर कर छली गरेका छन्। विश्वभरिको कर प्रशासनमा यो सामान्य प्रवृत्ति हो। आन्तरिक राजश्व कार्यालयले यसमा दण्ड जरिवाना असुलेर कारबाही टुङ्याउन सक्छ। अर्काथरि कर कार्यालयले मूल्याङ्कन गरेको यस्तो रकम तिर्न आनाकानी गरिरहेका छन्। बरु विभिन्न नक्कली कागजात बनाएर भुलाउने काम गरिरहेका छन्। यस्ता व्यापारीलाई जेल सजायसम्म गर्न सकिन्छ। अहिले फेला परेको डरलाग्दो अपराध भ्याट बील, सही, छाप, विवरण सबै फर्जरी पेश हुनु हो। यो राजश्व चुहावट वा कर छली हैन। राजश्वको डकैती हो। यस्तो अपराधमा राजश्व चुहावट ऐन र किर्ते कागजसम्बन्धी कारबाही गर्ने तयारी आन्तरिक राजश्व विभागले गरेको थियो। यस्तो जघन्य अपराधमा विभागका अधिकारीले सम्झौता गरेर खुकुलो निर्णय गर्लान् भन्ने विश्वास मलाई छैन। कानुनले हदैसम्म सजाय तोकेको अपराधमा कसैले घटाउने दुस्साहस नगर्ला। तपाईंको राजीनामाले संसद् अवरुद्व छ। मन्त्रीले तपाईंलाई फर्कन अनुरोध गर्नुभएको छ, पुनर्विचार गर्नुहुन्न? - मलाई यो सबै घटनाले दुखी बनाएको छ। एउटा सामान्य कर्मचारीको राजीनामाले ज्यादा महत्व पाएको छ। फर्कने गरी मैले राजीनामा गरेको हैन। कोही पनि मानिस सिष्टममा अपरिहार्य हुँदैन, त्यस्तो बनाउनु पनि हुँदैन। मैले जहाँ-जहाँ काम गरेँ त्यो निकायमा सकेसम्म पद्दति बसाल्ने प्रयास गरेको छु। महालेखा नियन्त्रकको सहसचिवको रुपमा सरकारी हिसाब-किताब प्रणालीको जुन थिति बसाल्न काम गरियो त्यसले अहिले पनि मलाई सन्तुष्टि दिन्छ। अर्थमा आएपछि पनि हामीले सबै विभाग र महाशाखाको कार्यसञ्चालन निर्देशिका बनाएका छौँ। जो आए पनि त्यही बिधिअनुसार गर्ने हो। कोही हुनु र नहुनुले फरक पर्नुहुँदैन। अर्थको संयन्त्र बलियो पनि छ। मेरो प्रस्थानले त्यो अझ मजबुत भएर जाने आशा लिएको छु। निजामती प्रशासनमा धेरैले रोल मोडल मानेका तपाईं हिँडेपछि सरकारी जागिरमा असल मानिसको विकर्षण हुँदैन? - म झुकिन। छाडेर हिँडे। प्रशासनयन्त्र बलियो होस् भनेर सबैतिरबाट आबाज उठिरहेको छ। अहिले कर्मचारीको मनोवल उच्च भएको हुनुपर्छ। यसले जागिरमा भएका र आकांक्षीहरुलाई उत्प्रेरित गर्छ जस्तो लाग्छ। पेशागत धर्ममा बस्नुपर्छ भन्ने माहौल सिर्जना भएको छ। मैले त उज्यालो सम्भावना देखेको छु। आजै राजश्व सचिव कृष्णहरि बास्कोटाले फोन गर्नुभएको थियो। अनुभवी र सिपालु हुनुहुन्छ, सरकारले सायद उहाँलाई नै मेरो ठाउँमा ल्याउला। 'तपाईले राजीनामा दिएकाले मेरो आत्मबल बढेको छ, अब म पनि झुक्दिन, बरु भाँचिन तयार हुन्छु' भनेर वचन दिनुभएको छ। अनुचित दबाबमात्र कम भए प्रशासन धेरै सुधि्रन्छ। मेरो राजीनापछि उत्पन्न माहोलले धेरैलाई सुध्रने मौका र प्रेरणा मिल्छ भन्ने आशा र विश्वास मैले लिएको छु। विश्वामित्र ऋषि रत्नाकर डाँकु थिए। त्यसैले प्रशासनयन्त्रमा धेरै सुधार हुने आशा छ। तीन दशक लामो सरकारी सेवामा बटुलेको अनुभवलाई सरकारले अन्यत्र कतै प्रयोग गर्न त सक्ला नि? - म त्यसमा पनि इच्छुक छैन। सरकारमा बसिरहने अलिकति पनि इच्छा भएको भए म डेढ वर्ष अर्थ मन्त्रालयमै कटाइदिन सक्थेँ। दैनिक प्रशासन सञ्चालन गरेर विदेश घुमेरै मात्र पनि जागिर खान सकिन्थ्यो। आफूले गर्न सक्ने उच्चतम काम गरेरै म बाहिरिएको हुँ। सरकारले अब संवैधानिक निकाय वा राजदुत वा सार्वजनिक संस्थानमा मात्र तपाईको अनुभव उपयोग गर्न पाउने भयो? - सरकारी ढुकुटीबाट तलव खाने कुनै पनि नियुक्ति नलिने अठोट गरेर म बाहिरिएको हुँ। मेरा लागि कुनै पद ठूलो वा सानो हुँदैन। काम नै पूजनीय हो। त्यसैले कुनै सरकारी ओहोदाको लालसा ममा छैन। कर्मचारी संगठन र शक्तिको दलाली गर्ने उच्च प्रशासक, राजनीतिक दलका नेता/कार्यकर्ताको दबाबले पनि तपाईंमा निराशा आएको हो? - हाम्रा कर्मचारी युनियन शैशवकालमा छन्। उनीहरुले धेरै सिक्न बाँकी छ। कुनै पनि संस्थाको विकासमा केही वर्ष लाग्नु स्वाभाविक हो। संगठनको जीवनमा सिक्ने समय लामो हुन्छ। संगठनहरुको भूमिका के हो भन्ने विषयमा उनीहरु नै प्रष्ट छैनन्। सामूहिक सौदाबाजी भन्दा व्यक्तिगत स्वार्थसिद्विमा उत्रिएको ताजा उदाहरण नै छन्। प्रधानमन्त्रीले सरुवा नगर भन्ने आदेश दिँदादिँदै कर्मचारी संगठनको दबाबले वन विभागले फागुन अन्त्यमा ठूलो लट् सरुवा गर्‍यो। भन्सार विभाग महानिर्देशकलाई रातविरात घेरा हालेर सरुवा निर्णय गराइएको मैलेपछि मात्र थाहा पाएँ। सचिव/सहसचिव राजनीतिक नेता कार्यकर्ता र कर्मचारी युनियनको दबाबमा 'स्याण्डविच' भएका छन्। तर यस्तो दबाब झेल्न नसकेर मैले राजीनामा दिएको भने किमार्थ हैन। यस्ता दबाबसँग वर्षौंदेखि जुध्दै आएको हुँ। राजाको शासनकालमा सेनाले गम्भीर धम्की दिँदा समेत म पिठ्युँ देखाएर भागिन। विभागीय मन्त्री प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री सूर्यबहादुर थापासमक्ष गम्भीर आपत्ती जनाउनुभयो। रक्षा मन्त्रालय पनि हेर्ने प्रधाानमन्त्री थापासँग सेना कर्मचारीमाथि जाइलाग्ने हो भने राजीनामा दिन्छु भनेर चुनौती दिनुभयो। अहिले मन्त्रीले मेरो व्यावसायिकता, पेशागत कर्तव्यप्रति विश्वास नगरी मैले असहयोग गरिरहेको आशंका गरेकाले नै जागिर छाडिहाल्ने निर्णय लिएको हुँ। शाखा अधिकृतसम्मका कर्मचारी संगठित रहने युनियनले कुन शक्तिको आडमा प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिव र विभागिय प्रमुखलाई दबाब दिने आँट गर्छन्? - युनियन राजनीतिक पार्टीसँग आवद्द छन्। यिनीहरुको कार्यशैली पनि कलकारखानाको मजदुरको जस्तो छ। रोजगारदाता सरकार र कर्मचारी युनियनको अन्तरसम्बन्धबारे यथेष्ठ विश्लेषण भएको छैन। मिल मालिक र मजदुरको जस्तो सम्बन्ध निश्चिय पनि हैन। बाजुराको कुनै गाउँमा रहेको स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगीले डाक्टरको काम गरिरहेको छ। त्यहाँका विरामीका लागि ऊ नै सरकार हो। त्यसैले जुनसुकै ओहोदाको मानिस सरकार हो। त्यसैले सरकारी युनियनसँग मजदुरको ट्रेड युनियन जस्तो संघर्ष कार्यक्रम ल्याउने अधिकार नहुनुपर्ने हो। कर्मचारीले सिंहदवार घेराउ हाल्न पाइँदैन भनेर हामीले युनियनका पदाधिकारीलाई बुझाउन सकेका पनि छैनौँ। युनियनको भूमिका पुर्नर्संरचना गर्ने विषयमा युनियनका असल नेताहरु सहमत पनि छन्। अवकाशप्राप्त जीवन कसरी बिताउने योजना बनाउनु भएको छ? - सामान्य नागरिकझैँ। नेपालीहरु अरबको खाडीमा पसिना चुहाउन जान्छन्। देशलाई गाली गर्दै अमेरिकाको ग्रिनकार्ड वा युरोप, अष्ट्रेलियाको 'पिआर' लिन्छन्। त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्ने कुनै सानो काम गर्नुपर्छ भन्ने तिर्सना छ। त्यसका लागि आफ्नै बलबुताले जे गर्न सकिन्छ गर्नुपर्ला। यही गर्ने भनेर सोचेको छैन। शेष जीवनमा आफूले गरेको कुनै कामले कम्तीमा सय जना नेपालीको मुहारमा मुस्कान ल्याउन सकियोस्। म त्यस्तै कामको खोजीमा छु। प्रतिक्रियाहरू (1)

timi_mero_sathi · Apr 3, 2011 10:42 AM

Can some economist explain what this PURAK budget means??

sidster · Apr 3, 2011 10:55 AM

Purak slc parikshya bhane jastai hola sidester bro, feri hya cha purak pani fail bho bhandai chan, aba ek barsa loss hune jastai situation hune hola bhanne hamro bhanai ho :)

Fat beast · Apr 3, 2011 11:23 AM

When a full budget is not passed or was not able to produce in that case to run the government needs money to flow and a simple version of budget is produced which is complementry budget. What ever it is will be blended to yearly National Budget.

Syanjaali · Apr 3, 2011 11:25 AM

Hola hola Yo bhojpure01 le bhanya Pailo kuro ho ki jasto lagyo... Slc ma ni compart compart bhanthe, Tei complementary lai bhanya hunu parcha

Fat beast · Apr 3, 2011 11:31 AM

Thanks guys..balla bujhiyo...Nepali vocabulary ma alik kamjor nai chu ma...lol

sidster · Apr 3, 2011 11:38 AM

Syanjaali, What you have written is Advance budget/expenditure (nepali ma 'peski karcha). Purak budget is Supplementary budget. I hope the meaning of 'supplemtary' will make it clear.

nepalilaure · Apr 3, 2011 11:48 AM

Hoho supplementary chai ho... Supplementary po bhanchan kyere tyo fail hune le dine lai

Fat beast · Apr 3, 2011 12:39 PM

गाली गर्न पाये मात्र तयार देखिन्चन, रचनात्मक् कार्य को लागि कोइ अगाडि नाऔने? जातिबादी पन्डित् हरुले एही मौका मा उजुरी हाले हुने नि।

timi_mero_sathi · Apr 3, 2011 7:00 PM

ल इ खनाल येसरि आएछन रिपोर्टअर्स क्लब को साक्छ्यत्कार मा, नाटक गरेको हो कि साचै का इमान्दार हुन? बाहुन देख्ने बित्तिकै तीन बित्ता माथि उफ्रेर आमाचकारि गाली गर्ने साझा का जातिबादी पन्डित हरु मौका मा चौका हान्नुस् ताकत छ भने पर्दाफास गर्नुस् इन्लाई, होइन भने हाबादारि गफ हान्न छाड्नुस्, गएर आफ्नो अनुहार हेर्नुस् ऐनामा, यहाँ आएर बिख बमन गरेरसमाज दुशित बनाउने काम नगरनुस्    

timi_mero_sathi · Apr 4, 2011 10:15 AM

mero sathi bro. What r u trying to prove urself posing such thread? Are u bahun? Are u trying to say that all the bahuns are pure from wat u r thinking? I don't know what are u thinking about the cast But I never discriminate cast. No offense No cast is bigger and smaller its the intense of racism. We all are sticking in "bahunbaad" not in bahun or some other cast.  Be happy what cast u belong to.  Your post resembles wat u r. Just be friendly like ur name- timi mero sathi. Be positive bro.  Lets make sajha better place bro.  anyway ur post will help some people think about who really hates bahun. 

gorkhali keto · Apr 4, 2011 11:08 AM

I appreciate you comment gorkhali bro, I also dont believe in cast. But I find people here relate certain action to one cast. It is not necessary for me to be bahun to point certain peoples prejudic towards bahun. Our society is made up of different casts, and some people are following Goebbels styles of propoganda against bahuns which I feel is not appropriate. As a responsible Nepali I am just trying to tell people be solid to your claim and act if you know someone is playing against law. But some of us just come here to blabber .We are 30 million how many of us come to sajha say 50, 000 and those who come to sajha are well off ( in nepali sense, environment) and educated people. When you are grown up and educated country expects much from you. Instead of acting responsibly we are spreading hatered towards one of the cast of our country. Now the country is republic, We have rights  one can act and contribute responsibly. I am neither supporting nor hating any cast  but just asking to those people "hey dont blame anyone, if you have evidence act, there is judicial system, "akhtiyar" etc, Have you heard the story of "blind men and elephent"? people are acting blind men here let me reproduce the story here It was six men of Indostan. To learning much inclined, Who went to see the Elephant. (Though all of them were blind), That each by observation. Might satisfy his mind The First approached the Elephant, And happening to fall Against his broad and sturdy side, At once began to bawl: "God bless me! but the Elephant, Is very like a wall!" The Second, feeling of the tusk, Cried, "Ho! what have we here?  So very round and smooth and sharp? To me 'tis mighty clear, This wonder of an Elephant Is very like a spear! The Third approached the animal, And happening to take The squirming trunk within his hands, Thus boldly up and spake: "I see," quoth he, "the Elephant. Is very like a snake!" The Fourth reached out an eager hand, And felt about the knee. "What most this wondrous beast is like Is mighty plain," quote he; " 'Its clear enough the Elephant , Is very like a tree!" The Fifth, who chanced to touch the ear, Said: "E'en the blindest man can tell what this resembles most; Deny the fact who can This marvel of an Elephant. Is very like a fan!" The Sixth no sooner had begun, About the beast to grope, Than, seizing on the swinging tail . That fell within his scope, "I see," quote he, "the Elephant, Is very like a rope!" And so these men of Indostan. Disputed loud and long, Each in his own opinion. Exceeding stiff and strong, Though each was partly in the right, And all were in the wrong! My request to those people  is "Please dont act like blind men, dont disturb social harmony. society is more important then your perception and if there is fact, please use that fact Thanks Last edited: 04-Apr-11 04:50 PM Last edited: 05-Apr-11 09:14 AM

timi_mero_sathi · Apr 4, 2011 4:36 PM

गोर्खाली भाई, तिमी मेरो साथी चाँही बाहुन हो कि होइन थाहा भएन, तर म चाँही हुँ । तपाईंले यहाँ तिमी मेरो साथीले बाहुनको बढ्याई गरेको चाँही देख्नु भयो तर सिमित केही व्यक्तिले नराम्रो काम गरे भन्दैमा जातीमाथी खनिएकाहरुलाई देख्न सक्नुभएन । बाहुनबाद भनेर भन्नुभयो तर त्यसलाई कसरी बुझ्नुभएको छ थाहा भएन । हामीलाई सरल भाषामा बुझाईदिनु हुन्छ कि? मेरो प्रश्न अलि लामै छ, फुर्सद मिलेमा हेर्ने कष्ट गर्नुहोला । http://sajha.com/sajha/html/Op...      

Geology Tiger · Apr 4, 2011 5:37 PM

एउता बाहुन ले बदमासी गर्‍यो भनेर ,सबै बाहुन लाई भन्ने ,एउता मदिसे भ्रस्त भयो ,एउता ज्यापु भ्रस्त भयो भनेर सबैलाई लाई जाती बादी शब्द प्रयोग गरेर लेख्ने हिजडा हो | अगाडि सामना गर्न न् सकेर साझा मा आएर जथाभाबी लेख्नेलाई अझ त्यो भन्दा तल के लेख्ने हो थाहा भएन |

Lahari · Apr 4, 2011 7:27 PM

ल इ खनाल त आफ्नो काम मा निकै अड्दी लिने  मान्छे रहेछन, नेपाली नेता हरु राज्दुताबास धौछन, इन्ले  त चाइनिज राज्दूत  सँग पनि आफ्नो कुरा मनाएरै छोडेछन एस्ता मान्छे लाई पनि उस्ले भनेको, तेस्ले सुनेको, भन्दै पाखुरा सुर्कदै आरोप लगाउन तम्सने हरु ले कस्लाई फाईदा पुराइ रहेका छन कुन्नी, कही कर छल्ने का मतियार त होइनन तिनी हरु ? म त तेस्ता मान्छे लाई फेरी challenge गर्छु, हिम्मत छ भने प्रमाण शाहीत  इन्को पर्दफस गरम, होइन भने राम्रो काम गर्ने को किन बिरोध गर्ने? काग ले कान् लाग्यो कसैले भन्यो भने कान नछामिक्न  काग को पछाडि दौदने किसिम को बिद्द्वन किन बन्ने ? तलको कुरा साचो हो भने इन्ले त निक्कै हिम्मत गरेक रहेछन , चमेलियामा ६५ करोड राजस्व छली     काठमाडौ, चैत्र २१ - चमेलिया जलविद्युत् आयोजना निर्माणमा संलग्न ठेकेदार कम्पनी चाइना गेजाउ वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड -सीजीडब्लूजीसी) ले ६५ करोड रुपैयाँ बराबरको सामान खरिद गरेको नक्कली बिल बनाएर राजस्व छलेको भेटिएको छ । ठेकेदारले आर्थिक २०६५/६६ देखि गत मंसिरसम्म २ अर्ब १९ करोड रुपैयाँ बराबरको खरिद देखाएको थियो । 'बिलको ३० प्रतिशत त नक्कली खरिद रहेछ,' ऊर्जासम्बद्ध स्रोतले भन्यो । आन्तरिक राजस्व विभागले अनुसन्धानबाट नक्कली बिल प्रमाणित भएपछि मूल्य अभिवृद्धि कर -भ्याट) बापत १९ करोड रुपैयाँ तिराउने निर्णय गरी आयकर निर्धारणका लागि ठूला करदाता कार्यालयमा फाइल पठाएको छ । नक्कली बिलमा उल्लेख अंकमा १३ प्रतिशत भ्याट र शतप्रतिशत जरिवाना जोडेर उक्त रकम निर्धारण गरिएको छ । अब बिलको अंकमा २५ प्रतिशत आयकर, शतप्रतिशत जरिवाना र ब्याज जोडिन्छ । 'ठेकेदारले तिर्नुपर्ने करिब ५० करोड रुपैयाँ हुनेछ,' स्रोतले भन्यो । दार्चुलाको बलाचमा बनिरहेको चमेलिया आयोजना समयमा नसकिने देखिएपछि विद्युत् प्राधिकरणले बोर्ड सञ्चालक समिति सदस्य मुकेश काफ्लेको संयोजकत्वमा अध्ययनसमेत गरेको थियो । काफ्लेको अध्ययनले भने काम हुन नसक्नुको कारण र अहिलेसम्म भएको भुक्तानीको अवस्था अध्ययन गरेको थियो । भुक्तानी भइसकेकोमध्ये करिब ५० करोड रुपैयाँ अस्वाभाविक देखिएको अध्ययन प्रतिवेदन प्राधिकरण बोर्डलाई बुझाएको छ । 'पावरहाउस बनेको ठाउँको भिरालो जग्गा व्यवस्थापनमा खर्च गरिएको भनिएको ४० करोड र बाढी सफा गरेको भनिएको १० करोड रुपैयाँको भुक्तानी अस्वाभाविक देखिएकाले परामर्शदातालाई पुनरावलोकन गर्न भनिएको छ,' काफ्लेले भने । काफ्लेले अध्ययन गर्दा नक्कली बिलबारे नबुझिएको तर कर छली भएको प्रमाणित भए प्राधिकरणले गम्भीरतापूर्वक लिने बताए । 'नक्कली बिलमार्फत कर छली भएको प्रमाणित भए कम्पनीलाई कालोसूचीमा राख्न सकिन्छ,' उनले भने । ठेकेदार कम्पनीले बन्दका कारण खर्च बढेको भन्दै थप ६० करोड रुपैयाँ मागेको छ । मागबारे प्राधिकरणले छानबिन गरिरहेकाले अझै भुक्तानी हुन बाँकी छ । ठेकेदारले कम्पनीले राजस्व छलीको अनुसन्धानका लागि बोलाउँदा सुरुमा अटेर गरी चिनियाँ दूतावास गुहारेको थियो । तर अर्थसचिव रामेश्वर खनालले राजदूतलाई भेटेर राजस्व छल्नु हदैसम्म जालसाजी भएको जनाई अनुसन्धानमा सम्झौता नहुने भनेपछि ठेकेदार कम्पनी बयानका लागि हाजिर भएको थियो ।  सञ्चालक समितिको बैठक बस्न नसकेका कारण उसको दाबीमा निर्णय हुन सकेको थिएन । यसैबीच ठूलो परिमाणमा नक्कली बिल प्रयोग गरी खर्च बढी देखाएको जानकारी अर्थले गराएपछि उसले भुक्तानी पाउने सम्भावना टरेको थियो ।  ठेकेदारले आयोजना निर्माणस्थलभन्दा करिब नौ सय ६० किलोमिटर दूरीमा रहेको राजधानीबाट सिमेन्ट, छड, काठलगायत निर्माण सामग्री खरिद गरेको बिल भेटिएपछि अनुसन्धान सुरु गरिएको थियो । 'ठेकेदारले ६१ वटा र्फमका नामका नक्कली बिल प्रयोग गरेको पाइयो,' सम्बद्ध स्रोतले भन्यो । ठेकेदारले सुरुमा नक्कली बिल बिक्रेतासँग बिल खरिद गरी पछि आपै+mले छपाएर तयार गरेको पाइएको छ । सामग्री खरिद गर्ने कम्पनीको पनि बिल आफैंले छापेर खरिद बढी देखाएको छ । 'उसले सामान खरिद गर्ने धनगढी र महेन्द्रनगरका हार्डवेयर पसल र पेट्रोल पम्पका बिल आफंैले छापेर बढी खरिद देखाएको पाइयो,' सम्बद्ध स्रोतले भन्यो । यस्ता बिल ९ करोड रुपैयाँभन्दा बढीको भएको स्रोतले जनाएको छ ।       उसले तीनकुने, कोटेश्वर, चाबहिलस्थित मिलहरूबाट काठ किनेको बिल बनाएको थियो । 'काठ मिलले सर्वसाधारणलाई बिल नदिई बिक्री गरेको परिमाण बराबरको बिल चमेलियाको नाममा काटेर दिएको फेला पर्‍यो,' सम्बद्ध स्रोतले भन्यो । नौवटा काठ मिलका ५ करोड रुपैयाँका यस्ता बिल फेला परेको छ ।  नक्कली बिल प्रकरणसँगै ठेकेदार कम्पनीको काम पनि सन्तोषजनक देखिएको छैन । सन् २०११ डिसेम्बरसम्म निर्माण पूरा हुनुपर्ने ३० मेगावाट क्ष्ामताको यो आयोजना कम्तीमा दुई वर्ष लम्बिने प्राधिकरणका एक उच्च अधिकारीले बताए । टनेल खन्ने काममा कमजोर भूबनोटका कारण समस्या भइरहेको छ । ५ सय मिटर टनेल कमजोर माटोमा भएकाले एक दिनमा एक मिटरमात्रै खन्न सकिएको छ । यसबाट कम्तीमा दुई वर्ष ढिलाइ हुने अनुमान छ । यसै भूबनोटका कारण आयोजना सञ्चालन हुन १० महिना ढिला भएको थियो भने थप ७० करोड रुपैयाँ व्ययभार परेको थियो । यसबाट करिब ३ अर्ब रुपैयाँको आयोजनामा थप १ अर्ब भार थपिने अवस्था छ । प्रकाशित मिति: २०६७ चैत्र २२ ०८:०१

timi_mero_sathi · Apr 5, 2011 9:32 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all