म शब्दको युद्ध लडाउने मान्छे म शब्दको युद्ध लडाउने मान्छे शब्दै शब्दको संबिधान बनाउन बन्दुक ले होइन कलमले रगत होइन म मसि बगाउने मान्छे चौध हजार लासको थुप्रोमा होइन साढे तीन करोड नेपालीको मनमा म झन्डा फहराउने मान्छे म शब्दको युद्ध लडाउने मान्छे मेरो युद्ध कुनै राजा या उसको सरकारसंग होइन कुनै बिदेशी तत्व या उसको सरोकारसँग पनि होइन कुनै जाति , धर्म, संघ या कुनै संस्थासंग पनि होइन मेरो युद्ध पानीमाथिको ओभानो बन्नेहरुसंग हो मेरो युद्ध बन्दुक बोकिबोकी संबिधान बनाउछु भन्नेहरुसँग हो बन्दुक बोकेर त कुकुरले पनि संबिधान बनाउछ मेरो युद्ध मान्छे भएरपनि कुकुरले जस्तै भुक्नेहरुसंग हो चुनाव को एकमहिना नाटक गरेर पाच वर्ष काठमाण्डुमा लुक्नेहरुसंग हो तेस्ता भुकुवा र लुकुवाहरुलाई म प्रस्नको गोलि चलाउने मान्छे शब्दरूपी क्रान्तिको बिगुल फुक्दै म शब्दको युद्ध लडाउने मान्छे म शब्दको युद्ध लडाउने मान्छे
abhisapta · Apr 2, 2011 8:59 PM · 14,103 views
अर्को एउटा मिठो रचना, धन्यवाद!
Geology Tiger · Apr 3, 2011 8:22 AM
You make my day bro
amricane · Apr 3, 2011 9:28 AM
Thank you Geology Tiger and Amricane Sathi!
abhisapta · Apr 3, 2011 10:25 AM
daami!!
solosolo · Apr 5, 2011 12:03 AM
Thank you solosolo!!
abhisapta · Apr 9, 2011 5:50 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion