'सार्वजनिक स्थानमा प्रहरी पोशाक लगाएर हिड्न पनि गार्हो भईसक्यो'- IGP, Nepal police

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रहरीको आचरणले संगठनको बेइज्जत भयो- केपी ढुंगाना, काठमाडौं, चैत १९- प्रहरी महानिरिक्षक रमेशचन्द ठकुरीले उपत्यकाका प्रहरी कार्यालयका प्रमुखहरुलाई भेला गरेर अपराध नियन्त्रणको जिम्मेवारी पाएको प्रहरी संगठनका सदस्य आफैं अपराध अपराधमा संलग्न हुँदा संगठनको बेइज्जत भएको गुनासो गरेका छन्। [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> काठमाडौं, ललितपुर, भक्तपुरका प्रहरी निरिक्षकदेखी एआईजीसम्मलाई प्रधान कार्यालयमा भेला पारेर उनले गुनासो गरे- 'गम्भिर प्रकृतीका अपराधमा समेत प्रहरीनै संलग्न हुँदा प्रहरी हुँ भन्न पनि लाज लाग्न थाल्यो।' करिव ४० जनालाई डेढ घन्टासम्म एकोहोरो निर्देशनदिंदै महानिरिक्षक चन्दले जेलमा रहेका कैदी भगाउनेदेखी लिएर गम्भिर प्रकृतीका हत्या र संगठीत अपराधहरुमा समेत प्रहरीको संलग्नता देखिनुले संगठनको साख गिर्दै गएको बताए। भेलामा सहभागी प्रहरी अधिकारीका अनुसार उनले केन्द्रिय कारागारका बन्दी युनुस अन्सारीमाथी जेलभित्र गोली प्रहार हुनु र उपचारका लागी अस्पताल लगेका कैदी फरार भएकाले घटनाले प्रहरी संगठननै बदनाम भएको बताएका थिए। 'जनताको मनमा शुरक्षाको प्रत्याभुती गराउनुपर्नेमा प्रहरी देखेपछि तर्सिनुपर्ने अवस्था बनिसक्यो' चन्दले भने-.'सार्वजनिक स्थानमा प्रहरी पोशाक लगाएर हिड्न पनि गार्हो भईसक्यो।' अपराधमा प्रहरीको बढ्दो संलग्नता नियन्त्रणका लागी स्थायि संरचनाको विशेष प्रहरी अदालत गठन गरी कार्वाही प्रकृया अगाडि बढाउने तयारी गरेको जानकारीदिंदै चन्दले जघन्य अपराधमा संलग्न हुने प्रहरीलाई संगठनवाट निकाल्ने र आर्थिक अपराधमा संलग्न हुनेहरुलाई कार्वाहीका लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने चेतावनी दिएका थिए। ...अनुशासन कायम भएन,विभागीय अनुशासन उलंघन भइरहेको छ, चेन आफ कमान्ड छैन, कमान्ड कन्ट्रोल छैन, संगठनमा गोप्यता भन्ने चिज भएन'अधिकांश समय प्रहरी आचरणको आलोचनामा समय खर्चिएका उनले भने-.'कतिपय कुरा मैले पनि पत्रिका पढेर थाहा पाउनुपर्छ। संगठन प्रमुखलाई जानकारी नगराउने परम्परा बढेको छ।' भेलामा सहभागी एक प्रहरी अधिकृतका अनुसार काम गर्नभन्दा पनि पैसा कमाउन सरुवा हुने प्रतिष्पर्धा बढेकोमा उनले चित्त दुखाएका थिए। सरुवा हुन पाएको छैन, आचरण विपरित काम गरेर बदनाम हुने प्रहरीको संख्या बढ्दै गएको बताउंदै उनले भने... कार्यालयको नेतृत्वको जिम्मा पाएपछि कसरी राम्रो काम गर्ने भन्नेमा पनि कसरी पैसा कमाउने भन्नेमा ध्यान दिन्छन्, अनी कसरी संगठनको छवी माथी उठ्छ।' उनले एक्लो ब्यक्तिले संगठनको छवी जोगाउन नसक्ने बताउंदै सबैलाई संगठनको आचरणमा बसेर काम गर्न निर्देशन दिएका थिए। बयानमुखी अनुसन्धानपद्धती त्यागेर प्रमाणमुखी अनुसन्धान अगाडि बढाउन निर्देशनदिंदै उनले चेतावनी शैलीमा भने...कसैले गलत काम गरेका अब अख्तियारवाट कार्वाही हुन्छ, नेताको आर्शिवाद छ भनेर दंग नपरेहुन्छ, गलत काम गर्ने जोकोहीलाई पनि अब छोड्दिन।'  http://nagariknews.com/society...

Smooth · Apr 1, 2011 8:36 PM · 2,262 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all