मेरो देशको नया मलामी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 मेरो देशको नया मलामी      मेरो देशको नया मलामी  थप्पड खादै आयो उही ड्यांग बाट  उही रंग बाट रातै रंग बोकेर उही मन्त्र खोकेर  दाजुभाइले जे भन्थे  उही नारा लगाउदै  दाजुभाइले लडाई गर्दा उसले थपडी बजाउदै पहिलेका जोगीले गोली खायेथे ऊ थप्पड खादै आयो ठ्याक्कै उस्तै मोहनी लगाउदै "संबिधान बनाउछु!!" चिच्याउदै आयो नेपाललाई सम्पन्न बनाउने उही ढोल बजाउदै आयो मेरो देशको नया मलामी  थप्पड खादै आयो     बिचित्रको ढोल त्यो उसको श्रीमतीले सुन्लिन् आमा बुबा दाजुभाई  ससुरालीले पनि सुन्लान् सिंहदरबारले सुन्ला जिविस र गाबिस भवनहरुलेपनि सुन्लान् नया दिल्ली र बेइजिंगले पनि सुन्ला तर, नेपालले कहिल्यै सुन्न नसक्ने ढोल बजाउदै आयो   मेरो देशको नया मलामी  थप्पड खादै आयो     २००७ मा ल्यायौं भन्थे छयालीस मा पनि ल्यायौं भने '६३ मा त ल्याउन भनी म पनि पछि लागें  अझैपनि ल्यौनैछ भन्छन खोई कहिले ल्याउने हो? बलिदान अझै पुगेन रे! अझ कति लास चाहिने हो? ऊभो त कहाँ हो कहाँ हो, देश ऊधो गैसक्यो शान्ति, न्याय, सुरक्ष्या, सुशासन सपना जस्तै भैसक्यो संबिधान दाजै, शहिद बनाइए अनि, ज्ञानेको हातमा किरिया थमाइये  पद्लोभी नेताहरुलाई  संविधानको काट्टो खुवाइए  ए काट्टो खानेहरु सुन, काट्टो नाखानेहरु पनि सुन, ए बन्दुक बोकेकाहरु  अनि नाबोकिकनै, बोकेको भन्नेहरुपनि सुन, कांग्रेस कम्युनिस्ट जनमोर्चा सुन, साना ठुला सबै, नेताहरु सुन, मेरो देशको नया मलामी  ढोल बजाउदै आयो मेरो देशको नया मलामी  सपना देखाउदै आयो मेरो देशको नया मलामी  थप्पड खादै आयो

abhisapta · Apr 1, 2011 1:01 PM · 29,152 views

22 Replies · Showing 21 - 22
Page 2 of 2

समय सापेक्च्य कबिता  अभिसप्त जि राम्रो लाग्यो

timi_mero_sathi · Apr 2, 2011 5:42 PM

 Dherai dhrai dhanyabad sathi!!

abhisapta · Apr 9, 2011 5:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all