नेपाली जनता होस् तँ जनता होस् तँ, नेपालको जनता सतिले सरप्या देसलेपनी सरापेको युगले भुल्या देशलेपनी भुलेको अधिकार लुछिएको सिउँदो पुछिएको आफ्नैबाट लुटिएको गोलीले भुटिएको ठगिएको ढातीयेको स्वार्थ संग साटिएको नेपाली जनता होस् तँ! ब्युझिनेबित्तिकै बिर्सिजाने सपना होस् तँ! तैले भोक लग्यो भनिस रे ! खडेरीले बाली सप्रेन भकारी रित्तियो भनिस रे ! तैले पुराना कपडा च्यातिए भनिस रे ! ऋणको ब्याजले पैसा सकियो जाडो भयो भनिस रे ! तैले जागिर चाहियो भनिस रे ! मन्त्रीको साला बेरोजगार थियो पुरानो जागिर खोसियो भनिस रे ! तैले सुरक्ष्या चाहियो भनिस रे ! छोरीकोबिहेलाई गहना किनेको बाटोमै लुटियो भनिस रे ! तैले प्रजातन्त्र चाहियो भनिस रे ! सरकारको निर्णयको बिरोध गरेको थानामै कुटिए भनिस रे ! मुर्ख!! मुर्ख जनता होस् तँ ब्युझिनेबित्तिकै बिर्सिजाने सपना होस् तँ नेपाली जनता होस् तँ झन्डै ३०० साल देखि नारायणहिटी र सिंहदरबारमा नाचेका हरेक शाह र राणाहरु संगै बालुवाटारमै बसीबसी मेची र महाकालीसम्मै मिठो हुनेगरी बोल्ने हरेक कोइराला, भट्टराई, र देउबाहरु संगै आठ हजारको सेनालाई चालिस हजार भन्ने गणितमा फेल्हुनुपरने विद्वान प्रचण्ड र इन्जिनियर बाबुराम संगै हरेकपल्ट, नया नेपाल बन्दै आएको छ अनि ति सबका परिवार, ससुराली भाइभारदार अनि कार्यकर्तापनि बन्दै गएका छन् खोइ? खोइ तेरो व्यथा कुन नेपालले? कहिले? बुझ्यो र यो नेपालले आज बुझ्ने बन्दुक्मात्रै बोल्ने देशमा तेरो भोको पेट कराएको खोइ? कुन नेपालले? कहिले? सुन्यो र यो नेपालले आज सुन्ने सिंहदरबारको कुर्सि किन्न सबैले लुट्ने सार्वजानिक खजाना होस् तँ ब्युझिनेबित्तिकै बिर्सिजाने सपना होस् तँ सोझो अनि मुर्ख नेपाली जनता होस् तँ Last edited: 01-Apr-11 12:57 PM
abhisapta · Apr 1, 2011 11:56 AM · 11,767 views
एकदमै राम्रो लाग्यो!!
lelin · Apr 1, 2011 12:02 PM
. Last edited: 01-Apr-11 12:10 PM
saaaj · Apr 1, 2011 12:05 PM
ho ho
saaaj · Apr 1, 2011 12:10 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion