America!!! what you have?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा के छ? Friday, 01 April 2011 12:15    अभय  युवायुवतीबीच आकर्षणमा गुरुत्वाकर्षणको दोष हुँदैन। अमेरिकाप्रति तेस्रो विश्वका मानिसको आकर्षणमा पनि सायद यसको दोष छैन। कुनै समय भुटानी शरणार्थी हेलाँका पात्र थिए। मोरङ र झापाका युवायुवती तिनलाई मान्छे गन्दैनथे। अमेरिकाले ठाउँ दिने भएपछि एकाएक उनीहरुको 'बजारमूल्य' बढ्यो। उनीहरुसँग बिहे गर्न युवतीहरु हत्ते गर्न थाले। संसारकै मानिस अमेरिका पुग्न हत्ते गर्छन्। नेपाललगायत तेस्रो विश्वका पठित नवयुवायुवतीलाई स्वदेश किन टियर ग्यासको पीरो धुवाँ भइरहेको छ? बतासमा फैलिएको कपुरको बास्नाजस्तो त्यस्तो के छ अमेरिकामा जसले उनीहरुलाई मोहनी लगाइरहेछ? चरम पुँजीवादले अमेरिकी सामाजिक, पारिवारिक मूल्य-मान्यता र मानवीय संवेदना प्रभावित छन्। तथापि सन् १४९२ मा कोलम्बसले पत्ता लगाएको अमेरिका संसारकै सपनाको राजधानी बनेको छ। रकेट गतिमा उसले गरेको प्रगति वर्णन गरिनसक्नु छ। तेस्रो विश्वका सचेत मानिसहरू अमेरिकी साम्राज्यवाद र हैकमवादलाई सत्तोसराप गर्छन्। तर, आफ्ना सन्तान त्यहाँ पढाउन वा एक पल्ट आफैँ पुग्न हत्ते गरिरहेछन्। अमेरिका पुर्‍याउने डीभी चिठ्ठाको आवेदन नभरेका सहरबासी मध्यम र उच्च वर्गका नेपाली कमै छन्। अमेरिका, नभए बेलायत, अस्ट्रेलिया, जापान, कोरिया, त्यति नभए खाडी मुलुकै भए पनि जान असफल युवकलाई आफन्त र छिमेकले मान्छे गन्न छाडिसके। १४ वर्षअघि अमेरिकाले डिभीको ढोका खोलेदेखि तेस्रो विश्वका नवयुवायुवतीको सपना र जपनै अमेरिका भएको छ। मानिसहरू अब खाँदा, चुठ्दा, हिँड्दा र पति-पत्नी 'एकान्त' प्राप्त गरिरहँदा पनि अमेरिकाकै जपना गरिरहेका छन्। आउँदो सन्तानले अमेरिकाकै भाग्य ल्यावस् भनेर होला। कतिपय नेपाली स्वनामधन्य कविले अमेरिकामात्र होइन, 'आदर्शनारी' हिलारी क्लिन्टनकै विरुदावलि गाएर महान् अमेरिकालाई धन्य बनाएका थिए। तिनको खुसामद वर्तमान विदेशमन्त्री हिलारी क्लिन्टनसम्म त होइन, महाराजगञ्जस्थित अमेरिकी दूतावाससम्म मुस्किलले पुगेको हुँदो हो। अमेरिका जान पाइन्छ भने बिहे हुन नसक्ने नातेदारबीच पनि बिहे भइरहेको हुन्छ। यहाँको सोह्र वर्षे पो त्यहाँकी सत्तरी वर्षे चाउरी बुढीको कमैया लोग्ने बन्न तयार हुन्छ। अठार वर्षे युवती त्यहाँको एड्सपीडितकी 'भित्रिनी' बन्न राजी हुन्छे। यहाँका कलाकार त्यहाँ कुक बन्न, डाक्टर ग्यास स्टेसन गार्ड र पत्रकार स्वीपर बन्न टाइसन शैलीमा प्रतिस्पर्धा गरिरहेका घटना सामान्य हुन्। तथापि, यदाकदा हुरीले ल्याउने समाचारको बाछिटामा ती गौरवशाली कलाकार, डाक्टर र पत्रकार बनेरै छाउने गर्छन्। करिश्मा मानन्धर र राजाराम पौडेल अमेरिकाबाट फर्केका छन्। कुनै पनि बेला उतै फर्कन पनि सक्छन्। कर्णदास, सपनाश्री, प्रेमराजा महत, पूजा चन्द, रोशन गुरुङ, सारंगा श्रेष्ठ, कृष्टि केसी, सरोज खनाल, सूर्यमाला शर्माजस्ता नामी कलाकार त्यहाँ सामान्य मजदुरमात्र हुन्। अनुप थपलिया, गिरिश पोखरेल, सञ्जय घिमिरे, तारा रावल, शाश्वत पराजुली, तरुण पौडेल, विमल नेपाल, कृष्णहरि नेपाल, लेखनाथ भण्डारी, चन्द्र खतिवडाजस्ता पत्रकार अमेरिकामा पत्रकार होइनन्। के हुन्? तिनैले भनून्। सम्राट उपाध्यायलाई अपवाद मानौँ। नत्र राजव, गोविन्द गिरी प्रेरणा, हेमन्त श्रेष्ठ, भारती गौतम, मोहन सिटौला, होम सुवेदी, होमराज आचार्यको साहित्यिक परिचय त्यहाँ गुमनाम छ। अमेरिकामा रोजगारका प्रशस्त अवसरहरू छन्। कार, मोबाइल, जीवन बिमा र क्रेडिट कार्ड निम्न वर्गका मानिसका लागि पनि सुलभ छन्। चौँडा सडक, प्रशस्त खाली जमिन र हरियालीयुक्त अमेरिकामा मनोरञ्जन र विलासिताका अत्याधुनिक सामग्रीको ओलपोल छ। सल्मा हायक, एन्जेलिना जोली, जेनिफर एनिस्टन, जेसिका अल्बा, क्रिष्चियना अग्विलेरा, एलिसिया किज, मेडोना, नोराह जोन्स, लिन्डसे लोहान, क्यामरन डियाज, पामेला एन्डरसन, रिज विदरस्पुन, पेरिस हिल्टन, जुलिया रोबर्टस, हेल बेरी, हिलारी स्वांक, क्याथरिना जेटा जोन्स, डेमी मुर, ड्रिउ बेरिमोर, निकोल किडम्यान, केटी होल्म्सजस्ता बजारको मागअनुसार आफूलाई ढाल्नसक्ने कमनीय नायिका, गायिका त्यहाँ विलासिताका सामग्री बन्छन्। स्टेफी ग्राफ, अन्ना कुर्निकोभा, मार्टिना हिंगिस, मारिया सारापोभाजस्ता टेनिस सुन्दरी र साकिरा, जेनिफर लोपेज, ब्रिटनी स्पियर्सजस्ता गायिका 'हट केक' छन्। अल प्यास्सिनो, ज्याक निकोल्सन, मेल गिब्सन, केभिन कोस्टनर, टम ह्यांक्स, टम क्रुज, ब्राड पिट, सिल्भस्टर स्टालोनजस्ता संसारकै लागि 'मेल मोडल' पनि त्यहीँ छन्। महत्वपूर्ण कुरा, संसारकै रिमोट कन्ट्रोल अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमै छ। हो, एडगर एलान पो, नाथानियल हाथोर्न, मार्क ट्वेन, अर्नेष्ट हेमिंग्वे, टीएस इलियट, जर्ज इलियट, वाल्ट हि्वटमन, एलेन गिन्सवर्ग, ओ हेनरी, ल्यांग्स्टन ह्युज, टनी मरिसन, आर्थर मिलर, युजिन ओ निल, हावर्ड फास्टजस्ता अमेरिकी महान् साहित्यकार पुँजीवादी युगमा खासै आकर्षण बन्नसकेका छैनन्। ओर्सन वेल्स, माइकल कुर्टिज, जँ फोर्ड, क्लिन्ट इस्टवुड, स्टीभन स्पाइलवर्ग, जेम्स क्यामरुनजस्ता नामी फिल्मकारको पनि तरुनी-तन्नेरी कलाकारको जस्तो हाइहाई छैन। अमेरिकाप्रति अतिमोह जीवनमूल्य स्खलनको हद हो। तथापि बहानाबाज नेता र मौका नपाएर बेइमान लेखकले जस्तो अमेरिकाविरोधी बोली कसैले पनि दोहोर्‍यानु जरुरी छैन। अवसर मिल्दा त्यहाँ अध्ययन गरेर फर्कने र त्यसको उपयोग गर्ने हो भने देशलाई फाइदै हुन्छ। नेपाली केही युवा त्यहाँको बिलासी जीवन त्यागेर स्वदेशमै केही गर्न फर्किएका पनि छन्। डीभी होल्डर पावना पाठक एक महिना त्यहाँ बसेर फर्केकी छन्। उनी बीबीसी साझा सबालका प्रस्तोता नारायण श्रेष्ठकी पत्नी हुन्। अमेरिकामा राम्ररी स्थापित हुन सक्ने कतिपय नेपाली स्वदेशमै केही गरिरहेका छन्। भनिन्छ, आर्थिक विषमताका खाडल गहिरिँदै गएको अमेरिकामा मानवीय संवेदना र सामाजिक जीवनको संकट छ। जाइफलको राज्य भनिने कनेक्टिकटस्थित सेभ द चिल्ड्रेनको प्रधान कार्यालयमा तथ्यांक योजनाकार श्रेष्ठ थरका एक नेपाली युवक मुस्किलले सास फेर्ने फुर्सद पाउँछन्। हप्तैपिच्छे उनलाई अफगानिस्तान, बोलिभिया, नामिबिया, सोमालिया, मेक्सिको, फिलिपिन्स धाइरहनुपर्छ। त्यही राज्यको फेयरफिल्ड सहरमा उनकी पत्नीको जीवन अपरिचयको कुहिरोमा रुमलिन बाध्य छ। अमेरिका निर्वासित धेरै नेपाली महिलाको हालत यस्तै छ भनिन्छ। श्रीखण्डजस्तै पवित्र अमेरिकी पाखण्डको उद्घाटन स्वयं अमेरिकी स्रष्टाहरूले गरेका छन्। अर्नेस्ट हेमिङ्वेको कथा 'अ क्यानरी फर वन'मा पेरिस जाने रेलमा अमेरिकी दम्पती र कान कम सुन्ने महिलाबीच लामो वार्तालाप हुन्छ। 'अमेरिकीजस्तो असल लोग्ने संसारमै हुँदैन', महिला भन्छे। अमेरिकी दम्पतीमा त्यसमा सही थाप्छन्। त्यसैले महिला आफ्नी छोरीको बिहे अमेरिकीसँगै गरिदिन चाहन्छे। स्वीस इन्जिनियरको प्रेममा फसेकी छोरीलाई उसले प्रेमीबाट छुटाएकी हुन्छे। प्रेम वियोगको पीडाले आधै सुकिसकेकी छोरीको मन बहलाउन उसले जुरेली-चरी ल्याएकी हुन्छे। अमेरिकीमात्र संसारकै श्रेष्ठ लोग्ने हुनसक्छ भन्नेमा तीनै जना जोड दिन्छन्। कथाको अन्त्यमा पाठकको सम्पूर्ण अनुमान गलत ठहरिन्छ। अमेरिकी लोग्नेको त्यत्रो गुनगान गर्ने त्यो दम्पती स्वयं मिल्न नसकेर पेरिसमा छुट्टाछुट्टै बस्न गइरहेका हुन्छन्। अमेरिकी महान् बिट कवि एलेन गिन्सवर्गको बहुचर्चित कविता 'अमेरिका'मा त अमेरिकी दादागिरीको भण्डाफोरै गरिएको छ। त्यसको थालनी यस्तो छ- अमेरिका, मैले तिमीलाई सबै दिएँ र अब म केही रहिनँ अमेरिका, दुई डलर सत्ताइस सेन्ट, जनवरी १७, १९५६ म आफ्नै हृदयलाई सहन सक्दिनँ अमेरिका, हामी कहिले यो युद्ध अन्त्य गर्दैछौँ? छिः, तिमी आफ्नै आणविक बमसँग सम्भोग गर   Source: nagariknews dot com/opinions/98-opinion/24935-2011-04-01-06-33-41.html

sukla · Apr 1, 2011 10:55 AM · 13,589 views

4 Replies

अमेरिकामा सबै थोक छ...अमेरिकाको भिसा नलाग्नेहरु मात्र छैन। एलओएल

pirka · Apr 1, 2011 11:07 AM

भारती गौतमले २-३ बर्ष अगी केहो बिमोचन गरेको समाचार सुन्या थिए , सबै समयको खेल हो

syanjaali · Apr 2, 2011 10:00 AM

why cant we make the best out of what's available instead of bitc*hing about everything, which just shows that we are epty drums,,jaha gaye ni complain kura katdai basyo..

gwachaquarian · Apr 2, 2011 11:47 AM

In short: People who works hard,have talent and positive attitude:  America has so many things to offer.This is not  only a place where you dream but also land where you can achieve your dream. People who wants to have their dream come true but do not want to put their effort into it: Even heaven(if exist) is not a good place to be. It is so simple,whether you are in America or anywhere else,country and land only provides you tool to achieve your dream,you are the one who should learn to use the tool efficiently. Just my 2 and half cents...Please feel free to disagree.

database · Apr 2, 2011 1:27 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all