बिगतका बोक्राहरु....

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बुद्दिसागर-आज सबैकुरा कोट्याउन मन छ मलाई, सबैलाई एक एक गरी केलाउन मन छ। एकै छिनलाई भए पनि सबै काम थाँती राखेर छिल्दै छु म मेरा बिगतका बोक्राहरु। करीब १० बर्षको हुँदो हुँ। सम्झन्छु जब आमाले चामलको बिँया केलाउदैं गर्दा भनेका कुरा, उती बेला खासै वास्ता लागेको थिएन। उँहा ले भन्दै हुनुहुन्थियो - "हेर बाबु, यो चामल लाई हेर, एस्मा बिँया कती धेरै, चामल भन्दा बडी त बिँया र ढुङ्गै होलान। तर के गर्नु खानै पर्यो, पेट पाल्नै पर्यो। धन्न चामलको भात खान पाइएको छ, उ बेलामा का पाउनु... तिमीहरु त साह्रै भाग्यमानी। चामलको भात खान पाका छौ, मजाले सरर गाडी चड्न पाका छौ, फेसन फेसनका लुगा लाका छौ, पढ्न पाका छौ। उ बेलामा बा ले पढ्नै दिएनन।" यत्तिकैमा मैले जिस्किदो पाराले भनेको थिंए - "अब पढ्नु नि त,म सिकाइ दिन्छु। ए फर एप्पल, बि फर बल।" उँहा कस्तरी हाँस्नु भएको थियो। "अँ अब मैले पढ्न थालें भने, गाईको गोबर तैले सोर्छस? भात भान्सा, घाँस, लिप्नु-पोत्नु भन्यो, तिमीहरुको गु सोर्दै ठीक्क छ। तेरा बा ले त धन्न बिराटनगरमा ८ किलाससम्म पढ्नु भएछ। रातीको किलास थियो रे,,पछी जागिर खानु भन्यो, आफ्ना भाइहरुलाई पढाउन भन्यो, आमा-बालाई मधेसमा ल्याएर राख भन्यो, गर्दा गर्दै छुटेछ। जेठो छोरो बिचरा, धेरै भोगेका छन तेरा बा ले।" यती भन्दासम्म आमा निकै भाबुक हुनु भयो। उँहाको नाक रातो भइसकेको थियो। आँखाहरु पनि रसाएको देखेँ। उंहाले सुतिको साडी लाउनु भएको थियो, मलाई याद छ- त्यो रातो साडी। साडिको एक फेरो तानेर उँहाले आँखा पुछ्नु भयो। फेरी अर्को थोपा आँखाको डिलमा अडिन नसकेर गालामा पोखियो। त्यस्लाई पनि आमाले हातले पुछेर मिल्काइदिनु भयो। कस्तो माया लाग्दो पाराले मलाई हेर्नु भयो अनी आफुलाई नर्मल देखाउन खोज्दै भन्नुभयो - "तेरो पनि कपाल काट्ने बेला भएछ अब, स्कुलमा सर मिसले केही भनेका छैनन?" मैले छैनन को मुन्टो हल्लाएँ। मैले आमा रोएको पैलो पल्ट देखेको थिए। ठुला मान्छे रोएको देखेको भनेको नै यो पहिलो थियो मेरा लागि। ठुला मान्छे रुँदा के गर्नु पर्छ? म अकमक्क भएं। त्यसमाथी ति ठुलि मान्छे स्वयम् मेरी आमा थिइन। म घोसे मुन्टो लाएर बसीरहे। "जा उठ् पढ्न जा अब" यती भनेर आमा भन्सातिर लाग्नु भयो। चामलका बिँया भुइमा छरिएका थिए, एक जोडी परेवा फुरर् आएर टिप्न थाले। भन्साबाट सिsssss... कुकरको सिट्टी लाग्यो। क्रमस...

bolyokipolyo · Apr 1, 2011 9:04 AM · 20,012 views

11 Replies

एकदम राम्रो छ - अर्को भाग को प्रतिक्षा मा

serial · Apr 1, 2011 9:20 AM

म नि सुन्दै छु. चसक्क भो.

perfectionist · Apr 1, 2011 9:28 AM

:) ekdamai ramro.

Aviatorchick · Apr 1, 2011 9:44 AM

Bolyokipolyo, Written in a very pure and authentic language. Like the other friends have said, please continue.

BABAL Khate · Apr 1, 2011 10:03 AM

कथा राम्रो छ, बुद्दिसागरकै कथा हो हैन त?

Geology Tiger · Apr 1, 2011 10:34 AM

भाग-२ &nbsp; Normal 0 false false false EN-US ZH-CN AR-SA /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:Arial; mso-bidi-theme-font:minor-bidi;} बुद्दिसागर- भर्खरै घरमा सेतो गाई ल्यएको थियो। हामी भुराहरुलाई के चाहियो। त्यही गाईको वरिपरी हुन्थियौँ दिनै भरी। गाईलाई हामीले 'गौरी' नाम देको थियौँ। आमाले घाँस काटेर ल्याएको देख्नासाथ दौडेर बोरा खोस्न जाने। 'आज गौरिलाई म घास खुवाउछु' भनेर जिद्दी हुन्थियो। म घरको सबै भन्दा कान्छो। म रोइ दिन्थेँ र आमाले 'भैगो नि भाईलाई किन रुँवाउछौ हँ, तिमीहरु ठुला भएर जिद्दी नगर, अहिले भाईलाई देओ' भनेर हकार्नु हुन्थियो। दाई-दिदी मलाई कस्तरी हेर्थे र मुर्मुरिदै अर्कैतिर लाग्थे। कान्छो हुनुको फाईदा मैले भर्पुर उठाउथे। आमा-बा पनि सानो छ भनेर मेरै साइड लिने। मैले पछी बुझ्दै जाँदा कान्छो भनेको काखको छोरो भएर होला, प्राय: बढी माया पाउने गर्दा रएछन कान्छाहरुले। मेरो हजुरामा पनि कान्छा मामालाई औधी माया गर्ने। दाई अली छुक्छुके स्वभावको,म सँग जिस्किरनु, मलाई चलाइरनु पर्ने। म फेरी ठ्याकै उल्टा। मलाई ति सब मन नपर्ने। यही कारणले मेरो र दाईको उ बेलामा खुब '<!--[if gte m

bolyokipolyo · Apr 8, 2011 11:47 AM

भाग-२ बुद्दीसागर-भर्खरै घरमा सेतो गाई ल्यएको थियो। हामी भुराहरुलाई के चाहियो। त्यही गाईको वरिपरी हुन्थियौँ दिनै भरी। गाईलाई हामीले 'गौरी' नाम देको थियौँ। आमाले घाँस काटेर ल्याएको देख्नासाथ दौडेर बोरा खोस्न जाने। 'आज गौरिलाई म घास खुवाउछु' भनेर जिद्दी हुन्थियो। म घरको सबै भन्दा कान्छो। म रोइ दिन्थेँ र आमाले 'भैगो नि भाईलाई किन रुँवाउछौ हँ, तिमीहरु ठुला भएर जिद्दी नगर, अहिले भाईलाई देओ' भनेर हकार्नु हुन्थियो। दाई-दिदी मलाई कस्तरी हेर्थे र मुर्मुरिदै अर्कैतिर लाग्थे। कान्छो हुनुको फाईदा मैले भर्पुर उठाउथे। आमा-बा पनि सानो छ भनेर मेरै साइड लिने। मैले पछी बुझ्दै जाँदा कान्छो भनेको काखको छोरो भएर होला, प्राय: बढी माया पाउने गर्दा रएछन कान्छाहरुले। मेरो हजुरामा पनि कान्छा मामालाई औधी माया गर्ने। दाई अली छुक्छुके स्वभावको,म सँग जिस्किरनु, मलाई चलाइरनु पर्ने। म फेरी ठ्याकै उल्टा। मलाई ति सब मन नपर्ने। यही कारणले मेरो र दाईको उ बेलामा खुब 'फाइट' हुन्थियो। दिदी भने बिचमा। सानै देखी त्यो समजदार लाग्थियो। परिपक्क खाल्की। मलाई त दाईलाई सम्झाउन खोज्ने। तर हामी कुकुर बिराला भन्दा काम थिएनौ। मलाई याद छ आमा&nbsp;कहिले काहीँ वाक्क भाको। एक दुई फेर त मैले रोको पनि देखेको छु। त्यो बेलाको मेरो बुझाईले आमा पक्कै पनी हाम्रो कारणले रुनु भा जस्तो लाग्थियो। सार्है नरमाइलो लाग्ने त्यो कलिलो मनलाई। दाई सार्है फुर्तिलो र दरो पनि थियो। सानो कालो अनुहार,सबै ले मन पराउथेँ, बिशेषत: केटीहरुका माझ उ पपुलर हुन्थियो। पछी सम्म पनि त्यस्तै। मैले उस्लाई बोलाउने बिभिन्न नाम थिए- चोर, काले, डिंङर, मुसर, हब्सी, र सबै एकै चोटि भन्नु पर्दा 'चोकाडीमुह'। दिदिको नाम - झुम्राकी पुतली (झुम्री)। मेरो चाँही घोइरे (दिदिले) र गु (दाइले)। पछी स्कुल पढदा साथी-भाइले अरु नाम पनि दिए। &nbsp; Last edited: 08-Apr-11 11:55 AM

bolyokipolyo · Apr 8, 2011 11:54 AM

Normal 0 false false false EN-US X-NONE X-NONE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} Normal 0 false false false EN-US X-NONE X-NONE <w:LsdException Locked="false" Priority="72" SemiHidden="false" UnhideWhenUsed="false"

bolyokipolyo · Apr 8, 2011 11:57 AM

Normal 0 false false false EN-US X-NONE X-NONE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} मलाई याद छ, एकदिन के भएर हो आमालाई सन्चो थिएन र बुवाको पनि धरानमा रातिको ड्युटी थियो। गौरीले २-४ दिन अगाडिमात्र रातो सलक्क परेकी बाछी जन्माएकी थि। दुध मनग्गे दिन्छ भन्नु हुन्थियो आमाले। थुन पनि मोट्टा मोट्टा, टम्म भरिएको फाँचो, गाँउमा कती मान्छे गौरीलाई हेर्न आउथें। मलाई मान्छेहरु सँग खासै घुल्मुल हुन आँउदैनथ्यो, म माथि कौसीबाट नै हेरिरन्थे । गौरीलाई लिना आ'का भनेर दाईले मलाई डर देखाउथ्यो, म रोइ दिन्थे र फेरी गाली खान्थियो दाई। त्यो दिन गाई दुन भनेर कान्छा खतिवडालाई आमाले डाकेर ल्याउन दाईलाई अर्हाउनु भयो। दाइले सुटुक्क बाल्टी र नौनी लिएर गोठतिर लाग्यो। मैले धम्क्याए - 'पख आमालाई भन्दिन्छु'। मेरो कम्जोरी उस्लाई था थियो - 'मलाई चिउरा का लुकाको छ था छ, चुप लागेर बसिस भने चिनी हालेर दिन्छु, हुन्छ?' भन्यो। मलाई पनि चिउरा सार्है मन पर्ने, पेट ढाडिने गरी नै खान्थे। आमाले त्यही भएर केटाकेटीले नदेख्ने ठाउमा लुकार <span style="font-

bolyokipolyo · Apr 8, 2011 12:05 PM

Normal 0 false false false EN-US X-NONE X-NONE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} राख्नु भाको थियो र बिहान चियासँग मात्रा खान पाउथें। 'चिउरे' पनि भन्ने गर्थे मलाई घरमा पछी सम्म। एक तपेश चिउरा, एकै ठाँउ बसेर सक्काइ दिन्थे। मैले - ' पहिले दे अनी मात्र' भने। दाई दौडेर भान्सामा पस्यो र एउटा पोलिथिनको झोलामा पोको पारेर ल्यायो। 'ला यो गोजिमा हाल र उता गएर खा' म दौडेर मन्दिर पछाडि पुगे र पकापक खान थाँले। मलाई सिङगडा (समोसा) पनि खुब मन पर्ने। एक चोटि त मैले ६-७ ओटा खाइदिये एकैचोटि, भोली पल्ट छेर्पाटी लागेर २-४ दिन स्कुल छुट्यो। अनी त मेरो सिङगडा आमाले बन्दै गरिदिनु भयो। उही आकलझुकल कोइ पाउना आए भने-फर्किने बेलामा २-४ रुपैयाँ 'ला चक्लेट खा' भनेर दिन्थे, अनी म दौडिन्थे मधेसिको सिङगडा दोकान। मामा घर गइयो भने चै टन्नै खान पाइन्थियो हजुरामालाई फकाएर। 'मेरो कान्छो नातीलाई खान पनि दिएनन' भन्दै थैलोबाट दुई रुपैयाँ खोतलेर निकाल्दै दिनु हुन्थियो। त्यही भएर मलाई कहिले मामाघर जान पाइएला लागिरन्थो ।

bolyokipolyo · Apr 8, 2011 12:06 PM

Nice Read !!!! Wating for next part .........

love life · Apr 11, 2011 10:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all