बिगतका बोक्राहरु....

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Normal 0 false false false EN-US ZH-CN AR-SA /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:Arial; mso-bidi-theme-font:minor-bidi;} बुद्दिसागर-आज सबैकुरा कोट्याउन मन छ मलाई, सबैलाई एक एक गरी केलाउन मन छ। एकै छिनलाई भए पनि सबै काम थाँती राखेर छिल्दै छु म मेरा बिगतका बोक्राहरु। करीब १० बर्षको हुँदो हुँ। सम्झन्छु जब आमाले चामलको बिँया केलाउदैं गर्दा भनेका कुरा, उती बेला खासै वास्ता लागेको थिएन। उँहा ले भन्दै हुनुहुन्थियो - &quot;हेर बाबु, यो चामल लाई हेर, एस्मा बिँया कती धेरै, चामल भन्दा बडी त बिँया र ढुङ्गै होलान। तर के गर्नु खानै पर्&zwj;यो, पेट पाल्नै पर्&zwj;यो। धन्न चामलको भात खान पाइएको छ, उ बेलामा का पाउनु... तिमीहरु त साह्रै भाग्यमानी। चामलको भात खान पाका छौ, मजाले सरर गाडी चड्न पाका छौ, फेसन फेसनका लुगा लाका छौ, पढ्न पाका छौ। उ बेलामा बा ले पढ्नै दिएनन।&quot; यत्तिकैमा मैले जिस्किदो पाराले भनेको थिंए - &quot;अब पढ्नु नि त,म सिकाइ दिन्छु। ए फर एप्पल, बि फर बल।&quot; उँहा कस्तरी हाँस्नु भएको थियो। &quot;अँ अब मैले पढ्न थालें भने, गाईको गोबर तैले सोर्छस? भात भान्सा, घाँस, लिप्नु-पोत्नु भन्यो, तिमीहरुको गु सोर्दै ठीक्क छ। तेरा बा ले त धन्न बिराटनगरमा ८ किलाससम्म पढ्नु भएछ। रातीको किलास थियो रे,,पछी जागिर खानु भन्यो, आफ्ना भाइहरुलाई पढाउन भन्यो, आमा-बालाई मधेसमा ल्याएर राख भन्यो, गर्दा गर्दै छुटेछ। जेठो छोरो बिचरा, धेरै भोगेका छन तेरा बा ले।&quot; यती भन्दासम्म आमा निकै भाबुक हुनु भयो। उँहाको नाक रातो भइसकेको थियो। आँखाहरु पनि रसाएको देखेँ। उंहाले सुतिको साडी लाउनु भएको थियो, मलाई याद छ- त्यो रातो साडी। साडिको एक फेरो तानेर उँहाले आँखा पुछ्नु भयो। फेरी अर्को थोपा आँखाको डिलमा अडिन नसकेर गालामा पोखियो। त्यस्लाई पनि आमाले हातले पुछेर मिल्काइदिनु भयो। कस्तो माया लाग्दो पाराले मलाई हेर्नु भयो अनी आफुलाई नर्मल देखाउन खोज्दै भन्नुभयो - &quot;तेरो पनि कपाल काट्ने बेला भएछ अब, स्कुलमा सर मिसले केही भनेका छैनन?&quot; मैले छैनन को मुन्टो हल्लाएँ। Normal 0 false false false EN-US ZH-CN</w:

bolyokipolyo · Apr 1, 2011 8:58 AM · 97 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion